करिब २३ वर्ष पहिले,
विधार्थी समय !!
अहिले लाग्छ संसारकै सबै भन्दा
संघर्षरत पाइला अनि मस्तिष्क !!
जिवनलाई जुन कुनाबाट पट्याउन खोजेपनि,
आकार दिन नसकेको धमिल चित्र,
त्यो मेरो खुट्टामा लगाएको सेतो जुत्ता
कपडाको,
करिब डेड दुई घन्टाको बाटो हिड्न सजिलो,
धुन सजिलो,
लगाउन सजिलो,
तर सबै भन्दा सजिलो
किन्न जसलाई अर्को कालो जुत्ता भन्दा
निकै कम मुल्यमा आउथ्यो,
आटै गर्दा आफैंले जम्मा गरेको पैसाले
किन्न सकिन्थ्यो ,
तर सबै भन्दा गारो कुरा के थियो भने तेस्लाई
स्कुल नियम अनुसार शुक्रबार मात्र लाउनु पर्ने
थियो,
सबैले प्राय शुक्रबार मात्र लगाउथे तर म,
म भने सदैब तेहि लगाउथे,
त्यो लगाउनु मेरो रहर नभई बाध्यता थियो,
बाटोमा कसैले हेर्दा कति लाज लाग्थ्यो,
स्कुलमा दिन कटाउन कति गारो हुन्थ्यो त्यसैले म खेल्न
निस्कनु भन्दा कक्षामा रमाउन मै आनन्द मान्थे,
तर आज लाग्दैछ त्यो सब मेरो एक तर्फी सोच थियो,
शुक्रबार स्कुल जान एक्दम सजिलो लाग्थ्यो
किनकी त्यो दिन सेतो जुत्ताको पालो थियो,
तर जब आउँथ्यो आइतबार, ओहो,
कति छिटो घडिमा समय भएको स्कुल हिड्ने,
के मनले पुग्थे आफैं लाई थाहा छैन,
सय थरी पिर, पढाई अनेक तर
मुख्य पिर त्यहि नै थियो !!
एक पल्ट आफ्नै प्रयासले एउटा कालो जुत्ताको पसल पनि पुगे सोध्न,
मूल्य त ३/४ वटा सेतो जुत्ता आउने रहेछ,
केही बहाना वा फेरि अर्को दिन आउछु भन्दै कुले
लाम ठोक्नुको बिकल्प रहेन ।।
घर आएर भनौ की कसैलाई जस्तो लाग्यो,
भन्दिन भन्दा पनि एक्दिन ममिलाई भनेछु,
उहाँको एकै सरल शब्द, ओहो कसरी बयान गरौ ,
शब्द भन्दा पनि आँखा भित्र लुकाउन खोज्नु
भएको पानी,
मैले नदेखे झै गर्दा पनि देखें,
मेरो शरीर भरी काँडा उम्रीएको भान भयो,
होइन यति सानो कुरामा मैले किन दुखदिने
सोचेको,
आखिर् काम चलेकै छ,
आखिर नतिजा राम्रो ल्याएर पढाइमा अब्बल भएसी
जुत्ताकै कारण पछि परीने होइन क्यारे,
म मेरो ममि करुणाकि खानी लगाएत सबै आफ्नालाई
खुसी पार्न आजै बाट मेहनत गर्छु,
सुत्न र आराम गर्न छोड्छु,
ताकी मलाई सेतो जुत्ताले दिएको
कालो चोट भुलाउनु छ ।।
मलाई आज धन्य लाग्छ, मेरो प्यारो स्कुलका
साथी अनि शिक्षक सम्झेर,
जसले मेरो मनमा खेलेको त्यो बालापन,
अबोध, कलिलो अनि निरीह मनस्थितिमा
जुत्ताकै कारण जवाफ दिन कहिले बाध्य
पार्नु भएन !!
र सारा दुख लुकाएर पनि पढाईबाट अगि बढ्न खोज्ने
मेरो सपनाको बाहिरी साक्षी ममतामयी ममि र परीवार भएपनि भित्री मेरो आत्माको भगवान र मन नै थियो,
जसले बारम्बार सेतो जुत्ता लगाउदा हुने पीडा
कम गर्न भन्ने गर्थ्यो,
खुट्टामा चप्पल नलगाएका मानिस
पनि यो संसारमा जिउदै छन,
अझ खुट्टा नभएकाको जीवन कस्तो होला ।।
म भाग्यमानी छु, मैले खाली खुट्टा र
कुनै औंला बिना संसार हाक्नु परेको छैन,
त्यसैले म निरीह होइन र मेरो परीस्थिती
आफ्नै मेहनतले परीवर्तन गर्न सकुला कि
कुनै दिन ।।
Liked by: