धान रोप्दै अनि खेतालाहरुको लस्करै गीत अनि भाकाहरुले पसिना र पीडा बिर्साउदथें तर आजभोली सुस्तरि रोपाईंंका भाकाहरु हराँउदै गएका छन् । नेपाली रोपाईहरु बास्तवमा अरबका मरुभुमीमा हुन थालेका छन् । चामलका साटो पैसो फल्दछन र रेमिट्यान्सका भकारीहरुमार्फत भित्रीन्छ भन्नेपनि सुनिन्छ । जे होस् जसो होस् असारका भाकाहरु अनि रोपाईंका सारहरु आज हामीले हाम्रो पात्रोमार्फत केही चित्र अनि केही शब्दले व्याख्या गर्न जादैछौं ।
यो पनि हेर्नुहोस् : राजपुरको डाँडा र सेती किनारको ईन्द्रेणी
धेरै अगाडी जब नेपाली शाषनको बागडोर सिंहदरबार र नाराहनहिटीमा नभई हनुमान ढोकामा थियो तब देखि चलेको एउटा भाका, जुन नेपालले भुल्न हुँदैन त्यसलाई धेरैपछि नेपालीजनको पर्याय मोबाईल एप्स हाम्रो पात्रोमा प्रस्तुत गर्न चाह्यौं ।
हनुमान ढोका उघारी हेर्दा लागेछ असार
न जिब्रो तितो न थुतुनो टर्रो, गुलियो कसार
स्मरण रहोस् नेपाली जीवनशैलीमा चामललाई भुटेर अनि पागमा डुबाएर बनाएको कसारको महत्व हरेक शुभकार्यसँग छ । रोपाईमा रोपेको धानलाई चामल बनाएपछि मात्र कसार हुने भएकाले कसारको उल्लेख रोपाईमै गरिएको हुन सक्छ । हनुमान ढोकाका शाषकलाई पनि समावेश गरिएको यो भाका आँउदा पुस्ताले बिर्सन हुँदैन ।
चामल त पाक्यो गुदुमा गुदु
तिउन त लसुन
गरीबको घरमा के खानु छ र ?
बात मारी बसुँ न
चामलकै ब्याख्या र गरिबी जोडेको यो भाका अधिकांश रुपमा दोहोरीमा पनि प्रयोग गरिन्छ । बात पनि भात जत्तिकै मिठो हुन्छ भनिएको यो भाका पनि रोपांईमा सुनिन्छ है ।
रोपेर धान गएर खाँउला दुधिलो मकै खीर
मानो रापेर उब्जाउँला मुरी, केलाई लिन्छनै पीर
यो भाका पनि आशलाग्दो छ । दुधिलो मकै र खीरलाई उब्जनीसँग जोडीएको यो भाका पनि स्मरणीय छ । बास्तवमै रोपांईमा खाने खाजाहरु पनि उत्तिकै महत्वपूर्ण हुन्छन् । छाता या घुमराडी ओढेर खेतको आलीमा खाइने खाजालाई तराईमा भनें जलख्वाई पनि भनिन्छ ।
श्रावणले टेकिसक्यो र छिटै रोपाँई सकियोस् ।
बर्षभरि खाने र पाल्ने धान लागोस् । हामीसबै नेपालीलाई शुभकामना ।
सुयोग ढकाल
Liked by: