भोट कसरी हाल्ने ? स्थानीय निर्वाचन विशेष | Hamro Patro

ब्लग - साहित्य / चुनाव २०७४

भोट कसरी हाल्ने ? स्थानीय निर्वाचन विशेष




   Suyog Dhakal - May 14 2017

गर्भवती, अशक्त, अपांगता भएका, बिरामी, जेष्ठ नागरीककालागि बेग्लै र पुरुष अनि महिलाका अन्य बेग्लै लाईन रहन्छ । यसप्रकारले तिनवटा लाईन रहन्छन् । त्यसपछि लाईन अनुसार मतदाता परिचयपत्र मिलाउने, मतदान गरेको व्यक्तिको हातको नङ्गमा चिनो लगाउने, तथ्याङ्क फारम भर्ने र मतपत्र लिने काम गरिन्छ । यी सबैकुराहरुको तठस्तता अनि पारदर्शिता हेर्न पछाडि सर्वदलीय मण्डली बसेको हुन्छ ।



स्थानीय निर्वाचन २०७४ अन्तर्गत पहिलो चरणको निर्वाचनकोलागि तय भएको अाज विशेष दिन अर्थात अाज बैशाख ३१ । २० वर्षपछि जनप्रतिनिधिविहिन स्थानीय निकायको छनाैटकोलागि ३वटै प्रदेशका ३४ जिल्लाका मतदाता हाैसलाकासाथ मतदानकेन्द्र पुगेर मताधिकार प्रयोग गर्न शुरू गरीसकेका छन् । अाफ्नो प्रतिनिधि सबैजनाले मतदाता परिचय पत्र लिनुभयो त ? हाम्रो पात्रो मार्फत मतदान कसरी गर्ने अझ भनौ भोट कसरी हाल्ने भन्ने विषयमा केहि अावश्यक जानकारी लिअाैं । 

निर्वाचनको दिन हामीले के के गर्नपर्दछ अनि कसरी भोट हाल्ने भन्ने विषयमा तयार पारिएको यो ५ मिनेट अध्यन लेखमा स्वागत छ । 

अाज विहान ९ बजेदखि साँझको ५ बजेसम्म आआफ्नो स्थानीय तवरमा पूर्वनिर्धारित मतदान केन्द्रमा आफ्नो मतदाता परिचयपत्रकासाथ हामी पुग्नपर्नेछ । यसरी मतदानकालागि जाँदा घर परिवार अनि समूदायका अरुहरुलाई पनि राष्ट्र निर्माणको यो महान कार्यमा लैजान नभुलौं । यसरी मतदाता नामावलीमा यदी तपार्इको नाम छ भने मतदान केन्द्रमा जाँदा आफ्नो मतदाता परिचय पत्र बोकेर जान पर्दछ अथवा मतदाता परीचयपत्रमा कुनै त्रुटी छ वा अझै लिइसक्नुभएको छैन भने नेपाली परीचय खुल्ने नेपाल सरकारले जारी गरेको कुनै पनि कागजात बोकेर (सवारी लाइसेन्स, नागरीकता अादी) समेत अाफ्नो मताधिकारको प्रयोग गर्न सक्नुहुनेछ ।

मतदान केन्द्रमा पुगेर आफ्नो मतदाता परिचयपत्र क्रमसंख्या थाहा पाउन जरुरी छ । निर्वाचन आयोग अन्तर्गत खटिएका कर्मचारीहरु अनि स्वंसेवीहरुले यसै मतदाता परिचयपत्र क्रमसंख्याका आधारमा हामीलाई मतदान प्रक्रियामा सहभागी गराउनुहुनेछ । 

अब गरौँ त्यहाँ हुने लाईनका कुराहरु, हामीमध्ये धेरैलाई गएका वर्षको संविधानसभा चुनावहरुको अनुभव पनि छ भने कतिकालागि यो मतदान नै प्रथम मतदान हो । तर स्थानीय चुनाव र पहिलेका चुनावहरुमा लाईन र अन्य ब्यवस्था उस्तै भएतापनि मतदाता नामावली अनि मतदान गर्ने तरीका फरक हुन्छ है । 

गर्भवती, अशक्त, अपांगता भएका, बिरामी, जेष्ठ नागरीककालागि बेग्लै र पुरुष अनि महिलाका अन्य बेग्लै लाईन रहन्छ । यसप्रकारले तिनवटा लाईन रहन्छन् । त्यसपछि लाईन अनुसार मतदाता परिचयपत्र मिलाउने, मतदान गरेको व्यक्तिको हातको नङ्गमा चिनो लगाउने, तथ्याङ्क फारम भर्ने र मतपत्र लिने काम गरिन्छ । यी सबैकुराहरुको तठस्तता अनि पारदर्शिता हेर्न पछाडि सर्वदलीय मण्डली बसेको हुन्छ । 

अब कुरा गरौ मतपत्र लिईसकेपछिको, मतपत्रमा अगाडि बसेका मतदान अधिकृतले हस्ताक्षर गरेपछिमात्र मत हाल्नकालागी आधिकारिक हुन्छ । उक्त मतपत्रमा अब तपाईले गोप्य रुपमा कुन चिन्हमा मतदान गर्न चाहनुभएको हो त्यस्तो चिन्हमा मत सङ्केत लगाउनुपर्ने हुन्छ । स्थानीय चुनावमा प्रत्येक मतदाताले ७ जना जन प्रतिनिधी छान्न पर्दछ । 

गाउँ प्रमुख वा नगरप्रमुखका लागि एक मात्रै स्वस्तिक चिन्ह दिनुपर्छ । ठाडो लाइनमा लस्करै रहेका उम्मेदवारहरू मध्ये एक जनलाई मात्रै भोट दिनुपर्छ । त्यस्तै प्रमुखको लाइनपछि रहेको अर्को ठाडो लाइनमा उपप्रमुख वा उपाध्यक्षका उम्मेदवारहरू हुन्छन् । त्यहाँ पनि एक जनलाई मात्रै भोट दिनुपर्छ । मतपत्रमा रहेको तेस्रोलाई वडा अध्यक्षको लाइन हो । त्यहाँ पनि एक जनालाई मात्रै मत व्यक्त गर्नुपर्छ । चौथो लाइन महिला वडा सदस्यको हो ।

त्यहाँ एक जना मात्रै महिला वडा सदस्यलाई भोट दिनुपर्छ । पाँचौ लाइन महिला दलित वडा सदस्यको लाइन हो । त्यहाँ पनि एक जनालाई मात्रै मत व्यक्त गर्नुपर्छ । छैठौं र सातौं लाईन अन्य दुई वडा सदस्यको लागि हो । सम्भवत त्यो लाइनमा पुरुष उम्मेदवार हुने छन् । ती दुई लाइनमा रहेका दुई जना उम्मेदवारलाई मात्रै भोट दिनुपर्छ ।

दुई लाइन मध्ये पहिलो लाइनकै दुई जनालाई पनि दिन सकिन्छ वा दोस्रो लाइनकै दुई जनालाई पनि दिन सकिन्छ । अथवा दुई वटा लाईनमा रहेका एक एक जनालाई मत दिँदा पनि हुन्छ । तर छैठौं र सातौं लाइनमा दुई ठाउँमा मात्रै स्वस्तिक चिन्ह लगाउनुपर्ने हुन्छ । स्वस्तिक छाप आफूले मन पराएको उम्मेदवारको चुनाव चिन्हको कोठामा लगाउनुपर्छ । र त्यो छाप अन्य कोठामा जानु हुँदैन ।

मतदानका बेला अर्को एउटा चुनौती र समस्या हो मत वदर हुने । चुनाव पछि सर्वदलिय प्रतीनिधीहरुको रहोवरमा प्रहरी प्रशाशनको रहोवरमा मतगणना गरिन्छ र यसो गर्न उक्त गाँउपालिका या नगरपालिकाका सबै मतदान केन्द्रबाट मदपेटिका आईपुग्नपर्दछ । आउनुहोस जानीराखौँ के के गरेमा म तबदर हुन्छ भन्ने कुराहरु
यो गरेमा मत बदर हुन्छः

    १ मतपत्रमा पहिलो पाँच पदका लागि हरेक पदमा एक भन्दा बढी उम्मेदवारलाई मत दिएमा।
    २ मतपत्रमा छैठौ र सातौं पदका लागि दुई कोलममा रहेका जुनसुकै दुई भन्दा बढी उम्मेदवारलाई मत दिएमा।
    ३ स्वास्तिक छाप नबुझिएमा वा लतपतिएमा।
    ४ मतपत्रमा अन्य छाप लगाएमा वा अन्य चिन्हले मत सङ्केत गरेमा।
    ५ दुई वटा निर्वाचन चिन्ह रहेको कोठाको बीचमा पर्ने गरी स्वस्तिक छाप लगाएमा।
    ६ उमेरवारको चिन्ह रहेको कोठा भन्दा बाहिर स्वस्तिक छाप लगाएमा।
    ७ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएमा।

आफ्ना मत बुझेकालाई मतदान गरौँ, कुनै अाकर्षण वा गफकै भरमा गलत जनप्रतिनिधि नछानिउन।

---
सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.