पारम्परीक नेपाली शहरको अनुभूति दिलाउने बन्दिपुरका अधिकांश बाटोहरू ढुङ्गाले छापिएका छन् । परम्परागत छानाहरु, कलाकौशलता अनि सन्तुष्ट पर्यटकका मुस्कान भित्र मुस्कुराईरहेको बन्दिरपुर शहरको संक्षिप्त परिचय हो ।
नेवा: सभ्यताको एउटा जिउँदो सग्राहलय बन्दिपुर आँफैमा पहाडहरुको राजधानी पनि हो । तनँहुको डुम्रेबाट उकालो लाग्नपर्ने यस पहाडी स्वर्गबाट मिलनसार समूदाय, हरीयाली अनि प्रकृतिको अद्भूत नजारा देखिन्छ । बादलहरुको यो राजधानीमा बर्खाको समय अझ अद्भूत हुने गर्दछ, पहाडहरुमा ठोक्कीएका बादलहरुको अशं प्रष्टै देखिने बन्दिपुरका अनुभुतिः
यो पनि हेर्नुहोस् : तालबाराही - पोखरा चित्रकथा
नेवा: सभ्यताको केन्द्रबिन्दु काठमाडौं उपत्यकालाई बिसं २०७२ को भूकम्पले असर गरेको छ तथापि नेवा केन्द्रको यस राजधानी बन्दिपुर भनें अझैपनि आफ्ना उदाहरणीय भवन र सभ्यताका घोतकहरुका साथ स्वाभीमानका साथ, सानका साथ जिवन्त छ ।
पृथ्वी नारायण शाहको एकीकरणका क्रममा काठमाडौं उपत्यककाबाट भागेर गएका नेवारी समूदायका व्यक्तिहरुले यस बन्दिपुर बस्तीको शुरुवात गरेको तथ्य छ । सामूदायीक मेलमिलाप र पर्यटन प्रर्वधन का लागि दक्षिण एसियामै बन्दिपुरवासीहरुको उदहारण लिइन्छ । बिभिन्न अत्याधुनिक होटल देखि सामान्य होमस्टेसम्म बन्दिपुरमा उपलब्ध छ ।
टुँडीखेल बन्दिपुरको एउटा महत्वपूर्ण आकर्षण हो, काठमाण्डौबाट गएकाहरुको काठमाण्डौ र टुँडीखेल मोह बन्दिपुर गएपछि नयाँ टुँडीखेल बनाएका हुन् । सामान्यता सामूदायीक क्रियाकलाप अनि भेला गर्नकालागि टुँडीखेल प्रयोग गरिन्छ । जात्रा अनि भोजकालागि पनि टुँडीखेल उत्तिकै प्रयोग गरिन्छ ।
काठमाडौ उपत्यकाबाट नेवाहरुको आगमन नहुन्जेलसम्म बन्दिपुर मगर राज्यको एउटा महत्वपूर्ण हिस्सा थियो । सन् १९६० मा पृथ्वी राजमार्ग नबनुन्जेलसम्म भारत र चीनको व्यापारीक नाकाकारुपमा बन्दिरपुर व्यापारीक राजधानी पनि रहेको थियो । समुन्द्री सतहवाट सालाखाला १०३० मिटर उचाईमा रहेको बन्दिपुरले आफुभित्र परम्परा, कलाकौशलता अनि ईतिहासको एउटा टुक्रालाई जोगाएको छ । 'पहाडकी रानी' उपनामले प्रसिद्ध बन्दिपुर तनहुँ जिल्लाको पुरानो सदरमुकाम पनि हो । तत्कालिन सरकारको निर्णयअनुसार वि.सं. २०२५ मार्ग १ गते दमौलीलार्इ सदरमुकामको रूपमा स्थानान्तरण गरिएको थियो ।
बर्षाका बादलले निथ्रुक्क बन्दिपुरलाई भिजाएपछि आकाशमा एउटा नयाँ चहक र खुल्लापन देखिन्छ, बादलका टुक्राहरु फेरि पानी बोकेर ल्याउने आशमा यत्रतत्र छरिएर छट्पटाए झैं देखिन्छन् ।
पारम्परीक तथा प्राचिन नेपाली शहरको अनुभूति दिलाउने बन्दिपुरका अधिकांश बाटोहरू ढुङ्गाले छापिएका छन् । परम्परागत छानाहरु, कलाकौशलता अनि सन्तुष्ट पर्यटकका मुस्कान भित्र मुस्कुराईरहेको बन्दिरपुर शहरको संक्षिप्त परिचय हो ।
Liked by: