अाषाढ १४ मा रोपेको भोट | Hamro Patro

ब्लग - साहित्य / चुनाव २०७४

अाषाढ १४ मा रोपेको भोट




   Suyog Dhakal - Jul 03 2017

चुनाव विथोल्ने नियतले अज्ञात समूहले मतदान केन्द्रमा लक्षित गरी फालेको बमलार्इ त्यहाँ खटिएका प्रहरीका हवल्दार दुर्गा बहादुर रानाले भूँइमा नखस्दै हातले समातेर मतदान केन्द्र भन्दा बाहिर फालिदिएपछि उनि अहिले चर्चाको शिखरमा छन्, उनले सम्भावित ठूलो दूर्घट्नाबाट मतदान केन्द्रमा उभिएका सर्वसाधारण, कर्मचारीको रक्षा गरेर सब नेपालीको प्रिय पात्र बनेका छन् ।



लाखौं नेपालीहरुले दोश्रो चरणको निर्वाचनकालागि मतदान गरेका छन्, केही निर्वाचन विरोधी शक्तिहरु भएतापनि जात, सिमाङ्कन, सन्तुष्टि, असन्तुष्टि अादि इत्यादि सबै कुराहरूलार्इ नेपाली जनताले किनारा लगाउँदै दोश्रो चरणको निर्वाचनलाई पनि सफल बनाउन कुनै कसर बाँकि राखेनन । सातवटा प्रदेश मध्ये बैशाख ३१ मा ३ वटा प्रदेश र अषाढ १४ मा बाँकी ३ वटा प्रदेशमा निर्वाचन भएको हो । एउटा प्रदेश अर्थात् प्रदेश नं. २ भने चुनावी सरगर्मीकालागि पछाडि धकेलिएको छ ।

यो पनि हेर्नुहोस् : अपेक्षा बिराटनगरको 

अषाढ १४ को निर्वाचनकालागि १६२ हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ भने तराईका केही राजनैतिक समूहले भने चुनावको बहिष्कार गरेका छन् । निर्वाचन बहिष्कार गर्नुका मुख्य कारणमा आफ्ना माग सम्बोधन नभएको र आफुहरुले भने बमोजिम प्रदेशको सीमा नछुट्टाएको आरोप छ । २ वर्ष अघि घोषणा गरिएको संविधान कार्यान्वयन भए लगत्तै यी समूहहरु आन्दोलनमा उत्रिएका हुन र पटक पटक भएको आन्दोलनका क्रममा ५२ भन्दा बढि नेपालीको ज्यान गइसकेको छ ।

सरकार र असन्तुष्ट समूहबिचको वार्ता तात्विक निश्कर्षमा नपुगेको कारणले पनि प्रदेश नम्बर २ को हकमा चुनाव सेप्टेम्बर १८ अर्थात यसै बर्षको असोज २ गतेकालागि धकेलिएको छ । स्मरण रहोस्, करिब २० बर्षपछि स्थानीय निकायमा अाफ्नो जन-प्रतिनीधी छनौटकालागि गाउँगाउँमा मतपेटिका पुगेको हो ।

छिटपुट घटना बाहेक निर्वाचन उत्साहपूर्ण तथा सामान्य वातावरणमा नै भएको बताइएको छ । कूल ६२००० उम्मेदवार रहेका अषाढ १४ को चुनावमा भने १५०३८ पदकालागि प्रतिस्पर्धा हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माका अनुसार दक्षिण-पश्चिम झापा जिल्लाका केही ठाउँमा भने वर्षाका कारणले मतदान ढिलो भएको थियो ।

यस अघिको पहिलो चरणको निर्वाचनमा दुई जनाको मृत्यू भएकोमा दोश्रो चरणको निर्वाचनमा यो शान्तिपूर्ण माहौल पक्कै पनि आशाको संकेत हो ।

अर्कोतर्फ केही अचम्मका घटनाहरु पनि यस चुनावमा भएका छन्, आउनुहोस् थोरै प्रकाश पार्दछौं । सोलुखुम्बुको नेचा सल्यान गाविस वडा नम्बर ६ मा पर्ने तिङ्लावासीले मतदानलाई बहिष्कार गरेका छन् । मतदान अगाडि पनि सोलुखुम्बु तिङ्ला गाँउका बासिन्दाले आफ्नो ठाँउलाई नेचा सल्यानमा गाभ्ने निर्णय विरुद्ध मतदान नगर्ने जनाएका थिए । नभन्दै असार १४ गते बिहान त्यहाँ मतदान कर्मचारी र अधिकृत त थिए तर कोही पनि मतदान गर्न आएनन् ।

अधिकांशले मतदान परिचय-पत्र समेत लिएका थिएनन् । अर्कोतर्फ ईलाम र नेपालगञ्जमा केही छिटपुट बिष्फोटक पदार्थका कुराहरु आए पनि निर्वाचनमा नराम्रो त्यस्तो केही भएन । तर सुरक्षाफाैजमा बहादूरीको झण्डा गाड्ने काम भने भएको छ । चुनाव विथोल्ने नियतले अज्ञात समूहले मतदान केन्द्रमा लक्षित गरी फालेको बमलार्इ त्यहाँ खटिएका प्रहरीका हवल्दार दुर्गा बहादुर रानाले भूँइमा नखस्दै हातले समातेर मतदान केन्द्र भन्दा बाहिर फालिदिएपछि उनि अहिले चर्चाको शिखरमा छन्, उनले सम्भावित ठूलो दूर्घट्नाबाट मतदान केन्द्रमा उभिएका सर्वसाधारण, कर्मचारीको रक्षा गरेर सब नेपालीको प्रिय पात्र बनेका छन् ।

झापामा भने दमक नगरपालिका १४ मा एकजना ८१ बर्षिय बयोवृद्ध मतदाताको निर्वाचनका क्रममा लाईनमा बस्दा अचानक मृत्यू भएको खबर छ ।

समग्रमा अषाढे झरि, पानी, हिलो, रोपाँई अनि ब्यस्तताका बीच पनि असार १४ को निर्वाचनमा राम्रो जनसहभागीता पाएको छ ।

अषाढमा देशैभरी रोपिएको धान र दोश्रो चरणको एैतिहासिक मतदान दुवैले राम्रो फल दिउन्, देशले प्रगति गरोस्, जनता सर्वशक्तिमान बनून ।

----
हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.