१ पर्वत जिल्लाकी छाप गाविसकी आशा सुनार, एउटी नारी हुन् । कक्षा ९ मा पढदै छिन उनि । उनी शारीरीक रुपमा अपांग छीन्, दुशै खुटा चल्दैनन उन्का तर उन्को आत्मविश्वाश अनि धैर्यताले संसारभरिका नारीहरुलाई आज एउटा पाठ दिएको छ । केही महिना अगाडि म उन्को गाँउमा पुग्दा साँझमा उनि खाना पकाईरहेकी थिईन्, विहानको झुल्के घामसँगै आफ्ना दैनिक क्रियाकलाप सकाएर उन्ले केही कपडाहरु सिलाईन, आफ्नो सिलाई सिपवाट आफ्ना लागी आम्दानी गर्न सफल उनी दाजुभाउजु सँग वस्दछिन् । आशाजस्ता थुप्रै अपागंता भएका नारी दिदिवहिनीहरुमा यो आत्मविश्वाशको सञ्चार र सञ्चय गर्न के गर्नुपर्दछ, समुदाय र सरकार यसतर्फ संवेदनशील होस् । महिला हरुलाई मात्र नभई सबैजनालाई सिउन्मुख शिक्षा र उधमशिलता केन्द्रित वातावरणको श्रृजना नभईकन प्रगती गाह्रो छ ।
२ अर्को यो तस्वीर हो, धादिगंको रि गाँउ को । यस गाँउलाई मोटर वाटोले छोएको छैन, संभवत एउटै अक्षरले बनेको नेपालका थोरैमात्र गाविसमा रि गाँउ पनि पर्दछ, यो गाँउ डोको नाम्लो आदि बाँसका कलाकौशलताकालागी नेपाल भरि प्रचलीत छ । तल ग्यागस्यागं भन्ने ठाँउमा रात वसेर म उकालो चढ्दै गर्दा मोडहरुमा ससाना चौतारी देखिए, ढुगांले छापेर वनाएको ढाड अड्याउन मिल्ने अनि ढाडका सामानले पनि आड पाउने । सँगैको साथी संजिव अधिकारीलाई सोधेपछी थाहा भयो, त्यो महिलामैत्री संरचना रहेछ, ढाडमा सामान, डोको या वालवच्चा लिएर उकाली चढ्दै गरेका महिलालाई टक्रक्क बस्नकालागी त्यो संरचना रहेछ, ज्यानलाई पनि आराम अनि साथै ढाडको सामानले ढाडवाट नझिकी आराम हुने ।
महिला दिवसमा स्थानीय रुपमा गरेको यो सामान्य तर भरपर्दो र सुधारात्मक , महिलामैत्री अनि सरल आविष्कारलाई आज प्रस्तुत गर्यौ ।
३ यो तस्वीरमा पौरखी महिलाहरुले नेपालको एउटा हाईड्रोपावर, जलविधुत परियोजनाकालागी लिएर गएको सामान देखिन्छ, ढाडमा बोकेर ।
यो तस्वीरमा हामीले दुख्ख भन्दा पनि पौरख देखेका छौ, लगभग दुई तिन लगाएर धादिगंको सेर्तुगं अनि तिब्लिगं गाविससम्म पूर्याउनु हुन्छ, पसिनाको मुल्य छ अनि महिलाको पौरख छ । जय होस यी कर्मठ महिलाहरुको, महिला दिवसमा वहाँहरुको यो पौरखले संसारभरिका महिलालाई उत्साह मिलोस । नारी पुरुष बराबरी भन्ने नारा यहाँ सार्थक थियो, यसै गरि पढाई अनि कार्यलयमा पनि नारी सहभागीताको खाँचो छ, वढ्दै जाओस् ।
४ मुक्त कमैया परिवारकी पार्वती, पढाईका हिसाबले अब प्लस टु सकाएर काठमाडौमा थप अध्यनकालागी आँदैछिन् । म उन्को घर वर्दिया जिल्लाको नयाँवस्तीमा केही महिना अगाडि पुगेको थिए । उन्मा भएको आत्मविश्वास र दृढ संकल्पले सम्पूर्ण नारीहरुलाई एउटा उदहारण दिएको छ, उनी एउटा दृष्टिविहीन विधार्थी हुन् । शुरुशुरुमा छोरीको यो हालत देखेपछी उनकी आमा पनि धेरैनै निराश हुनुभएके थियो तर विस्तारै पार्वतीले विभिन्न सस्था र ब्यक्तिको मद्धतले आफ्नो आत्मविश्वाश र सकंल्पलाई बढाँउदै अगाडि गईन् । नेपालगञ्जको वाँके नेत्र हिन सँघको होस्टलवाट गएको वर्ष उन्ले सपांग सरह प्लस टु पास गरेर छिटै काठमाडौ मा अझ पढ्न आँउदै छिन् । पार्वती एउटी प्रतिनिधी पात्र हुन्, उनीजस्ता धेरै नेपाली नारीहरुलाई सक्षम वनाउने संकल्प आज नारी दिवसले माग गरेको छ, हामीवाट
५ एकदिन कामको सिलसिलामा धादिगं जिल्लाको ईबि भन्ने गाँउमा पुगेको थिए, सदरमुकामवाट ६ घन्टा गाडिमा कच्ची वाटो अनि त्यसपछीको ५घन्टा पछीको हिडाँईवाट पुगिने गणेश हिमालको सेरोफेरो । विहान ढुगें धारामा एउटी महीला लाई देखेँ, कलिलो उमेर तर पछाडी पछ्यौराले बाँधेर छोरी वोकेकी यी हंसमुख अनुहार त्यहाँ धारामा कपडा धुन विहानै आएकी थिईन ।
नाम प्रमिला तामागं, उमेर २१ वर्ष, विवाह भएको १७ वर्षमा, श्रिमान परदेश, पढाई कक्षा ७ मै छाडेको ।
सदन अनि सभामा नारी नेतृत्व र हपुँच वढीरहेको वेलामा नेपाली कुना कन्दराहरुमा महिलाहरुको यो हविगत छ, पढाई छाडेर गरिने यो परनिर्भरताको प्रतिरुप वालविवाह प्रति समुदाय अनि सरकार संवेदनशील रहन जरुरी छ है ।
प्रमीला त केवल प्रतिनीधी पात्र मात्रै हुन् ।
नारी दिवसमा केही सकारात्मक उदहारणहरु, नेपाली नारीलाई प्रेरित गर्नका लागी । आफ्ना दिदी वहिनी, आमा, साथी अनि श्रिमतीसमक्ष यो शेयर गर्न र आशा सञ्चार गर्दै नारी दिवसको शुभकामना दिन नभुल्नुहोला ।
हाम्रो पात्रोकालागी नारी विशेष फोटो कथा
संजीब अधिकारीको समन्वयमा
सुयोग ढकाल
Liked by: