नेपाली परिपेक्ष्यमा अनुभव, उमेर र अभिव्यक्तिलाई नेतृत्वको मुख्य गुण मान्ने चलन अझै पनि छ, राम्रो भाषन गर्ने या लेख्न अनि बोल्न सक्ने अनुहारहरु राम्रो नेतृत्व नहुन सक्दछन् । त यसो भन्दा लुकेर बस्ने अनि नबोल्ने या नलेख्ने अनुहारहरु सबै असल नेतृत्व हुन भन्ने मनसाय पक्कै हैन तर राम्रो अनुहार र परिवृतीभीत्र लुकेका कमअसल नेतृत्व छान्ने कार्य भने गरिन नेपालमा बाँकी नै छ ।
१ ईमान्दारीता
राजनितीमा सदैव ईमन्दारीता अपनाउनु एकप्रकारको जोखिम पनि हो तथापि आफ्ना गल्ती अनि कमजोरीहरु औंल्याएको मा धन्यवाद दिने र स्वीकार गर्ने गुणलाई राजनेताको प्रथम गुणका रुपमा लिइन्छ ।ईमान्दारीताले अरुहरुको बिश्वास जित्न अनि चरित्र बनाउन पनि मद्धत गर्दछ तर राजनितीमा ईमान्दारीताको सही अनि ईमन्दार उपयोग जरुरी छ ।ईमान्दार नेताहरु हक्की, निडर अनि आफ्ना वरिपरिका मान्छेहरुवाट अत्याधिक आदर पाँउने खाले हुन्छन् । ईमान्दार नेताहरु गल्तीको साहसीक जिम्मेवारी आँफैले लिने हुन्छन भने अरुहरुलाई आरोप लगाउने खालका हुँदैनन् ।
२ दयालु
दयालु भन्नाले अरुहरुको पीडाको आत्मसाथ र सदैव ति पीडालाई कम गर्न संरचना अनि प्रणालीको बिकास गर्ने सोच भएका नेतृत्व भन्ने बझ्न सकिन्छ । यसरी अरुहरुको पीडा अनि दुख्ख कमगर्ने ज्ञान भएका नेतृत्वको ज्ञान सीपमा बदलीन समय लाग्दैन । हुन त कतिले राजनीतीमा दयालाई कमजोरीका रुपमा पनि हेर्दछन् तर दया बिनाको नेतृत्व अधिनायकबादको शुरुवात हुनसक्दछ । समाज अनि राष्ट्रका औसत व्यक्तिको पीडा बुझेर त्यसअनुरुप कार्य गर्दै पीडा हटाउन अनि मुद्धाहरु सम्बोधन गर्न नेतृत्वमा दयालुपना हुन जरुरी हुन्छ ।
३ बिचारउन्मुख
नेतालाई नेतृत्व गर्नका लागि बिचारले अरुहरु वाट अलग्ग बनाँउदछ । नेता र नेता बीचको फरक भनेकै उनीहरुको बिचार को फरकपना हो । यस्ता बिचारहरुमा नैतिकता र समानता र पारदर्शिताहरु प्रधान रहन्छन । बिचारप्रधान राजनेताहरु अझ धेरै बिश्वासयोग्य हुन्छन किनकि उनीहरुलाई व्यक्तित्व भन्दा पनि बिचारले बिश्वसनीय बनाँउदछ । कोट प्यान्ट लगाएर फरर अग्रेजीमा भाषन दिनसक्ने नेताभन्दा बिचारलाई उजागर गर्दै धारणालाई प्रमाणीत गर्दै सामान्य जीवनशैली बिताउने नेताको बिश्वसनीयता बढि हुन्छ । नेता तबमात्र नेता हुन्छ जब उसका अनुयायीले उसलाई निरपेक्ष बिश्वास गर्दछन् । पैसा, गाडी लगायत अवसरका कुनै रवाफहरुको लालसा बिनापनि कुनै नेतालाई कार्यकर्ताले बिश्वास गर्दछन् भने त्यो नेतामा बिचारप्रधानता अनि पारदर्शिता पक्कै रहेको हुन्छ ।
४ आत्मबिश्वास
आत्मबिश्वासको कमी भएका नेतृत्वले भोली गएर सदन र संसदमा जनताको मुद्धालाई बुलन्दीका साथ उठाउन सक्दैनन ।नेतृत्वले आफु र आफ्नो नेतृत्वकला दुबैमा बिश्वास गर्न र जगाउन जरुरी हुन्छ । आत्मबिश्वास भाषन या घोषणापबले मात्र देखाउदैन, आत्मबिश्वास बिचार, जुझारुपना अनि ससाना व्यबहारले देखाँउदछ ।
५ लचकता
राजनीती भनेकै एकप्रकारको लेनदेन जस्तो हुन्छ जहाँ नेतृत्वले जनताका मुद्धा अनि समस्या लगायत बिकासका लागि लचकतासाथ प्रस्तुत हुन पर्दछ । असल राजनेताले सबैपक्षका कुराहरु ध्यानपूर्वक सुनेर सर्वमान्य बिन्दुमा पुगेर सबैपक्षको जीतजीत परिस्थिती सिर्जना गर्न जरुरी हुन्छ । यि कार्य गर्नका लागि लचकता जरुरी हुन्छ, अरुहरुको बिचारको आदर अनि आफ्नो बिचारको महत्व दुबै एकैफेर दर्शाउन लचकता जरुरी हुन्छ । यो गुणले आफ्नो गल्ती सुधार गर्दै पून गल्ती नदोहोर्याँउदै अघि बढ्न नेतृत्वलाई प्रशस्त स्थान दिन्छ ।
नेपाली परिपेक्ष्यमा अनुभव, उमेर र अभिव्यक्तिलाई नेतृत्वको मुख्य गुण मान्ने चलन अझै पनि छ, राम्रो भाषन गर्ने या लेख्न अनि बोल्न सक्ने अनुहारहरु राम्रो नेतृत्व नहुन सक्दछन् । त यसो भन्दा लुकेर बस्ने अनि नबोल्ने या नलेख्ने अनुहारहरु सबै असल नेतृत्व हुन भन्ने मनसाय पक्कै हैन तर राम्रो अनुहार र परिवृतीभीत्र लुकेका कमअसल नेतृत्व छान्ने कार्य भने गरिन नेपालमा बाँकी नै छ । समस्याको बिष्लेषण र नवप्रवतनात्मक रुपले समाधानका उपाय खोज्न सक्ने नेतृत्व आजको आवश्यक्ता हो, नेतृत्वको सही र गलत समग्र देशको हीत र अहीतले निर्धारण गर्नुपर्दछ ।
हाम्रो पात्रो
Liked by: