विश्वगीताको नवौं अध्याय | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / अध्यात्म

विश्वगीताको नवौं अध्याय




   Bishwa Raj Adhikari - Feb 14 2017
विश्वगीताको नवौं अध्याय विशेष अडियो सामाग्री

लेखक विश्वराज अधिकारीको श्रीमद भागवत् गीता को आधुनिक व्याख्या "विश्वगीता"को नवौं अध्याय आज यहाँहरुमाझ प्रस्तुत गर्दैछौ । श्रीमद भागवत् गीताको १८ अध्याय को लगभग ७०० श्लोकहरुमा मानव जीवनको सबै समस्याको समाधान भेटिन्छ । विश्वगीताको नवौं अध्यायका ३४  श्लोकहरु यसप्रकार छन् । 

अध्याय ९ , श्लोक ०१ 

भगवान् श्रीकृष्णले आज्ञा गर्नु भयो (हे अर्जुन, तिमी निर्दोषलाई म विज्ञानले भरिएको केवल शुद्ध भक्ति लक्षणले युक्त यो ज्ञान भन्ने छु जुन थाहा पाएर तिमीले यो दु:खमय संसारबाट मुक्ति पाउने छौ।)
श्रीभगवानुवाच- इदं तु ते गुह्यतमं प्रवक्ष्याम्यनसूयवे। ज्ञानं विज्ञानसहितं यज्ञ्ज्ञात्वा मोक्ष्यसेSशुभात्।।१।।

अध्याय ९ , श्लोक ०२ 
(यो ज्ञान सम्पूर्ण विद्याहरूको राजा, गोपनीय विषयको राजा, पवित्र, उत्तम, असल फलादायी, धर्म संगत तथा कष्ट नगरेर साधना गर्न सकिने एवं सनातन छ।)
राजविद्या राजगुह्यं पवित्रमिदमुत्तमम्। प्रत्यक्षावगमं धर्म्यं सुसुखं कर्तुमव्ययम्।।२।।

अध्याय ९ , श्लोक ०३ 
(हे परन्तप, मेरो भक्तिरुप यो धर्ममा आस्था र श्रद्धा नराख्नेहरू ममा प्राप्त हुँदैनन् र तिनीहरू भौतिक संसारको जीवन मृत्युको मार्गमा फर्किन्छन्।)
अश्रद्दधाना: पुरुषा घर्मस्यास्य परन्तप आप्राप्य मां निवर्तन्ते मृत्युसंसारवर्त्मनि।।३।।

अध्याय ९ , श्लोक ०४ 
(मेरो अव्यक्त स्वरुपमा म यो सम्पूर्ण जगतमा व्याप्त छु। सम्पूर्ण जीवहरू ममा अवस्थित छन् तर म भने उनीहरुमा अवस्थित छैन्।)
मया ततमिदं सर्वं जगदव्यक्तमूर्तिना। मत्स्थानि सर्वभूतानि न चाहं तेष्ववस्थित:।।४।।

अध्याय ९ , श्लोक ०५ 
(मेरो असाधारण योग ऐश्वर्यलाई हेर। म सम्पूर्ण प्राणीहरूको धारक र पालक भएता पनि तिनीहरू म भित्र अवस्थित छैनन्। र म तिनीहरूको प्रकृति एवं स्वभावद्वारा प्रभावित छैन् पनि।)
न च मत्स्थानि भूतानि पश्य मे योगमैश्वरम्। भूतभृन्न च भूतस्थो ममात्मा भूतभावन:।।५।।

अध्याय ९ , श्लोक ०६ 
(जसरी नित्य बहने महान वायु सर्वदा आकाशमा स्थित छ त्यसै गरी नै सम्पूर्ण जीवहरू म भित्र अवस्थित छन्। तिमी यो थाहा पाउ।)
यथाकाशस्थितो नित्यं वायु सर्वत्रगो महान्। तथा सर्वाणि भूतानि मत्स्थानीत्युपधारय।।६।।

अध्याय ९ , श्लोक ०७ 
(हे कौन्तेय, कल्पको अन्तमा सम्पूर्ण प्राणीहरू मेरो प्रकृतिमा मिल्दछन र कल्पको प्रारम्भमा म पुन: तिनीहरूको सृजना गर्दछु।)
सर्वभूतानि कौन्तेय प्रकृतिं यान्ति मामिकाम्। कल्पक्षये पुनस्तानि कल्पादौ वसृजाम्यहम्।।७।।

अध्याय ९ , श्लोक ०८ 
(आफ्नो प्रकृतिलाई अङ्गिकार गरेर प्रकृतिद्वारा परतन्त्र भएका यी प्राणीहरूको म पुन: पुन: सृजना गर्दछु।)
प्रकृतिं स्वामवष्टभ्य विसृजामि पुन: पुन:। भूतग्राममिमं कृत्स्नमवशं प्रकृतेर्वशात्।।८।।

अध्याय ९ , श्लोक ०९ 
(हे धनञ्जय, ती कर्महरूमा म अनासक्त र उदासीन जस्तो भएकोले ती कर्महरूले मलाई बाँध्दैनन्।)
न च मां तानि कर्माणि निबध्नन्ति धनञ्जय। उदासीनवदासीनमसक्तं तेषु कर्मसु।।९।।

अध्याय ९ , श्लोक १० 
(हे कौन्तेय, मेरो अध्यक्षतामा मेरो बाहिरी माया शक्ति वा प्रकृति जुन मेरो विभिन्न शक्तिहरू मध्ये एक हो त्यसले चर अचर जगतको सृजना गर्दछ। त्यसकारण सृजना र विनाशको क्रम चलिनै रहन्छ।)
ममाध्यक्षेण प्रकृति: सूयते सचराचरम्। हेतुनानेन कौन्तेय जगद् विपरिवर्तते।।१०।।

अध्याय ९ , श्लोक ११ 
(सम्पूर्ण प्राणीहरूको महान् ईश्वर रहेको मेरो परम भाव रुपलाई नजान्ने मानव शरीर धारी मूर्खहरू मेरो अनादर गर्छन्।)
अवजानन्ति मां मूढा मानुषीं तनुमाश्रितम्। परं भावमजानन्तो मम भूतमहेश्वरम्।।११।।

अध्याय ९ , श्लोक १२ 
(ती निष्फल आशा गर्ने, व्यर्थ कर्म गर्ने, व्यर्थ ज्ञान भएका अज्ञानी व्यक्तिहरूले राक्षस र असुरहरूको जस्तो मोहित हुने स्वभाव धारण गरेका हुन्छन्)
मेघाशा मोघकर्माणो मधज्ञाना विचेतस: राक्षसीमासुरीं चैव प्रकृतिं मोहिनीं श्रिता:।।१२।।

अध्याय ९ , श्लोक १३ 
(तर हे पार्थ, महात्माहरूले दैवीय प्रकृतिको शरणमा परेर मलाई सम्पूर्ण प्राणीहरूको आदि कारण तथा अविनाशी मानेर अनन्य मनले निरन्तर मेरो भजन गर्दछन्।)
महात्मानस्तु मांम पार्थ दैवीं प्रकृतिमाश्रिता:। भजन्त्यनन्यमनसो ज्ञात्वा भूतादिमव्ययम्।।१३।।

अध्याय ९ , श्लोक १४ 
(तिनीहरूले मेरो नाम, गुण, लिला आदिको दृढ बर्तमा बसेर निरन्तर किर्तन गर्दै, यत्न गर्दै, वन्दना गर्दै, निरन्तर ध्यानमा लीन भएर भक्तिपूर्वक मेरो उपासना गर्दछन्।)
सततं कीर्तयन्तो मां यतन्तश्च दृढव्रता:। नमस्यन्तश्च मां भक्त्या नित्ययुक्ता उपासते।।१४।।

अध्याय ९ , श्लोक १५ 
(अन्य कसैले ज्ञान यज्ञले यज्ञ गर्दै, कसैले भने अभेदभावले, कसैलै पृथकभावले, कसैले अनेक देवता रुपमा, कसैले सर्वात्मक भावले मेरो उपासना गर्दछन्।)
ज्ञानयज्ञेन चाप्यन्ये यजन्तो मामुपासते। एकत्वेन पृथक्त्वेन बहुधा विश्वतोमुखम्।।१५।।

अध्याय ९ , श्लोक १६ 
(हे अर्जुन, म श्रौतकर्म, स्मार्तयज्ञ, श्राद्धको अन्न, औषधि, मन्त्र, घृत, अग्नि र होम पनि म नै हुँ।)
अहं क्रतुरहं यज्ञ: स्वधाहमहमौषधम्। मन्त्रोSहमहमेवाज्यमहमग्निरहं हुतम्।।१६।।

अध्याय ९ , श्लोक १७ 
(म नै यस जगतको माता, पिता, धाता, पितामह र जान्ने योग्य पवित्र ओंकार हु। म नै ऋगवेद, सामवेद र यजुर्वेद हुँ।)
पिताSहमस्य जगतो माता धाता पितामह:। वेद्यं पवित्रमोङ्कार ऋक्साम यजुरेव च।।१७।।

अध्याय ९ , श्लोक १८ 
(म सबैको कर्मफलरुप गति, पोषक, प्रभु, साक्षी, निवास, शरण, मित्र, उत्पत्ति, प्रलय, स्थिति एवं क्रिया हुँ। म आधार एवं अव्यय बीज पनि म नै हुँ।)
गतिर्भर्ता प्रभु: साक्षी निवास: शरणं सुहृत्। प्रभव: प्रलय: स्थानं निधानं बीजमव्ययम्।।१८।।

अध्याय ९ , श्लोक १९  
(हे अर्जुन, म ताप दिन्छु, वर्षा गराउँछु र रोक्छु। म अमृत, मृत्यु, सत्, र असत् पनि हुँ।)
तपाम्यहमहं वर्षं निगृह्णम्युत्सृजमि च। अमृतं चैव मृत्युश्च सदसच्चाहमर्जुन।।१९।।

अध्याय ९ , श्लोक २० 
(जसले वेदहरूको अध्ययन गरेर सोम रसको पान गर्दै स्वर्गको चाहना गर्छन र मेरो अप्रत्यक्ष आराधना गर्छन त्यस्ताहरूको पापकर्म नष्ट भएकोले तिनीहरूले इन्द्रको लोकमा जन्म लिन्छन र जहाँ पुगेर ऐश्वर्य भोग गर्दछन्।)
त्रैविद्या मां सोमपा: पूतपापा यज्ञैरिष्टवा स्वर्गतिं प्रार्थयन्ते। ते पुण्यमासाद्य सुरेन्द्रलोकम् अश्नन्ति दिव्यान् दिवि देवभोगान्।।२०।।

अध्याय 9, श्लोक २१ 
(विशाल स्वर्गलोकका धेरै आनन्दहरू प्राप्त भइसकेको र पुन्यहरू पनि क्षीण भएकोले तिनीहरू यस मृत्युलोकमा आउँछन्। यस प्रकार तीन वेदहरूमा रहेका धर्महरूको पालना गर्ने र भोगको इच्छा गर्नेहरू जन्म मृत्युको बन्धनमा बाँधिन्छन्। पनु: पुन: जन्म लिन्छन र मृत्यु प्राप्त गर्छन्।)
ते तं भुक्त्वा स्वर्गलोकं विशालं क्षीणे पुण्ये मर्त्यलोकं विशन्ति। एवं त्रयीधर्ममनुप्रपन्ना गता SS गतं कामकामा लभन्ते।।२१।।

अध्याय ९ , श्लोक २२ 
(तिनीहरू जो मेरा अनन्य भावका भक्तहरू छन् र जसले मेरो चिन्तन गर्दै निष्काम भावले मलाई भज्छन् र साथै तिनीहरू जसको मन म भित्र विलीन छ म तिनीहरूलाई तिनीहरू सँग नभएका कुराहरू दिन्छु र जे कुराहरू तिनीहरू सँग पहिलेदेखि नै छ ती कुराहरूको म संरक्षण पनि गर्ने गर्दछु।)
अनन्यश्चिन्तयन्तो मां ये जना: पर्युपासते। तेषां नित्यभियुक्तानां योगक्षेमं वहाम्यहम्।।२२।।

अध्याय ९ , श्लोक २३ 
(हे कौन्तेय, तिनीहरू जो अरु देवताहरूका भक्त छन् र ती देवताहरूको भक्तिपूर्वक पूजा गर्छन् ले यथार्थमा केवल मेरो नै पूजा गरेका हुन। तर उनीहरूको पूजाको बिधि भने गलत हुन्छ।)
येSप्यन्यदेवताभक्ता यजन्ते श्रद्धयान्विता:। तेSपि मामेव कौन्तेय यजन्त्यविधिपूर्वकम्।।२३।।

अध्याय ९ , श्लोक २४ 
(किनभने म नै सम्पूर्ण यज्ञहरूको भोक्ता र स्वामी हुँ तर उनीहरूले मेरो यो सर्वश्रेष्ठ प्रकृति स्वरुप लाई जान्दैनन् र पतन हुन्छन। अर्थात परिणामस्वरुप यो संसारमा पुन: पुन: जन्म लिन्छन्।)
अहं हि सर्वयज्ञानां भोक्ता च प्रभुरेव च। न तु मामभिजानन्ति तत्त्वेनातश्च्यवन्ति ते।।२४।।

अध्याय ९ , श्लोक २५ 
(देवताहरूको पूजा गर्नेहरू देवलोक, पितृहरूको पूजा गर्नेहरू पितृलोक, भूतहरूको पूजा गर्नेहरू भूतलोक र मेरो पूजा गर्नेहरु मलाई नै प्राप्त हुन्छन्।)
यान्ति देवव्रता देवान् पितृन् यान्ति पितृवता:। भूतानि यान्ति भेज्या मद्याजोनोSपि माम्।।२५।।

अध्याय ९ , श्लोक २६ 
(भक्तिपूर्वक पत्र, फल, फूल वा जल मलाई अर्पण गर्ने ती सुद्ध चित्त भएका भक्तहरू द्वारा अपर्ण गरिएका ती सम्पूर्ण वस्तुहरु म ग्रहण गर्दछु।)
पत्रं पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति। तदहं भक्त्युपहृतमश्नामि प्रयतात्मन:।।२६।।

अध्याय ९ , श्लोक २७ 
(हे कौन्तेय, तिमीले जुन सुकै कार्य गर्दछौ, जुन सुकै कुरा खान्छौ, जुन सुकै हवन गर्दछौ, जुन दान गर्छौ, जुन तप गर्छौ ती सबै मलाई समर्पण गर।)
यत्करोषि यदश्नासि यज्जुहोषि ददासि यत्। यत्तपस्यसि कौन्तेय तत्कुरुष्व मदर्पर्णम्।।२७।।

अध्याय ९ , श्लोक २८ 
(यसप्रकार सन्यासयोगले युक्त भएको चित्तले राम्रा नराम्रा कर्मफल रुप बन्धनबाट तिमी मुक्त हुनेछौ र मलाई प्राप्त गर्ने छौ।)
शुभाशुभफलैरेवं मोक्ष्यसे कर्मबन्धनै:। संन्यासयोगयुक्तात्मा विमुक्तो मामुपैष्यसि।।२८।।

अध्याय ९ , श्लोक २९ 
(म सबै प्राणीहरूका लागि समान छु। मेरो न कोही अप्रिय न म कसैको पक्षपाती हुँ। तर जसले मलाई भक्तिपूर्वक भज्छन र जो ममा जुन किसिमले आसक्त हुन्छन् म पनि तिनीहरूमा त्यसै किसिमले आसक्त रहने गर्दछु।)
समोSहं सर्वभूतेषु न मे द्वेष्योSस्ति न प्रिय:। ये भजन्ति तु मां भक्त्या मयि ते तेषु चाम्यहम्।।२९।।

अध्याय ९ , श्लोक ३० 
(यदि अत्यन्तै दुराचारी व्यक्तिले पनि मेरो भजन अनन्य भावले गर्दछ भने ऊ पनि साधु मानिने योग्य नै हो किनभने ऊ मेरो भक्तिमा निश्चयात्मक बुध्दि भएको व्यक्ति हो।)
अपि चेत्सुदुराचारो भजते माननन्यभाक्। साधुरेव स मन्तव्य: सम्यग् व्यवसितो हि स:।।३०।।

अध्याय ९ , श्लोक ३१ 
(धर्मात्मा भएर त्यसले छिटै नै नित्य शान्ति पाउँछ। हे कौन्तेय, यो प्रतिज्ञा गर कि मेरो भक्तहरू कहिले पनि नष्ट हुँदैनन्।)
क्षिप्रं भवति धर्मात्मा शश्वच्छान्तिं निगच्छति। कौन्तेय प्रतिजानीहि न मे भक्त: प्रणश्यति।।३१।।

अध्याय ९ , श्लोक ३२ 
(हे पार्थ, अधम कुलमा जन्म लिएको स्त्री, वैश्य वा शूद्र जो भए पनि तिनीहरूले मेरो शरण प्राप्त गरेर उत्तम गति प्राप्त गर्दछन्।)
मां हि पार्थ व्यपाश्रित्य येSपि स्यु; पापयोनय:। स्त्रियो वैश्यास्तथा शूद्रास्तेSपि यान्ति परां गतिम्।।३२।।

अध्याय ९ , श्लोक ३३ 
(सदाचार सम्पन्न ब्राह्मण एव भक्तराजहर्षिहरूले अति उत्तम गति पाउने छन्। यसमा कुनै सन्देह छैन्। त्यसकारण दु:खकारक यस अनित्य लोकमा तिमीले जन्म लिएको हुनाले मेरो भजन गर।)
किं पुनर्ब्राह्मणा: पुण्या भक्ता राजर्षयस्तथा। अनित्यमसुखं लोकमिमं प्राप्य भजस्व माम्।।३३।।

अध्याय ९ , श्लोक ३४ 
(मेरो परायण चित्त भएको मेरो भक्त तथा मेरो पूजा परायण भएर यस किसिमबाट शरीर र मनलाई ममा स्थिर गरेर मेरो परायण भएर ममा नै प्राप्त हुनेछौ।)
मान्मना भव मद्भक्तो मद्याजी मां नमस्कुरु। मामेवैष्यसि युक्त्वैवमात्मानं मत्परायण:।।३४।।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.