हिन्दु धर्ममा महत्वपूर्ण मानिने ग्रन्थ भागवद गीताको शाब्दिक अर्थ “भगवानको गाना” हो । संस्कृत भाषामा रचित सात सय हरफ भएको यो ग्रन्थ चर्चित महाकाव्य महाभारतबाट उद्धृत गरिएको हो ।
हिन्दु धर्ममा महत्वपूर्ण मानिने ग्रन्थ भागवद गीताको शाब्दिक अर्थ “भगवानको गाना” हो । संस्कृत भाषामा रचित सात सय हरफ भएको यो ग्रन्थ चर्चित महाकाव्य महाभारतबाट उद्धृत गरिएको हो । यसमा श्री कृष्ण र पाँच पाण्डवमध्येका साहिँला भाइ अर्जुनबीचको वार्तालापको पृष्ठभूमि रहेको छ ।
कुरुक्षेत्र युद्ध सुरु हुनुअघि, आफ्नै नातागोता, इष्टमित्र र गुरुहरुविरुद्ध कसरी युद्ध लड्ने भनेर अर्जुन हिचकिचाइरहेका हुन्छन् । पाण्डव र कौरवबीचको यस युद्ध धर्म स्थापना गर्नका लागि लड्न श्री कृष्णले अर्जुनलाई सम्झाएका वचनहरु यसमा व्याख्या गरिएको छ । धर्म जोगाउनका लागि पनि योद्धाको जिम्मेवारी पूरा गर्नुपर्ने जस्ता दार्शनिक अवधारणाले अर्जुनलाई ओतप्रोत गरेपछि मात्र उनी युद्धका लागि तयार भएका हुन्छन् । ग्रन्थमा पढिरहँदा हामीलाई यी सब अर्जुनलाई सिकाइएको पाठ मात्र हो जस्तो भएपनि यो पाठ हरेक मानिसलाई सफल जीवन बाँच्न र मोक्ष प्राप्त गर्नका लागि जीवनोपयोगी सन्देश हुन सक्छ । भागवद गीताका मुख्य दश सन्देशहरु यसप्रकार छन् ।
१. हाम्रा कर्तव्य तथा जिम्मेवारी नै हाम्रो धर्म हो ।
युद्धभूमिको बीचमा श्री कृष्णले अर्जुनलाई योद्धाको जिम्मेवारी पूरा गर्न र धर्म स्थापित गर्न सम्झाएको प्रसंग यसमा रहेको छ । योद्धाको जिम्मेवारी आफ्नो ठाउँमा उभिएर केही प्राप्तिका लागि लड्नु हो । उसको मुख्य काम भनेको कदापी हार नखानु र हारतर्पm उन्मुख गराउने कुनै पनि चिजबाट आपूmलाई प्रतिरोध गर्नु हो भनेर श्री कृष्णले भनेका छन् ।
२. सबै कुरा राम्रोकै लागि हुन्छ ।
जे भो, राम्रै भो । जे हुन्छ, राम्रोकै लागि हुन्छ । जे हुनेछ, राम्रोकै लागि हुनेछ । गीताको यस उक्तिले हामीलाई हाम्रो जीवनको अप्ठेरो समयमा लड्नका लागि प्रेरणा दिन्छ । दुखपूर्ण जिन्दगी र सोचेको कुरा पूरा नभइदिँदा हामी निराश हुन पुग्दछौँ । यस उत्तिका अनुसार हामीले धैर्य गर्न सिक्नुपर्छ । हामी पुग्न नसकेको गन्तव्य र हाम्रा असफल प्रयासहरु हाम्रै जीवनका पाटाहरु हुन् र यसबाट नआत्तिन र आपूmलाई विश्वास गरेर अगाडी बढ्न यसले हौसला दिन्छ ।
३. हाम्रो शरीर आत्माको वस्त्र मात्र हो ।
आत्मा कहिल्यै पनि नाशिँदैन, यो अमर हुन्छ । मृत्यु पुनर्जीवनको लागि अर्को एउटा प्रक्रिया हो । जसरी मानिसले पुरानो लुगा उध्रेपछि अर्को लुुगा फेर्दछ, आत्माले पनि एउटा शरीर पुरानो भएपछि अर्को शरीरमा प्रवेश गर्दछ । यसकारण जीवनको सही सदुपयोग गरी यसको लाभ लिन सक्नुपर्छ ।
४. मृत्यु मोक्ष प्राप्तिको एक अवसर हो ।
मृत्युलाई हामी भयानक विपत्तिको रुपमा लिने गर्दछौँ । गीतामा लेखिएअनुसार, “जन्म लिएका सबै प्राणीको मृत्यु र मृत्यु भएका सबैको जन्म निश्चित हुन्छ । यो सत्य पार लगाउन नसकिने भएकाले यसलाई लिएर दुखी हुनु पनि बेकार हो । मृत्यु त वास्तवमा शुन्यतामा बिलाउने एउटा आध्यात्मिक अवसर हो ।” यसकारण मृत्युमा आत्तिने वा मृत्युसँग डराएर बस्नुहुँदैन ।
५. परिवर्तन अपरिहार्य हुन्छ ।
यो लोकमा भएका हरेक कुराहरु सांसारिक परिवर्तनको नियमअनुसार परिवर्तनशील छन् । हाम्रो जीवनका कुनै पनि कुराहरु स्थिर छैनन् । गीताले परिवर्तनलाई आत्मसाथ गर्न सिकाउँछ । हामीसँग भएका सम्पत्ति वा भौतिक सुख, हाम्रा सम्बन्धहरु सबै क्षणिक र परिवर्तनशील हुन्छन्, यी सबलाई स्वीकार गर्नुपर्ने गीतामा उद्धृत छ । परिवर्तनको नियमअनुसार पनि हरेक परिवर्तनपछि हामीले नयाँ सुरुवात गर्नुपर्छ ।
६. जीवनमा सन्तुलनको महत्व ।
जीवनमा सदैव धैर्यता अपनाउनुपर्छ । जीवनका सुख र रमाइला पलहरु पनि क्षणिक हुन्छन् । केही समयमा यो बिलाउँदै जानेछ । दुखको घडी पनि सधैँ रहिरहँदैन । यो पनि समयसँगै हराउँदै जान्छ । जीवनमा माया वा घृणा मात्र गर्न सक्नुहुन्न, यी दुवै एउटै सिक्काका पाटा हुन् । तपाईँमा माया र घृणा दुवै हुन्छ । यी सबमा सन्तुलन राख्न सिक्दा नै हामी सफल हुन सक्छौँ ।
७. अप्ठेरोमा नै हामीले आपूmलाई चिन्न सक्छौँ ।
हाम्रो मस्तिष्क र आत्मा सदैव विकासको क्रमानुसार चलिरहेको हुन्छ । जीवनमा अप्ठेरो पर्दा हामी भुइँमा नै बजारिन पनि पुग्छौँ । तर, यस्ता समयहरुले हामीलाई नयाँ पाठहरु सिकाएर जान्छ । जीवन सधैँ सहज र सरल हुन्छ भन्ने मात्र नसोचौँ । अप्ठेरो परिस्थितिको पनि सामना गरौँ र यसले सिकाएको पाठको सदैव मनन गर्ने गरौँ भन्ने पाठ गीताले सिकाउँछ ।
८. हरेक कुराको समर्पण गर्नुहोस् ।
कर्ममा विश्वास गनुृहोस् । गीतामा श्री कृष्णले आपूmले गरेका हरेक काम ईश्वरमा समर्पित गर्न सुझाएका छन् । ईश्वरबाटै सुरु भएको जिन्दगी, ईश्वरमा नै पुगेर अन्त्य हुने भएकाले सबै कुरा ईश्वरमा समर्पण गर्नुहोस् भनिएको छ । हामी जिन्दगीमा हतास वा निराश भइहाल्नु पर्दैन भनेर यसले सकाउन खोजेको छ ।
९. कर्म गर्नु, फलको आश नगर्नु ।
हामीले कर्म गर्न छाड्न हुँदैन, तर कर्मको फलको आश गर्न हुँदैन भनेर गीतामा भनिएको छ । कुनै पनि काम गर्दा फलको आश गरेर गर्नुहुँदैन वा कर्म नै नगरी फलको आश मात्र पनि गर्नुहुँदैन भनी यसमा भनिएको छ ।
१०. विश्वासको सामथ्र्य ।
मानिस उसको विश्वासले नै बनेको हुन्छ । उसले जे विश्वास गर्छ, ऊ त्यही बन्दछ । यदि तपाईँले जित्न सक्छु भनेर विश्वास गर्नुभयो भने, आदिभन्दा बढी जित तपाईँको भइसक्छ । तपाईँ खुशी, सुखी वा सफलमध्ये आपूmलाई जे सोच्नुहुन्छ, तपाईँ त्यही बन्नुहुनेछ ।
पुरातन र अप्रचलित भन्दै हामीले यस्ता धार्मिक ग्रन्थको अध्ययन गर्न छोडिसकेका छौँ । पश्चिमा मुलुकहरु भागवद गीता लगायतको सार बुझ्न अघि सर्दा हामी शाब्दिक अर्थमै अड्किएर पुरातन भन्दै यस्ता ग्रन्थहरु थन्क्याउने गर्दछौँ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: