चुनाव सकियो तर अब राजधानी किचलो बाँकी | Hamro Patro

ब्लग - साहित्य / चुनाव २०७४

चुनाव सकियो तर अब राजधानी किचलो बाँकी





सरकारले प्रदेशका राजधानी कहाँ कहाँ तोक्ने अनि घोषणा गर्ने भनेर तयारी गरिरहेको अवस्थामा चुनाव पछि अहिले बिभिन्न शहरहरुमा आआफ्ना शहरहरुमा राजधानी बनाउनुपर्ने दबाव सहितका आन्दोलन हरु शुरु भएका छन् । प्रदेश घोषणा सगै राजधानीको पनि तोक्ने कार्य गरेको भए अहिले यो संक्रमणकालिन बिवाद नहुने धेरैको तर्क भएपनि त्यसो हुन नसक्दा अहिले आएर प्रादेशीक राजनीतीको प्रथम कदममै बिवाद आएको छ । आआफ्नो शहरमा राजधानी हुँदा आफ्ना सम्पतीको मुल्य, सुबिधा अनि प्रत्यक्ष परोक्ष थुप्रै कुराहरुमा फाईदा हुने भएकाले स्थानीय आन्दोलनरत छन् । धेरै जसो प्रादेशीक उम्मेदवारले त प्रदेशको राजधानीनै यहाँ बनाउने र नबनाउने भन्ने कुरालाई नै चुनावी मुख्य एजेण्डा बनाएर जीतेको पनि पाइएको छ , बिवाद चर्कदै गएको अवस्थामा अब बन्ने सरकार समक्ष चुनौतिहरु प्रशस्त बढ्दै गएका छन् । 
सरसरी हेर्दा ४  र ६ नंबर प्रदेश बाहेक अन्य प्रदेशहरु राजधानी बिवादमा तानिएका देखिन्छन् । ४ नंबरको पोखरामा र ६ नंबरको सुर्खेत बिरेन्द्रनगरमा बनाउने कुरा मोटोमोटी सहमती भइसकेको छ भने अन्य प्रदेशहरुमा राजधानी बिवाद र आन्दोलनले जनजीवननै प्रभावीत गरेको छ । एकै दलका बिभिन्न नेताहरु पनि प्रदेशको छनौटमा फरक फरक अभिब्यक्तिका साथ प्रस्तुत हुन थालेकाले बिषयलाई झनै गम्भीर बनाएको छ । 
शुरु गरौ १ नंबर प्रदेशवाट जहाँ धरान, धनकुटा, इटहरी, ईनरुवा र बिराटनगरलाई प्रदेशको राजधानी बनाइनुपर्ने मागसहित बिभिन्न आन्दोलन र पैरवीहरु भइरहेका छन् । धनकुटामा त केही दिनयता बन्द पनि घोषणा भएको छ । हुन त पूर्वान्चल बिकास क्षेत्रको सदरमुकामका रुपमा धनकुटालाई तोकिएको हो तर मोरगंवाट जितेका सासंद लालवावु पण्डित आँफैले धनकुटामा भन्दा बिराटनगरमा राजधानी बनाइनुपर्ने भन्दै बृहत्तर बिराटनगरको अवधारणा अगाडी ल्याएको जनाएका छन् । बृहत्तर बिराटनगरको सिमाना भित्र बिराटनगरलाई सुनसरीको तरहारासम्म जोड्ने योजना रहको बताइन्छ । उता धनकुटावाट सर्वदलीय प्रतिनीधी मण्डलको नेतृत्व गर्दै सासंद राजेन्द्र राई धनकुटालाई राजधानी बनाउने पैरवीका साथ काठमाडौ आएका छन् । 
प्रदेश नंबर २ को कुरा गर्दा यस प्रदेश झनै बिवादमा रहेको पाइएको छ । यस प्रदेशमा फोरमले प्रत्यक्ष तर्फ २० र समानुपातिक तर्फ ९ स्थान ल्याएर नेतृत्व गरेको छ भने राजपा प्रत्यक्षमा १५ र समानुपातिकमा १० सिटका साथ पछ्याइरहेको छ । शुरुवाती दिनमा बिरगन्ज र जनकपुरमा भएको राजधानी बिवादमा अब सर्लाही मलंगवा र बर्दिवास पनि जोडिएका छन् । धनुषावाट काग्रेसका बिमलेन्दू निधीलाई जितेका राजपा नेता राजेन्द्र महतोले चुनावी भाषणकै क्रममा पटक पटक प्रदेशको नाम मिथिला प्रदेश रहने अनि राजधानी जनकपुरमा रहने घोषणा गरिसकेका छन् । 
उता प्रदेश नंबर ३ मा भने राजधानी बिवादमा हेटौडा, मकवानपुर, भक्तपुर र धुलिखेल तानिएका छन् । बिभिन्न दवाबमुलक आन्दोलन पनि शुरु भएका छन् । 
प्रदेश नंबर ५ मा भने बुटवल र दाङ्ग राजधानी दौडमा तानिएका छन् । दुबै स्थानमा बिभिन्न आन्दोलन शुरु भएका छन् । कपिलबस्तुलाई प्रदेश नंबर ५ को राजधानी बनाउनुपर्ने भन्दै आन्दोलन शुरु भएको छ । बिभिन्न व्यानर र प्लेकार्डका साथ काठमाडौमैै पनि प्राचीन कपिलबस्तुलाई प्रदेशको राजधानी बनाउनुपर्ने मागका साथ आन्दोलन शुरु भएका छन् । प्रदेश ७ मा भने धनगढी, अत्तरिया, डडेल्धुरा या दिपायललाई राजधानी माग हुँदै आएको छ । 
राजधानी बिवादले जनता अनि समुदाय बिचमा कुनै पनि प्रकारको तिक्तता नल्याओस भन्ने कुरामा चाँही सरकार र समबन्धीत पक्ष जागृत हुन जरुरी देखिन्छ । राजधानी घोषणाकै कुरामा चुनाव पछिको फोहोरी राजनीती शुरु नहोस र भविष्यमा संघीय गणतान्त्रिक नेपालमा समान बिकास होस् भन्ने सबैको चासो रहेको छ । यी सबैकुरा गरिरहँदा अब बन्ने राजधानी प्रदेशका सबै तह तप्का अनि कुनाकन्दराका जनताहरुका लागि समान पहुँच अनि सहजताका साथ बनाइन झनै जरुरी देखिन्छ । 
हाम्रो पात्रो 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.