विश्वगीताको पाचौं अध्याय | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / अध्यात्म

विश्वगीताको पाचौं अध्याय




   Bishwa Raj Adhikari - Jan 10 2017
विश्वगीताको पाचौं अध्याय अध्यात्म

 लेखक विश्वराज अधिकारीको श्रीमद भागवत् गीता को आधुनिक व्याख्या "विश्वगीता"को पाचौं अध्याय आज यहाँहरुमाझ प्रस्तुत गर्दैछौ । श्रीमद भागवत् गीताको १८ अध्याय को लगभग ७०० श्लोकहरुमा मानव जीवनको सबै समस्याको समाधान भेटिन्छ । विश्वगीताको पाचौं अध्यायका २९  श्लोकहरु यसप्रकार छन् । 

अध्याय ५ , श्लोक ०१ 

अर्जुनले बिन्ती गरे (हे कृष्ण, हजुरले कहिले कर्म परित्याग गर्न भन्नु हुन्छ त कहिले निष्फल कार्य गर्नु भन्नु हुन्छ। यी दुई मध्ये मेरो लागि निश्चित रुपमा कुन असल छ कृपया त्यो भन्नुहोस्।)
अर्जुन उवाच संन्यासं कर्मणां कृष्ण पुनर्योगं च शंससि। यछ्रेय एतयोरेकं तन्मे ब्रूहि सुनिश्र्चितम्।।१।।

अध्याय ५ , श्लोक ०२ 
भगवान् श्रीकृष्णबाट आज्ञा भयो (कर्म सन्यास र कर्मयोग, यी दुबै अति नै कल्याणकारी हुन तर कर्म सन्यास र कर्मयोग मध्ये निष्काम कर्मयोग भने सर्वश्रेष्ठ हो।)
श्रीभगवानुवाच संन्यास: कर्मयोगश्र्च नि:श्रेयसकरावुभौ। तयोस्तु कर्मसंन्यासात् कर्मयोगो विशिष्यते।।२।।

अध्याय ५ , श्लोक ०३ 
(हे, हतियारले सुसज्जित, महाबाहो त्यो व्यक्तिलाई नित्य सन्यासीयोग्य बुझ्नु पर्दछ जो न कसैलाई घृणा गर्दछ न त कर्मको फल प्राप्तिको चाहना नै राख्दछ किनभने घृणा र चाहना आदिको आकर्षणबाट मुक्त व्यक्तिले नै यो सांसारिकबन्धनबाट मुक्ति पाउँछ।)
ज्ञेय: स नित्यसंन्यासी यो न द्वेष्टि न काङ्क्षति। निर्द्वन्द्वो हि महाबाहो सुंत् बन्धात् प्रमुच्यते।।३।।

अध्याय ५ , श्लोक ०४ 
(अज्ञानीहरूले मात्र साङ्ख्ययोग र कर्मयोग फरक फरक रहेको भन्दछन् तर पण्डितहरूले त्यस्तो भन्दैनन्। यसमध्ये एउटाको मात्र पनि राम्रो गरी आश्रयमा पर्ने व्यक्तिले दुबैको मोक्षरुपको फल प्राप्त गर्दछ।)
साङ्ख्योगौ पृथग्बाला: प्रवदन्ति न पण्डिता:। एकमप्यास्थित: सम्यगुभयोर्विन्दते फलम्।।४।।

अध्याय ५ , श्लोक ०५ 
(साङ्ख्ययोगबाट जुन स्थान प्राप्त हुन्छ त्यो स्थान कर्मयोगबाट पनि प्राप्त गर्न सकिन्छ। तत्वदर्शी त्यो व्यक्ति हो जसले साङ्ख्ययोग र निष्काम कर्मयोगलाई समान रुपमा फलदायी देख्दछ।)
यत् सांख्यै: प्राप्यते स्थानं तद् योगैरपि गम्यते। एकं सांख्यं च योगं च य: पश्यति स पश्यति।।५।।

अध्याय ५ , श्लोक ०६ 
(हे महाबाहो, निष्काम कर्ययोग रहित सन्यास दु:खपूर्ण छ, कठिन छ तर निष्काम कर्मयोग गर्ने व्यक्ति ज्ञान प्राप्त गरेर छिटै ब्रह्ममा पुग्छ।)
संन्यासस्तु महाबाहो दु:खमाप्तुमयोगत:। योगयुक्तो मुनिब्ररह्म न चिरेणाधिगच्छति।।६।।

अध्याय ५ , श्लोक ०७ 
(जो निष्काम कर्मयोगी छ, जसले अन्तस्करण विशुद्ध पारेर आत्मामाथि विजय प्राप्त गरेको छ, जसले इन्द्रियहरूलाई नियन्त्रणमा राखेको छ र सबै जीवहरू माथिको मोहलाई परित्याग गरेरको छ, उसले कर्म गरेता पनि ऊ कर्ममा लिप्त भने हुँदैन।)
योगयुक्तो विशुध्दात्मा विजितात्मा जितेन्द्रिय:। सर्वभूतात्म-भूतात्मा कुर्वन्नपि न लिप्यते।।७।।

अध्याय ५ , श्लोक ०८-०९ 
(कर्मयोगी तत्वज्ञानी भएको ले उसले आफ्नो बुद्धिद्वारा निश्चित गरेर यो मान्द्छ कि उसले हेरेको, सुनेको, स्पर्श गरेको, बास्ना लिएको, हिँडेको, सुतेको, स्वास लिएको, स्वास छाडेको, बोलेको, ग्रहण गरेको, विसर्जन गरेको सम्पूर्ण क्रियाहरू उसका इन्द्रियहरूले गरेका हुन। यी कार्यहरु गर्नुमा उसको कुनै क्रियाशीलता छैन्, कुनै भूमिका छैन्।)
 नैव किश्र्चित् करोमीति युक्तो मन्येत तत्त्ववित्। पश्यञ्शृण्वन्स्पृशञ्जिध्रन्नश्रन्गच्छन्स्वपरञ्श्र्वसन्।।८।। प्रलपन् विसृजन् गृह्णत्रुन्मिषन्निमिषन्नपि। इन्द्रियाणीन्द्रियाथेंषु वर्तन्त इति धारयन्।।९।।

अध्याय ५ , श्लोक १० 
(जुन व्यक्तिले कर्मप्रतिको आसक्तिलाई त्यागेर आफूले गरेका सम्पूर्ण कर्महरू मलाई समर्पित गर्दछ ऊ पानीमाथि रहेको कमलको पात पानीबाट नछोइए झै पापहरूबाट मुक्त हुन्छ।)
ब्र्ह्मण्याधाय कर्माणि सङ्गं त्यक्त्वा करोति य:। लप्यते न स पापेन पद्मपत्रमिवाSम्भसा।।१०।।

अध्याय ५ , श्लोक ११ 
(योगीहरूले चित्तशुद्धिका लागि आसक्ति त्यागेर केवल शरीर, मन, बुद्धिका साथै इन्द्रियहरू द्वारा पनि कर्म गर्दछन्।)
कायेन मनसा बुद्धया केवलैरिन्द्रियैरपि। योगिन: कर्म कुर्वन्ति सङ्गं त्यक्त्वSSत्मशुद्धये।।११।।

अध्याय ५ , श्लोक १२ 
(निष्काम कर्मयोगीले कर्मफलको आसक्ति त्यागेर कर्म गरेको हुनाले मौक्ष प्राप्त गर्दछ तर सकाम कर्मयोगीले फलप्रति आसक्ति राखेर कर्म गरेको हुनाले मौक्ष प्राप्त गर्दैन, भव बन्धनमा नै बाँधिएर रहन्छ।)
युक्त कर्मफलं त्यक्त्वा शान्तिमाप्नोति नैष्ठिकीम्। अयुक्त: कामकारेण फले सक्तो निबध्यते।।१२।।

अध्याय ५ , श्लोक १३ 
(इन्द्रियहरूमाथि विजय प्राप्त गरेको प्राणी मनद्वारा समपूर्ण कर्महरूलाई त्यागेर, न त आफूले कुन कर्म गरेर, न त अरुद्वारा नै कुनै कर्म गराएर, यस नौद्वार भएको शरीरमा सुखपूर्वक अवस्थित रहन्छ।)
सर्वकर्माणि मनसा सन्नयस्याSSस्ते सुखं वशी। नवद्वारे पुरे देही नैव कुर्वन् न कारयन्।।१३।।

अध्याय ५ , श्लोक १४ 
(ईश्वरले मान्छेहरूको न त कर्तव्य, न त कर्म, न त कर्मफलको संयोगको श्रृजना गर्नु भएको हो। कर्तव्य, कर्म र कर्मफल प्रकृतिको नियम अनुसार उत्पन्न हुन्छन्।)
न कर्तृत्वं न कर्माणि लोकस्य सृजति प्रभु:। न कर्मफलसंयोगं स्वभावस्तु प्रवर्तते।।१४।।

अध्याय ५ , श्लोक १५ 
(परमेश्वरले न त कसैद्वारा गरिएको पाप न त कसैद्वारा गरिएको पुन्य ग्रहण गर्नुहुन्छ। अज्ञानताको पर्दाले गर्दा सम्पूर्ण प्राणीहरूको अन्तरज्ञान वा विवेक ढाकिएको हुन्छ जसले गर्दा उनीहरू निरन्तर भ्रमित/मोहित रहने गर्दछन्।)
नाSSदत्ते कस्याचित् पापं न चैव सुकृतं विभु:। अज्ञानेनाSSवृतं ज्ञानं तेन मुह्यन्ति जन्तव:।।१५।।

अध्याय ५ , श्लोक १६ 
(तर जसको त्यो ज्ञानले भगवान्लाई बुझेको छ र ऊ ज्ञानी छ भने उसले त्यो ज्ञानको प्रकाशमा सबै कुराहरू प्रष्ट गरि देख्न सक्छ। सूर्यको प्रकाशले सबै कुराहरूलाई देख्न सकिने गरि छर्लङ्ग पारिदिए झै त्यो ज्ञानले पनि सम्पूर्ण कुराहरूलाई छर्लङ्ग परिदिन्छ।)
ज्ञानेन तु तदज्ञानं येषां नाशितमात्मन:। तेषामादित्यवज्ज्ञानं प्रकाशयति तत्परम्।।१६।।

अध्याय ५ , श्लोक १७ 
(त्यो व्यक्तिले पुन: जन्म नलिनुपर्ने गरी मोक्ष प्राप्त गर्दछ जसको बुध्दि ईश्वरमा स्थिर छ, जसको मन केवल ईश्वरको ध्यानमा मग्न छ, जो जहिले पनि ईश्वरप्रति निष्ठावान छ, जसले ईश्वरको भजन किर्तन गर्छ र जसको अज्ञानता उसको ज्ञानद्वारा नष्ट भएको छ।)
तदबुद्धयस्तदात्मानस्तत्रिष्ठास्तत्परायणा:। गच्छनत्यपुनरावृत्तिं ज्ञाननिर्धूतकल्मषा:।।१७।।

अध्याय ५ , श्लोक १८ 
(ज्ञानी व्यक्तिहरू विद्या र विन्रमताबाट भरिपूर्ण भएर ब्राह्मण, चाण्डाल, गाई, हात्ति र कुकुरलाई समान दृष्टिले हेर्दछन्।)
विद्याविनयसम्पन्ने ब्राह्मणे गवि हस्तिनि। शुनि चैव श्र्वपाके च पण्डिता: समदर्शिन:।।१८।।

अध्याय ५ , श्लोक १९ 
(ती व्यक्तिहरूले यस लोकमा नै सम्पूर्ण संसार अर्थात जीवन मृत्युको चक्र माथि विजय प्राप्त गरिसकेका हुन्छन् जसको मन समत्वमा स्थिर छ। मन समत्वमा स्थिर भएका व्यक्तिहरू ब्रह्म झै दोषरहित भएको हुनाले उनीहरू बह्ममा अवस्थित रहन्छन्।)
इहैव तैर्जित: सर्गो येयां साम्ये स्थितं मन:। नर्दोषं हि समं ब्रह्मा तस्माद् ब्रह्माणि ते स्थिता:।।१९।।

अध्याय ५ , श्लोक २० 
(ब्रह्ममा अवस्थित ब्रह्मवेता पुरुष स्थिर बुद्धि भएको र मोहरहित हुन्छ। ब्रह्मबेता पुरुष न त आनन्दायी वस्तु पाएर हर्षित हुन्छ न त पीडादायी वस्तु पाएर दु:खी नै हुन्छ।)
न प्रहृष्येत् प्रियं प्राप्य नद्विजेत् प्राप्य चाSप्रियम्। स्थिरबुद्धिरसम्मूढो ब्रह्मविद् ब्रह्माणि स्थित:।।२०।।

अध्याय ५ , श्लोक २१ 
(जसको चित्त विषय सुखमा आसक्त छैन् उसले आत्ममा जुन सुख छ त्यो सुख प्राप्त गर्दछ। ब्रह्मयोगले युक्त व्यक्तिले भने कहिले समाप्त नहुने सुख प्राप्त गर्दछ।)
बाह्यस्पर्शेष्वसक्तात्मा विन्दत्यात्मनि यत् सुखम्। स ब्रह्ययोगयुक्तात्मा सुखमक्षयमश्नुते।।२१।।

अध्याय ५ , श्लोक २२ 
(हे कौन्तेय, जो व्यक्तिहरू सम्पूर्ण भोग विषयहरूको योगबाट उत्पन्न भएका हुन्छन् तिनीहरू निश्चय पनि दु:खको कारण बन्दछन् तर ज्ञानी व्यक्तिहरू ती मध्ये पर्दैनन।)
ये हि संस्पर्शजा भोगा दु:खयोनय एव ते। आद्यन्तवन्त: कौन्तेय न तेषु रमते बुध:।।२२।।

अध्याय ५ , श्लोक २३
 
(त्यो पुरुष योगी हो र सुखी पनि हो, जसले यो जन्ममा नै आफ्नो शरीर नष्ट हुनु भन्दा पहिले काम र क्रोधबाट उत्पन्न हुने अनेक वेगहरूलाई सहन सक्षम पारेको छ।)
शक्नोतीहैव य: सोढुं प्राक्शरीरवोमोक्षनात्। कामक्रोधोद्भवं वेगं स युक्त: स सुखी नर:।।२३।।

अध्याय ५ , श्लोक २४ 
(त्यो व्यक्ति, जो आत्मसुखले सुखी छ, आत्माको आनन्दले आनन्दित छ, तथा आत्म-ज्ञानले प्रकाशित छ, त्यो व्यक्तिले ब्रह्मको रुप प्राप्त गरेर ब्रह्मपदमा निर्वाण प्राप्त गर्दछ अर्थात जीवन मृत्युको भय र पीडाबाट मुक्ति प्राप्त गर्दछ।)
योSन्त: सुखोSन्तरारामस्तथाSन्तर्ज्योतिरेव य:। स योगी ब्रह्मनिर्वाणं ब्रह्मभूSधिगच्छति।।२४।।

अध्याय ५ , श्लोक २५ 
(निष्पाप, शङ्कारहित, चित्त संयमित र सबै प्राणीहरूको हितामा क्रियाशील रहेका ऋषीहरूले ब्रह्म निर्वाण प्राप्त गर्दछन्।)
लभन्ते ब्रह्मनिर्वाणमृषय: क्षीणकल्मषा:। छिन्नद्वैधा यतात्मान: सर्वभूतहिते रता:।।२५।।

अध्याय ५ , श्लोक २६ 
(काम क्रोधबाट मुक्त भएर मनलाई जित्न सक्ने, आत्मतत्वलाई जानेका ज्ञानी पुरुहरूले ब्रह्म निर्वाण प्राप्त गर्दछन्।)
कामक्रोधविमुक्तानां यतीनां यतचेतसाम्। अभितो ब्रह्मनिर्वाणं वर्तते विदिता SS त्मनाम्।।२६।।

अध्याय ५ , श्लोक २७-२८ 
(ती व्यक्तिहरू नित्य मुक्त छन् जसले शब्द र स्पर्स आदि वाह्य विषयहरूलाई मन द्वारा भित्र आउन दिएका छैनन्। दृष्टिलाई दुबै आँखिभूँइको बीचमा पारेर, उक्षवास र निश्वास रुपमा दुबै नाकका छिद्रहरूमा आउने जाने गर्ने प्राण र अपान वायुको माथिल्लो र तल्तो गतिलाई रोकेर समान गरेका छन्। इन्द्रियहरूलाई जितेका, जित्ने मन र ज्ञान भएका मोक्षपरायण तथा इच्छा, भय र क्रोधलाई आफ्नो नियन्त्रणमा राखेका छन्।)
स्पर्शान् कृत्वा बहिर्बाह्यांश्चक्षुश्र्चैवाSन्तरे भ्रुवो:। प्राणाSपानौ समौ कृत्वा नासाभ्यन्तरचारिणौ।।२७।। यतेन्द्रियमनोबुद्धिर्मुनिर्मोक्षपरायण:। विगतेच्छाभयक्रोधो य: सदा मुक्त एव स:।।२८।।

अध्याय ५ , श्लोक २९ 
(मान्छेले मलाई सबै यज्ञ एवं तपस्याहरूको भोग गर्ने, सबै लोकहरूको महा नियन्त्रण गर्ने र सबै जीवहरूको हित गर्ने जानेर मोक्ष प्राप्त गर्दछ।)
भोक्तारं यज्ञतपसां सर्वलोकमहेश्वरम्। सुह्रदं सर्वभूतानां ज्ञात्वा मां शन्तिमृच्छति।।२९।।

* छैठाैं अध्याय मंगलवार साँझ ७ बजे प्रस्तुत गरिनेछ ।
----------------
लेखन तथा आवाज : विश्व राज अधिकारी
अडीयो प्राविधिक : मन्दिप गौतम



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.