सुशिला शर्मा "शिलु" · Oct २९, २०२४सेतो जुत्ता
करिब २३ वर्ष पहिले, विधार्थी समय !! अहिले लाग्छ संसारकै सबै भन्दा संघर्षरत पाइला अनि मस्तिष्क !!

सुशिला शर्मा "शिलु" · Oct २९, २०२४करिब २३ वर्ष पहिले, विधार्थी समय !! अहिले लाग्छ संसारकै सबै भन्दा संघर्षरत पाइला अनि मस्तिष्क !!

रविन्द्र रावत · Oct २२, २०२४सायद भावनाहरू बढेर होला उसलाई भेटे देखि मसँग शब्दहरूको कमी हुन थालेको छ । लाग्छ कुनै कुनै भावनाहरू व्यक्त गर्ने शब्द नै छैन । त्यो वृहत शब्दकोश नि अपूर्ण अधुरो लाग्छ । मेरा भावना लाई थेग्न सक्दैनन, न्याय गर्दैनन् ती शब्दहरूले , ती बिम्ब र प्रतिकहरुले। सबै फिका फिका लाग्छन् उसको अघि । मैले उसलाई परिक्षा हलमा भेटेको हों ।

रमेश स्याङ्तान तामाङ · Aug ३०, २०२४जीवनका हरेक मोडमा अनगिन्ती घटना र अनुभूति हुन्छन्, जसले मानिसलाई परिपक्व बनाउँछ। म पनि त्यही जीवनको एक हिस्सा हुँ, जसले विभिन्न अनुभव र घटनाहरूको बीचबाट आफ्नो यात्रा तय गरिरहेको छु। म आज तपाईंसँग मेरो कथा बाँड्न चाहन्छु।मेरो बाल्यकाल एउटा सानो गाउँमा बित्यो।

दुर्गा वनवासी · Jul ११, २०२४भानुको सालिकमुन्तिर भानुजयन्ती मनाउनेहरुको घुइँचो थियो | विशिष्ट व्यक्तित्वहरुबाट भानुको सालिकमा माल्यार्पण गरी कार्यक्रमको श्रीगणेश भयो | सालिकछेउकै खुला चौरमा पाल टाँगेर बनाइएको अस्थायी हलमा कार्यक्रम सम्पन्न हुँदैथियो | मन्चमा आसीन गरिमामय व्यक्तित्वहरु भानुको जीवनी, योगदान र कृतिहरुमाथि प्रकाश पार्दैथिए | बोल्ने शैली र स्वर पृथक भए पनि लगभग तिनै विषयवस्तुहरु दोहोरिन्थे | हेर्दाहेर्दै एउटा एउटा वहानामा लगभग आधा हल खाली भइसकेको थियो | मन्चमा आसीन अतिथिहरु चाहिँ उँघ्दै भए पनि पालो पर्खिरहेका थिए | उद्घोषक बेलाबेलै औपचारिक कार्यक्रमपछिको सांस्कृतिक कार्यक्रमको प्रलोभनद्वारा दर्शक, श्रोताहरुलाई कार्यक्रममा बाँधिराख्न उद्यत थिए |

दिप के.सि · May २४, २०२४एक दिन चरिले चरालाइ भनि मलाइ छोडेर उडि कतै त जादैनौ नि? प्रतिउत्तर मा चरा ले भन्यो म उडे भने मलाइ समाउनु नि ! चरि ले भनि मैले तिमिलाइ समाउन त सक्छु तर पाउन सक्दिन यो सुनेर चराको आखामा आशु आयो, अनि उस्ले आफ्नो पखेटा भाचिदियो र भन्यो अब हामि सदैब सङै रहनेछौ।फेरि एकदिन ठुलो आधि -हुरि, तुफान आउन थाल्यो तब चराले चरिलाइ भन्यो तिमि उडेर कतै सुरक्षित ठाउमा जाउ मत उड्न सक्दिन तब

आयुष्मा सारू · Apr ३०, २०२४कसैलाई यति सम्म नी दुख नदिनु की उ छोढेर जान को लागि सोचोस् मान्छे हो मन त ढुखि हाल्छ नि गल्ती भै हाल्छ सायद छोड्न सक्दैन भनेर पनि होला यति साह्रो हेपेको कैले के भनेर गालि देको छ कैले के भनेर माया गरे को छू तै भएर यति सम्म सहेर बसेको छू तिम्रो त्यो मन

दुर्गा वनवासी · Mar १४, २०२४अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा पमुख अतिथिको भूमिका निर्वाह गरेर उनी घर फर्किए । सधैँभन्दा साँझ अलि बाक्लिएको थियो । श्रीमतीले ढोका खोलिन् । हँसिलो र स्फूर्त मुद्रामा उनी भित्र पसे । पछिपछि एउटी महिला पनि थिइन् ।

रुपक भट्ट · Mar १३, २०२४आवाज गुन्जने घर खन्डर बनेको छ अन्न उब्जने भुमिमा झार भरिएको छ बिहानी पखको घाँस काटन जाने लहर हराएको छ । अल्लो पाखा, पल्लो पाखामा गुन्जने गित आज छैन ।

राजन वि.क · Feb ५, २०२४यो प्रश्नवाचक चिन्ह ले मलाई मेरो जिवनमा धेरै प्रभावित पार्यो। मैले मेरो जीवनको हरेक अनुभव र अनुभुतिलाई नियालेर हेर्दा हरेक अवश्थामा यसको बेग्लाबेग्लै अर्थ पाए,

कमल प्रसाद भट्टराई · Jun २२, २०२१अभिमान र स्वाभिमान दुई दाजुभाइ थिए। दाजु मुर्ख, स्वार्थी र घमण्डी अनि भाइ विवेकशील थियो। दाजुको यही स्वभावका कारण मनमुटाव बढ्दै गयो। सम्पत्तिको नाममा आफुसँग भएको एक एक वटा बाकस र केही अन्य घरायसी सामान बण्डा गरेर राम्रो जिविका हुने ठाउँको खाेजीमा निस्किए। नदीको किनारै किनार हिँड्दै जाँदा एउटा हरियाली डाँडा भेटे। दाजु अभिमान त्यहीँ बस्याे ।

पुष्पा बसेल (स्यानि) · Jan ७, २०२१राम्रै कमाई गरेर फर्किएकाे हर्के काे घरमा विहेको कुरा चल्न थाल्याे। एकदिन घरमा केटी पक्षका नै ‘छोरी दिन्छौँ’ भन्दै घर हेर्न आए, रातभरि छलफल भयाे केटाकेटी पनि भेट गराइयो,मन पारापार भयो अब दुई परिवारकाे समझदारीमा टिकोटालो गर्ने निर्णय भयाे।

किशन पौडेल · Dec १७, २०२०ऊ आफ्नो साहित्य साधनामा एकदमै मन्त्रमुग्ध रूपमा दत्तचित्त भएर लागेको थियो । हर हमेसा केही न केही लेखिरहने सोचिरहने कल्पनाको उडानमा मग्न थियो ।

सागर काफ्ले · Jul ११, २०१८म उठेॅ अनि कोठाको झ्याल खोलेॅ। त्यहाँबाट एउटा आँपको रुख देखियो अनि नियाल्दै जाँदा एउटा आँपमा मेरो नजर गयो; जुन अब पाक्न लागिरहेको थियो ।अनि मैले झट्ट सम्झिएॅ; ती दिन जब म त्यो रुखमा दैनिक जसो चढ्ने गर्थेँ । त्यो समय त्यो आॅप सानै थियो ।

मनोज श्रेष्ठ · Jun ४, २०१८कक्षाको ट्यालेन्टेड विद्यार्थीहरुमध्ये एक थियो मोहन। अंग्रेजी विषयमा सबैभन्दा बढी मार्क्स आउथ्यो उसको। यसैले अंग्रेजी विषयको शिक्षकको नजरमा निकै प्यारो थियो ऊ। ऊ र म बस्ने ठाँउ नजिकै थियो।

म आफुलाई नायक सोचेको थिए । उनको भरिएको जुठो जवानीमा मलाई झुलाई रहिन् । मेरो चोखो मायामा तिनले बदनाम गराईन् । मेरो जानवी..... नानीहरू..... श्रीमान् अरबमा....दुई जिउकी.....। बसमा केही मान्छे गाइगुइ गर्दै थिए। केटाको खै के मा हो जागिरे छ रे ! खालि फोनमा बोलिरहेकि हुन्थिन्।

प्रकाश खनाल · Nov ४, २०१६रातीको ८ बाजेको थियो बिर्खे खानपिन सकेर बिस्तारामा आराम गर्दै सामाजिक संजालमा व्यस्त थियो , त्यतिकैमा ढक ढक गेट बजेको आवाज उसको कानमा पर्यो। बिर्खे बिस्तारै झ्यालबाट बाहिर हेर्दै सोध्यो "को हो ?" गेट बाहिरबाट युवकले जवाफ फर्कायो " हामी देउसी खेल्न आएका"। गेट बाहिरको होहल्लाले ९-१० जना युवा युवती रहेको बिर्खेले सजिलै अनुमान गर्यो।

दिपक राज बन्जाडे · Oct २०, २०१६मैले भनेजस्तै उ ठाउँ र भासा अनुसार फरक तरिकाले चिनिन्छे । उसकाे जस्तै नाम गरेका कोहि छिटपुट रुपमा जापान तिर पाईए पनि प्राय ईरान, साउथ अफ्रिका र समुन्द्र तिर बस्दथें, तर उ भने प्राय यहि मुटुमै हुन्थि । उनिहरु एसियामा दुर्लभ छन भन्ने तथ्यांक अनुसार भेटिन्छ । उ पनि त दुर्लभ नै छे । उस्तै उस्तै मानिस विश्वमा ५ जना भेटिन्छन् रे! तर भगवानले उ जस्तो अरु ४ वटा बनाउन कष्ट गरेहोलान जस्तो मलाई लाग्दिन । उनीहरु उ जति चन्चल, उ जति सुन्दर थिए वा थिएनन् खै! जहाँसम्म मलाई लाग्छ उ उनिहरु भन्दा कम थिईन । उनिहरु साना थिए उ पनि मेरो नजरमा सानि नै थिई चाहे बैँस चढेर आफुलाई एक जवान ठान्दि हो उ मेरा नजरमा बच्चा नै थिई । उनिहरु आँकासमा स्वतन्त्र भएर उड्थे उ पनि कम थिईन भुर्र उडेर कहिले मन मस्तिष्कमा आउथि त कहिले अलप हुन्थि, यदि स्वतन्त्र नहुदिहो त उ सजिलै आउन जान पो कहाँ सक्थि र ?

देव प्रसाद गाैतम · Oct १७, २०१६मुल घरकै वरिपरि धनिकचन, मानिकचन र कुसलचन तिनै जाना भान्जाको एकैनासको घर रहेछ। पुरानो घरलाई साझा पाहुनाघर बनाएको रहेछ। एताउती हेर्दै रमाउदै बैठक कोठामा रहेको पुरानो कुर्सिमा गएर बस्दा बुडो मामा आउनुभो भन्दै केटाकेटि रमाए र कराए । भान्जिबुहारिहरु पनि आउदै , सन्चै मामा ? भन्दै ढोग्दै फर्किए ।

Suyog Dhakal · Oct १४, २०१६अब मैले त्यो पैसामा फिल्म देख्न थाले, हलको टिकट किन्ने झ्यालको गन्ध पाए अनि द्धन्द अनि गीतका दृश्यहरु । नजिकैको हलमा प्रायशः हिन्दी चलचित्रहरु र ती पनि एकदमै पुराना अनि उति रहर नलाग्ने, त्यो हलको सिटहरु पनि काठका थिए, माटोको भुई थियो अनि टर्च बालेर फिल्मको विच्चमा एउटा कपाल पालेको दाजु टिकट जाँच्न आँउथे । मलाई नेपाली चलचित्र हेर्न थियो । क्लासमा केटाहरुलाई गफ दिन पनि चल्तीका चलचित्रकै मज्जा आउनेगर्छ, मैले इटहरीको चलचित्र घर जाने निधो गरे, तर साथी पाईन । स्वर्गीय श्रि कृष्ण श्रेष्ठ र निरुता सिंह अभीनीत आफ्नो मान्छे चलिरहेको थियो । मेरो चलचित्र फेन्टासी, मलाई त्यहा जानै पर्ने उत्कट चाहना भयो ।

Amrit Chhetri · Oct ४, २०१६दशै : ल है म आए सबैजना तैयार बस्नु रमाइलो गर्नु पर्छ ! अचानो : पोहोर जस्तै मलाई तेर्साएर जमिनमा रगत टल्काउने तँ हौला नी !

दिलिप किसान · Oct ४, २०१६मुनालको बोली केही खस्रो थियो।खासै नचाहिने कुरामा बोल्दैन थियो।तर जब बोल्थ्यो,उसको कुराले मन छुने मात्र हैन प्रायः दुख्थ्यो।उसको बोली सिधा अनि कडा सुनिन्थ्यो।कानमा पर्दा कान दुख्ने अनि छातीमा पर्दा दिल दुख्ने।त्यसैले उसका साथीहरु सिमित थिए ।उसले सबैको लागि दिल खोलेको नै थिएन ।ऊसलाई आवश्यक नै थिएन सायद।तर उ गलत भने हुदैन थियो। मजाकमा पनि उसले केही हदबन्दी लगाएको थियो सायद। कुनै-कुनै बेला मजाकलाई नबुझी माहोल नै बिगार्थ्यो। ऊ सङ्ग मजाक गर्न सक्ने केबल एउटा मात्रै मान्छे थियो सम्शेर।ऊसलाई पनि मुनाल गाली त गर्थ्यो तर मुनालको दिल बुझिसकेको हुनाले उसले चित्त सानो पार्दैन थियो बरु उसको मनस्थिति नै परिवर्तन गर्ने खुबी थियो सम्शेर सङ्ग।

देव प्रसाद गौतम · Sep १३, २०१६एक जना मानिस आफ्नै घर मा हात मा कुचो समाती एता र उता कुदी रहेको थियो ।साथै बड्बडाई रहेको थियो ।"नमारी छाड्दिन कती उड्छस" भन्दै कुचो ले हान्दथ्यो | तर त्यो पखेटा भएको सानो जीब ज्यान बचाउन, उडेर एता उता गरी रहेको थियो ।

Niraj Dahal · Aug १५, २०१६"आफ्नो मैलो टिसर्टलाई नियालें । फाटेको, काटेको, टालेको, टालेर पनि फाटेको र उपियाँको मार्ग बन्न सफल मेरो पाइन्ट र पाइन्टका सिंगै मुसो छिर्न सक्ने ठुल्ठुला भ्वाङ्हरु नियालें । आफ्नो दरिद्रताको छवि छर्लङ्ग देखिन्थ्यो। देशको दरिद्रता सम्झें।मन केही संभालियो । मेरा आखाँ मेरै अगाडि सगरमाथा झै अडिग बनेर ठडिएको आलिसान बंगलामा ठोक्किए । मेरो पाइन्टका भ्वाङ टाल्न चाहिने भन्दा कयौं गुणा ज्यादा कपडा त्यसघरको पर्दा बनाउन खर्चिएको थियो ती पनि नियालें । अन्ततोगत्वा त्यस केटिको सुकिलो पहिरन नियालें।"

Dipendra Khadka · Jul २८, २०१६लामो सुस्केरा हाल्दै बोल्यो :- खै के भन्नु र भाई ? विदेशबाट कम्पनि टुटेर आएको थिए ३५००० हजार लिएर आएको भाई पैसा जति सबै त्यो डाईस खेलाउनेहरुले खाइदियो । रिसाउँदै म बोले :- किन खेल्नु भएको त ? तपाईलाई थाहा थिएन खेले पनि ५०० खेलेर उठेको भए हुने थिएन त ? निरास हुँदै दाई बोल्यो :- होइन भाई सुरु सुरुमा मैले मार्दै गए मार्दै गए - अब खेल्दिन भनेको त हुँदैन हाम्रो पैसा सबै खानु भयो अब एकै पटक १५ हजारको ३० हजार आउँछ डबल भनेर भन्यो मैले हानेको २० हजार को ४० हजार आउँछ भनेर तर अन्तमा मरेन भन्यो र पैसा सबै सोर्यो मैले केहि गर्न सकिन उनीहरु धेरै थिए भाई ।

सूर्यले कुखुराको अण्डा भित्रको पहेलो-पहेलो सुन्तला रङगको जर्दी सरह मुहार बनाएर आजलाई बिदा भन्दै क्षितिजमा विलीन हुने अवस्था थियो ! तर यिनिहरुको दौडादौड र भागमभाग भने अहिले सम्म पनि जारीनै रहेको थियो । भोको जङ्गलको राजा सिंह खलखली पसिनाले फ्वा-फ्वा हुदै त्यो लखटरित खरायोलाई आदेश दिन विवश हुन्छ। 'पख! ओइ खरायो पख !!'…

Dipendra Khadka · Jul १७, २०१६बत्तिलाई जेठी औला र माइली औलाले च्याप्प समातेर मारिन र उनिको खास्टो ओढेर सुतिन् । रीया साहुको ऋण पनि धेरै छ घरको अबस्था पनि ज्यादै नाजुक छ अब म पैसा कमाउन विदेश जान्छु हेर न बूढा - बुढी भएका बा आमा छन कति दुख मा राख्नु तिमी पनि त छौ सधै दुखमा राख्न सक्दिन म विदेश जान्छु तल्लो घरे माईलाले पनि साउदी बसेर घर बनायो ऋण तिर्यो अहिले हेर त बजारमा पसल

Ajit Kshetri · Jul १६, २०१६म साथी सुलोचनाको डायरीमा सम्झनाका शब्दहरु कोर्दै थिएँ । तिनताका ईन्टरमिडियट, ग्राजुयशन वा डिग्री तहका अन्तिम बर्षका बिधार्थीले सम्झनाका लागी डायरी बनाउने र साथीहरुका हातबाट केही शब्द लेख्न लगाउने, तस्बिर टाँसेर राख्ने चलन थियो । मैले डायरी बनाई सकेको थिएँ । मेरो डायरीमा सुलोचना, पद्मा, सन्तोष, आरती, बिशाल, बिजया लगायतका थुप्रै साथीहरुले लेखिसकेका थिए । सुलोचनाको डायरी भरेर त्यसमा आफ्नो फोटो चिप्काउँदै थिएँ, समाजशास्त्रमा अध्यापक मिश्र सर कक्षामा प्रवेश गर्नुभयो, मैले डायरी बन्द गरें र समाजशास्त्रको किताब निकालें ।

Ajit Kshetri · Jul ९, २०१६हाँसको जोडी त्यहाँबाट हिंड्नै लागेको थियो । त्यसैबेला लाटोकोसेरो जोडले चिच्याउँदै रुन थाल्यो र हाँसले आफ्नी पत्नी (पोथी हाँस) चोरेर लैजान लागेको भन्दै गुहार माग्यो । आफ्नी पत्नीमाथी लाटोकोसेरोले दाबी गरेको देखेर हाँस जिल्ल पर्यो । आसपासका गाउँबाट भद्र भलाद्मी र पञ्च आए, हाँस र लाटोकोसेरो दुबैले पोथी हाँस आ-आफ्नी पत्नी भएको दाबी गरे । भद्र भलाद्मी सहितको पञ्चायतले दुबै पक्षको कुरा सुन्यो । पञ्चायत र भलाद्मीहरुलाई लाटोकोसेरो झुठ बोलेको कुरा बुझ्न समय लागेन । तैपनि सोंचे-'यो हाँस त आफ्नी पत्नी लिएर एकछिन पछि यो ठाउँबाट जानेछ तर लाटोकोसेरो त यहि समाजमा बस्छ र हामीलाई लाटोकोसेरो चाहिन्छ ।'

Dilip Pokharel · Jul ३, २०१६यति भनेर ससुरा बाले फोन मेरि बुडिलाई दिनु भयो । मलाई माफ गर मैले भने । लौ किन ? ऊनले भनिन् । त्यो भन्न मिल्दैन , तिमी मात्र यत्ति बुझ कि तिमी जस्तो बुडि पाउन मैले ऊ जुनि मा धेरै पून्य गरेको थिएँ होला । अनि यो व्रत धेरै नराख हप्तामा २ दिन जति मात्रै राख ल । हेर त बुवा आमा सप्पैलाइ कति तनाब भयो । भनेर सम्झाएँ महेशले भन्यो अनि यत्ति जाबो कुरामा के साह्रो तनाब भाको जस्तो पुरै चुरोट तानिराको त मैले भने । उसले भन्यो मलाई यो अहिलेको घटना ठूलो हैन ।

Dipendra Khadka · Jul १, २०१६जुन जातलाई मैले हेला गरे आज त्यही जातको घरमा बास र गाँस दुवै पाए खै त म मरिन त तल्लो जातले छोएको खाने कुरा खाँदा आखिर यो जात त्यो जात भन्ने भ्रम रहेछ आजबाट मैले चेतना पाए अब मेरो मनबाट कहिले पनि यस्तो भुल हुने छैन यस्तै यस्तै नाना थरि कुरा खेलाउँदै ओछ्यान मा निदाउन पुग्छ ।

Suraj Subedi · Jul १, २०१६"के भयो?" म आत्तिए । "बाबा लडेर मरेछ ।" निक्कै साहास गरेर आमाको वोलि निस्कियो । मेरो वरपर चकमन्न भयो । केहि सोच्नै सकिन । उहाँ भन्दै हुनुहुन्थ्यो "कहिल्यै चर्न नजाने ठाँउमा गएर लडेछ" सँधै आउने गाई बेलुका घर आएनछ । कहाँ गयो भनेर भोलिपल्ट खोज्दा मृत भेटिएछ । "वाच्छो? " मलाई बाच्छोको पिर पर्यो ।
