काठमाडौका मेयरको प्रथम कदम | Hamro Patro

ब्लग - साहित्य / चुनाव २०७४

काठमाडौका मेयरको प्रथम कदम




   Suyog Dhakal - Jun 01 2017

स्थानीय चुनाव २०७४ सालको प्रथम चरणको केन्द्रबिन्दु, काठमाडौका नवनिर्वाचीत मेयर र उपमेयरले शहर सफा गरौं अर्थात क्लीन द सिटीको अवधारणा अगाडि ल्याएका छन् ।

कार्यभार सम्हाले लगत्तै जून १ तारिखका दिन क्लीन द सिटीको अवधारणा ल्याएका छन् ।
वास्तवमै बल्खुवाट बुढानिलकण्ठ पुग्दा धुलोले नाकनक्शा बिगार्ने यस शहरमा बोकेको पानी र मास्क भित्रको हावाले सबैको आँत बिगारेको छ । स्वच्छ शहर अवधारणा स्वागतयोग्य छ ।

यो पनि हेर्नुहोस् : कस्तो हुनेछ स्थानीय तहको अर्थ नीति?

नवनिर्वाचीत जनप्रतिनीधिहरुको यो स्वागतयोग्य कदम यसअघीका अन्य धेरै सुधारात्मक घोषणाहरुजस्तै कुरा र तालीमा मात्र सिमीत नहोस्, हाम्रो चाहना यही त हो ।

शहरमा हरेक दिन उज्यालो हुनुपूर्व नै फोहोरहरु उठाइसक्नुपर्ने प्रावधानका साथै अन्य थुप्रै सुधारात्मक कदमहरु मेयरले सुन्धारा स्थित कार्यकक्षमा पहिलो दिनमै गरेका छन् ।

कुनै पनि पार्टी, धारणा र ब्यक्तिगत स्वार्थ भन्दा माथी उठेर ५०औँ लाख मान्छेहरुको साझा थलो काठमाडौलाई बस्नयोग्य स्वच्छ शहर बनाइयोस्, शुभकामना ।

वाटो सरसफाई कार्यक्रम ल्याउने जनाँउदै नवनिर्वाचीत मेयरले बुढानिलकण्ठ क्षेत्रवाट वाटो सरसफाई कार्यक्रम शुरुवात गरिने बताए । एउटा कुरा यहाँ जोड्न चाहयौ कि कुचो, डोको र झाडुका आडमा मात्र भन्दा क्लीनीगं मेसिन र प्रविधीमार्फत नै यस्ता कार्य गरियोस् । हातमा कुचो भन्दा त संयन्त्र र प्रविधीनै महानगरका गल्लीगल्ली सरसफाई गर्न प्रयोगात्मक हुन्छन्, हैन र ?

५ वर्षभित्र काठमाडौलाई भ्रष्टाचारमुक्त बनाँउने योजना पनि महत्वाकांक्षी भएर पनि बास्तविक छ । सास्कृतिक र धार्मिक धरोहरवरिपरिका स्थानलाई निशुल्क् वाईफाई सुबिधा सम्पन्न बनाँउने र २४सै घन्टा चलायमान काठमाडौको परिकल्पना लगायत सार्वजनिक शौचालयको जरुरतलाई आत्मसाथ गर्ने निर्णय स्वागतयोग्य नै छ ।

भुकम्पले क्षतिग्रस्त घरहरुका नक्शाकार्यको शुल्क मिनाहा गरिने कुरा भने बहुतै सराहनीय छ । रञ्जना लिपीको प्रयोग अनि नेवारी र नेपाली दुबै भाषालाई औपचारीक्ताको भाषा बनाईने कदम पनि प्रशंसनीय छ ।

८० वर्षभन्दा माथीका बृद्ध अनि ७५ वर्ष माथीका वृद्धाहरुलाई महानगरपालिका मार्फत थप रु १२००० प्रतिवर्ष वृद्ध भत्ताको ब्यबस्था पनि राम्रो कार्यको थालनी हो । महानगरवासीहरुमा केही उत्साह र आशाको सञ्चार भएको छ । वृद्धवृद्धाका साथसाथै यूवाहरुले पनि महानगरमा रोजगार र ब्यवसायका सरल र सहज ब्यबस्था पाउन हाम्रो कामना छ ।

भुँईचलोले भत्काएका संरचनाहरु ट्वाल्ल हेरिरहेका छन्, महानगरको ध्यान जाओस् सकेसम्म छिटो ।

हाम्रो पात्रोकालागी सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.