इतिहासले बिर्सेको एकजना विशिष्ट व्यक्तित्व पाणिनि ऋषिको चर्चा गर्न जाँदैछौ आज । डिजीटल यूगमा कम्प्युटर प्रोग्रामिंगको आधार र संभावनासँग आजभन्दा २५०० वर्षअगाडी जन्मिएका एकजना ऋसीको के समबन्ध हुनसक्दछ रु सोचनीय कुरा छ हैन र ?
यो पनि हेर्नुहोस् : बर्षाको बन्दिपुर
तर तिनै ऋषिले लेखेका भाषाका सुत्रहरु, बिजगणीतका तथ्यहरुनै आजको आधुनिक भाषाविज्ञानमा हरेक भाषाहरुको जरो भएको छ । मानव र कम्यूटरको अन्तक्रियाकालागि समान भाषाको विकास गर्न र कम्प्यूटरलाई पनि इनपुटकालागि फरक फरक चरित्र र सुत्रबद्ध भाषा कमान्डहरु दिन र विकास गर्न शुरुवाती दिनदेखिनै कम्प्युटर विकासमा पाणिनि ऋषिका अष्टोध्यायी या अष्टका नामक भाषाविकास सुत्रहरु प्रयोग गरिएको तथ्य स्टान्फोर्ड विश्वविधालयका भाषा विज्ञानका प्राध्यापक पल हिब्रानी बताँउदछन् । आज को कंप्यूटर प्रोग्रामिंग भाषाहरु जस्तैc, c++, java आदि मा प्रोग्रामिंग हाई लेवल लेंग्वेजमा लेखिन्छ ।
यसवाट कम्प्युटरको गणना सम्बन्धी व्याख्या (theory of computation) जसमा प्रोग्रामिंगको syntex आदि को वर्णन हुने गर्दछ,यसै थियोरी अफ कम्प्युटेशन द्वारा लो लेवल लैंग्वेज विशेष प्रकारको कोड जसलाई mnemonic भनिन्छ जस्तै जोडकालागि ADD, गुना को लागि MUL आदि मा परिवर्तित गर्न प्रयोग हुन्छ, तथा यस प्रकारको कोडलाई प्रोसेसर द्वारा द्विआधारी भाषा(binary language: 0101) मा परिवर्तित गरेर क्रियान्वित गरिन्छ । यस प्रकार पूरा कम्प्युटर जगत theory of computation मा निर्भर रहन्छ । यसै computation मा महर्षि पाणिनिले (लगभग 500 ई पू) मा संस्कृत व्याकरण द्वारा एक पूरा ग्रन्थ रच्नुभएको छ ।
अहिलेको पाकिस्तानमा पर्ने पेशावर शहर भन्दा थोरै अगाडिको एउटा गाँउमा पाणिनि को जन्म भएको हो, उन्का पिता पाणि एउटा ज्योतिष रहेको उल्लेख गरिएको छ । महर्षि पाणिनि तपस्याको क्रममा अहिलेको नेपालको अर्घाखाँची जिल्लाको पाणिनि तपोभुमीमा आई तपस्या र अध्यन गरेको प्रमाण छ । अदभुत सौन्दर्यले भरिपुर्ण पाणिनि ऋसिको यो तपोभुमीको चित्रहरु आज केवल हाम्रो पात्रोमा ।
यि चित्रहरुकालागि विभिन्न अन्तराष्ट्रिय भिडियो परियोजनाहरुमा समेत सिनेमेट्रोग्राफरका रुपमा कार्य गरिसक्नुभएका गिरिराज पोखरेल ज्यूलाई धन्यवाद दिन चाहन्छौ । इतिहासले विर्सिएका अदितीय महर्षि पाण्नििको अन्तराष्ट्रिय वित्तवविधालयहरुले यत्तिका शोध गर्दा पनि नेपाल र भारतवर्षका देशहरुमा यिन्को चर्चा सेलाउनु दुर्भाग्य हो । गिरिराज जी हरुद्धारा निर्मित पाणिनि को जीवन र शोधमा आधारी वृतचित्र पनि छिटै आँउदैछ ।
पाणिनि तपोभुमीवाट मौसम खुल्ला रहेका समयमा भारतको गोरखपुर सम्म देखिने गरेको छ । साँझमा बिजुली बत्तिको भेउ पाउन सजिलो सहज हुनाले सजिलैसँग गोरखपुरको झिलीमिली देखिने गरिएको छ । गौतम बुद्ध र पाणिनि जस्ता महान व्यक्तित्वहरुको थलो नेपाल वास्तवमा धन्य छ ।
भाषाहरुका पिता सस्कृत भाषाको व्याकरणका जन्मदाता पाणिनिका सुत्रहरुमा आधारित कम्प्युटर कोडिगं र प्रयोग गर्दा हामीले यिनको योगदान बिर्सन भने हुँदैन । नेपालका एउटा एतिहासिक धरोहर महर्षि पाणिनिको तपोभुमी संरक्षण र सम्बर्धनमा सबैको ध्यान जाओस् ।
विभिन्न वृतचित्र, वेबसाईट र अन्तर्वार्ता अध्यनका आधारमा
*हाम्रो पात्रोकालागि सुयोग ढकाल
तस्विर गिरिराज पोखरेल
Liked by: