मेरो भोटको कथा | Hamro Patro

ब्लग - साहित्य / चुनाव २०७४

मेरो भोटको कथा




यसपाला त मैले भोट दिएको छु र मेरो अपेक्षा अनुसार काम भयो या भएन ? किन भएन या कसरी भयो आदिजस्ता बिषयमा म सदैव पैरवी पनि गरिरहन्छु भन्ने लागेको छ । आखिर भोट हाल्नु पनि कुनै राम्रो कलेजमा भर्ना पाउनु या पासपोर्ट बनाउनु भन्दा कम महत्वपूर्ण कुरा त कहाँ हो र ? गाडी या प्लेन त एउटा छुटे पनि अर्को केहीबेरमा फेरि पाउन सकिन्छ तर यदि हामीले भोट हालेनौं भनें अर्को भोट हाल्नलाई अबको ५ बर्ष कुर्न पर्ने हुन्छ । भोट हालेका र हाल्ने सबैलाई बधाई ।



मैले हिजो भोट हाले, लगभग ४५ मिनेट लाईनमा उभिएर सैयौं अरु मान्छेहरु संगै मैले प्रदेश सभा निर्वाचनमा हिजो भोट हाले । खासै अफ्ठेरो परेन्, अफिसमा केही घन्टा ढिला आँउछु भनेको थिए र भोट हालेर अफिस पुग्न अनि काम गर्न पनि भ्याए । महिलाहरुको लाईन पुरुषहरुको तुलनामा लामो अनि रंगिन थियो । पुरुषहरुको लाम पातलो भइसक्दा सम्म पनि महिलाको लाम घटेको थिएन । अबको हाम्रो देशमा भोट जित्नलाई महिला मुद्धाहरु बहुत महत्वपूर्ण अनि रणनीतिक रहेछ, मनमनै सोचे । मैले पार्टीका घोषणापत्रहरु खासै पढेको त थिइन तर उम्मेदवारहरुका बारेमा प्रशस्तै अवलोकन र अध्ययन गरेको छु । म कुनै पार्टी या गुटको प्रतिनीधि भएर चुनावमा पुगेको थिइन, प्रजातन्त्र भनेको दलको कार्यकर्ता नभइकन स्वतन्त्र नागरीक बन्ने अवसरको बिकास भन्ने हामीले बुझ्न जरुरी रहेछ भन्ने लाग्यो ।

मलाई चुनावले अत्यन्त उत्साहित बनाँउदछ, इन्टरनेटमा गएर हरेक उम्मेदवारको बारेमा अनि पार्टीहरुका बारेमा जानकारी लिनेगर्दछु । चियापसलहरुमा कुरा सुन्न पनि झनै मज्जा आउदछ, अरु बेला भन्दा चुनावको बेलामा म अत्यन्त फरक हिसाबले संसारलाई चियाउने प्रयास गर्दछु ।
यस चुनावमा मैले धेरै कुराहरु बुझने प्रयास गरे, मैले समाजवाद अनि पंूजीबादका बारेमा पढें । कम्यूनिष्टहरुको इतिहास पढे अनि यि सबै अध्ययनहरु लाई नेपाली दलहरु संग जोडघटाउ गरेर पनि हेरे

मैले मुद्धाहरु अनि समस्याहरु लाई चिन्न प्रयास गरे अनि त्यसको सभांव्य समाधानमा कुन उम्मेदवार या पार्टी बढि संवेदनशील छ केलाउने प्रयास गरे ।
अबको ५ बर्ष मेरो देशको सरकार यसै चुनावको बिजयी उम्मेदवारहरु वरिपरि घुमिरहने छ भन्ने कुरा पनि मनमा खेल्यो, यसै कारणले पनि भोट हाल्न र सही उम्मेदवार छान्नु अझ महत्वपूर्ण लाग्यो ।
आफ्नो नेतृत्वलाई प्रजातान्त्रीक तवरले छान्नु नै लोकतन्त्रको सबैभन्दा ठूलो भाग हो र म आज त्यहि गर्दैछु भन्ने कुरामा गौरव पनि लागिरहेको थियो ।
कहिलेकाँही मेरो जाबो १ भोटले के फरक पर्छ होला र भन्ने पनि लाग्दथ्यो, यस्तो मलाई मात्र नभई धेरैजनालाई लागेको हुन पर्दछ । नेपालमा सामान्यतया मान्छेहरुको पूर्ण शासन प्रणाली प्रति निराशा छाएको प्रष्ट देखिन्छ र अर्कोतर्फ भोट गर्न लायक कुनै राम्रो उम्मेदवार पनि त छैन भन्ने तर्क पनि हुन्छ। राम्राहरु मध्यको धेरै राम्रा अनि नराम्राहरु मध्यको कम नराम्रा उम्मेदवार छान्नु पनि त हाम्रै दायित्व हो नत्र शासन पद्धती झनै नराम्रो भएर जान्छ, हैन र ?
हामी जिन्दगीमा हरेक कुराहरु १०० प्रतिशत अपेक्षा गर्दछौं, शतप्रतिशत शुद्ध, शतप्रतिशत सही, शतप्रतिशत मेरो लगायत अपेक्षा गरिने धेरैजसो कुराहरु शतप्रतिशत गरिन्छ । तर यो मतदानमा चाही किन मतदाताहरुको शतप्रतिशत हुन नसकेको होला ? प्रदेश सभा निर्वाचनको प्रथम चरणमा लगभग ३२ लाख मतदाताहरु मध्य ६५ प्रतिशतले मतदान गरेको तथ्याकं आयो । बैदेशिक रोजगारीमा यूवा पुगेका तथ्य त छँदै छ तथापि अबको निर्वाचनमा यो अनुपात कम्तिमा ७० प्रतिशत पुगोस ।
यस प्रजातन्त्रको समुन्द्रमा हरेक थोपा भोटको महत्व छ, सबैजना मतदातालाई जागरुक गराउन सकियोस् ।
यसपाला त मैले भोट दिएको छु र मेरो अपेक्षा अनुसार काम भयो या भएन ? किन भएन या कसरी भयो आदिजस्ता बिषयमा म सदैव पैरवी पनि गरिरहन्छु भन्ने लागेको छ । आखिर भोट हाल्नु पनि कुनै राम्रो कलेजमा भर्ना पाउनु या पासपोर्ट बनाउनु भन्दा कम महत्वपूर्ण कुरा त कहाँ हो र ?
गाडी या प्लेन त एउटा छुटे पनि अर्को केहीबेरमा फेरि पाउन सकिन्छ तर यदि हामीले भोट हालेनौं भनें अर्को भोट हाल्नलाई अबको ५ बर्ष कुर्न पर्ने हुन्छ ।
भोट हालेका र हाल्ने सबैलाई बधाई ।








Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.