सायद भावनाहरू बढेर होला उसलाई भेटे देखि मसँग शब्दहरूको कमी हुन थालेको छ । लाग्छ कुनै कुनै भावनाहरू व्यक्त गर्ने शब्द नै छैन । त्यो वृहत शब्दकोश नि अपूर्ण अधुरो लाग्छ । मेरा भावना लाई थेग्न सक्दैनन, न्याय गर्दैनन् ती शब्दहरूले , ती बिम्ब र प्रतिकहरुले। सबै फिका फिका लाग्छन् उसको अघि ।
मैले उसलाई परिक्षा हलमा भेटेको हों । त्यसलाईभेटेको भन्न मिल्दैन सायद , देखेको भनौं । त्यो दिन हाम्रो इग्जाम ढिलो भयो। त्रि. वि को व्यवस्था र अवस्था कस्तो छ त्यो भनिराख्नु पर्दैन । त्यो दिन एक्टिभ विषयको इग्जाम थियो। त्यसैले परिक्षा व्यवस्थापकलाई व्यवस्थापन गर्न पसिना आएको थियो । म र मेरो एकजना साथी बाहेक अरु सबै जनाको 30 मिनेट ढिलो इग्जाम सुरु भयो । तर हामी दुई जनाको इग्जाम भने 1 घण्टा ढीलो भयो । अरुबेला म परिक्षा हलमा खासै ध्यान दिन्न । परीक्षाकै बारेमा बढी सोचिहिरहेको हुन्छु।सायद परिक्षा पनि समयमै सुरुहुने भएकाले होला । तर त्यो दिन परिक्षा ढिलो सुरु भएकाले यताउता हेर्न थाले। मनमा एक प्रकारको बेग्रता सुरु भयो । जति जति समय बित्दै थियो, उति उति मेरो मन आत्तिँदै थियो । कताकता परिक्षा नै हुँदैन कि भन्ने चिन्ता र पिरले सताउनथाल्यो । सबै जना गफमा मस्त थिए । मौरी भुनभुनाए जस्तो गरी कोठा नै गुञ्जयमान थियो । तर म चुपचाप थिए । मलाई एउटै पिर थियो परीक्षाको । त्यत्तिकैमा पूजाले मलाई बोलाईन् । म दायाँ पट्टीको लाइन को अगाडीबाट दोश्रो बेच्न मा बसेको थिए, भने उनी बायाँ पट्टीको पछाडि बाट दोश्रो बेन्चमा थिइन् । म पछाडि फर्किए। मेरो ध्यान पूजा तर्फ नगई उनीभन्दा पछिल्लो बेन्चमा गएर अडियो । त्यहाँ मैले पहिलो पटक उसलाई देखें । मेरा आँखा उ बाट हट्नै मानेन । म उसलाई हेरिरहेँ । ती चञ्चल आँखा , हँसिलो,चम्किलो मुहार,चुलबुल स्वभाव ,पिपल पाते ओठ, पुक्क परेका गाला, निधारमा सामान्य भन्दा अलि माथि तेश्रो पारेर लगाएको टिका ,दुई चुल्ठी बाटेको केश, त्यो मिठो मुस्कान ,त्यो नसालु हेराइ, नीलो कलेजको टिसर्ट बाहिर कालो पातलो ज्याकेट, हातमा हरियो चुरा र मेहेन्दी, कुनै स्वर्ग की अप्सरा भन्दा कम थिईन ऊ । मैले एकटकले हेरिरहेँ,। एकै छिनमा इग्जाम को पिर र चिन्ता बिर्सिएँ मैले ।अघि सम्म इग्जाम को पिर थियो अब त्यो पिर अर्कोतर्फ मोडियो , पिरले अर्कै रूप लग्यो । उसको नाम के होला? , उसको घर कता होला?,उसको फेसबुक आइडी के होला,? उ सिंगल छ कि छैन होली, ? यस्तै यस्तै प्रश्नहरूले मलाई सताउन थाले । त्यतिखेर नै उसलाई गएर उसको नाम सोधौँ, नसोचेको हैन तर तेत्रो साहस बटुल्न सकिन मैले । म अलि लजालु र अन्तरमुखी स्वभावको मान्छे । नयाँ मान्छेहरुसंग सहजै खुल्न सक्दिन । सामान्य कुरा गर्न समेत अफ्ट्यारो महसुस गर्छु । त्यत्रो हल भरिका मान्छेहरूको अघि उसको नाम सोध्ने कुरा त मेरो कल्पना भन्दा धेरै परको कुरा भो । एउटै क्याम्पस मा पढ्दा पनि किन उसलाई पहिले देखिनँ भनेर सारै पछुतो लाग्यो ।हुनत उसको मोर्निग को क्लास मेरो डे को तर पनि यत्रो तीन चार बर्ष सम्म कही न कही, कतै न कतै भेट त हुनु पर्ने हो ।हुनसक्छ हाम्रो भेट हुन लेखेकै थिएन। ईश्वरलाई त्यो मञ्जुर नै थिएन सायद । जीवनमा पहिलो पटक कोहि यति प्रिय लाग्यो । कसैको लागि यो मुटुमा एक अजीब, बेग्लै तर आनन्दित भाव पैदा भयो । पहिलो नजरमै कोहि मान्छे कसैको लागि यति प्रिय कसरी हुन सक्छ? कसैले निमेष नै मन मुटुमा यसरी शासन जमाउन कसरी सक्छ? कसैको मुस्कान यति मिठो कसरी हुन सक्छ? कसैको हेराइ यति नसालु कसरी हुनसक्छ? कसैसंग एकै नजरमा यति गहिरो प्रेम कसरी हुनसक्छ? म आश्चर्य चकित भएँ । उसलाई देखेर । अनि आफैलाई हेरेर। मैले केही सोच्नै सकिनँ। अब उनीहरूको इग्जाम सुरु भयो । अनि मैले उसलाई लुकीलुकी हेर्न थालें । एकटकले हेरिरहेँ । उसले अगाडि हेर्दा नजर फेरीहल्थे । उसले लगाएको टिकाले मेरो ध्यान तान्यो । निधारको बीच भागमा नभई उसले अलि माथि लगाएकी थिई। मलाई सिन्दुर लगाएको जस्तो लाग्यो। हातमा नि मेहेन्दी थियो यसले अझ तर्सिएँ म। हुनत साउन महिनामा मेहेन्दी लगाउनु सामान्य कुरा थियो तर त्यो समयमा मैले त्यति सोच्न सकिन । मन आत्तियो । पदम मेरो नजिकै थिए । त्यसैले मैले इसाराले देखाउँदै सानो स्वरमा भने त्यो केटिले बिहे गरेको जस्तो लाग्छ कि नाई? छैन... किन नि... मन परि की के हो ? उनले जिस्काउने पारामा भने । मैले हो को संकेत दिएँ। फेरि मैले सोधिहालें अनि त्यो टिका त कस्तो सिन्दुर लगाएको जस्तो देखिन्छ त ? रावतजी ढुक्क हुनुहोस् , गरेकी छैन। त्यो टिका त आजकाल कतिपएले त्यसरी पनि लगाउँछन्... सामान्य हो । बल्ल मेरो मन शान्त भयो । अनि मैले उनको नजिकै मुख लगेर भने कस्ती राम्ररी है । उनले फेरी मलाई जिस्काउन थाले। यसै गरी कतिले बेला आधी घण्टा कट्यो मलाई पत्तै भएन । अझै उसलाई हेर्न पुगेकै थिएन । उसको हेराईको, मुस्कानको , कपाल को, एक एक कुराको तारिफ गर्दै पदम लाई सुनाउँदै थिएँ। त्यत्तिकैमा हाम्रो प्रश्नपत्र आयो । अघि सम्म प्रश्नपत्र किन आएन भन्दै रन्कीएको म अब किनआयो भनेर रन्कीए। मनमनै त्यो गार्डलाई श्रापें पनि । उनीहरूको भन्दा आधा घण्टा ढिलो सुरु भएकाले अब उनीहरू पहिले नै घर गइ सक्ने भए भन्ने पिरले मैले दायाँ बायाँ कतै नहेरी खुरु खुरु लेख्न थालें । ता की पछि उनीहरूसँगै फर्किन पाउ भनेर। तर त्यो सम्भव भएन मेरो दुई/ तीन वटा प्रश्न बाँकी रहँदा नै उसले लेखेर सकिहालीछ । हामी अगाडि भएकोले उसलाई त्यतै बाट आउनु पर्थ्यो। उसले उत्तरपुस्तिका बुझाउने समयमा पदमले ऊ भन्दै इसाराले मलाई देखाय। अनि नाम सोध्यो , उनको जवाफ थियो, "किन चाहियो ?" मलाई हेर्दै हाँसेर चुपचाप लेख्न थाले पदमले । उ गई । उसँगै मेरो मन पनि गयो, ध्यान पनि गयो । म उत्तर लेख्न खोज्छु । तर मेरो दिमागमा एउटै प्रश्न आउँछ। उसको नाम के हो ? पूजाले त्यही दिन उसँग कुरा गरेको देखेको थिए । पकै पनि उनलाई थाहा छ होला भनेर मनलाई अलि शान्त पारे । इग्जाम सकिए पछि पूजालाई सोधें " को केटी ? किन चाहियो? , मान्छेको यहाँ इग्जाम बिग्रेको बेला" साँच्चै थाहा नभएर हो या भन्न नचाहेर हो । उनले भन्न खोजिनन्। पिलिज भनन् के, काम छ मैले फेरि सोधेँ " ह्या म चिन्दिनँ " । उनले फेरी त्यही जवाफ दिइन्। अब फेरि सोध्नु मैले उचित ठानिनँ। उनी संग सबै कुरा खोली हाल्न पनि मनले मानेन । अरुबेला घर फर्किंदा । साथीहरुसँग के के मिल्यो, के गलत भयो, कति नम्बर जति आउँछ होला, अरूले के लेखे,आफूले के लेखें। यी सबै कुरा गर्दै आउँथ्यौँ। तर त्यो दिन बस भरी उसकै कुरा भयो । एक्जाम कस्तो भयो मलाई त्यसको कुनै सरोकार थिएन। मलाई त एउटै कुराको चिन्ता थियो । उसको नाम कसरी पत्ता लगाउने । खड्काले अलि सान्तोना दिँदै भने अब लास्ट एक्जाम बाँकीनै नै छ त । त्यो दिन भेटी हाल्छ नि के को पिर । मैले दुई दिन पर्खन धर्य गर्न सकिनँ। घर पुगेर फेसबुकमा खोज्न थालें। बिना नामको मान्छे । मैले हाम्रो क्लास का के के नाम गरेका साथीहरु त्यो हलमा थिए । तिनलाई सम्झिएँ अनि त्यही नाम गरेका , त्यही नामको पहिलो अक्षर बाट अरु के के नाम हुन सक्छ त्यो सबै मान्छेहरू फेसबुकमा खोज्न थालें। हाम्रो क्याम्पस का टीचरहरुको , विद्यार्थी नेताहरूको फ्रेन्ड्स लिस्ट मा गएर खोज्न थालें। उसलाई खोज्दा खोज्दै कतिबेला रात को 12/1 बजे छ । मलाई पत्तै भएन। तर उसलाई भेटिनँ। अर्को दिन बिदा थियो। त्यो दिन मैले बुक को नाममा त्यही फेसबुक मात्र खोलेँ। त्यो दिन पनि रातिको 12 नै बज्यो तर उसलाई भेटिनँ । मेरो सबै मिहिनेत र प्रयास व्यर्थ गयो । मैले यति घण्टा मात्र फोन चलाउने भन्ने नियम बनाएको थिएँ, त्यो नियम बिर्सिएँ । मैले मेरो भोली एक्जाम छ भन्ने कुरा समेत बिर्सिएँ। मैले भोक, प्यास, निद्रा बिर्सिएँ ।मैले सबै कुरा बिर्सिएँ । अझ आफैलाई बिर्सिएँ। म त उसको खोजीमा यसरी लागे को थिएँ कि मानौं भोली उसैको एक्जाम छ । अनि प्रश्न आउनेछ । उसको नाम के हो ? उसको घर कता हो ? कता बस्छ ? के गर्छ ? यस्तै यस्तै....
अर्को दिन घरदेखि अलि चाँडै निस्किए पनि जामले गर्दा एक्जाम हलमा हामी अलि ढिलो पुग्यौँ। सिट प्लानिङ को लिस्ट बाहिर राखिसकेको थियो । त्यसैले ढिलो नगरी हामी त्यो लिस्टमा आफ्नो सिम्बोल नंवर हेर्न थाल्यौं। त्यत्तिकैमा मैले उसलाई देखिहालें। उ पनि आफ्नो सिम्बोल नम्बर खोज्दै थिई त्यो भिडमा । उसको पहिरन मा खासै परवर्तन भएको थिएन। एक छिन हेरिरहेँ अनि खड्का लागि पनि देखाए। त्यतिकै मा उ त्याहाँ बाट हिँड्न थाली । खड्का ले पर सम्म पच्छ्या उसलाई । म भने गईन । म त्यही उभिएँ चुपचाप । एक छिन पछि खड्का हाँस्दै आए । त्यो हाँसो को राज मलाई थाहा भैहाल्यो। मैले ढिलो नगरी सोधेँ । के रहे छ नाम ? म आतुर थिएँ त्यो नाम सुन्न । उसको नाम थियो मञ्जरी ।मैले दुई दिन लगाएर पत्ता लगाउन नसकेको त्यो नाम उनले एक छिन मै पत्ता लगाइदिए । मेरो दिलमा उनको लागि सम्मानको भाव पैदा भयो । धन्यबाद यार साथी भनेको यस्तो हुनुपर्छ । मैले खुशी हुँदै भनेँ। अनि अरू के के सोध्यौ नि? उसले के भनि ? पूरा नाम के हो? घर कता रहेछ? नाम सोध्दा रिसाइन? मैले एकै सास मा भनेँ । खड्का ले हाँस्दै भन्न थाले " RB रुक जा यार, मैले उसलाई अरु केही सोधेको छैन। उसँग बोलेको पनि छैन । " अनि किन झुट बोलेको त ? म अलि रिसाएर कडा स्वरमा भन्छु। '"न रिसाउन केटा झुट बोलेको छैन । नाम मञ्जु नै हो पूजाले उनलाई बोलाउँदा सुनेको । बोल्न खोज्दै थिएँ उनीहरू गईहालिन् । " नाम चाहिँ केरे ? अचमै भो मैले उसको नाम बिर्सिएँ । जुन नाम जान्नकाे लागी दुई दिन सम्म यति तड्पिएको थिएँ । जुन नाम सुन्न यति आतुर थिएँ। मैले त्यही नाम बिर्सिएँ। दुवै जनाले एक अर्कालाई हेर्दै हाँस्यौं एकछिन। अनि अंगालो हाल्दै क्लास तर्फ लाग्यौ। अब फेरि बिर्सने डरले त्यो नाम बारबार मनमनै दोहोर्याएं। उत्तर लेखिरहँदा समेत दोहोराइरहें। खै किन किन मलाई त्यो नाम सुन्दा आनन्द आउथ्यो। मेरो ओठमा त्यसै मुस्कान आउथ्यो। अघिल्लो दिन बाट टी.यु ले पाठ सिके छ सायद। त्यो दिन भने समय मैं, सबैको एक्जाम सँगै सुरु भयो ।
ऊ भन्दा पहिले अरूलाई नदेखेको हैन , ऊ भन्दा अरु सुन्दर नभएका पनि हैनन् तर प्रेम किन ऊ सँगै भयो। उसको बानी व्यवहार देखेर ,उसको स्वभाव देखेर हो भनौँ भने उसलाई त्यसरी चिनेकै छैन, जानेकै छैन । आकर्षण हो भनौँ भने पनि महिना बितिसक्दा पनि मैले बिर्सनै सकेको छैन झन बढी माया बढ्दै छ। कुरा नहुँदा ,बोलचालै नहुँदा पनि झन बढ्ने यो कस्तो प्रेम हो। के हो प्रेम ? कसैले पाउनु लाई प्रेम भन्छन त कसैले गुमाउनु लाई । कसैले कसैको लागि मर्नु लाई प्रेम भन्छन त कसैले जिउनु लाई । कसैले मिलन लाई प्रेम भन्छन त कसैले बिछोड लाई । कसैले कसैको लागि रुनु लाई प्रेम भन्छन त कसैले हाँस्नु लाई । कसैले अरूको यादमा आफूलाई विर्सिनुलाई प्रेम भन्छन। कसैले भन्छन आफूलाई भन्दा अरूलाई बढी माया गर्नु प्रेम हो । कसैले कमजोरी देखाउनु लागि प्रेम भन्छन त कसैले कमजोरी सहित स्विकार्नु लाई ।वास्तवमा के हो त प्रेम ? पुस्तक मा पढेको भन्दा, चलचित्रमा देखेको भन्दा , कल्पना गरेर भन्दा ,बेग्लै हुने रहेछ प्रेम । पढेको,देखेको र कल्पना गरेको भन्दा धेरै फरक हुनेरहे छ प्रेम । प्रेम त्यस्तो कुरा हो जो व्यक्ति स्वयंले जे अनुभव गर्छ त्यो अरूलाई जस्ताको त्यस्तै बुझाउन सक्दैन ,अरूलाई प्रेम यस्तो नै हुन्छ भनेर देखाउन सक्दैन। प्रेम हरेक व्यक्तिले भिन्न भन्नै तरिकाले अनुभव गर्दछन् । त्यसैले त प्रेम को कुनै एक परिभाषा छैन। व्यक्तिले जस्तो अनुभव गर्छ , जे महसुस गर्छ जसरी बुझ्छ त्यसले त्यस्तै परिभाषा दिन्छ । अझ भनौं परिभाषा त्यसको गरिन्छ जसलाई मान्छेले राम्ररी बुझि सक्छ। जसको कुनै निश्चित सीमा हुन्छ । जसलाई मापन गर्न सकिन्छ। तर प्रेमको न कुनै सीमा हुन्छ, न मापन नैं गर्न सकिन्छ न त यसलाई कसैले पूर्ण रुपमा बुझ्न नै सक्छ। प्रेम त आकाश गंगा जस्तै हो । जो बढी रहन्छ, फैलिरहन्छ , निरन्तर ।
उसलाई मसँग भाग्यले भेटायो या त्यो कुनै संयोग मात्र थियो म जान्दिन तर उसँग छुट्टिनु कुनै संयोग थिएन सायद। निधारमा नलेखिएको त्यो नाम यो मनले यति सजिलै मुटुमा लेखिदियो ।मेटाउनै नमिल्ने गरी । यी आँखाले किन कैद गर्छ त्यो तस्बिर। जबकि त्यो व्यक्तिलाई कैद हुनै मन छैन। कैद गर्ने अधिकार नि छैन मलाई । मनले मागेका , आँखाले देखेका सबै कुरा पाइँदैन। थाहा हुँदा हुँदै मनले त्यही कुरा किन माग्छ? । प्रत्येक व्यक्तिले त्यही कुरा पाउँछ जुन उसको निधारमा लेखिएको हुन्छ। त्यसैले आँखाले देखेको , मनले मागेको सबै कुरा को पछि लाग्नु मूर्खता हो, पागलपन हो भन्ने कुरा थाहा हुँदा हुँदै । म किन बारम्बार यो पागलपन गरिरहन्छु , मूर्खता दोहोर्याई रहन्छु। कहिले काँही यो मन लाई यी आँखालाई यो निधारले सम्झाउन नसक्दो रहें छ । अनि मन, आँखा र निधार बीच घमसान युद्ध सुरु हुन्छ ।तर अन्तिममा मन ,आँखा र निधारको होडबाजीमा जहिले निधारले जितिदिन्छ। नराम्रोसँग पछारिदिन्छ यो मन लाई , अनि यी आँखालाई देखाई दिन्छ यसको असली औकात। उसलाई मेरो आँखाले रोज्यो , मनले माग्यो तर निधार लाई त्यो मञ्जुर थिएन । मेरो भागमा नपरेको त्यो बहुमूल्य रत्न हो ऊ । मेरो लाख कोशिशको बावजुत मेरो हुन नसकेको त्यो बहुमूल्य रत्न । प्रिय पात्र। जो कसैको लागि सहजै, सजिलै प्राप्त हुने छ ।
सात महिना पछि उसले मलाई अनब्लक गर्यो । खै किन गर्यो थाहा छैन। मैले उसको प्रोफाइल चेक नगरेको महिना दिन भइसकेको थियो। मेरो मन खुशीले नाच्न थाल्यो। मैले धेरै सोचे पछि । फ्रेन्ड्स रिक्वेष्ट पठाउने निर्णयमा पुग्ये। नयाँ वर्षको दोस्रो दिन बेलुका पख मैले फ्रेन्ड्स रिक्वेष्ट पठाएँ। पठाएको केही बेरमै फ्रेन्ड्स रिक्वेष्ट एसेप्ट भयो । अब झन मेरो खुशी को कुनै ठेगान रहेन। मनमा हजारौं कुराहरू थिए तर के भन्ने। कसरी कुराको सुरुवात गर्ने । केही आएन। म निःशब्द भएँ। एक छिन सोचविचार गरेपछि मेरो दिमागमा ह्याप्पी न्यू ईयर शब्द बाहेक अरु केही आएन। मैले खुशी भएको इमोजी सहित ह्याप्पी न्यू ईयर लेखेर सेण्ड गरिदिएँ। उ अनलाइन नै थिई तर रिप्लाई दिइन । मनमा एक प्रकारको गलानी बोध भयो । बेकारमा पठाएँ छु भनेर आफै संग रिसाउँदै थिएँ म त्यतिकैमा उसको म्यासेज आयो हाँसेको इमोजी सहित सेम टु यू। बल्ल शान्तिको सास फेरेँ मैले । पठाएर ठिकै गरे छु जस्तो लाग्यो ।अनि बिस्तारै हाम्रो कुरा सुरु हुनथाल्यो । ...
उसको एक हेराइ , एक मुस्कान मा फिदा भएको म। त्यो । उसले यति बोलिदिँदा के थियो र मेरो खुशीको सिमा थिएन । ।खुशी को सीमा होस पनि कसरी मेरो सपनाको मान्छे संग म विपना मा बोल्दै थिएँ। जसको तस्बिर संग घण्टौं एकोहोरो कुरा गर्थे । आज त्यो मान्छे संग दोहोरो कुरा हुँदै छ। अब आफैले सोचेर उसको तर्फको जवाफ दिनु पर्दैन । उ आफै दिन्छे। संसारकै भाग्यमानी व्यक्ति झै लाग्यो ।
आजभोलि मेरो बानी बिग्रिँदै छ। पहिले उसको तस्बिर हेरे पुग्थ्यो । उसको तस्बिर संग कुरा गरे पुग्थ्यो अहिले उसँग कुरा गर्नु पर्ने भएको छ यो मनलाई । नजानिँदो गरी उसको लत लाग्दै छ। आदत बन्दै छ ऊ। उ मेरो हैन भन्ने जान्दाजान्दै, थाहा हुँदाहुँदै प्रेम गरेको हो। आफ्नो बनाउने कुनै चाहा थिएन । थियो त केवल प्रेम । प्रेम नै प्रेम । मात्र प्रेम । असीमित प्रेम । तर आज मैले महसुस गर्दै छु उसलाई आफ्नो बनाउने चाहा बढ्दै गएको । अहिले मेरो चोखो माया मा स्वार्थको बाछिटा देखिदै छन् । म डराउँछु यी बाछिटाले कतै तालको, नदिनको, सागरको रूप नलागोस । म चाहन्छु यी बाछिटा बाछिटा मै सिमित रहुन, यिनको अस्तित्व मेटियोस्,यति मै बिलाउन यी ।
म भित्र नजानिँदो गरी उसको बन्ने , उसको माया पाउने सपनाहरु टुसाउँदै थिए । उसको व्यवहारले ,उसको कुरा गराइले अझ मलजल को काम गर्दै थिए । सायद उसले म भित्र सपनाहरु हुर्कदै गरेको देखेर होला उसले एक दिन भनी धेरै नसोच्नु मेरो हुनेवाला अर्कै छ। म केही बोल्नै सकिनँ। के भन्ने मैले केही सोच्नै सकिनँ। त्यो दिन यसको रिप्लाई दिइनँ मैले ।
उसको एक शब्द मेरा लागि हिरोसिमा नागासाकीमा खसाएको आणविक बम झै भएको थियो । जसरी हिरोसिमा नागासाकी शमशान बने ,पूरा सहरको सुन्दरता खोस्यो ,सर्वस्व हरण गर्यो, भविष्य उजाडियो । न इतिहास सुनाउने बाँकी रहे न सुन्ने । इतिहास मेटियो , वर्तमान यती कुरुप र भयंकर देखियो की त्यसको मुस्लो मा परि भबिस्य देखिएन , वर्तमानको भयंकर तूफान ले भबिस्यलाई यसरी उडाइदियो की त्यो दुरदुर कहि देखियन। वर्तमान को ज्वालामा भूत र भविष्यको यौटै चिहान भयो , भूतको अस्तित्व मेटियो , भबिस्य देखिएन। देखियो त केवल अन्धकार । त्यसै गरी उसको एक शब्द ले मेरा सारा सपनाको एकै चिहान बनाइदियो । मेरो मन शमशान भयो । जहाँ कुनै सपना शेष रहेनन् । शेष रह्यो त केवल खरानी ।देखियो त केवल अन्धकार। एक शब्द ले खरानी बनाइदियो सबै सपना। चौतर्फी अन्धकार छायो। अब नबोलौ सोचेको थिएँ। तर विहान उठेपछि गुड मर्निङ नभनी बस्नै सकिनँ।
उसले भनि मलाई त बोल्न नि डर लाग्यो। यदि तपाईं मेरो बारेमा त्यस्तो सोच्दै हुनुहुन्छ भने कुरा नगरौं । मेरो ब्वाइफ्रेन्ड छ। ठिकै छ तर साथी जसरी बोलौंन । गाह्रो छ तर नबोल्नुभन्दा त यही सही मैले भने । म अलि स्वार्थी नै भएँ। उ मौन रहने कुराले आत्तिएँ म। आफ्नो नभएको मान्छेलाई गुमाउने डरले बेस्सरी सतायो मलाई । मैले मेरो मनलाई रोक्न सकिनँ। अब मेरो मन भित्र युद्ध सुरु हुनथाल्यो । एक मनले भन्छ वर्षौंको प्रेम छोडेर मलाई रोजोस यो चाहना हैन मेरो । म त चाहन्छु उ उसैलाई रोजोस् ,उसैसँग बोलोस्, उसैलाई गरोस प्रेम । अर्को मनले भन्छ अलि कति भए नि बोलोस, एक शब्द मात्रै भएँ पनि बोलोस। बन्द नगरोस् कुरा गर्न । अर्को मनले भन्छ उसको मनको मान्छे अर्कै छ भने म संग नबोलोस् । उसै संग बलोस् । नबाडीयोस् त्यो प्रेम, त्यो समय । हो उ एकछिन बोल्दा, उसको हाई शब्दले मात्र पनि मलाई सारै खुशी मिल्छ तर मेरो एक छिनको खुशीको लागि , म चाहन्न उसको बर्षौंको संबंध बिग्रियोस्।फेरि एक मनले भन्छ म संग दुई दिन बोलेर मलाई उसले स्विकारोस् यो मेरो भनाइ हैन। तर मेरो प्रेम लाई बुझोस्,बदलामा अलिकति भय नि प्रेम गरोस् ।फेरि एक मनले भन्छ म यो पनि चाहन्नँ की प्रेमको बदलामा मलाई प्रेम नै गरोस् मेरो प्रेमलाई बुझोस । बस् म त यति नै चाहन्छु कि उ उसैलाई गरोस् प्रेम, उसैको बनोस्, मात्र उसैको, केवल उसैको । फेरि अर्को मनले भन्छ हुन त यति भन्ने अधिकार नि छैन मलाई । उसलाई जे सही लाग्छ त्यही गरोस। उसको जीवनको बारेमा निर्णय लग्ने अधिकार छैन मलाई। के गर्ने के नगर्ने ,जीवनका सबै सबै कुराको निर्णय गर्ने अधिकार केवल उ स्वयंलाई छ । अरु कसैलाई छैन। फेरि एक मनले भन्छ केही दिनको खुशीको लागि अरु कसैको खुशी खोस्नु छैन मलाई । मेरो भाग्यमा नभएको , भागमा नपरेको कुराको हिस्सा पनि माग्नु छैन त्यो दैव संग । मलाई उ आफ्नो भएको हैन खुशी भएको हेर्नु छ। जहाँ होस, जे गरोस्, जोसँग होस । त्यसले मैले उसलाई गर्ने मायामा केही फरक हुनेछैन,कुनै कमी हुनेछैन, केही असर गर्ने छैन। यसरी म आफै ,आफै भित्र, आफैसँग युद्ध गर्छु । घमासान युद्ध । बेजोड युद्ध । यी दुवै मा जोसुकैले जितोस्, हारोस् । घाइते त म नै हुनेछु। अवश्य हुनेछु।
मेरा साथीहरु खासै धेरै छैनन्। भएकाहरु संग नि सबै कुरा भन्न सकिन्न । सायद त्यसैले पनि होला म दिदीसँग धेरै नै नजिक छु । अझ जेठी दिदी संग त मैले सायदै कुनै कुरा लुकाउँछु होला। उसको बारेमा दिदी बेखर हुने कुरै हुँदैन । उसलाई देखें देखि को सबै कुरा दिदीलाई थाहा छ । त्यसैले आज दिदीले भन्नु भो उसको अर्कै केटा छ भने त नबोल अबदेखि , पछि तँलाई नै गाह्रो हुन्छ बिर्सन । म भन्छु दिदी बिर्सनु कसलाई छ र । मलाई बिर्सनु छैन उ। मलाई त समर्पित हुनु छ , विलीन हुनु छ उसैमा,उसैको यादमा, उसकैको सम्झनामा । म स्वयंले स्वयंलाई बिर्सु । म म नरहु ।सबै सबै कुरा बिर्सु, केवल ऊ रहोस, मात्र उ । मेरो स्मृतिका सबै पानाहरू मेटीउन तर उ भएको पाना रहिरहोस । उसको नाम ,उसको तस्बिर , उसका ती यादहरु मेरो मस्तिष्कमा,मेरो हिर्दयमा यसरी छापिउन की जुगौ-जुग सम्म, जन्मौ-जन्म सम्म कहिल्यै नमेटीउन । तर उसको स्मृतिमा म कतै नरहूँ। उसको कल्पना र सपनामा समेत म नरहुँ।
थाहा छ मलाई विस्तारै हाम्रो कुरा कम हुँदै जानेछ। उसको बोली परिवर्तन हुनेछ। उसको हेराइ परिवर्तन हुनेछ । उसको हाँसो परिवर्तन हुनेछ।। उसको प्रोफाइल परिवर्तन हुनेछ। बायो परिवर्तन हुनेछ। सबै कुरा एक एक परिवर्तन हुनेछ । ऊ उ रहनेछैन।ऊ नै परिवर्तन हुनेछ। एक दिन अचानक हाम्रो बोलचाल पूर्ण रुपमा बन्द हुनेछ। सम्भवत म उसको ब्ल्याक लिस्ट मा पर्ने छु । ब्ल्याक लिस्टमा नपरे पनि फेशबूकको हरियो बत्ती बलिरहदा पनि उता बाट कुनै म्यासेज आउने छैन। । थाहा छ मलाई एक दिन छुट्नु छ। उसको जिन्दगीको गोरेटोमा भेटिएको एक अन्जान बटुवा न हूँ । केही बेरको यात्रामा चिनजान गरियो, बोलियो, हाँसियो। दोबाटो आएपछि छुटिनुनै छ।यति थाहा हुँदा हुँदै पनि म उसँग कुरा गरिरहेको छु। थाहा छ मलाई यो हाम्रो कुरा गराईले उ प्रतिको माया झन झन बढ्दै छ। अनि त्यही मायाले एक दिन मलाई धेरै पीडा दिनेछ । टुट्नेछ मुटु ,बेसरी टुक्रिने छ । टुक्रा टुक्रा पर्ने छ । त्यसलाई जोड्न सक्ने छैन म । त्यो पीडाले मलाई यसरी थिच्ने छ कि ऐया भन्ने सामर्थ्य समेत म मा रहने छैन।असैय पीडा दिनेछ , त्यो पीडा बाट सम्भवत म माथि उठन सक्ने छैन। अनि सामना गर्न सक्ने छैन त्यो दिनको ,त्यो समयको । तर पनि म कुरा गरिरहे छु। अझ बोलि नै रहने छु ।उसले बोल्न बन्द नगरेसम्म । किनकि यदि उसँग केही पल ,केही क्षण , केही समय , केही दिन बोल्दा । उसको हाँसोको ,बोलीको , हेराईको, मुस्कानको बदला मा आँशु र पीडा मिल्छ भने । जिन्दगीले त्यसको हिसाब माग्छ भने म जस्तो सुकै मूल्य चुकाउन तयार छु । आफू रितिएर पनि पाइपाई चुकाउनेछु। मञ्जुर छ जिन्दगीको त्यो फैसला। त्यो आँशु, त्यो पीडा सबै स्वीकार छ। थाहा छ मलाई उसले खोजेको, चाहेको मान्छे म हैन । उसले खोजेको , चाहेको र रोजेको मान्छे त अर्कै छ। थाहाँ छ मलाई एक दिन उ जाने छ उसैसँग । डोली चडेर म बाट कयौ दूर , कोषौं दूर जाने छ। अनि बनाउने छ, बसाउने छ आफ्नै संसार । जुन संसारमा मेरो नामोनिसान हुनेछैन । मेरो अस्तित्व रहने छैन। उसको मानसपटलमा , उसको कल्पनामा, उसको स्मृतिको कुनै कुनामा समेत म रहने छैन। पूर्ण- सम्पूर्ण रूपमा उसको दुनिया बाट हराउने छु म । उसले सोचेको सबै पुगोस । उसको चुलबुल , चञ्चलपन हमेसा रहिरहोस। त्यो चम्किलो हँसिलो मुहारमा उदासीपन कहिले नछाओस । त्यो ओठमा सधै मुस्कान रहिरहोस। ती आँखाले दुःखको आँशु हैन सुखै सुखको आँशु देखुन । उसले चाहेको ,रोजेको मान्छे संग चाहेजस्तो जीवन बिताओस ।एक अर्थपूर्ण जीवन। भव्य जीवन । रंगीन जीवन ।