राणाशासनको निर्वाचन कथा | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / चुनाव २०७४

राणाशासनको निर्वाचन कथा




   Suyog Dhakal - Nov 24 2017

पद्धम शमसेरले मतदाताहरुलाई औपचारीक सन्देश यसो भनेर दिएका थिए : तिमीहरुको मद्धतका निम्ती खटाएका कर्मचारीहरुको रेखदेखमा नगरपालिकाको काम गर्न सक्ने तिमीहरु प्रतिको असल, लायक, अनुभवी प्रतिनीधी छानी पठाउने काम गर ।



निर्वाचन, मतपत्र, उम्मेदवारी अनि बिजय या हारको कुरा सर्वत्र छ । अब नेपालले शिघ्रातिशिघ्र प्रदेश सभा अनि प्रतिनीधी सभा का सदस्यहरु पाँउदैछ ।
अहिले सम्म नेपालका निर्वाचनका मुलभूत बिषयहरु बिकास हुन सकेको छैन र यो सत्य हो । बहुदलीय प्रणालीको सस्थागत गर्ने देखि संबिधान बनाउने अनि संबिधानको संस्थागत गराउने जस्ता बिषयहरु नेपाली निर्वाचनका आधार नाराहरु रहेका थिए ।
यसपालाको निर्वाचन पश्चात हरेक दल या उम्मेदवारको कार्यकेन्द्र नै बिकास हुनपर्नेछ । अब राजनैतिक रुपमा नेपालका मुद्धाहरु सकिएकै हो भने पनि हुन्छ । तर नेपाली निर्वाचनमा बहुमतको कमी भने देखिने गरेको छ, यदि कुनै एक दलले स्पष्ट बहुमत नल्याएमा भने जोडघटाउको सरकारमा समिकरणको जटिलताले बिकासमा मुद्धाहरु ओझेलमा पर्ला कि भन्ने भय पनि एक ठाँउमा नभएको हैन ।
बिगतका दिन नियालौं, प्रतिनीधी सभाको निर्वाचनमा नेपालीहरु ले यसअघि २०५ जना सासंद चुनेका हुन् भनें यसपाला त्यो संख्या समानुपातीक र प्रत्यक्ष दुबै गरेर २७५ हुँदैछ ।
संबिधान सभामा ६०५ सभासदको चयन चाँही अहिलेसम्मको सबैभन्दा धेरै उम्मेदवार चयन गरिएको निर्वाचन का रुपमा लिइएको छ । संबिधानसभा को निर्वाचन भाग २ ले संबिधान अनि स्थानीय प्रतिनीधी लगायत प्रदेश सभा र प्रतिनीधी सभा पनि दिएर जाँदैछ ।

नेपालका निर्वाचनहरुको इतिहास हेर्दा शुरुवात हुन्छ बिसं २०१५ को प्रतिनिधी सभा चुनावप्रथम मानिन्छ । २००७ सालमा प्रजातन्त्र आएको नेपालमा बिसं २०१५ मा प्रथम प्रतिनीधी सभाको निर्वाचन भएको हो । हुन त राणाकालमै बिसं २००४ मा म्यूनिसिपल चुनाव भएको झिनो इतिहास नभएको हैन तथापि नागरीक अधिकार अनि प्रजातान्त्रीक अभ्यासको प्रमाण स्वरुप बिसं २०१५ सालमा नै नेपालीको नङ प्रजातन्त्रको मसीले पहिलो पटक रगींएको हो ।
थोरै बिसं २००४ को चुनावी सरगर्मी को कुरा उक्काउन चाहन्छौं, त्यसबखत पद्धम शमसेरले काठमाडौ म्यूनिसिपालीटीको सभापतीका लागि निर्वाचन गराएका हुन् । स्मरण रहोस त्यस चुनावमा महिलाहरु लाई मत खसाउने अधिकार दिइएको भने थिएन् । नेपालको निर्वाचन इतिहासमा बिसं २०१० सालमा मात्र महिलाले भोट हाल्ने अधिकार पाएका हुन् । २१ बर्षका पुरुष ले मात्र मत खसाउने अधिकार दिइएको उक्त निर्वाचनमा ६५ भन्दा धेरै प्रतिशत मत खसेको अनुमान गरिएको थियो । गेहेन्द्र शमसेर काठमाडौका म्यूनिसिपालीटीका प्रथम सभापती घोषणा भएका हुन् । बिसं २००४ सालमा प्रथम बैधानीक कानुन ल्याएको राणाशासनमा पनि दुइवटा सदनहरुको परिकल्पना गरिएको थियो । पहिलो सदनलाई भारदारी सभा र दोश्रो अर्थात तल्लो सदनलाई राष्ट्रिय सभा भनिन्थ्यो । राष्ट्रिय सभामा पदेन निर्वाचीत गरि ४२ जना र र भारदारी सभामा २० देखि ३० जनासम्म मनोनित हुने गर्दथे । संसदको केन्द्रबिन्दु श्री ३ रहने भएकाले यि सदस्यहरुको चयनमा श्री ३ को मनोनयन सुचीको बाहुल्यता रहने गर्दथ्यो । श्री ३ को इच्छा र चाहनालाई देखावटी औपचारीक्ताका लागि यि संसदहरु भएतापनि नेपालको शुरुवाती संसदिय व्यबस्थाको बिगुल यसै संरचनाले फुकेको हो ।

पद्धम शमसेरले मतदाताहरुलाई औपचारीक सन्देश यसो भनेर दिएका थिए

तिमीहरुको मद्धतका निम्ती खटाएका कर्मचारीहरुको रेखदेखमा नगरपालिकाको काम गर्न सक्ने तिमीहरु प्रतिको असल, लायक, अनुभवी प्रतिनीधी छानी पठाउने काम गर ।


सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.