श्री अन्तु डाँडामा लेखिएको कविता | Hamro Patro

ब्लग - साहित्य / चित्रकथा

श्री अन्तु डाँडामा लेखिएको कविता




   Suyog Dhakal - Mar 24 2017

नेपालको हावापानीको छोटकरीमा विवरण दिन चाह्यौ, सुस्तरि जाडो ओरालो लाग्यो अनि गर्मी उकालीदैछ । सानो देश छ हाम्रो विहान हिँड्यो भने बेलुकासम्म देशको अर्को फेरोसम्म पूग्न सकिने तर फेरि विशाल छ, बिभिदताका हिसाबमा ।

जनकपूरमा गर्मी हुँदैगर्दा जुम्लामा हिँऊ परेको हुन्छ, कालिन्चोकमा मुटु कपाउने जाडो हुँदा कुस्मामा मिठो न्यानो हुन्छ । आउनुहोस्, आज पनि यसै चित्रकथाको श्रृखलामा प्रस्तुत छ, ईलामको श्री अन्तु डाँडा । सूर्योदय अनि प्राकृतीक छटाकालागी अत्यन्त नाम चलेको यस डाँडाको चर्चा अनि परिचर्चा देश विदेशमा हुँदैआएको छ । चिया बगानले घेरिएको अनि एउटा तालले शुसोभीत यस डाँडामा प्रकृतीको अनुपम प्रस्तुती रहेको छ । अम्रिसो, अलैँची अनि अदुवाका लागी ईलाम वहुत प्रचलीत छ, यहाँका अधिकांश वासिन्दाहरुको आम्दानीको श्रोत यिनै तिनवटा अ वाट उठेका कुराहरु अदुवा, अलैची र अम्रिसोवाट हुने गर्दछ । काठमाडौवाट करिब ६०० किमी पर रहेको ईलाम प्रदेश नं १ मा पर्दछ ।

डोकोमा टिपेर सरक्क राखिने अनि कारखाना लिएर प्रशोधन गरिने चियाका पात या भनौ सुईरोहरु, टपक्कै एउटै आकार अनि उचाईमा अडिएका चियाका वगानहरुले गलैँचाजस्तो बिछीएको हरिया डाँडाहरु अनि माथीपटीको आकाश लाई क्षीतिजमा देखिँदा एउटा वडो मनमोहक कन्ट्रास्ट देखिन्छ, यी सम्पूर्ण सुन्दरताका प्याकेजहरु श्रि अन्तुमा मात्र उपलब्ध छ ।

केही सेकेन्ड भित्रैमा मौसमले वाजी पल्टीदिन्छ यहाँ, घमाईलो रमाईलो आकाश केही बेरमै तुँवालो, तुषारो अनि वादलले ढाकिदिन्छ, हरेक दृश्यमा सुन्दरताको मात्रा भने अलौकीक हुन्छ । कहिलेकाँही त्यहाँ पुग्नुभयो भने चाँही फर्किदा पाईने स्थानिय चियाका धुलोहरु ल्याउन नभुल्नु होला है ।

कवियत्री अनिता लिम्बू मोक्तानका लागी पनि श्री अन्तु डाँडा एउटा मनमोहक अनि यादगार ठाँउ हो । ईतिहास साक्षी छ, लेखक अनि विचारकहरुलाई श्री अन्तुले धेरैनै उत्प्रेरीत गरेका कुराहरु, अनिता ज्यूले पनि कागज अनि कलमले श्री अन्तुमा वसेर एउटा कविता कोरिदिनुभयो, आउनुहोस् प्रस्तुत गर्दछौ ।

मौनता पर्ख, पर्ख न
केही बेर अल्झीराख
म निरिह भएर घुँडा टेकेको हेर
मैले माटो छोएको हेर , एक्लोपनाको चोट पनि
फर्किएर हेर, आफ्ना्े कुम पछाडी
हेर न, हेर म हराएको
समयको एउटा अशं
जसले मलाई तिमीसमक्ष ल्याईपूर्यायो
मौनता पर्ख, पर्ख न
केही बेर अल्झीराख























*शब्दः सुयोग ढकाल
तस्वीर अनि कविताः अनिता लिम्बू मोक्तान , श्री अन्तु डाँडा



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.