सन् १९९७ ताका अफगानिस्तानमा तालिवानहरुले अत्यन्त मेहनत गरेर अनि खर्च गरेर पहाडमा कुदिँएका बुद्धका मुर्तीहरु नष्ट पारे, अहिले ती स्थानमा फुटेका पत्थर र शान्त पहाडहरु मात्र छन् । नेपालको अर्घाखाँची जिल्लाको पणेना भन्ने ठाँउमा २५०० बर्षअघि पाणिनी रिसीले तपस्या गरि सम्पूर्ण भाषा बिज्ञान, व्याकरणलाई अष्टोध्याय मार्फत बैज्ञानिक प्रारुप दिएका हुन् । कम्यूटर बिज्ञान को बाइनरी कोडमा यिनका खोज र गणितका साध्यहरु अत्यन्त प्रयोग गरिएका छन् । यि कुराहरुमा अन्वेषण हुन जरुरी लागेर हाम्रो पात्रोले अब सनातन सस्कार, पूर्विय दर्शन र अनुसन्धाननात्मक कलाकृतीलाई यहाँहरु समक्ष ल्याउने जमर्को गर्दै छ ।
यसै क्रममा अमेरिकी साथी रेबिका गतसाता क्याम्बोडिया पुगेकि थिइन, त्यहाँका मन्दिर र प्राचीन धरोहरहरुको तस्विर खिचेर मलाई पठाइन, अनि म अहिले लिपिबद्ध गर्दै छु । क्याम्बोडियाका मन्दिरहरु : चित्रकथा
९ देखि १५ औं शताब्दिसम्म क्याम्बोडियामा खमर शाषन थियो र त्यसैताका बनाइएका धेरै धरोहरहरु मध्य यी एकंर धरोहर पार्क पनि एक् हो । यूनेस्कोको बिश्व संपदा सुचीमा समेत यस ठाँउ सुचीकृत छ ।
कुल ४०० किमी स्क्वार किमी मा फैलिएको यस क्षेत्र जगंल, जलाशय अनि ठूलाठूला रुखहरु भएको परिवेशमा छ ।
नेपाली र भारतीय मन्दिरहरु, सनातन सस्कारहरु र कहिँकतै बुद्धका पथहरु जस्तो पनि भान हुने यी तस्विरको वयान छ । इतिहासले पनि औधोगिक क्रान्तिपूर्वको सबैभन्दा ठूला औधोगिक शहरहरुको सुचीमा यस ठाँउलाई राखेको छ । एकंर वाट र बेयोनको मन्दिर यस क्षेत्रका मुख्य आकर्षण हुन् ।
हिमाल शैलीका अझ भनौ टुप्पो भएका चुचरोयूक्त मन्दिरहरुले हिन्दु सनातन धारको वयान गर्दछ । अनि ठूला ठूला पिल्लरहरु कहिँकतै शिवलिगंहरु जस्तो पनि देखिन्छ, सनातन हिन्दु धर्मको प्राचीन उपस्थिती यस ठाँउले प्रमाणीत गर्दै आएको छ ।
१२०० ईसं मा जयबर्मा सातौले आफ्नो राजकालमा बुद्धमार्ग अपनाएपछि एकंरका संरचनाहरुमा केहि बौद्धमार्गका झझल्काहरु थपिएका हुन् । प्राचीनकालमा सिंचाईकालागि बनाइएका भीमकाय पोखरीहरु उतिखेरका बैज्ञानीक बिकासका पूर्वाधारका आधारहरु हुन् । यस ठाँउको तापक्रम लगभग नेपाली तराईक्षेत्रको जस्तै हुने गरेको बताइएको छ । कहिकतै मन्दिरहरु हाम्रो नेपालका दरबारस्क्वायरका जस्ता, दक्षिण भारतीय जस्ता अनि बद्री केदारका मन्दिरजस्ता छन् ।
मौका मिले यो देश अवश्य छिर्नुहोला है । क्याम्वोडियाको सियम रिप जिल्लामा यो ठाँउ छ ।
*सुश्रि रेबिका ड्युरेस्टका तस्विरहरु
सुयोग ढकाल हाम्रो पात्रो
Liked by: