विश्वगीताको आठौं अध्याय | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / अध्यात्म

विश्वगीताको आठौं अध्याय




   Bishwa Raj Adhikari - Feb 07 2017
विश्वगीताको आठौं अध्याय विशेष अडियो सामाग्री

लेखक विश्वराज अधिकारीको श्रीमद भागवत् गीता को आधुनिक व्याख्या "विश्वगीता"को आठौं अध्याय आज यहाँहरुमाझ प्रस्तुत गर्दैछौ । श्रीमद भागवत् गीताको १८ अध्याय को लगभग ७०० श्लोकहरुमा मानव जीवनको सबै समस्याको समाधान भेटिन्छ । विश्वगीताको आठौं अध्यायका २८ श्लोकहरु यसप्रकार छन् ।

अध्याय ८ , श्लोक ०१ 
अर्जनले बिन्ती गरे (हे पुरुषोत्तम, ब्रह्म के हो? अध्यात्म के हो? कर्म के हो? अधिभूत तथा अधिदेव कसलाई भन्ने गरिन्छ?)
अर्जुन उवाच- किं तद्ब्रह्म किमध्यात्मं किं कर्म पुरुषोत्तम। अधिभूतं च किं प्रोक्तमधिदैवं किमुच्यते।।१।।

अध्याय ८ , श्लोक ०२ 
(हे मधुसूदन, अधियज्ञको हुन? अधियज्ञ देहमा कसरी स्थित हुन्छन्? संयमित चित्त भएका पुरुषहरूलाई उनीहरूको मृत्युको समयमा अधियज्ञ कसरी ज्ञात हुन्छन्?)
अधियज्ञ: कथं कोSत्र देहेSस्मिन्मधुसूदन। प्रयाणकाले च कथं ज्ञेयोSसि नियतात्मभि:।।२।।

अध्याय ८ , श्लोक ०३ 
भगवान् श्रीकृष्णबाट आज्ञा भयो (सँधै उपस्थित, कहिले नष्ट नहुने परमतत्व जीव ब्रह्म हो। परमतत्वको अनादि प्रकृति आध्यात्म हो। जीवहरूको भौतिक शरीरको विकाससँग सम्बन्धित कार्य नै कर्म हो।)
श्रीभगवानुवाच- अक्षरं ब्रह्म परमं स्वभावोSध्यात्मुच्यते। भूतभावोद्भवकरो विसर्ग: कर्मसंज्ञित:।।३।।

अध्याय ८ , श्लोक ०४ 
(हे देहधारीहरूमा सर्वश्रेष्ठ अर्जुन, निरन्तर परिवर्तन भइरहने भौतिक प्रकृति अर्थात सबै नाशवान वस्तुहरू अधिभूत हुन। इश्वरको सर्वव्यापी रुप अर्थात देवताहरू जस्तै सूर्य, चन्द्र अधिदेव हुन र म, महाईश्वर, जो प्रत्येक जीवधारीको शरीरमा परमात्माको रुपमा छु, अधियज्ञ हो।)
अधिभूतं क्षरो भाव: पुरुषाश्र्चाधिदैवतम्। अधियज्ञोSहमेवात्र देहे देहभृतां वर।।४।।

अध्याय ८ , श्लोक ०५  
(जसले अन्तकालमा पनि मेरो नै स्मरण गरेर देह त्याग गरेर जान्छ त्यो मेरो स्वरुपमा प्राप्त हुन्छ। यो निश्चित छ, यसमा संशय गर्नु पर्दैन।)
अन्तकाले च मामेव स्मरन्मुक्त्वा कलेवरम्। य: प्रयाति स मद्भावं याति नास्त्यत्र संशय:।।५।।

अध्याय ८ , श्लोक ०६ 
(हे कौन्तेय, मनुष्यले आफ्नो अन्तकालमा देहत्याग गर्दा जुन जुन भाव स्मरण गर्दछ, त्यो त्यो भाव स्मरण गरेको हुनाले त्येही त्येही भावमा प्राप्त हुन्छ।)
यं यं वापि स्मरन्भावं त्यजत्यन्ते कलेवरम्। तंम तमेवैति कौन्तेय सदा तद्भावभवित:।।६।।

अध्याय ८ , श्लोक ०७ 
(त्यसकारण प्रत्येक पल मेरो स्मरण गर्दै युद्ध गर। मन र बुद्धिलाई निरन्तर ममा अपर्ण गरेकोले निश्चय पनि ममा प्राप्त हुने छौ। मोक्ष पाउने छौ।)
तस्मात्सर्वेषु कालेषु मामनुस्मर युध्य च। मय्यार्पितमनोबुद्धिर्मामेवैष्यस्यसंशयम्।।७।।

अध्याय ८ , श्लोक ०८ 
(हे पार्थ, अभ्यास योगले युक्त भइ चित्तलाई अन्यत्र कतै जान नदिएर निरन्तर अभ्यास गर्ने पुरुष परम दिव्य पुरुषमा मिल्दछ। अर्थात परमेश्वरमा मिल्दछ।)
अभ्यासयोगयुक्तेन चेतसा नान्यगामिना। परमं पुरुषं दिव्यं यति पार्थानुचिन्तयन्।।८।।

अध्याय ८ , श्लोक ०९ 
(जसले सर्वज्ञ, पुरातन, सबैका नियन्ता, अणु भन्दा पनि सानो, सबैका विधाता, अचिन्त्य, सूर्य जस्तो अति प्रकाशित, प्रकृति भन्दा पनि पुरानो पुरुषलाई मृत्यु कालमा स्मरण गर्दछ उसले त्येही दिव्य पुरुषलाई प्राप्त गर्दछ।)
कविं पुराणमनुशासितार मणोरणीयांसमनुस्मरेद्ध:। सर्वस्य धातारमचिन्त्यरुप मदित्यवर्ण तमस: परस्तात्।।९।।

अध्याय ८ , श्लोक १० 
(जसले भक्तियुक्त भइ अन्त कालमा पनि योगबलले भृकुटीका मध्यमा प्राणवायुलाई राख्दै निश्चल मनले मेरो स्मरण गर्दछ त्यो परम पुरुषमा प्राप्त हुन्छ। अर्थात परमात्मामा लीन हुन्छ, परमात्मा मिल्छ।)
प्रणयकाले मनसाचलेन भक्त्या युक्तो योगबलेन चैव। भ्रुवोर्मध्ये प्राणमावेश्य सम्यक् स तं परं पुरुषमुपैति दिव्यम्।।१०।।

अध्याय ८ , श्लोक ११ 
(वेद जान्ने पण्डितहरू जसलाई ओंकार- अविनाशी भन्दछन्, आसक्ति नभएका सन्यासीहरू जसमा प्रविष्ट गर्दछन् र जसलाई प्राप्त गर्ने इच्छाले ब्रह्मचारीहरू ब्रह्मचर्यको पालना गर्दछन् तिमीलाई म त्यो प्राप्त गरिने वस्तुको बारेमा भन्छु।)
यदक्षरं वेदविदो वदन्ति विशन्ति यद्यतयो वीतरागा:। यदिच्छन्तो ब्रह्मचर्य चरन्ति तत्ते पदं संग्रहेण प्रवक्ष्ये।।११।।

अध्याय ८ , श्लोक १२-१३ 

(जो व्यक्तिले सम्पूर्ण इन्द्रियहरूको द्वारलाई नियन्त्रित गरेर मनलाई हृदय क्षेत्रमा स्थिर गर्दै आफ्नो प्राण वायु शीरमा तानेर योग अभ्यासमा स्थित भइ ओंम, यो एक अक्षर भएको ब्रह्म वाचक शब्दको उच्चारण गर्दा गर्दे तथा मलाई ध्यान गर्दा गर्दै देह त्याग गर्दछ त्यसले परम गति प्राप्त गर्दछ।)
सर्वद्वाराणि संयम्य मनो हृदि निरुध्य च। मूर्ध्न्याधायात्मन: प्राणमास्थितो योगधारणाम्।१२।। ओकित्येकाक्षरं ब्रह्म व्याहरन्मामनुस्मरन्। य: प्रयति त्यजन्देहं स यति परमां गतिम्।।१३।।

अध्याय ८ , श्लोक १४ 
(हे पार्थ, जसले अन्य कुनै पनि विषयमा मन नलाएर केवल मेरो मात्र प्रति दिन निरन्तर स्मरण गर्दछ, ममाथि निरन्तर लीन रहने गर्दछ त्यस्तो योगीले मलाई सजिलै प्राप्त गर्न सक्छ।)
अनन्यचेता: सततं यो मां स्मरति नित्यश: तस्याहं सुलभ: पार्थ नित्ययुक्तस्य योगिन:।।१४।।

अध्याय ८ , श्लोक १५ 
(महात्माहरू ममा प्राप्त भएर दु:खको आश्रय रहेको अन्तहीन जन्मको चक्रमा फेरि पर्नु पर्दैन किनभने तिनले परम सिद्धि प्राप्त गरेका हुन्छन्।)
मामुपेत्य पुनर्जन्म दु:खालयमशाश्र्वतम्। नाप्नुवन्ति महात्मान: संसिद्धिं परमां गता:।।१५।।

अध्याय ८ , श्लोक १६ 
(हे कौन्तेय, ब्रह्मलोक बाहेक अन्य सबै लोकहरूमा पुनरावर्तन गर्नेहरु छन् अर्थात ती लोकमा हुनेहरूले फेरि फेरि जन्म लिनु पर्दछ तर ममा प्राप्त भए पछि भने फेरि जन्म लिनु पर्दैन।)
आब्रह्मभुवनाल्लोका: पुनरावर्तिनोSर्जुन। मामुपेत्य तु कौन्तेय पनर्जन्म न विद्यते।।१६।।

अध्याय ८ , श्लोक १७ 
(ब्रह्माको एक रात बराबर एक हजार चौघडी हुन्छ र त्यसै गरी एक दिन बराबर एक हजार चौघडी हुन्छ भनी जुन योगीले थाहा पाउँदछ उसले अहोरात्र- रात दिनको तत्वलाई जान्दछ।)
सहस्त्रयुगपर्यन्तमहर्यद्ब्रह्मणो विदु:। रात्रिं युगसहसत्रान्तां तेSहोरात्रविदो जना:।।१७।।

अध्याय ८ , श्लोक १८ 
(सबै प्राणीहरू ब्रह्माको दिनको उपस्थिति भएपछि अव्यक्त कारणस्वरुपबाट प्रकट हुन्छन र तत् पश्चात रातको उपस्थिति भएपछि त्यही अव्यक्त कारणस्वरुपमा लीन हुन्छन्।)
अवयक्ताद्वयक्तय: सर्वा: प्रभवन्त्यहरागमे। रात्र्यागमे प्रलीयन्ते तत्रैवाव्यक्तसंज्ञके।।१८।।

अध्याय ८ , श्लोक १९ 
(हे पार्थ, त्येही जीव समूह पटक पटक उत्पन्न भएर रात्रीको आगमनको समयमा विलुप्त हुन्छ र पुन: दिवाकालमा नियमको अधीन भएर प्रकट हुन्छ।)
भूतग्राम: स एवायं भूत्वा भूत्वा प्रलीयते। रात्र्यागमेSवश: पार्थ प्रभवत्यहरागमे।।१९।।

अध्याय ८ , श्लोक २० 
(तर त्यस अव्यक्त भाव भन्दा पनि श्रेष्ठ तथा अनादि विलक्षण अव्यक्त भाव छ जुन सम्पूर्ण प्राणीहरूको नाश हुँदा पनि नाश हुँदैन।)
परस्तस्मात्तु भावोSन्योSव्यक्तोSव्यक्तात्सनातन: य: स सर्वेषु भूतेषु नश्यत्सु न विनश्यति।।२०।।

अध्याय ८ , श्लोक २१ 
(त्यस अव्यक्त भावलाई अक्षर वा परमगति भन्ने गरिन्छ जसलाई प्राप्त गरेर पुन: संसारमा आउनु पर्दैन त्यही परमगति मेरो परमधाम वा नित्य स्वरुप हो।)
अव्यक्तोSक्षर इत्युक्तस्तमाहु: परमां गतिम्। यं प्राप्य न निवर्तन्ते तद्धाम परमं मम।२१।।

अध्याय ८ , श्लोक २२ 
(तर हे पार्थ, जसको अन्तरगत सम्पूर्ण प्राणीहरू छन् र जो यो सम्पूर्ण संसारमा व्याप्त छन त्यो परम पुरुष केवल आत्मीय भक्तिले प्राप्त गर्ने योग्य छन्।)
पुरुष: स पर: पार्थ भक्त्या लभ्यस्तव्नन्यया। यस्यानत: स्थानि भूतानि येन सर्वमिदं ततम्।।२२।।

अध्याय ८ , श्लोक २३ 
(हे भरतर्षभ, म अब तिमीलाई ती विभिन्न समयहरूको बारेमा वर्णनन् गर्नेछु जुन समयमा योगीहरू यो संसारबाट देह त्यागेर गएपछि यो संसारमा पुन: आउने वा नआउने गर्छन्।)
यत्र काले त्वनावृत्तिमावृत्तिं चैव योगिन:। प्रयाता यान्ति तं कालं वक्ष्यामि भरतर्षभ।।२३।।

अध्याय ८ , श्लोक २४ 
(ज्योति, अग्नि, शुभदिन, शुक्लपक्ष, उत्तरायणकालको छ महिनामा मृत्यु हुने ब्रह्मवेत्ता योगीहरू ब्रह्ममा प्राप्त हुन्छन्।)
अग्निर्ज्योतिरह: शुक्ल: षण्मासा उत्तरायणम्। तत्र प्रयाता गच्छन्ति ब्रह्म ब्रह्मविदो जना:।।२४।।

अध्याय ८ , श्लोक २५ 
(धूम रात्री, कृष्णपक्ष र छ महिना रुप दक्षिणायन कालका देवताहरूले प्रयोग गर्ने मार्ग भएर जाने योगीहरूले चन्द्र ज्योति स्वरुप स्वर्ग प्राप्त गर्छन, त्यहाँ बस्छन अनि बसिसके पछि फेरि यो संसारमा आउँछन्।)
धूमो रात्रिस्तथा कृष्ण षण्मासा दक्षिणायनम्। तत्र चान्द्रमसं ज्योतिर्योगी प्राप्य निवर्तते।।२५।।

अध्याय ८ , श्लोक २६ 
(वेदका अनुसार यस संसारबाट जाने शुक्ल र कृष्ण गरी दुई मार्गहरू छन्। शुक्ल मार्गबाट जानेले मोक्ष पाउँछ र उसले यो संसारमा पुन: फर्किनु पर्दैन तर कृष्ण मार्गबाट जानेले यो संसारमा पुन: फर्किनु पर्दछ। यो संसारमा पुन: पुन: जन्म लिनु पर्दछ।)
शुक्लकृष्णे गती ह्येते जगत: शाश्र्वते मते। एकया यात्यनावृत्तिमन्ययावर्तते पुन:।।२६।।

अध्याय ८ , श्लोक २७ 
(हे पार्थ, यी दुबै मार्गहरूलाई अवगत गरेर कुनै पनि योगी मोहित हुँदैन। त्यसकारण हे अर्जुन, नित्य योगमय बन। योगमा लीन रह।)
नैते सृति पार्थ ज्ञानन्योगी मुह्यति कश्र्चन। तस्मात्सर्वेषु कालेषु योगयुक्तो भवार्जुन।।२७।।

अध्याय ८ , श्लोक २८ 
(भक्ति योगीहरूले मैले भनेका तथ्यहरू थाहा पाएर वेद, यज्ञ, तप तथा दानबाट प्राप्त हुने भनिएका पुन्य फलहरू नि:सन्देह ग्रहण नगरेर अप्राकृत नित्य स्थान वा परम पदमा प्राप्त हुन्छन्।)
वेदेषु यज्ञेषु तप:सु चैव दानेषु यत्पुण्यफलं प्रदिष्टम्। अत्येति तत्सर्वमिदं विदित्वा    योगी परं स्थानमुपैति चाSSध्यम्।।२८।।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.