निर्वाचन प्रक्रियामा चुनावी प्रावधानहरुमा पछिल्ला समय प्रत्यावाहनका वारेमा धेरै धारणा अनि बहस हुने गरेको छ । काठमाडौ लगायत चितवनमा यसपालाको स्थानीय निकाय चुनाव २०७४ मा प्रत्यावाहनको अधिकारको कुराहरु मतदाताहरुवाट उठेका छन् । भारतमा आम आद्मी पार्टीका प्रखर नेता अन्ना हजारेले ठूलै वहसका रुपमा निकालेका यो प्रत्यावहन अनि राईट टु रिजेक्टको प्रावधान भारतमै पनि अझै विचाराधीन मुद्धाकारुपमै छ ।
राईट टु रिकल भन्नाले प्रत्यावहन अर्थात एकफेर चुनिएर गएका उम्मेदवारहरुलाई पूनः फिर्ता बोलाउन सक्ने जनताको शक्ति भन्ने बुझाँउदछ । भारतमा प्रस्ताव गरिएको यो प्रावधानमा मतदानवाट चुनेर पठाएका प्रतिनीधीहरु जोसुकै भएपनि जनताको वहुमतले निर्णय गरेमा फिर्ता वोलाउने अधिकार भन्ने बुझिन्छ । यसप्रकारको प्रावधानले प्रजातान्त्रीक अभ्यासलाई अझ वलियो बनाँउदै जनप्रतिनीधीहरु जवाफदेही वनाउने विश्वाश गरिन्छ ।
यदि मतदान पछि चुनिएर पनि जनप्रतिनीधीले उत्तरदायीपूर्ण कार्य नगरेमा, वाचा पुरा नगरेमा अनि मतदाताहरु प्रतिनीधीको कामवाट सन्तुष्ट नभएमा फिर्ता वोलाउने अधिकार भन्ने बुझिन्छ । यसरी फिर्ता बोलाएपछि नयाँ प्रतिनीधी चयनको अधिकारपनि जनतासमक्ष सुरक्षीत रहन्छ ।
यस प्रावधानको पहिलो प्रवर्तक भने अमेरिकाका प्रथम राष्ट्रपती जर्ज वासिंगटन हुन् जसले सन् १७८९ वाट १७९७ सम्म अमेरिकाका राष्ट्रपती रहेका हुन् । उन्ले आफ्ना एउटा पारिवारीक पत्रमा यस अधिकारलाई गणतान्त्रीक शाषन पद्धति अन्तर्गत सुरक्षीत राख्ने धारणा ब्यक्त गरेका छन् ।
तथापि पूनः निर्वाचन गर्दाखेरिको खर्च अनि झन्झट लगायत अन्य राजनैतीक षडयन्त्रहरु का कारणले यस प्रावधानलाई सकार्न असहज भएको मत पनि धेरै छ । ठूला ठूला मतदान क्षेत्रहरुमा समग्र जनताको वहुमतले राईट टु रिकल प्रत्यायोजन नहुने अनि केही मात्र जनताहरुको सहभागीत्वका आधारमा उम्मेदवारको रिकल गर्न नमिल्ने त्रुटीहरु पनि छन् । प्रथम पटक मतदान गर्ने जनताका प्रतिशतमा कम्तीमा पनि ५१ प्रतिशतको रिकल भएमा मात्र रिकल आधिकारीक हुन्छ, तर यसो गर्दा बाँकी ४९ प्रतिशत जनताका छनौट का रुपमा पूर्व प्रतिनीधीलाई रिकल गर्नु प्रजातान्त्रीक अभ्यास नभएको ठहर पनि धेरैको छ ।
नेपालमा पनि स्थानीय चुनावको यो सरगर्मीमा रिकलका कुराहरु उठिरहेका छन्, राईट टु रिकल नेपालमा कत्तिको सान्दर्भिक छ, हामीसबैले सोच्न जरुरी छ । महाअभियोग प्रकरणका कारणले त्रसित नेपालीहरुलाई राईट टु रिकल कतै अगुल्टो र विजुलीको कथा त हुने हैन ?
तर जे होस् हामी सबैले राईट टु रिकलका वारे बुझ्न जरुरी छ । प्रजातन्त्र अमर रहोस् , लोकतन्त्र अमर रहोस् ।
हाम्रो पात्रो
Liked by: