श्रिमान श्रिमती आनन्दरुपमा एकान्त समय ब्यतित गरेको अपेक्षाकृत उदहारणीय अवस्था देखाइएको छ तर तल्लो चित्राशंले भनेँ बास्तविकता मा छोराछोरीले त्यो एकान्तसमयमा बाबुआमाको समयमाथी गरेको अबोध हस्तक्षेप खेखिन्छ । बाबुआमा हुदैहुनुन्छ भने त सहनै पर्यो नि
सुयोग ढकाल/हाम्रो पात्रो | के तपाई विवाहित हुनुहुन्छ ? या बालवच्चा छन् या प्रेममा हुनुहुन्छ र भविष्यमा प्रेमी या प्रेमीकासंग यसरी जीवन बिताउँला या छोराछोरीका योजना र त्यसपछिको जीवन परिकल्पना गर्दैहुनुन्छ ! जीवन वास्तवमै अचम्मको छ जहाँ अपेक्षा र वास्तविकतामा धेरै फरक हुनेगर्छ । आजभोली जीवनको ब्यस्तता, एक्कल परिवार र स्वतन्त्रता प्रतिको मोह र गैरजिम्मेवारीपनाले आफ्ना बुवा आमा अनि हजुरआमा, हजुआमाहरुलाई सँगै राख्न नसक्नु अनि बृद्ध आश्रममा बढ्दैगइरहेको भिडहरुले समाज कुसंस्कृती अथवा जिम्मेवारीबाट, अात्मियताबाट टाढिएर बेग्लै एक्लै बढिरहेको संकेत गर्दछ । आउनुहोस आखिर कति दुखःसंग हुर्कियौ हामी र अब हामीले आउँदा पुस्तालाई कति दुखः गरेर हुर्काउनुपर्ने हुन सक्छ, कार्टुनकै मार्फत होस् तर एकफेर समभाव राखौं ।
चित्र १
बुवा आमा अनि एउटा बच्चाभएको उदहारणीय परिवारमा माथिल्लो तर्फ बाबुआमाले परिकल्पना गरेको सुताई हो तर तलतर्फको चित्राशंले वास्तविकता दर्शाउँछ । आमा र बुवाकाबिचमा केयरफ्रि रुपमा तेर्सिएको बच्चाले बावुआमा हुनुको वास्तविक्ता, दुखः र त्याग देखाउँदछ । आधा खाट र आधा शरीर कोक्रो भएर सुतेका बुवाले पुरुषको अझ धेरै दुखः देखाएको छ । ल है! सोचाैं, हामी नि सजिलै हुर्किएका छैनौ र हामीले नि सजिलै हुर्काउन सक्दैनौ, सम्बन्धलाई कदर गरौँ ।
चित्र २
बुवा आमाको एकान्तसमय बिताउने अपेक्षा र यथार्थ
माथिल्लो चित्राशंले श्रिमान श्रिमती आनन्दरुपमा एकान्त समय ब्यतित गरेको अपेक्षाकृत उदहारणीय अवस्था देखाइएको छ तर तल्लो चित्राशंले भनेँ बास्तविकता मा छोराछोरीले त्यो एकान्तसमयमा बाबुआमाको समयमाथी गरेको अबोध हस्तक्षेप खेखिन्छ । बाबुआमा हुदैहुनुन्छ भने त सहनै पर्यो नि ।
चित्र ३
छोराछोरीले सोचेजस्तो सजिलै कहाँ खाइदिन्छन र ? जहिल्यै पोखिएको र छरिएको खानेकुरा...
चित्र ४
फोटो खिच्दा केटाकेटीहरु कहाँ ज्ञानी भएर बस्छन् त ? नपत्याए आफ्नो बाल्यकालका फोटाहरु हेर्नुस न अनि त्यस्मा तपाई ज्ञानी भएर बस्नुभएको छ भने पनि बुवाआमालाई सोध्नु कति अफ्ठेरो गरेर त्यो फोटो लिइयो भनेर ।
चित्र ५
खेल खेल्दा पनि कहा मिलेर र सफा भएर खेलेका छौ र हामीले ?
ल है! नयाँपुस्ता यो संसारमा त्यसै आएका छैनन र हामीपनि हाम्रा बावुआमाको अथाहा त्याग र बलिदान पछि मात्र आज हामी वास्तवमा हामी भएका छौं, सम्बन्धलाई कदर गरौं ।
Liked by: