नारायण गोपालले भाका हालेर गाएका छन्, फाँटहरुले कस्लाई पुग्छ, भीरमा पनि फूलिदिन्छु, म त लालीगुराँसै भएछु भनेँर । सबिन राईले गुराँसको फेद मुनी संझनाको छाँयाको ब्याख्या गरे, आज हामी तस्वीर साक्षी राखेर गुराँस अझ लालीगुराँसको कुराहरु उक्काउने अनुमती चाहन्छौ, लौन आउनुहोस् केही बेर वात मारौ ।
लालीगुराँस अनि नेपालीको समबन्ध कक्षा १ वाटै शुरु हुन्छ, जब पढिन्छ राष्ट्रिय कुराहरु । राष्ट्रिय जनावर, रगं, राजधानी आदि ईत्यादिमा नेपालको पहिचानसँग मिठोसँग जोडिएको यो फूल नेपालको राष्ट्रिय फूल हो ।
यो पनि हेर्नुहोस् : 'राम्रा फोहोरहरु': आवरण कथा
चैत बैशाख अर्थात वसन्त क्रृतुमा डाँडाभरि फूलेका लालीगुराँसको मादकता अतुलनीय हुन्छ, गज्जबको कुरा त के हो भने नेपालीहरु जसरी पीरमा पनि हाँस्न सक्छन् त्यसैगरी लालीगुराँस पनि भीरमा पनि फुल्न सक्ने त्यो अलौकीक र सुन्दर फूल हो जस्लाई संसारलेनै सुन्दरताको असिम उदहारण दिएको छ । लाली भनेको रातो, अब नेपालीम त उखाननै त छ नि रातो राम्रो गुलियो मिठो भनेँर , लालीगुराँसको यो रातो रगं त्यसैले नेपालीहरुको हृदयमै बसेको छ ।
अग्रेजी भाषामा रोडोडेन्ड्रन भनिने यस फूलको अग्रेजीमान भने ग्रीक भाषाको राडोन र डेन्ड्रन दुई शब्द मिलेर बनेको छ, रोडोन भनेको रोस अर्थात गुलाफ अनि डेन्ड्रोन भनेको रुख हो । यसअर्थमा रुखमा फूल्ने गुलाफका रुपमा पनि लालीगुराँसलाई चिनिन्छ ।
त्यसो त कुन्ती मोक्तनले पनि लालीगुराँस अजम्बरी चम्पा चमेली भन्ने गीतमा भाका हालेकी छिन्, वास्तवमै अजम्वरी छ लालीगुराँसको यो मिठास् ।
धादिगं जिल्लाको उत्तरी भेक अनि रुबी भ्याली आसपासमा पदयात्राका क्रममा खिचिएका लालीगुराँसका तस्वीरहरु आजको विशेष चित्रकथामा , स्वीकार गर्नुहोस् ।
*तस्वीर र शब्दः सुयोग ढकाल
Liked by: