चियापसल, चुनाव र चौहत्तर साल | Hamro Patro

ब्लग - साहित्य / चुनाव २०७४

चियापसल, चुनाव र चौहत्तर साल




   Suyog Dhakal - May 22 2017

२० वर्षअगाडी अर्थात विसं २०५४ सालमा पनि यि चियापसलमा चुनावका यस्तै गफगाफहरु भएका थिए, चियाका सुर्कीसँगै राजनैतिक रस्साकस्सीहरु पनि तानिएका हुन् ।

२० वर्षपछिधेरै कुरा परिवर्तन भएपनि चियापसल र चिया गफ त उस्तै छन् । सशस्त्र द्धन्द, हत्या, हिंसा, रगत, राजाको वंशनाश, आन्दोलन, गणतन्त्र अनि संघीयताको स्वाद पाईसकेपनि बाक्लो सिसाको पाटे ग्लासमा रगं कडा हालेर बनाईएको चियाको स्वाद त उस्तै छ ।

यो पनि हेर्नुहोस् : स्थानीय तह निर्वाचनमा आर्थिक मुद्दा महत्वहीन किन?

सुनसरी जिल्ला दुहबी नगरपालिका वडा नं २ का पुराना चियापसले नवराज ठाकुर सुनाँउछन्, अहिले फेरि पुरानै दिन आएको जस्तो भएको छ । चियापसलमा चिया कम तर राजनैतिक गफ धेरै छ, भोट र पार्टीका कुराहरु गाँउलेले गर्दा सुन्न पनि गज्जब लाग्छ । २० वर्षअगाडी चिया पसलमा मलाई भाई भन्नेहरु धेरै थिए अब दाई अनि काका भन्ने पुस्ता धेरै भएको छ ।

नेपालभरिका धेरै चियापसलहरु अहिले चुनावी रगंमा रगींएका छन् फरक यत्ति हो कि २० वर्ष अगाडीको चुनावी चियागफमा प्रतिकप औसतमा रु ५ चिया थियो भने अहिले औसतमा रु १५ भएको छ ।
उतिवेला ३९१५ गा वि स र ५८ वटा साना ठूला शहरहरु थिए भने अहिले आएर सिमाकंन अनि विभाजन फरक छ । २० वर्षसम्म स्थानीय चुनाव गर्न नसक्नु नेपाल जस्तो प्रजातान्त्रिक देशकालागी दुर्भाग्य हो । आउनुहोस चर्चा गरौ हामी कसरी यस्तो २० वर्ष पछाडी पुग्यौ भनेर ? 

नेपालले सन् १९९७ मा छानेका स्थानिय नेतृत्वहरुको ५ वर्षे कार्यकाल सन् २००२ मा समापन भयो जतिबेला माओवादी द्धन्द शुरुभएको पनि ६ वर्ष भईसकेको थियो । तर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले देशको सुरक्षास्थीती र माओवादी द्धन्दले बनाएका प्रतिकुलताका आधारमा देशमा अर्को स्थानिय चुनाव घोषणा गर्न सकेनन् । यस्तै विषयका कारणले पछि राजा ज्ञानेन्द्र द्धारा असक्षम भनि पदमुक्त भई देउबा पदवाट हटेका थिए । देउवाकै निर्णय अनुसार स्थानिय जनप्रतिनीधीहरुलाई सरकारी कर्मचारीहरुले प्रतिस्थापित गराईएको थियो, छोटो समयकालागी गरिएको त्यो निर्णयले नै बाँकीका १५ वर्ष नेपाली गाँउहरु चलाए । सन् २००५ मा राजाले शाषन सत्ता लिएपछी स्थानिय निर्वाचन घोषणा गरियो तथापि मुलधारका धेरै राजनैतिक पार्टीहरुले निर्वाचनलाई बहिष्कार गरे । यसै गरि चलिआएका घटनाक्रममा सुस्तरि आन्दोलन्, गणतन्त्र अनि आजसम्मको यात्रा त हामीलाई प्रष्ट नै छ । तर दुर्भाग्य के हो भनेँ विसं २०५९ देखि वाटै नेपाली प्रजातन्त्र स्थानिय जनप्रतिनीधी विना अपांग भएको चाँही हो ।
स्थानिय जनप्रतिनिधीको अभावमा कर्मचारीतन्त्र द्धारा चलाईएको स्थानिय शाषन पक्कै पनि पारदर्शी, जनभावना केन्द्रित अनि सहज भने थिएन । स्थानिय जनप्रतिधीहरुको चयनका लागी गरिएको यो चुनाव वास्तवमै विकासकालागी कोशेढुगां साबीत होस् ।

काठमाडौ किर्तिपुर नगरपालिका सल्यानस्थानका श्यामसुन्दर वाँस्कोटाले यसपाली २० वर्षपछि आफूले पार्टी हेरेर भन्दापनि ब्यक्ति हेरेर मतदान गरेको वताए । हाम्रो पात्रोको प्रश्नमा उन्ले पार्टी अनि सिद्धान्तका साथसाथै उम्मेदवारको ब्यक्तित्व, छवी अनि विकास प्रतीको धारणा महत्वपूर्ण हुने वताए । यस हिसाबमा श्याम अनि श्यामजस्ता धेरै यस्ता सचेत मतदाताहरु छन् जस्ले यसपालाको स्थानिय चुनावमा भाग लिए र जेष्ठ ३१ मा भाग लिनेवाला छन् ।

२० वर्षअगाडी चियापसलमा रेडियो झुण्डि्याएर सर्टवेबवाट रेडियो नेपाल सुन्दै समाचार अनि मतपरीणाम बुझ्नपर्ने अवस्था र अहिले हातहातमा मोवाईल, रेडियो, घरैपिच्छे टिभी देख्दा सञ्चारमा भने देशले कोल्टो फेरेको भन्छन् महोत्तरी सितापुर भँगाहा गाँउपालिकाका रमेश ढकाल ।

घरघरमा एन्टीना भएपछि मात्र समृद्ध ठानीने अवस्था थियो । २० वर्षसम्म पनि स्थानिय चुनाव नभएकाकारणले स्थानिय विकास राम्रो हुन नसकेकाले वैदेशिक रोजगारीका क्रम तिब्र भएको उनको तर्क छ ।

यो पनि हेर्नुहोस् : स्थानीय चुनावमा हामीले चुनेका उम्मेदवारहरुमा कसको तलब कती ?

२० वर्ष अगाडी गाँउमा माटो र फुसका छाना भएका गाँउ थिए तर बैदेशिक रोजगारीको शुरुवात सँगै गाँउमा क्रमश पक्काका घर, हातहातमा बडेमानका मोवाईल, मोटरसाईकलको ताँती देखिन थालेका छन् । विकास पक्कै पनि राम्रो हो तर यसका साथै पुरुष जति धेरैजसो विदेश जान थालेपछी गाँउमा देखिएको सामाजिक विखण्डन, अराजकता, पारिवारिक र लैगिंक असन्तुलनको कुराहरुपनि २० वर्षयता धेरै वढेका छन् ।

बझागंका मनोज चन्द जोड्छन् कि २० वर्ष अगावै गाँउमा अहिलेजस्तो पसल थिएन् । चाउचाउ विस्कुट त धनीहरुले खाने कुरा हो जस्तो लाग्दथ्यो तर २० अहिले हरेक कुनाकाप्चामा यस्ताकुराहरुको प्याकेट भेटिन्छ । चियापसलमा चिया, केही सामान्य विस्कुट र चुरोटहरुमात्र पाईनेमा आजभोली थरिथरिका प्याकेट, चकलेट आदि किनेर खाने क्रम वढेको छ । मान्छेहरुको क्रय शक्ति वढेको छ अनि खेतीकिसानी गर्ने तरकारीवाली लाउने क्रम पनि क्रमश घट्दै गएको उन्को तर्क छ ।

फेरि प्रसँग चिया पसलमा नै जोड्न चाहयौ । के अब फेरि हाम्रो नेपाली चियापसलहरुमा चुनावका वार्तालाप हुन अर्को २० वर्षकुर्न पर्ने हो या ५ वर्षपछि पूनः स्थानिय निकायले स्वरुप पाउनकालागी मतदान गर्न सकिने अवस्था छ ?

सुनसरी, महोत्तरी, बझागं, किर्तिपुर लगायत सबै ठाँउमा यस चुनावले विकासको स्वाद चखाओस् । यो चौहत्तर साल सबैकालागी भलो होस् ।

सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.