लेखक विश्वराज अधिकारीको श्रीमद भागवत् गीता को आधुनिक व्याख्या "विश्वगीता"को दशौं अध्याय आज यहाँहरुमाझ प्रस्तुत गर्दैछौ । श्रीमद भागवत् गीताको १८ अध्याय को लगभग ७०० श्लोकहरुमा मानव जीवनको सबै समस्याको समाधान भेटिन्छ । विश्वगीताको दशौं अध्यायका ४२ श्लोकहरु यसप्रकार छन् ।
अध्याय १० , श्लोक ०१
भगवान् श्रीकृष्णबाट आज्ञा भयो (हे महाबाहो, मैलै भन्ने मेरो परम वचनहरू फेरि एक पटक सुन जुन पहिले भनिएका भन्दा बढी हितकर छन्। माया गर्न योग्य तिमीमलाई तिम्रो कल्याणको इच्छाले भन्न चाहन्छु।)
श्रीभगवानुवाच- भूय एव महाबाहो शृणु मे परमं वच:। यत्तेSहं प्रीयमाणाय वक्ष्यामि हितकाम्यया।।१।।
अध्याय १० , श्लोक ०२
(देवता र महर्षिहरूलाई पनि मेरो उत्पत्ति वा लिला बारे थाहा छैन किनभने म सबै किसिमले देवता र महर्षिहरूको आदि कारण हुँ। देवता र महर्षिहरूको उत्पत्ति पनि मबाट नै भएको हो। )
न मे विदु: सुरगणा: प्रभवं न महर्षय:। अहमादिर्हि देवानां महर्षीणां च सर्वश:।।२।।
अध्याय १० , श्लोक ०३
यो मामजमनादिं च वेत्ति लोकमहेश्वरम्।
असम्मूढ: स मर्त्येषु सर्वपापै: प्रमुच्यते।।३।।
अध्याय १० , श्लोक ०४-०५
(ज्ञान, बुद्धि, मोह विहीनता, दया, सत्यधर्मिता, जीतेन्द्रिय, संयम, सुख, दु:ख, जन्म, मृत्यु, भय साथै भयमुक्त, अहिंसा, समानता, सन्तोष, तप, दान, ख्याति, कुख्याति, यस्ता अनेक किसमका फरक फरक भावहरू सम्पूर्ण प्राणीहरूमा मात्र केवल मबाट नै उत्पन्न हुन्छ।)
बुद्धिर्ज्ञानमसम्मोह क्षमा सत्यं दम: शम:। सुखं दु:खं भावोSभावो भयं चाभयमेव च।।४।। अहिंसा समता तुष्टिस्तपो दानं यशोSयश:। भवन्ति भाव भूतानां मत्त एव पृथगविधा:।।५।।
अध्याय १० , श्लोक ०६
(प्रारम्भका यी सात महर्षिहरु-मरिचि, अत्रि, अंगिरस, पुलस्त्य, पुलह, क्रतु र वसिष्ठ तथा यी भन्दा पहिलेका चार सनकादि ब्रह्मऋषिहरू र स्वांभुवादी चार मनुहरू- स्वंभु, सभरोचिता, रैभता र उत्तम सबै मेरो मष्तिष्कबाट “म” संकल्पदारा मात्र उत्पन्न भएका हुन। यस संसारमा ब्राह्मणहरू उनीहरूकै छोरा नाति अथवा शिष्य, परिशिष्य आदिको रुपमा स्थित छन्।)
महर्षय: सप्त पूर्वे चत्वारो मनवस्तथा। मद्भावा मानसा जाता येषां लोक इमा: प्रजा:।।६।।
अध्याय १० , श्लोक ०७
(जसले मेरा यी सबै विभूतिहरू र भक्तियोगको विषयलाई यथार्थमा जान्दछ त्यो मेरो निश्चल तत्व ज्ञानबाट युक्त हुन्छ। यसमा कुनै शङ्का छैन्।)
एतां वुभूतिं योगं च मम यो वेत्ति तत्त्वत:। सोSविकल्पेन योगेन युज्यते नात्र संशय:।।७।।
अध्याय १० , श्लोक ०८
(म सम्पूर्ण आध्यात्मिक र भौतिक जगतको उत्पत्तिको स्रोत हुँ। म द्वारा नै सबैको उत्पत्ति हुन्छ। मैले गर्दा नै सबै आफ्नो कार्यमा प्रवृत हुन्छन। यो जानेर नै पण्डितहरूले मेरो भावमायुक्त भएर मलाई भज्छन्।)
अहं सर्वस्य प्रभवो मत्त: सर्वं प्रवर्तते। इति मत्वा भजन्ते मां बुधा भावसमन्विता:।।८।।
अध्याय १० , श्लोक ०९
(जसले आफ्नो चित्त र प्राण ममा समर्पित गरेका छन् तिनले सँधै आफ्नो चित्त र प्राणलाई मेरो स्वरुप भन्दै मेरो नाम र रुपको किर्तन गर्दै सन्तोष प्राप्त गर्छन र आनन्दित हुन्छन्।)
मच्चित्ता मद्गतप्राणा बोधयन्त: परस्परम्। कथयन्तश्च मां नित्यं तुष्यन्ति च रमन्ति च।।९।।
अध्याय १० , श्लोक १०
(ती व्यक्तिहरू जसले सँधै ध्यानमा रहेर भक्तिपूर्वम मेरो भजन गर्छन तिनीहरूलाई म तत्व ज्ञानरुपि योग दिन्छु जुन पाएर तिनीहरू ममा प्राप्त हुन्छन्।)
तेषां सततयुक्तानां भजतां प्रीतिपूर्वकम्। ददामि बुद्धियोगं तं येन मामुपयान्ति ते।।१०।।
अध्याय १० , श्लोक ११
(उनीहरु माथि दया गर्नका लागि नै म उनीहरूको अन्तस्करणमा बसेर प्रदिप्त ज्ञानदीपले अज्ञानताबाट उनीहरूमा उत्पन्न भएको अन्धकार नाश गर्दछु।)
तेषामेवानुकम्पार्थमहमज्ञानजं तम:। नाशयाम्यात्मभावस्थो ज्ञानदीपेन भास्वता।।११।।
अध्याय १० , श्लोक १२-१३
१२-१३ अर्जुनेल बिन्ती गरे (हजुर नै परब्रह्म, परमधाम तथा परम पवित्र हुनुहुन्छ, यो मलाई ज्ञात छ। सनातन हजुरलाई सबै ऋषिहरूले दिव्य पुरुष, आदिदेव, अजन्मा, विभु भन्दछन्। देवऋषि नारद, असित, देवल, व्यासले पनि त्यस्तै भन्छन् र हजुर स्वयंले पनि मलाई अहिले त्येही भन्दै हुनुहुन्छ।)
अर्जुन उवाच- परं ब्रह्म परं धाम पवित्रं परमं भवान्। पुरुषं शाश्वतं दिव्यमादिदेवमजं विभुम्।।१२।। आहुस्त्वामृषय: सर्वे देवर्षिर्नारदस्तथा। असितो देवलो व्यास: स्वयं चैव ब्रवीषि मे।।१३।।
अध्याय १० , श्लोक १४
(हे केशव, हजुरले मलाई जे कुरा भन्नु हुन्छ ती सम्पूर्णलाई म सत्य मान्दछु किनभने हे भगवन्, हजुरको तत्व वा जन्मलाई न त देवता न त दानवहरूले नै जान्दछन्।)
सर्वमेतद् ऋतं मन्ये यन्मां वदसि केशव। न हि ते भगवन् व्यक्तिं विदुर्देवा न दानवा:।।१४।।
अध्याय १० , श्लोक १५
(हे सम्पूर्ण भूतहरूलाई उत्पन्न गराउने, हे भूतेश, हे देवताहरूको पनि देवता, हे जगतत्पते, हे पुरुषोत्म, मात्र हजुरले नै स्वयंलाई आफ्नो शक्तिदवारा थाहा पाउनु हुन्छ।)
स्वयमेवाSSत्मनात्मानं वेत्थ त्वं पुरुषोत्तम। भूतभावन भूतेश देवदेव जगत्पते।।१५।।
अध्याय १० , श्लोक १६
(हजुर आफ्ना ती दिव्य विभूतिहरू जुन यी सम्पूर्ण लोकहरूमा व्याप्त गर्नु भएको छ तिनीहरूलाई पूर्ण रुपमा वर्णनन् गर्न योग्य हुनुहुन्छ।)
वक्तुमर्हस्यशेषेण दिव्या ह्यात्मविभूतय:। याभिर्विभूतिभिर्लोकानिमांस्त्वं व्याप्य तिष्ठसि।।१६।।
अध्याय १० , श्लोक १७
(हे योगेश्वर, म कसरी निरन्तर हजुरको चिन्तनमा रहुँ र हजुरलाई कुन किसिमबाट जानु? हजुरका कुन कुन विभिन्न स्वरुपहरूको स्मरण गरौ?)
कथं विद्यामहं योगिंस्त्वां सदा परिचिन्तयन्। केषु केषु च भावेषु चिन्त्योSसि भगवन्मया।।१७।।
अध्याय १० , श्लोक १८
( हे जनार्दन, हजुर आफ्नो योग ऐश्वर्य र विभूतिहरूलाई फेरि विस्तृत रुपमा भन्नु होस किनभने हजुरका अमृत वाणीहरू जति सुन्दा पनि पुन: पुन: सुन्न मन लागिरहेको छ। मन तृप्त हुन सकिरहेको छैन्।)
विस्तरेणSSत्मनो योगं विभूतिं च जनार्दन। भूय: कथय तृत्तिर्हि शृण्वतो नास्ति मेSमृतम्।।१८।।
अध्याय १० , श्लोक १९
भगवान् श्रीकृष्णबाट आज्ञा भयो (हे कुरुश्रेष्ठ, मेरो विभूतिहरूको व्यापकताको अन्त्य नभएकोले अब म तिमीलाई मेरा केवल प्रधान प्रधान दिव्य विभूतिहरूको बारेमा उल्लेख गर्नेछु।)
श्रीभगवानुवाच- हन्ते ते कथयिष्यामि दिव्या ह्यत्मविभूतय:। प्राधान्यत: करुश्रेष्ठ नास्त्यन्तो विस्तरस्य मे।।१९।।
अध्याय १० , श्लोक २०
(हे गुडाकेश, म सबै प्राणीहरूको हृदयमा स्थित रहने आत्मा हुँ र सबै प्राणीहरूको आदि, स्थिति र अन्त पनि म नै हुँ।)
अहमात्मा गुडाकेश सर्वभूताशयस्थित:। अहमादिश्च मध्यं च भूतानामन्त एव च।।२०।।
अध्याय १० , श्लोक २१
(म बार्ह आदित्यहरूमा विष्णु नामको आतित्य, ज्योति दिनेहरूमा महा ज्योति भएको सूर्य, सम्पूर्ण वायुहरूमा मरिचि नामको वायु तथा नक्षत्रहरूमा चन्द्र हुँ।)
आदित्यानामहं विष्णुर्ज्योतिषां रविरंशुमान्। मरीचिर्मरुतामस्सि नक्षत्राणामहं शशी।।२१।।
अध्याय १० , श्लोक २२
(म वेदहरूमा म सामवेद, देवताहरूमा इन्द्र, इन्द्रियहरूमा मन र प्राणीहरूमा चेतना हुँ।)
वेदानां सामवेदोSस्मि देवानामास्मि वासव:। इन्द्रियाणं मनश्चास्मि भूतानामस्मि चेतना।।२२।।
अध्याय १० , श्लोक २३
(एघार रुद्रहरूमा शङ्कर हुँ, यक्ष तथा राक्षसहरुमा कुवेर, आठ वसुहरूमा अग्नि र सात पर्वतहरूमा सुमेरु हुँ।)
रुद्राणां शङ्करश्र्चाSस्मि वित्तेशो यक्षरक्षसाम्। वसूनां पावकश्र्चाSस्मि मेरु: शिखरिणामहम्।।२३।।
अध्याय १० , श्लोक २४
(हे पार्थ, पुरोहितहरूमा मलाई मुख्य पुरोहित वृहस्पति जान। म सेना नायकहरूमा स्कन्द र जलाशयहरूमा समुन्द्र हुँ।)
पुरोधसां च मुख्यं विद्धि पार्थत बृहस्पतिम् सेनानीनामहं स्कन्द: सरसामस्मि सागर:।।२४।।
अध्याय १० , श्लोक २५
(महर्षिहरुमा म भृगु हुँ। वाणीहरुमा एक अक्षर ओमकार हुँ। यज्ञहरुमा जपयज्ञ एवं स्थिर वस्तुहरुमा हिमालय हुँ।)
महर्षीणां भृगुरहं गिरामस्म्येकमक्षरम्। यज्ञानां जपयज्ञोSस्मि स्थावराणां हिमालय:।।२५।।
अध्याय १० , श्लोक २६
(सम्पूर्ण वृक्षहरूमा अश्वत्थ र देवर्षिहरूमा नारद, गन्धर्वहरूमा चित्ररथ, सिद्धहरूमा कपिल मुनि हुँ।)
अश्वत्थ: सर्ववृक्षाणां देवर्षीणां च नारद। गन्धर्वाणां चित्ररथ: सिद्धानां कपिलो मुनि:।।२६।।
अध्याय १० , श्लोक २७
(घोडाहरूमा अमृत मन्थनबाट उत्पन्न भएको उच्चै:श्रवा, हात्तीहरुमा ऐरावत र मनुष्यहरूमा मलाई राजा जान।)
उच्चै: श्रवसमश्वानां विद्धि माममृतोद्भवम्। ऐरावतं गजेन्द्राणां नाराणां च नराधिपम्।।२७।।
अध्याय १० , श्लोक २८
(शस्त्रहरूमा वज्र हुँ, गाईहरूमा कामधेनु हुँ, सर्पहरूमा वासुकि हुँ र सन्तान उत्पति गर्ने कन्दर्प पनि म नै हुँ।)
आयुधानामहं वज्रं धेनूनामस्मि कामधुक्। प्रजनश्चास्मि कन्दर्प: सर्पाणामस्मि वासुकि:।।२८।।
अध्याय १० , श्लोक २९
(नागहरूमा म अनन्त, जलचरहरूमा वरुण, पितृहरूमा अर्यमा नाम गरिएको पितृ, दण्ड दिनेहरूमा यमराज पनि म नै हुँ।)
अनन्तश्चास्मि नागानां वरुणो यादसामहम्। पितृणामर्यमा चस्मि यम: संयमतामहम्।।२९।।
अध्याय १० , श्लोक ३०
(दैत्यहरूमा म प्रह्लाद, जुनबेला पनि खाइनै रहनेहरूमा काल, पशुहरूमा सिंह र पक्षीहरूमा गरुड हुँ।)
प्रह्लादश्चास्मि दैत्यानां काल: कलयतामहम्। मृगाणां च मृगेन्द्रोSहं वैनतेयश्च पक्षिणाम्।।३०।।
अध्याय १० , श्लोक ३१
(वेगवान र पवित्र पार्नेहरूमा म वायु हुँ, शस्त्रधारीहरूमा पर्शुराम हुँ, माछाहरूमा ग्राहा हुँ, नदीहरूमा भागिरथी हुँ।)
पवन: पवतामस्मि राम: शस्त्रभृतामहम्। झषाणां मकरश्चास्मि स्रोतसामस्मि जान्हवी।।३१।।
अध्याय १० , श्लोक ३२
(हे अर्जुन, म यो सृष्टिहरूको आदि, स्थिति र अन्त्य-प्रलय हुँ। विद्याहरुमा अध्यात्म विद्या र विवाद गर्नेहरूमा सिद्धान्तवाद- तार्किक निष्कर्ष हुँ।)
सर्गाणामादिरन्तश्च मध्यं चैवाहमर्जुन। अध्यातमविद्या विद्यानां वाद: प्रवदतामहम्।।३२।।
अध्याय १० , श्लोक ३३
(अक्षरहरूमा म अकार हुँ, समासहरूमा द्वन्द समास हुँ। सङ्घार गर्नेहरूमा म नै महाकाल रुद्र हुँ र श्रेष्ठ प्राणीहरूमा चार मुखहरू भएका ब्रह्मा हुँ।)
अक्षराणामकारोSस्मि द्वन्द्व सामासिकस्य च। अहमेवाक्षय: कालो धाताहं विश्वतोमुख:।।३३।।
अध्याय १० , श्लोक ३४
(म सबैको क्षय गर्ने मृत्यु, उत्पत्ति हुन आउनेहरूका लागि जन्म र स्त्रीहरूमा किर्ति, श्री-समृद्धि, वाणी, स्मृति, मेधा, धृति-दृढता र क्षमा हुँ।)
मृत्यु: सर्वहरश्र्चाSहमुद्भवश्च भविष्यताम् क्रीर्ति: श्रीर्वाक् च नरीणां स्मृतिर्मेधा धृति: क्षमा।।३४।।
अध्याय १० , श्लोक ३५
(म सामवेदहरूमा इन्द्रस्तुति रुप बृहत्साम, छन्दहरूमा गायत्री छन्द, महिनाहरूमा मार्गशीर्ष र ऋतुहरू वसन्त हुँ।)
बृहत्साम तथा साम्नां गायत्री छन्दसामहम्। मासानां मार्गशीर्षोSहमृतूनां कुसुमाकार:।।३५।।।
अध्याय १० , श्लोक ३६
(म छल गर्नेहरूमा जुवा, तेजस्वीहरूमा तेज, विजयशालीहरूमा जय, उद्यमीहरूमा उद्यम तथा बलवानहरूमा बल हुँ।)
द्युतं छलयतामास्मि तेजस्तेजरिस्वनामहम्। जयोSस्मि व्यवसायोSस्मि सत्त्वं सत्त्ववतामहम्।।३६।।
अध्याय १० , श्लोक ३७
(वृष्णीहरूमा वासुदेव, पाण्डवहरूमा धनञ्जय, मुनिहरूमा व्यास, कविहरूमा शुक्राचार्य कवि पनि म नै हुँ।)
वृष्णीनां वासुदेवोSस्मि पाण्डवानां धनञ्जय:। मुनीनामप्यहं व्यास: कवीनामुशना कवि:।।३७।।
अध्याय १० , श्लोक ३८
(वृष्णीहरूमा वासुदेव, पाण्डवहरूमा धनञ्जय, मुनिहरूमा व्यास, कविहरूमा शुक्राचार्य कवि पनि म नै हुँ।)
दण्डो दमयतामस्मि नीतिरस्मि जिगीषताम्। मौनं चैवास्मि गुह्यानां ज्ञानं ज्ञानवतामहम्।।३८।।
अध्याय १० , श्लोक ३९
(हे अर्जुन, सम्पूर्ण प्राणीहरूको उत्पत्तिको कारण-बीज म नै हुँ। चर वा अचर वस्तुहरूमा त्यस्तो कुनै वस्तु छैन् जुनमा मेरो व्यापकता नहोस।)
यच्चाSपि सर्वभूतानां बीजं तदहमर्जुन। न तदस्ति विना यत्स्यान्मया भूतं चराचरम्।।३९।।
अध्याय १० , श्लोक ४०
(हे परन्तप, मेरा दिव्य विभूतिहरुको अन्त्य नै छैन् तर विभूतिहरुको यो विस्तारलाई मैले संक्षेपमा तिमीलाइ सुनाएँ।)
नान्तोSस्ति मम दिव्यानां विभूतीनांम परन्तप। एष तूद्देशत: प्रोक्तो विभूतेर्विस्तरो मया।।४०।।
अध्याय १० , श्लोक ४१
(जति पनि ऐश्वर्ययुक्त, शोभायुक्त र शक्तियुक्त सृजना- वस्तुहरू छन तिनीहरूलाई तिमी मेरो तेजको अंशबाट उत्पत्ति भएको मान।)
यद्यद्विभूतिमत् सत्त्वं श्रीमदूर्जितमेव वा। तत्तदेवावगच्छ त्वं मम तेर्जोSशसम्भवम्।।४१।।
अध्याय १० , श्लोक ४२
(अथवा हे अर्जुन, यति विस्तृत ज्ञान एवं धेरै उदाहरणहरू तिम्रो लागि किन आवश्यक भयो र? मात्र यति थाहा पाउ कि यो सम्पूर्ण जगत्लाई केवल मेरो एक अंशले धारण गरेको छ। यो सम्पूर्ण जगत् ममा स्थित छ।)
अथवा बहुनैतेन किं ज्ञातेन तवार्जुन। विष्टम्याहमिदं कृत्स्नमेकांशेन स्थितो जगत्।।४२।।
Liked by: