Articles Laghu Katha | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य/ लघू कथा

सागर काफ्ले  - Jul 11 2018

म उठेॅ अनि कोठाको झ्याल खोलेॅ। त्यहाँबाट एउटा आँपको रुख देखियो अनि नियाल्दै जाँदा एउटा आँपमा मेरो नजर गयो; जुन अब पाक्न लागिरहेको थियो ।अनि मैले झट्ट सम्झिएॅ; ती दिन जब म त्यो रुखमा दैनिक जसो चढ्ने गर्थेँ । त्यो समय त्यो आॅप सानै थियो ।


मनोज श्रेष्ठ  - Jun 04 2018

कक्षाको ट्यालेन्टेड विद्यार्थीहरुमध्ये एक थियो मोहन। अंग्रेजी विषयमा सबैभन्दा बढी मार्क्स आउथ्यो उसको। यसैले अंग्रेजी विषयको शिक्षकको नजरमा निकै प्यारो थियो ऊ। ऊ र म बस्ने ठाँउ नजिकै थियो।


 - Jun 22 2017

म आफुलाई नायक सोचेको थिए । उनको भरिएको जुठो जवानीमा मलाई झुलाई रहिन् । मेरो चोखो मायामा तिनले बदनाम गराईन् । मेरो जानवी..... नानीहरू..... श्रीमान् अरबमा....दुई जिउकी.....। बसमा केही मान्छे गाइगुइ गर्दै थिए। केटाको खै के मा हो जागिरे छ रे ! खालि फोनमा बोलिरहेकि हुन्थिन्।


प्रकाश खनाल  - Nov 04 2016

रातीको ८ बाजेको थियो बिर्खे खानपिन सकेर बिस्तारामा आराम गर्दै सामाजिक संजालमा व्यस्त थियो , त्यतिकैमा ढक ढक गेट बजेको आवाज उसको कानमा पर्यो। बिर्खे बिस्तारै झ्यालबाट बाहिर हेर्दै सोध्यो "को हो ?" गेट बाहिरबाट युवकले जवाफ फर्कायो " हामी देउसी खेल्न आएका"। गेट बाहिरको होहल्लाले ९-१० जना युवा युवती रहेको बिर्खेले सजिलै अनुमान गर्यो।


दिपक राज बन्जाडे  - Oct 20 2016

मैले भनेजस्तै उ ठाउँ र भासा अनुसार फरक तरिकाले चिनिन्छे । उसकाे जस्तै नाम गरेका कोहि छिटपुट रुपमा जापान तिर पाईए पनि प्राय ईरान, साउथ अफ्रिका र समुन्द्र तिर बस्दथें, तर उ भने प्राय यहि मुटुमै हुन्थि । उनिहरु एसियामा दुर्लभ छन भन्ने तथ्यांक अनुसार भेटिन्छ । उ पनि त दुर्लभ नै छे । उस्तै उस्तै मानिस विश्वमा ५ जना भेटिन्छन् रे! तर भगवानले उ जस्तो अरु ४ वटा बनाउन कष्ट गरेहोलान जस्तो मलाई लाग्दिन । उनीहरु उ जति चन्चल, उ जति सुन्दर थिए वा थिएनन् खै! जहाँसम्म मलाई लाग्छ उ उनिहरु भन्दा कम थिईन । उनिहरु साना थिए उ पनि मेरो नजरमा सानि नै थिई चाहे बैँस चढेर आफुलाई एक जवान ठान्दि हो उ मेरा नजरमा बच्चा नै थिई । उनिहरु आँकासमा स्वतन्त्र भएर उड्थे उ पनि कम थिईन भुर्र उडेर कहिले मन मस्तिष्कमा आउथि त कहिले अलप हुन्थि, यदि स्वतन्त्र नहुदिहो त उ सजिलै आउन जान पो कहाँ सक्थि र ?


देव प्रसाद गाैतम  - Oct 17 2016

मुल घरकै वरिपरि धनिकचन, मानिकचन र कुसलचन तिनै जाना भान्जाको एकैनासको घर रहेछ। पुरानो घरलाई साझा पाहुनाघर बनाएको रहेछ। एताउती हेर्दै रमाउदै बैठक कोठामा रहेको पुरानो कुर्सिमा गएर बस्दा बुडो मामा आउनुभो भन्दै केटाकेटि रमाए र कराए । भान्जिबुहारिहरु पनि आउदै , सन्चै मामा ? भन्दै ढोग्दै फर्किए ।


Suyog Dhakal  - Oct 14 2016

अब मैले त्यो पैसामा फिल्म देख्न थाले, हलको टिकट किन्ने झ्यालको गन्ध पाए अनि द्धन्द अनि गीतका दृश्यहरु । नजिकैको हलमा प्रायशः हिन्दी चलचित्रहरु र ती पनि एकदमै पुराना अनि उति रहर नलाग्ने, त्यो हलको सिटहरु पनि काठका थिए, माटोको भुई थियो अनि टर्च बालेर फिल्मको विच्चमा एउटा कपाल पालेको दाजु टिकट जाँच्न आँउथे । मलाई नेपाली चलचित्र हेर्न थियो । क्लासमा केटाहरुलाई गफ दिन पनि चल्तीका चलचित्रकै मज्जा आउनेगर्छ, मैले इटहरीको चलचित्र घर जाने निधो गरे, तर साथी पाईन । स्वर्गीय श्रि कृष्ण श्रेष्ठ र निरुता सिंह अभीनीत आफ्नो मान्छे चलिरहेको थियो । मेरो चलचित्र फेन्टासी, मलाई त्यहा जानै पर्ने उत्कट चाहना भयो ।


Amrit Chhetri  - Oct 04 2016

दशै : ल है म आए सबैजना तैयार बस्नु रमाइलो गर्नु पर्छ ! अचानो : पोहोर जस्तै मलाई तेर्साएर जमिनमा रगत टल्काउने तँ हौला नी !


दिलिप किसान  - Oct 04 2016

मुनालको बोली केही खस्रो थियो।खासै नचाहिने कुरामा बोल्दैन थियो।तर जब बोल्थ्यो,उसको कुराले मन छुने मात्र हैन प्रायः दुख्थ्यो।उसको बोली सिधा अनि कडा सुनिन्थ्यो।कानमा पर्दा कान दुख्ने अनि छातीमा पर्दा दिल दुख्ने।त्यसैले उसका साथीहरु सिमित थिए ।उसले सबैको लागि दिल खोलेको नै थिएन ।ऊसलाई आवश्यक नै थिएन सायद।तर उ गलत भने हुदैन थियो। मजाकमा पनि उसले केही हदबन्दी लगाएको थियो सायद। कुनै-कुनै बेला मजाकलाई नबुझी माहोल नै बिगार्थ्यो। ऊ सङ्ग मजाक गर्न सक्ने केबल एउटा मात्रै मान्छे थियो सम्शेर।ऊसलाई पनि मुनाल गाली त गर्थ्यो तर मुनालको दिल बुझिसकेको हुनाले उसले चित्त सानो पार्दैन थियो बरु उसको मनस्थिति नै परिवर्तन गर्ने खुबी थियो सम्शेर सङ्ग।


देव प्रसाद गौतम  - Sep 13 2016

एक जना मानिस आफ्नै घर मा हात मा कुचो समाती एता र उता कुदी रहेको थियो ।साथै बड्बडाई रहेको थियो ।"नमारी छाड्दिन कती उड्छस" भन्दै कुचो ले हान्दथ्यो | तर त्यो पखेटा भएको सानो जीब ज्यान बचाउन, उडेर एता उता गरी रहेको थियो ।


Niraj Dahal  - Aug 15 2016

"आफ्नो मैलो टिसर्टलाई नियालें । फाटेको, काटेको, टालेको, टालेर पनि फाटेको र उपियाँको मार्ग बन्न सफल मेरो पाइन्ट र पाइन्टका सिंगै मुसो छिर्न सक्ने ठुल्ठुला भ्वाङ्हरु नियालें । आफ्नो दरिद्रताको छवि छर्लङ्ग देखिन्थ्यो। देशको दरिद्रता सम्झें।मन केही संभालियो । मेरा आखाँ मेरै अगाडि सगरमाथा झै अडिग बनेर ठडिएको आलिसान बंगलामा ठोक्किए । मेरो पाइन्टका भ्वाङ टाल्न चाहिने भन्दा कयौं गुणा ज्यादा कपडा त्यसघरको पर्दा बनाउन खर्चिएको थियो ती पनि नियालें । अन्ततोगत्वा त्यस केटिको सुकिलो पहिरन नियालें।"


Dipendra Khadka  - Jul 28 2016

लामो सुस्केरा हाल्दै बोल्यो :- खै के भन्नु र भाई ? विदेशबाट कम्पनि टुटेर आएको थिए ३५००० हजार लिएर आएको भाई पैसा जति सबै त्यो डाईस खेलाउनेहरुले खाइदियो । रिसाउँदै म बोले :- किन खेल्नु भएको त ? तपाईलाई थाहा थिएन खेले पनि ५०० खेलेर उठेको भए हुने थिएन त ? निरास हुँदै दाई बोल्यो :- होइन भाई सुरु सुरुमा मैले मार्दै गए मार्दै गए - अब खेल्दिन भनेको त हुँदैन हाम्रो पैसा सबै खानु भयो अब एकै पटक १५ हजारको ३० हजार आउँछ डबल भनेर भन्यो मैले हानेको २० हजार को ४० हजार आउँछ भनेर तर अन्तमा मरेन भन्यो र पैसा सबै सोर्यो मैले केहि गर्न सकिन उनीहरु धेरै थिए भाई ।


Anil Koju  - Jul 22 2016

सूर्यले कुखुराको अण्डा भित्रको पहेलो-पहेलो सुन्तला रङगको जर्दी सरह मुहार बनाएर आजलाई बिदा भन्दै क्षितिजमा विलीन हुने अवस्था थियो ! तर यिनिहरुको दौडादौड र भागमभाग भने अहिले सम्म पनि जारीनै रहेको थियो । भोको जङ्गलको राजा सिंह खलखली पसिनाले फ्वा-फ्वा हुदै त्यो लखटरित खरायोलाई आदेश दिन विवश हुन्छ। 'पख! ओइ खरायो पख !!'…


Dipendra Khadka  - Jul 17 2016

बत्तिलाई जेठी औला र माइली औलाले च्याप्प समातेर मारिन र उनिको खास्टो ओढेर सुतिन् । रीया साहुको ऋण पनि धेरै छ घरको अबस्था पनि ज्यादै नाजुक छ अब म पैसा कमाउन विदेश जान्छु हेर न बूढा - बुढी भएका बा आमा छन कति दुख मा राख्नु तिमी पनि त छौ सधै दुखमा राख्न सक्दिन म विदेश जान्छु तल्लो घरे माईलाले पनि साउदी बसेर घर बनायो ऋण तिर्यो अहिले हेर त बजारमा पसल


Ajit Kshetri  - Jul 16 2016

म साथी सुलोचनाको डायरीमा सम्झनाका शब्दहरु कोर्दै थिएँ । तिनताका ईन्टरमिडियट, ग्राजुयशन वा डिग्री तहका अन्तिम बर्षका बिधार्थीले सम्झनाका लागी डायरी बनाउने र साथीहरुका हातबाट केही शब्द लेख्न लगाउने, तस्बिर टाँसेर राख्ने चलन थियो । मैले डायरी बनाई सकेको थिएँ । मेरो डायरीमा सुलोचना, पद्मा, सन्तोष, आरती, बिशाल, बिजया लगायतका थुप्रै साथीहरुले लेखिसकेका थिए । सुलोचनाको डायरी भरेर त्यसमा आफ्नो फोटो चिप्काउँदै थिएँ, समाजशास्त्रमा अध्यापक मिश्र सर कक्षामा प्रवेश गर्नुभयो, मैले डायरी बन्द गरें र समाजशास्त्रको किताब निकालें ।


Ajit Kshetri  - Jul 09 2016

हाँसको जोडी त्यहाँबाट हिंड्नै लागेको थियो । त्यसैबेला लाटोकोसेरो जोडले चिच्याउँदै रुन थाल्यो र हाँसले आफ्नी पत्नी (पोथी हाँस) चोरेर लैजान लागेको भन्दै गुहार माग्यो । आफ्नी पत्नीमाथी लाटोकोसेरोले दाबी गरेको देखेर हाँस जिल्ल पर्यो । आसपासका गाउँबाट भद्र भलाद्मी र पञ्च आए, हाँस र लाटोकोसेरो दुबैले पोथी हाँस आ-आफ्नी पत्नी भएको दाबी गरे । भद्र भलाद्मी सहितको पञ्चायतले दुबै पक्षको कुरा सुन्यो । पञ्चायत र भलाद्मीहरुलाई लाटोकोसेरो झुठ बोलेको कुरा बुझ्न समय लागेन । तैपनि सोंचे-'यो हाँस त आफ्नी पत्नी लिएर एकछिन पछि यो ठाउँबाट जानेछ तर लाटोकोसेरो त यहि समाजमा बस्छ र हामीलाई लाटोकोसेरो चाहिन्छ ।'


Dilip Pokharel  - Jul 03 2016

यति भनेर ससुरा बाले फोन मेरि बुडिलाई दिनु भयो । मलाई माफ गर मैले भने । लौ किन ? ऊनले भनिन् । त्यो भन्न मिल्दैन , तिमी मात्र यत्ति बुझ कि तिमी जस्तो बुडि पाउन मैले ऊ जुनि मा धेरै पून्य गरेको थिएँ होला । अनि यो व्रत धेरै नराख हप्तामा २ दिन जति मात्रै राख ल । हेर त बुवा आमा सप्पैलाइ कति तनाब भयो । भनेर सम्झाएँ महेशले भन्यो अनि यत्ति जाबो कुरामा के साह्रो तनाब भाको जस्तो पुरै चुरोट तानिराको त मैले भने । उसले भन्यो मलाई यो अहिलेको घटना ठूलो हैन ।


Dipendra Khadka  - Jul 01 2016

जुन जातलाई मैले हेला गरे आज त्यही जातको घरमा बास र गाँस दुवै पाए खै त म मरिन त तल्लो जातले छोएको खाने कुरा खाँदा आखिर यो जात त्यो जात भन्ने भ्रम रहेछ आजबाट मैले चेतना पाए अब मेरो मनबाट कहिले पनि यस्तो भुल हुने छैन यस्तै यस्तै नाना थरि कुरा खेलाउँदै ओछ्यान मा निदाउन पुग्छ ।


Suraj Subedi  - Jul 01 2016

"के भयो?" म आत्तिए । "बाबा लडेर मरेछ ।" निक्कै साहास गरेर आमाको वोलि निस्कियो । मेरो वरपर चकमन्न भयो । केहि सोच्नै सकिन । उहाँ भन्दै हुनुहुन्थ्यो "कहिल्यै चर्न नजाने ठाँउमा गएर लडेछ" सँधै आउने गाई बेलुका घर आएनछ । कहाँ गयो भनेर भोलिपल्ट खोज्दा मृत भेटिएछ । "वाच्छो? " मलाई बाच्छोको पिर पर्यो ।


Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.