जीवन जस्तो जीवन । एक सार्थक जीवन। मेरो त के, उसको नाउँ, गाउँ ,ठाउँ, केही पनि थाहा नहुँदा त प्रेम गरेको मान्छे ।त्यो तस्बिर संग प्रेम गरेको मान्छे । कुरा नगरेरै ,नबोलेरै, टाढै बाट प्रेम गरेको मान्छे । भोली भेट्ने नभेट्ने कुनै ठेगान नहुँदा त पर्खिएर बसेको मान्छे । त्यसको बानी छ, आदत छ मलाई । एक अन्जान भएर त प्रेम गरेको मान्छे। अब त केही हद सम्म उसलाई जानेको छु,चिनेको छु, बुझेको छु। थोरै भए पनि दोहोरो संवाद भएको छ। अलि अलि भए पनि ती मीठायादहरु छन् । त्यसैको सम्झनामा,त्यसैको भरमा, उसको एक तस्बिरको साहारामा पूरा जीवन कटाउन सक्छु। मैले उसलाई यसरी प्रेम गरेको छु कि अब जीवन मा फेरि कसैलाई त्यसरी प्रेम गर्न सक्दिन होला । बेहिसाब प्रेम गरेको छु । आफू रित्यर ,कुनै भाव बाँकी नराखी , हिर्दयको सबै माया लौटाएको छु। । मैले जाने जति, सके जति गरेको छु प्रेम । त्यो प्रेमले उसलाई छोएन , महसुस गरिन उसले, त्यो बेग्लै कुरा हो । तर मैले त प्रेम गरेको छु बेहिसाब गरेको छु । त्यो प्रेम उसले बुझिन या मैले बुझाउन,सकिन की मैले देखाउत्यो प्रेमले उसलाई छोएन , महसुस गरिन उसले, त्यो बेग्लै कुरा हो । तर मैले त प्रेम गरेको छु बेहिसाब गरेको छु । त्यो प्रेम उसले बुझिन या मैले बुझाउन,सकिन की मैले देखाउन सकिनँ थाहा छैन । तर मैले त प्रेम बेसक गरेको छु, असिमित प्रेम । उसको लागि कयौं पटक रोएको छु त्यो सिरानी साक्षी छ। उसले देखेकी छैन त्यो बेग्लै कुरा हो। मनभरिको अथाह प्रेम सुनाएको छु, मायाको कुरा गर्दै घण्टौं बिताएको छु त्यो उसको तस्बिर साक्षी छ उसले सुनेकी छैन त्यो। बेग्लै कुरा हो । भाकल मा सधै उसैलाई मागेको छु त्यो ईश्वर साक्षी छ उसलाई थाहा छैन त्यो बेग्लै कुरा हो । उसको लागि म गीतकार भएँ , कवि भएँ, चित्रकार भएँ, कथाकार भएँ के के भएँ भएँ ।उ यी सब कुरा बाट बेखबर छ , अन्जान छ , त्यो बेग्लै कुरा हो । मैले त अथाह प्रेम गरेको छु, एकतर्फी प्रेम, असिमित प्रेम, मापन गर्न नसक्ने प्रेम , तुलना गर्न नमिल्ने प्रेम, निश्चल प्रेम। तर उसलाई यसको भनक समेत छैन त्यो बेग्लै कुरा हो। भनिन्छ नि जीवनमा प्रेम पटक पटक हुन्छ तर साँचो प्रेम केवल एकपटक हुन्छ। सायद त्यही प्रेम गरें उसलाई । अब यस्तो प्रेम कसै संग हुने छैन। संभवतः फेरि जीवनमा उसै संग प्रेम भए छ भने पनि यस्तो प्रेम हुने छैन।
म जुन बिनाको अन्धकार आकाश जस्तै भयको छु। जहाँ करोडौं ताराहरु हुँदाहुँदै अन्धकार छाएको छ । ती ताराहरुले जूनको अभाव पूरा गर्न सक्दैनन् । जूनको स्थान लग्न संक्दैनन्। तिमी मेरा निम्ति त्यही जुन बन्यौ जो प्रत्येक दिन, प्रत्येक पल जाँदै छ धरती देखि टाढा । जसले बढाउँदै छ यो धरती संगको दूरी । म मध्य रातमा घरी जूनलाई हेर्छु, घरी तिम्लाई सम्झिन्छु । अनि प्रश्न गर्छु आफैलाई तिमी जुन जस्ती या जुन तिमी जस्तो । जे भएनी दुवै उस्तै उस्तै मेरा निम्ति । औधी प्रिय,अनि दुवै धेरै टाढा, कोषौ टाढा। जसलाई म हेर्न सक्छु तर स्पर्श गर्न सक्दिन , रोहिदिन्छु तर आँशु देखाउन सक्दिन । प्रश्न गर्छु तर उत्तर पाउँदिन।
साथीहरुले भन्छन तैंले गलत मान्छेलाई प्रेम गरिस् । म भन्छु - गलत मान्छेलाई हैन गलत समयमा प्रेम गरें।गलत समयमा प्रेम भयो । गलत समयमा भेटेँ।...........
Liked by: