विश्वगीताको दोस्रो अध्याय | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / अध्यात्म

विश्वगीताको दोस्रो अध्याय




   Bishwa Raj Adhikari - Dec 20 2016
बिश्वगीताको दोस्रो अध्याय अध्यात्म

लेखक विश्वराज अधिकारीको श्रीमद भागवत् गीता को आधुनिक व्याख्या "विश्वगीता"को दोस्रो अध्याय आज यहाँहरुमाझ प्रस्तुत गर्दैछौ ।  श्रीमद भागवत् गीताको १८ अध्याय को लगभग ७०० श्लोकहरुमा मानव जीवनको सबै समस्याको समाधान भेटिन्छ । विश्वगीताको दोस्रो अध्यायका ७२ श्लोकहरु यसप्रकार छन् ।

अध्याय २ , श्लोक 0१ 
सञ्जयले भने (अर्जुनका आँखाहरू दयाले अभिभूत हुँदै आंशुले भरिए। उनी दु:खमा डुबे। अर्जुनको यस्तो अवस्थामा मधुसूदनले यी शब्दहरु भन्नु भयो।)
सञ्जय उवाच तथा कृपयाविष्टमश्रुपूर्णाकुलेक्षणम्। विषीदन्तमिदं वाक्यमुवाच मधुसूदन:।।१।।

अध्याय २ , श्लोक 0२ 
भगवान श्रीकृष्णबाट आज्ञा भयो (हे प्रिय अर्जुन, यो सङ्कटको समयमा तिमी भित्र यी दोषहरू कसरी आए? जीवनको मूल्य बुझ्ने व्यक्तिको लागि यो पटक्कै सुहाउँदो छैन्। यी दोषहरूले स्वर्ग तिर नलगेर कुख्याति मात्र दिने छन्।)
श्रीभगवानुवाच कुतस्त्वा कश्मलमिदं विषमे सपुपस्थितम्। अनार्यजुष्टमस्वर्ग्यमकीर्तिकरमर्जुन।।२।।

अध्याय २ , श्लोक ०३ 
(हे पार्थ, यस्तो नामर्द न होउ। यो तिमीलाई सुहाउँदो छैन। हे शत्रुहरूका दण्डक, हृदय भित्रको यो क्षुद्र कमजोरीलाई त्यागेर उठ।)
क्लैब्यं मा स्म गम: पार्थ नैतत्त्वय्युपपध्यते। क्षुद्रं हृदयदौर्बल्यं त्यक्त्वोत्तिष्ठ परन्तप।।३।।

अध्याय २ , श्लोक ०४ 
(अर्जुनले भने, हे शत्रुका विनाशकर्ता, भीष्म र द्रोण जस्ता आदरयोग्यहरूलाई म कसरी युद्धमा बाणहरूले प्रत्याक्रमण गर्न सकौंला।)
कथं भीष्ममहं संख्ये द्रोणं च मधुसूदन। इषुभि: प्रतियोत्स्यामि पूजार्हावरिसूदन।।४।।

अध्याय २ , श्लोक ०५ 
(हाम्रा गुरु र महानुभावहरूको हत्या नगरेर बरु यो संसारमा भिक्षा मागेर बाँच्नु राम्रो हो। यदि गुरुहरूको हत्या गरिएमा सम्पत्ति र सुख दिने वस्तुहरू, जसले आनन्द दिन्छन, रगतले भिजिएका हुने छन्।)
गुरुनहत्वा हि महानुभावान् श्रेयो भोक्तुं भैक्ष्यमपीह लोके। हत्वार्थकामांस्तु गुरुनिहैव भुञ्जीय भोगान् रुधिरप्रदिग्धान्।।५।।

अध्याय २  , श्लोक ०६ 
(तिनीहरू माथि विजय प्राप्त गर्नु वा तिनीहरूले हामी माथि विजय प्राप्त गर्नु मध्ये कुन चाहिं राम्रो हो हामीलाई थाहा छैन। धृतराष्ट्रका छोराहरू, जसलाई मारेर हामी बाच्न चाँहदैनौ, हाम्रो अगाडि रणभूमिमा जम्मा भएका छन्।)
न चैतद् विद्म: कतरन्नो गरीयो यद्वा जयेम यदि वा नो जयेयु:। यानेव हत्वा न जिजीविषामस् तेSवस्थिता: प्रमुखे धार्तराष्ट्रा:।।६।।

अध्याय २ , श्लोक ०७ 
(अहिले मेरा स्वभाविक गुणहरू, मेरा कमजोरी तथा शंकाहरुद्वारा खोसिएका छन। के सही हो भनी बिचार गर्ने मेरो विवेक भ्रमित छ। यस्तो समयमा म हजुरलाई बिन्ती गर्न चाहन्छु, मेरो लागि अति उत्तम के होला? म हजुरमा समर्पित, हजुरको शिष्यलाई कृपया मार्ग दर्शन गराउनुहोस।)
कार्पण्यदोषोपहतस्वभाव: पृच्छामि त्वां धर्मसम्मूढचेता:। यच्छ्रेय: स्यान्निश्र्चितं ब्रूहि तन्मे शिष्यस्तेSहं शाधि मां त्वां प्रपन्नम्।।७।।

अध्याय २ , श्लोक ०८ 
(यहाँसम्म कि धनी र प्रतिस्पर्धी नभएको राज्य पाएता पनि, देवताहरू झै सारभौमसत्ता सम्पन्न भएता पनि, मेरो चेतनालाई सून्य पार्न सक्ने यो शोक समाप्त गरिदिने म कुनै बाटो देखि रहेको छैन्। )
न हि प्रपश्यामी ममापनुद्याद् यच्छोकमुच्छोषणमिन्द्रियाणाम्। अवाप्य भूमावसपत्नमृध्दं राज्यं सुराणामपि चाधिपत्यम्।।८।।

अध्याय २ , श्लोक ०९ 
सञ्जयले भने (भगवान श्रीकृष्णलाई यो कुरा बिन्ती गरेर शत्रुहरू क्षय गर्ने अर्जुनले भने हे गोविन्द, म युद्ध गर्दिन। यो भनेर अर्जुन मौन भए।
सञ्जय उवाच एवमुक्त्वा हृषीकेशं गुडाकेश: परन्तप:। न योत्स्य इति गोविन्दमुक्त्वा तूष्णीं बभूव ह।।९।।

अध्याय २ , श्लोक १० 
(हे भरतका वंशज, तत् पश्चात दुबै सेनाहरूका मध्यमा रहनु भएका भगवान श्री कृष्ण, जो हाँसे झै देखिनु भएको थियो, ले दु:खित अर्जुनलाई यी शब्दहरु भन्नु भयो)
तमुवाच ह्रषीकेश: प्रहसन्निव भारत सेनयोरुभयोर्मध्ये विषीदन्तमिदं वच:।।१०।।

अध्याय २ , श्लोक ११ 
भगवान् श्रीकृष्णबाट आज्ञा भयो (जो शोक गर्न योग्य छैनन् तिनीहरुको लागि तिमी मृत्यु-शोक गरिरहेका छौ र एक ज्ञानी झै कुरा पनि गरिरहेका छौ। ज्ञानीहरुले न त जीवित न त मृतको लागि शोक गर्छन्।)
श्रीभगवानुवाच अशोच्यानन्वशोचस्त्वं प्रज्ञावादांश्र्च भाषसे। गतासूनगतासूंश्र्च नानुशोचन्ति पण्डिता:।।११।।

अध्याय २ , श्लोक १२ 
(निश्चय पनि, मेरो अस्तित्व नभएको त्यस्तो कुनै समय थिएन। न त तिम्रो न त राजाहरूको अस्तित्व नभएको समय थियो। न त भविष्यमा हामी मध्ये कोहीको अस्तित्व समाप्त हुनेछ।)
न त्वेवाहं जातु नासं न त्वं नेमे जनाधिपा:। न चैव न भविष्याम: सर्वे वयमत: परम्।।१२।।

अध्याय २ , श्लोक १३ 
(जसरी भौतिक शरीरमा बालपना, युवा र बृद्धा अवश्थाको परिक्रिया आउँछ त्यसैगरी एउटा शरीर अर्को शरीरमा परिवर्तित हुन्छ। मृत शरीरको आत्माले अर्को शरीर धारण गर्दछ। जीवन मृत्युको यस्तो प्रकृया देखेर ज्ञानीहरु भ्रमित हुँदैनन्।)
देहिनोSस्मिन् यथा देहे कौमारं यौवनं जरा। तथा देहान्तरप्राप्तिर्धीरस्तत्र न मुह्यति।।१३।।

अध्याय  २ , श्लोक १४ 
(हे कुन्तीपुत्र, चेतनाहरूको अन्तरक्रिया र चेतन अङ्गहरुले मात्र सितल, ताप, आनन्द र पीडाको अनुभूति दिन्छन्। यी कुराहरू अस्थाइ हुन। यी देखा पर्ने र हराउने हुनाले, भारत, यिनलाई सहन गर्ने प्रयास गरे।)
मात्रस्पर्शास्तु कौन्तेय शोतोष्णसुखदु:खदा:। आगमापायिनोSनित्यास्तांस्तितिक्षस्व भारत।।१४।।

अध्याय २ , श्लोक १५ 
(हे नरश्रेष्ठ, जो व्यक्ति सुख र दु:खबाट विचलित हुँदैन, यी दुबै अवस्थाहरूमा स्थिर रहने गर्दछ त्यसले निश्चय पनि मोक्ष प्राप्त गर्दछ।)
यं हि न व्यथयन्त्येते पुरुषं पुरुषर्षभ। समदु:खसुखं धीरं सोSमृतत्वाय कल्पते।।१५।।

अध्याय २ , श्लोक १६ 
(पदार्थ, जुन नाशवान छ अमर छैन, आत्मा जुन नाशवान छैन अमर छ भन्ने यी दुवै विषयहरूको अन्तरलाई तत्वदर्शीहरूले अध्ययनद्वारा बुझेका छन्।)
नासतो विद्यते भावो नाभावो विद्यते सत:। उभयोरपि दृष्टोSन्तस्त्वनययोस्तत्त्वदर्शिभि:।।१६।।

अध्याय २ , श्लोक १७ 
(तर यो ज्ञान हुन पर्दछ कि जुन कुरा यो सम्पूर्ण शरीरभरि व्याप्त छ त्यो नाशवान छैन्। कसैले पनि अमर आत्मालाई नाश पार्न सक्दैन।)
अविनाशि तु तद्विद्विय येन सर्वमिंद ततम्। विनाशमव्ययस्यास्य न कश्र्चित् कर्तुमर्हति।।१७।।

अध्याय २ , श्लोक १८ 

(हे अर्जुन युद्ध गर किनभने शरीरको आकार भित्र रहेको आत्माको आयु नित्य छ, अन्तहीन छ, अनाशवान छ। यथार्थमा, पदार्थहरुद्वारा निर्मित यो शरीर मात्र नाशवान हो।)
अन्तवन्त इमे देहा नित्यस्ययोक्ता: शरीरिण:। अनाशिनोSप्रमेयस्य तस्माद् युध्यस्व भारत।।१८।।

अध्याय २ , श्लोक १९ 
(कुनै व्यक्ति जसले यो सोंच्दछ कि आत्मा हत्यारा हो र अर्को कुनै व्यक्ति जसले यो सोंच्दछ कि आत्मा मारियो, यसरी सोंच्ने दुबै थरी अज्ञानी हुन किनभने आत्मा न कहिले मर्छ र न मरिन सक्छ नै।)
य एनं वेत्ति हन्तारं यश्र्चैनं मन्यते हतम्। उभौ तौ न विजानीतो नायं हन्ति न हन्यते।।१९।।

अध्याय २ , श्लोक २० 
(यो जीव आत्माले कहिले पनि जन्म लिन्दैन र कुनै पनि समयमा मर्दैन पनि। जब शरीको रचना हुन्छ तब पनि यो आउँदैन। यो आत्मा अजन्मा छ, नित्य छ, अनाशवान छ र समयको घेराभन्दा बाहिर छ। शरीर नाश हुँदा यो कहिले पनि नाश हुँदैन।)
न जायते म्रियते वा कदाचिन् नायं भूत्वा भविता वा न भूय:। अजो नित्य: शाश्र्वतोSयं पुराणो न हन्यते हन्यमाने शरीरे।।२०।।

अध्याय २ , श्लोक २१ 

(हे पार्थ, जो व्यक्तिलाई यो ज्ञान छ कि यो आत्मा नित्य छ, अजन्मा छ, खिइएर समाप्त हुने होइन र यो अनाशवान छ त्यस्तो ज्ञान हुने व्यक्ति कसरी कसैको मृत्युको कारण बन्छ सक्छ? र कसरी उसले कसैको हत्या गर्न सक्छ?)
वेदाविनाशिनं नित्यं य एनमजमव्ययम्। कथं स पुरुष: पार्थ कं घातयति हन्ति कम्।।२१।।

अध्याय  २ , श्लोक २२ 
(जुन प्रकारले एक मनुष्यले आफूले लगाएको पुरानो लुगा परित्याग गरेर अर्को नया लुगा लगाउँछ त्यसै प्रकारले आत्माले आफू रहेको पुरानो शरीरलाई परित्याग गरेर नया शरीर प्राप्त गर्दछ।)
वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोSपराणि। तथा शरीराणि विहाय जिर्णान्य न्यानि संयति नवानि देही।।२२।।

अध्याय  २ , श्लोक २३ 
(यो आत्मालाई शस्त्रहरूद्वारा टुक्रा पार्न सकिंदैन। अग्नीले यो आत्मालाई जलाउन सक्दैन। यो आत्मालाई पानीले भिजाउन सक्तैन, हावाले सुकाउन सक्तैन।)
नैनं छिन्दन्ति शस्त्राणि नैंन दहति पावक:। न चैन क्लेदयन्त्यायो न शोषयति मारुत:।।२३।।

अध्याय २ , श्लोक २४ 
(यो आत्मालाई बलद्वारा नष्ट पार्न, आगोले डढाउन, पानीमा घोल्न र हावाले सुकाउन सकिँदैन। यो कहिले नमर्ने, सबै ठाउँमा समान किसिमले व्याप्त, परिवर्तन गर्न नसकिने, अचल र सदा समान छ।)
अच्छेद्योSयमदाह्योSयमक्लेद्योSशोष्य एव च। नित्य: सर्वगत: स्थाणुरचलोSयं सनातन:।।२४।।

अध्याय २ , श्लोक २५ 
(यो प्रष्ट छ कि यो आत्मा अगोचर, जान्न नसकिने र अडिग छ। त्यसकारण यो आत्मालाई यो किसिमले जानेर तिमीले शोक गर्नु उपयुक्त छैन्।)
अव्यक्तोSयमचिनत्योSयमविकार्योSयमुच्यते। तस्मादेवं विदित्वैनं नानुशोचितुमर्हासि।।२५।।

अध्याय २ , श्लोक २६ 
(हे महाशक्ति अस्त्रधारी, यदि तिमी यो सोंच्छौ कि यो आत्माले सँधै नै जन्म लिन्छ वा सोंच्छौ यो आत्माले मर्नु पर्छ नै, भने पनि तिमीले शोक मान्नु पर्दैन।)
अथ चैनं नित्यजातं नित्यं वा मन्यसे मृतम्। तथापि त्वं महाबाहो नैनं शोचितुमर्हसि।।२६।।

अध्याय २ , श्लोक २७ 
(त्यो जसले जन्म लिएको छ उसको मृत्यु निश्चित छ र त्यो जसको मृत्यु भएको छ उसको जन्म निश्चित छ। त्यसकारण जसरी पनि घट्ने घटनाका लागि तिमीले शोक गर्नु पर्दैन।)
जातस्य हि ध्रुवो मृत्युर्ध्रुवं जन्म मृतास्य च। तस्मादपरिहार्येSर्थे न त्वं शोचितुमर्हसि।।२७।।

अध्याय २ , श्लोक २८ 
(हे भारत, प्रत्येक रचना गरिएका जीवधारी उनीहरूको प्रारम्भमा नदेखिने हुन्छ। अन्तरिम अवस्थामा देखिने हुन्छ। मृत्यु भए पछि फेरि नदेखिने हुन्छ। तसर्थ उनीहरूका लागि शोकाकूल हुने अवस्था कसरी भयो?)
अव्यक्तादिनि भूतानि व्यक्तमध्यानि भारत। अव्यक्तनिधनान्येव तत्र का परिदेवना।। २८।।

अध्याय २ , श्लोक २९ 
(केहीले यो आत्मालाई आश्चर्यजनक रुपमा हेर्दछन्। केहिले यो आश्चर्यजनक हो भनी बयान गर्दछन्। यसैगरी अन्य केहीले यो आत्मालाई आश्चर्यजनक रुपमा सुन्दछन्। र केहीले यहाँसम्म कि आत्मालाई सुनेर पनि यो के हो भनी थाहा पाउँदैनन्।)
आश्र्चर्यवत् पश्यति कश्र्चिदेनम् आश्र्चर्यवद् वदति तथैव चान्य:। आश्र्चर्यवच्चैनमन्य: शृणोति श्रुत्वाप्येनं वेद न चैव कश्र्चित्।।२९।।

अध्याय २ , श्लोक ३० 
(हे अर्जुन, प्रत्येक जीवको शरीर भित्र रहेको कहिले नाश न हुने यो आत्मा अमर छ। त्यसकारण तिमीले कुनै जीवको मृत्युका लागि शोक गर्नु पर्दैन।)
देही नित्यमवध्योSयं देहे सर्वस्य भारत। तस्मात् सर्वाणि भूतानि न त्वं शोचितुमर्हसि।।३०।।

अध्याय २ , श्लोक ३१ 
(अझै, तिमीले आफ्नो क्षत्रीको धर्मलाई बुझेर विचलित हुन आवश्यक छैन्। यथार्थमा, न्यायको सम्मान गर्नेहरूको लागि धर्मका लागि युद्ध गर्ने प्रयत्न गर्नु भन्दा अर्को असल कार्य हुन सक्तैन।)
स्वधर्ममपि चावेक्ष्य न विकम्पितुमर्हसि। धर्म्याद्धि युद्धाच्छ्रेयोSन्यत् क्षत्रियस्य न विद्यते।।३१।।

अध्याय २ , श्लोक ३२ 
(हे पार्थ, ती क्षत्रीहरू खुसी हुन जसले यस्ता युद्धका औसरहरू खोजि नगरेर नै प्राप्त गर्छन र उनीहरुकै लागि स्वर्गका द्वारहरू खुला हुन्छन्।)
यदृच्छ्या चोपपन्नं स्वर्गद्वारमपावृतम्। सुखिन: क्षत्रिया: पार्थ लभन्ते युद्धमीदृशम्।।३२।।

अध्याय २ , श्लोक ३३ 
(कसैगरी यदि, तिमीले धर्म युद्ध गर्ने आफ्नो आध्यात्मिक कर्त्यव्य निर्वाह गर्दैनौ भने तिमी निश्चय पनि यो कर्तव्य निर्वाह नगरेकोमा पापको भागेदार हुनेछौ र यसरी तिमीले एक योद्धाको ख्याति समेत पनि गुमाउने छौ।)
अथ चेत्त्वमिमं धर्म्यं संग्रामं न करिष्यसि। तत: स्वधर्मं किर्तिं च हित्वा पापमवाप्स्यसि।३३।।

अध्याय २ , श्लोक ३४ 
(प्रत्येक कालमा हरेक व्यक्तिहरूले तिम्रो बदनामीको कुरा गर्नेछन् पनि। मर्यादित व्यक्तिहरूका लागि बदनामी मृत्यु भन्दा खराब हुन्छ।)
अकिर्तिS चपि भूतान कथयिष्यन्ति तSव्ययाम्। सम्भावितस्य चाकीर्तिर्मरणादतिरिच्यते।।३४।।

अध्याय २ , श्लोक ३५ 

(महारथीहरू, जसले तिमी र तिम्रो प्रसिद्धिलाई अति सम्मान गर्छन उनीहरूले तिमी भयका कारण युद्धभूमिबाट भागेको ठान्ने छन। यसरी ती महारथीहरू जसलाई तिमीले अति आदर प्रदान गरेका छौ उनीहरूको अपमान हुनेछ।)
भयाद् रणादुपरतं मंस्यन्ते त्वां महारथा:। येषां च त्वं बहुमतो भूत्वा यास्यसि लाघवम्।।३५।।

अध्याय २ , श्लोक ३६ 
(तिम्रो शत्रुहरूले तिम्रो पराक्रमको अवमूल्यन गर्दै क्षुद्र र बदानीयुक्त कुराहरू गर्नेछन्। अहो! यस्तो स्थितिको सहन गर्नु भन्दा दर्दनाक अरु कुन स्थिति हुनेछ?)
अवाच्यवादांश्र्च बहून् वदिष्यन्ति तवाहिता:। निन्दन्तस्तव सामर्थ्यं ततो दु:खतरं नु किम्।।३६।।

अध्याय २ , श्लोक ३७ 
(हे कुन्तीपुत्र, युद्ध भूमिमा मारिएमा तिमीले स्वर्ग प्राप्त गर्नेछौ अथवा विजयी भएमा पृथ्वीको आनन्द प्राप्त गर्नेछौ। त्यसकारण तिमी दृढ निश्चयका साथ उठ र युद्ध गर।)
हतो वा प्राप्स्यसि स्वर्गं जित्वा वा भोक्ष्यसे महीम्। तस्मादुत्तिष्ठ कौन्तेय युद्धाय कृतनिश्र्चय:।।३७।।

अध्याय २ , श्लोक ३८ 
(खुसी र दु:ख, लाभ र हानी, विजय र पराजयलाई समान ठानेर, समस्थिति भएर, युद्धका लागि तयार हौ। यस्तो गरेमा तिमी अवश्य पनि पापको भागेदार हुनेछैनौ।
सुखदु:खे समे कृत्वा लाभालाभौ जयाजयौ। ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि।।३८।।

अध्याय २ , श्लोक ३९ 
(हे पर्थका पुत्र, मैले तिमीलाई यो आत्माको यो प्रकृतिको बारेमा आध्यात्मिक ज्ञान वर्णनन् गरे। अब यो आध्यात्मिक ज्ञानलाई बौद्धिक ज्ञानमा सुन। यो ज्ञानलाई बुझेर तिमी कर्मको बन्धनलाई तोड्न सक्ने छौ।)
एषा नेSभिहिता सांख्ये बुद्धिर्योगे त्विमां शृणु। बुद्धया युक्तो यया पार्थ कर्मबन्धं प्रहास्यसि।।३९।।

अध्याय २ , श्लोक ४० 
(यो कर्म गर्नाले कुनै क्षति हुने छैन, ह्रास पनि आउने छैन र यस पथमा अलिकति पनि अगाडि बढ्दा कोही व्यक्ति घातक किसिमको भयबाट जोगिन सक्छ।)
नेहाभिक्रमनाशोSस्ति प्रत्यवायो न विद्यते। स्वल्पमप्यस्य धर्मस्य त्रायते महतो भयात्।।४०।।

अध्याय २ , श्लोक ४१ 
(ती जो यस पथमा लागेका हुन्छन् आफ्नो उद्देश्यमा दृढ हुन्छन् र उनीहरूको उद्देश्य पनि एउटै हुन्छ। हे कुरुनन्दन, दृढ निश्चय नभएकाहरूको ज्ञान भने विभिन्न शाखाहरूमा बाँडिएको हुन्छ।)
व्यवसायात्मिका बुद्धिरेकेह कुरुनन्दन। बहुशाखा ह्यनन्ताश्र्च बुद्धयोSव्यवसायिनाम्।।४१।।

अध्याय २ , श्लोक ४२-४३ 
(हे पार्थ, अल्प ज्ञान भएका मूर्खहरू वेदका अतियोक्ति मिथ्या बयानतर्फ आकर्षित हुन्छन् जुन बयानले स्वर्गका बारेमा मिथ्या वर्णनन् गरेर स्वर्गलाई राम्रो जन्म, शक्ति आदि आदि संग जोड्दछ। ती मूर्ख, अल्प ज्ञानीहरू बुद्धिको श्रेष्ठता र भव्य जीवनको इच्छुक भइ स्वर्गलाई यो भन्दा बढी मान्दैनन्।)
यामिमां पुष्पितां वाचं प्रवदनत्यविपश्र्चित:। वेदवादरता: पार्थ न्यान्यदस्तीति वादिन:।।४२।। कामात्मान: स्वर्गपरा जन्मकर्मफलाप्रदाम्। क्रियाविशेषबहुलां भोगैश्र्चर्यगतिं प्रति।।४३।।

अध्याय २ , श्लोक ४४ 
(जो भोग र समृद्धिमा ज्यादै लिप्त छन् र जो यी कुराहरूलाई सर्व श्रेष्ठ मानेर निरन्तर भ्रमित छन् ती चित्त हराएकाहरूले ‍इश्वर प्राप्तिका लागि गरेको समाधि निश्चय पनि सफल हुँदैन।)
भोगैश्र्चर्यप्रसक्तानां तयापहृतचेतसाम्। व्यवसायित्मिका बुद्धि: समाधौ न विधीयते।।४४।।

अध्याय २ , श्लोक ४५ 
(हे अर्जुन, वैदिक शास्त्रहरूले बयान गरेका तिन गुणहरूलाई परित्याग गर किनभने तिमी ती तिन गुणहरू भन्दा सर्वश्रेष्ठ छौ। प्राप्ति र सुरक्षाका लागि तिमी सबै द्वैतवाद र चिन्ताहरूबाट मुक्त भएर निरगुण हुँदै मैले दिएको बुद्धियोग द्वारा आफूमा स्थिर होउ।)
त्रैगुण्यविषया वेदा निस्त्रैगुण्यो भवार्जुन। निर्द्वन्द्वो नित्यसत्त्वस्थो निर्योगक्षेम आत्मवान्।।४५।।

अध्याय २ , श्लोक ४६ 
(जसरी एक तालको पानीमा पाइने सम्पूर्ण गुणहरू एक कुँआको पानीमा पनि पाउन सकिन्छ त्यसरी नै एक ब्रह्म सत्य थाहा पाएर वैदिक शास्त्रका सम्पूर्ण उद्देश्यहरू थाहा पाउन सकिन्छ।)
यावानर्थ उदपाने सर्वत: सम्प्लुतोदके। तावान् सर्वेषु वेदेषु ब्राह्मणस्य विजानत:।।४६।।

अध्याय २ , श्लोक ४७ 
(तिमीलाई सम्पादन गर्न दिइएका कार्यहरू गर्नु निश्चय पनि तिम्रो अधिकार हो तर ती कार्यहरू गरेपछि यस्ता उपल्धीहरू पाउँछु भनि सोंच्न पाउनु तिम्रो अधिकार क्षेत्र भित्र पर्दैन। ती कार्यका परिणामहरूबाट तिमी प्रेरित पनि हुनु हुँदैन। तिमीलाई सम्पादन गर्न दिइएका कार्यहरू गर्दिन भन्ने पट्टि पनि तिम्रो लगाव हुनु हुँदैन।)
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। मा कर्मफलहेतुर्भूर् मा ते संगोSस्त्वकर्मणि।।४७।।

अध्याय २ , श्लोक ४८ 
(हे अर्जुन, सफलता वा असफलता प्रतिको चाहनालाई त्याग्दै समस्थितिमा रहेर आफ्नो जिम्मेबारी पूरा गर। यस्तो स्वयं धैर्यताको स्थितिलाई योग भन्ने गरिन्छ।
योगस्थ: कुरु कर्माणि संगं त्यक्त्वा धनञ्जय। सिद्धयसिद्ध्यो: समो भूत्वा समत्वं योग उच्यते।।४८।।

अध्याय २ , श्लोक ४९ 
(हे धनञ्जय, धार्मिक क्रियाहरू गरेर सबै घृणित कार्यहरूलाई धेरै पर राख र त्येही चेतनामा रहेर इश्वरमा समर्पित होउ।)
दूरेण ह्यवरं कर्म बुद्धियोगाद्धनञ्जय। बुद्धौ शरणमन्विच्छ कृपणा: फलहेतव:।।४९।।

अध्याय २ , श्लोक ५० 
(त्यो व्यक्ति जो आध्यात्मिक ज्ञानहरूले सम्पन्न छ उसले यो जीवनका असल र खराब प्रतिक्रियाहरूबाट मुक्ति पाउन सक्छ। त्यसकारण योग गर्ने प्रयास गर। योग प्रत्येक कार्य गर्नका लागि सफल कार्य कला हो।)
बुद्धियुक्तो जहातीह उभै सुकृतदुष्कृते। तस्माद् योगाय युज्यस्व योग: कर्मसु कौशलम्।५०।।

अध्याय २ , श्लोक ५१ 
(यसरी ईश्वर प्रतिको आध्यात्मिक सेवाहरूमा लागेर महात्मा वा भक्तहरू यो भौतिक संसारमा गरिएका अनेक कार्यहरूका परिणामबाट मुक्त हुन्छन्। यसरी उनीहरू जन्म र मृत्युको यो चक्रबाट मुक्त हुन्छन्। अनेक दु:खहरूबाट पर रहेको स्थानमा पुग्छन र इस्वरमा लीन हुन्छन्।
कर्मजं वुद्धियुक्ता हि फलं त्यक्त्वा मनीषिण:। जन्मबन्धविनिर्मुक्ता: पदं गच्छन्त्यनामयम्।।५१।।

अध्याय २ , श्लोक ५२ 
(जब तिम्रो आध्यात्मिक ज्ञान भ्रमको घना जङ्गलबाट बाहिर आउँछ तब तिमी सुनिएका ती सबै र अब उप्रान्त सुनिने सबै कुराहरूका लागि तटस्थ हुनेछौ)
यदा ते मोहकलिलं बुद्धिर्व्यतितरिष्यति। तदा गन्तासि निर्वेदं श्रोतव्यस्य श्रुतस्य च।।५२।।

अध्याय २ , श्लोक ५३ 
(जब तिम्रो बुदधि वेद वाक्यका अतिशयोक्तिबाट मुक्त भइ समाधिबुद्धिमा स्थिर हुनेछ त्यस बखत तिमीले दिव्य चेतना प्राप्त गरेको हुनेछौ।)
श्रुतिविप्रतिपन्ना ते यदा स्थास्यति निश्चला। समाधावचला बुद्धिस्तदा योगमवाप्स्यसि।।५३।।

अध्याय २ , श्लोक ५४ 
अर्जुनले बिन्ती गरे (हे केशव, ज्ञानमा श्रेष्ठता हासिल गर्नेमा के के लक्षणहरू देखिन्छन्? मलाई भन्नुहोस। ज्ञानमा श्रेष्ठता हासिल गर्नेले कसरी बोल्छ र कुन भाषामा सम्वाद गर्छ? उसको बसाइ र हिंडाइ कस्तो हुन्छ?)
अर्जुन उवाच स्थितप्रज्ञस्य का भाषा समाधिस्थस्य केशव। स्थितधी: किं प्रभाषेत किमासीत व्रजेत किम्।।५४।।

अध्याय २ , श्लोक ५५ 
भगवान् श्रीकृष्णबाट आज्ञा हुन्छ, (हे पार्थ, जब कुनै मनुष्यले श्रेष्ठ ज्ञान प्राप्त गर्नका लागि सबै प्रकारका ती मोहहरू परित्याग गर्दछ जुन अवास्तबिक र कल्पनाबाट उत्पन्न भएका हुन्छन्, तब उसले आफ्नो बुद्धिको सुद्धिकरण गर्न पुग्दछ र केवल आफूमा नै सन्तुष्ट रहन सक्छ। त्यस्तो गर्न सक्ने व्यक्तिलाई स्थितप्रज्ञ भनिन्छ। स्थितप्रज्ञले ज्ञानको पूर्णता प्राप्त गरेको मानिन्छ।)
श्रीभगवानुवाच प्रजहाति यदा कामान् सर्वान् पार्थ मनोगतान्। आत्मन्येवात्मना तुष्ट: स्थितप्रज्ञस्तदोच्यते।।५५।।

अध्याय २ , श्लोक ५६ 
(दु:ख र पीडामा जसको मन विचलित हुँदैन, खुसी प्राप्तिमा उत्तेजित हुँदैन र मोह, भय तथा क्रोधबाट मुक्त छ त्यो व्यक्ति स्थितप्रज्ञ मुनी हो। उसले ज्ञानको सर्वश्रेष्ठता प्राप्त गरेको हुन्छ।)
दु:खेष्वनुद्विग्नमना: सुखेषु विगतस्पुह:। वीतरागभयक्रोध: स्थिधीर्मुनिरुच्यते।।५६।।

अध्याय २ , श्लोक ५७ 
(यो भौतिक जगतमा जो व्यक्ति आफ्नो कुनै पनि प्राप्तिको असल वा खराब स्थितिबाट प्रभावित हुँदैन र प्राप्तिको असल वा खराब स्थितिको प्रशंसा वा घृणा पनि गर्दैन भने ऊ स्थितप्रज्ञ हो।)
य: सर्वत्रानभिस्नेहस्तत्तत्प्राप्य शुभाशुभम् नाभिनन्दति न द्वेष्टि तस्य प्रज्ञा प्रतिष्ठिता।।५७।।

अध्याय २ , श्लोक ५८ 
(यदि कुनै व्यक्ति आफ्ना इन्द्रियहरूबाट उत्पन्न हुने दूरगुणहरूलाई कछुवाले आफ्ना शरीरका अङ्गहरुलाई खुम्च्याएर खोलमा राख्न सके झै नियन्त्रण भित्र राख्न योग्य छ भने पनि त्यो व्यक्ति स्थितप्रज्ञ हो।)
यदा संहरते चायं कूर्मोंSगानीव सर्वश:। इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता।।५८।।

अध्याय २ , श्लोक ५९ 
निराहारी पुरुषहरूका विषय (चाहना) हरू समाप्त भएता पनि ती विषयहरू प्रतिको लालसा भने छुटेको हुँदैन तर ईश्वरको दर्शनबाट त्यो चाहना पनि छुटेर जान्छ। ईश्वरको दर्शन प्राप्त स्थितप्रज्ञको यसरी चाहना र चाहनाबाट उत्पन्न हुने लालसा दुबै समाप्त हुन्छन्।)
विषया विनिवर्तन्ते निराहारस्य देहिन:। रसवर्जं रसोSप्यस्य परं दृष्ट्वा निवर्तते।।५९।।

अध्याय २ , श्लोक ६० 
(यी इन्द्रियहरू यति बलबान् र विवेकहीन हुन्छन कि, हे कुन्तीपुत्र अर्जुन, मोक्ष प्राप्त गर्न प्रयत्नरत रहेको व्यक्तिको मनलाई पनि यिनीहरूले आफूले चाहेको दिशामा निर्देशित गर्न सक्छन। खराब मार्गतिर डोर्याउन सक्षम हुन्छन्।)
यततो ह्यपि कौन्तेय पुरुषस्य विपश्चित:। इन्द्रियाणि प्रमाथीनि हरन्ति प्रसभं मन:।।६०।।

अध्याय २ , श्लोक ६१ 
(त्यो जसले पूर्ण नियन्त्रणद्वारा आफ्ना इन्द्रियहरूलाई बाँध्न सक्छ र आफ्नो मन एवं बुद्धिलाई ममाथि स्थिर राख्न सक्छ यो पुरुष स्थितप्रज्ञ कहलिन्छ।)
तानि सर्वाणि संयम्य युक्त आसीत मत्पर:। वशे हि यस्येन्द्रियाणि तस्य प्रज्ञा प्रतिष्ठिता।। ६१।।

अध्याय २ , श्लोक ६२ 
(कुनै व्यक्ति आफ्ना इन्द्रियका चाहनाहरूमा लिप्त भएमा त्यो व्यक्तिमा ती चाहनाहरू प्रति लालसा बढ्दै जान्छ, लालसाबाट इच्छाहरू उत्पन्न हुन्छन अनि इच्छाहरू क्रोधका कारण बन्दछन्।)
ध्यायतो विषयान् पुंस: संगस्तेषूपजायते। संगात्सञ्जातये काम: कामात्क्रोधोSभिजायते।।६२।।

अध्याय २ , श्लोक ६३ 
(क्रोधबाट सम्मोह पैदा हुन्छ। सम्मोहले स्मृति नष्ट गर्दछ। स्मृति नष्ट भएमा बुद्धि नष्ट हुन्छ। बुद्धि नष्ट भएमा सम्पूर्ण ज्ञानहरू नष्ट हुन्छन। आर्थत यस्तो हुने व्यक्ति पुन: भवसागरमा पतीत हुन्छ। उसले अति दु:ख कष्ट पाउँछ।)
क्रोधाद् भवति सम्मोह: सम्मोहात्स्मृतिव्रिभ्रम:। स्मृतिभ्रंशाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति।।६३।।

अध्याय २ , श्लोक ६४ 
(तर संयमित पुरुषहरूले, राग, द्वेषबाट मुक्त भएर नियन्त्रित गरिएका आफ्ना इन्द्रियहरूद्वारा, यथायोग्य वस्तुहरू भोग गरेर पनि प्रशन्नता प्राप्त गर्दछन।)
रागद्वेषविमुक्तैस्तु विषयानिन्द्रियैश्र्चरन्। आत्मवश्यैर्विधेयात्मा प्रसादमधिगच्छति।।६४।।

अध्याय २ , श्लोक ६५ 
(प्रशन्नता प्राप्त भएपछि ती उच्च आत्मा भएका व्यक्तिहरूका सबै दु:खहरू सामाप्त हुन्छन र ती व्यक्तिहरूको बुद्धि छिट्टै अधिष्ठ प्राप्तिमा स्थिर हुन्छ।)
प्रसादे सर्वद:खानां हानिरस्ययोपजायते। प्रसन्नचेतसो ह्याशु बुद्धि: पर्यवतिष्ठते।।६५।।

अध्याय २ , श्लोक ६६ 

(मन र इन्द्रियहरू नियन्त्रण गर्न नसक्ने पुरुषमा सही र गलत छुट्याउन सक्ने ज्ञान वा बुद्धि हुँदैन। यस्तो बुद्धिहीन पुरुषको ईश्वप्रति ध्यान हुँदैन। ईश्वरप्रति ध्यान नभएको व्यक्तिले शान्ति पाउन सक्तैन। अनि शान्ति प्राप्ति नभएको पुरुषले कसरी सुख प्राप्त गर्न सक्छ त?)
नास्ति बुद्धिरयुक्तस्य न चायुक्तस्य भावना। न चाभावयत: शान्तिरशान्तस्य कुत: सुखम्।।६६।।

अध्याय २ , श्लोक ६७ 
(पानीमा अवस्थित डुंगालाई जसरी पवनको वेगले लग्न नखोजिएको वा जुन सुकै दिशामा पुर्याइ दिन्छ त्यसरी नै अनियन्त्रित कुनै एक इन्द्रियले एक पुरुषको विवेक हरण गरेर अमर्यादित कार्य गर्न उसलाई बाध्य पारि दिन्छ।)
इन्द्रियाणं हि चरतां यन्मनोSनुविधीयते। तदस्य हरति प्रज्ञां वायुर्नावमिवाम्भसि।।६७।।

अध्याय २ , श्लोक ६८ 
(त्यसकारण, हे महाबाहो, जसका इन्द्रियहरू इन्द्रियग्राही विषयहरूबाट सबै किसिमले मुक्त छन् उसको बुद्धि स्थिर हुन्छ र स्थिर बुद्धि भएको व्यक्ति स्थितप्रज्ञ हो।)
तस्माद् यस्य महाभावो निगृहीतानि सर्वश:। इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता।।६८।।

अध्याय २ , श्लोक ६९ 
(जुन आत्मविषणी बुद्धि जडमुग्ध सर्वसाधरण जीवको लागि रात्रीको समय हो स्थितप्रज्ञ व्यक्ति त्यसबेलामा जागृत हुन्छ, जुन बेला प्रणव बुध्दिमा साधरण व्यक्तिहरु जागृत हुन्छन् तत्वदर्शी मुनीको लागि त्यो रात्रीको समय हो। अर्थात तत्वदर्शी मुनीहरुले नीरलृप्त भावबाट यथायोग्य विषयलाई स्वीकार गर्दछन्।)
या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी। यस्यां जाग्रति भूतानि सा निशा पश्यतो मुने:।।६९।।

अध्याय २ , श्लोक ७० 
(जसरी अनेक नदीका पानीहरू कुनै पनि क्षोभ उत्पन्न नगरेर परिपूर्ण र अचल प्रतिष्ठा प्राप्त गरेको सागरमा प्रवेश गर्दछन् त्यसैगरी सबै कामनाहरू कुनै पनि बिकार उत्पन्न नगरेर नै स्थितप्रज्ञ पुरुषमा प्रवेश गर्दछन्। त्यसकारण स्थितप्रज्ञ व्यक्तिरूले आफ्नो यस्तो प्रकृतिको कारण शान्ति पाउँछन् तर आफ्ना इन्द्रियहरूद्वारा उत्पन्न कामनाहरू पूर्ण गर्न इच्छुक वा चंचल मनलाई नियन्त्रित गर्न नसक्ने व्यक्तिहरूले भने शान्ति पाउन सक्तैनन्।)
आपूर्यमाणमचलप्रतिष्ठिं समुद्रमाप: प्रविशन्ति यद्वत्। तद्वत् कामा यं प्रविशन्ति सर्वे स शान्तिमाप्नोति न कामकामी।।७०।।

अध्याय २ , श्लोक ७१ 
(त्यो पुरुष जसले सबै कामना, लोभ, अहंकार, ममता र स्वार्थहरू परित्याग गरेर विचरण अर्थात व्यवहार गर्दछ उसले शान्ति पाउँछ।)
विहाय कामान् य: सर्वान् पुंमापश्र्चिरति नि:स्पृह:। निर्ममो निरहंकार: स शान्तिमधिगच्छति।।७१।।

अध्याय २ , श्लोक ७२ 
(हे पार्थ, यस प्रकार ब्रह्म प्राप्तिको स्थितिलाई ब्राह्मणी स्थिति भन्ने गरिन्छ। ब्राह्मणी स्थिति पाएर जुन सुकै किसिमको मोह पनि समाप्त हुन्छ। व्यक्तिले मृत्यु कालमा ब्राह्मणी स्थितिमा मनलाई क्षण भर मात्र पनि स्थिर गरेमा ब्रह्म निर्वाण प्राप्त हुन्छ।)
एषा ब्राह्मी स्थिति: पार्थ नैनां प्राप्य विमुह्यति। स्थित्वास्यामन्तकालेSपि ब्रह्मनिर्वाणमृच्छति।।७२।।
----------------
लेखन तथा आवाज : विश्वराज अधिकारी
अडीयो प्राविधिक : मन्दिप गौतम 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.