विश्वगीताको छैठौं अध्याय | Hamro Patro

ब्लग - साहित्य / अध्यात्म

विश्वगीताको छैठौं अध्याय




   Bishwa Raj Adhikari - Jan 24 2017
विश्वगीताको छैठौं अध्याय विशेष अडियो सामाग्री

अध्याय ६ 
लेखक विश्वराज अधिकारीको श्रीमद भागवत् गीता को आधुनिक व्याख्या "विश्वगीता"को छैठौं अध्याय आज यहाँहरुमाझ प्रस्तुत गर्दैछौ । श्रीमद भागवत् गीताको १८ अध्याय को लगभग ७०० श्लोकहरुमा मानव जीवनको सबै समस्याको समाधान भेटिन्छ । विश्वगीताको छैठौं अध्यायका ४७  श्लोकहरु यसप्रकार छन् । 

अध्याय ६ , श्लोक ०१  

भगवान् श्रीकृष्णबाट आज्ञा भयो (जसले कर्मफलको इच्छ नराखेर गर्नेयोग्य आवश्यक कार्यहरू गर्दछ त्यो सन्यासी र योगी हो। अग्नि-होत्रादि कर्मको परित्याग गर्ने योगी होइन। यसैगरी शारीरिक कार्यहरू मात्र परित्याग गर्ने व्यक्ति पनि योगी होइन।)
श्रीभगवानुवाच अनाश्रित कर्मफलं कार्यं कर्म करोति य:। स संन्यासी च योगी च न निरग्निर्न चाSक्रिय:।।१।।

अध्याय ६ , श्लोक ०२ 
(हे पाण्डव, जसलाई सन्यास भन्ने गरिन्छ तिमी त्यसलाई नै योग बुझ किनभने जसले काम सङ्कल्प परित्याग गर्न सक्तैन त्यो योगी हुन सक्तैन।)
यं सन्नासमिति प्राहुरर्योगं तं विद्यि पाण्डव। न ह्यसन्नयस्तसषङक्ल्पो योगी भवति कश्र्चन।।२।।

अध्याय ६ , श्लोक ०३ 

(सत्य ध्यानयोगमा रहन इच्छुक मुनीको लागि कर्म नै साधन रहेको मान्ने गरिन्छ अनि योगमा रहेको बेला कर्महरूको त्याग गर्नु त्यो मुनीका लागि साधन रहेको मान्ने गरिन्छ।)
आरुरुक्षोर्मुनेर्योगं कर्म कारणमुच्यते। योगारुढस्य तस्यैव शम: कारणमुच्यते।।३।।

अध्याय ६ , श्लोक ०४ 
(त्यो व्यक्ति योगी हो जसले कर्मफल, व्यक्तिगत स्वार्थ र इन्द्रियहरूबाट प्राप्त हुने सुखको लोभ परित्याग गरेको छ।)
यदा हि नेन्द्रियार्थेषु न कर्मस्वनुषज्जते। सर्वसंकल्पसंन्यासी योगारुढस्तदोच्यते।।४।।

अध्याय ६ , श्लोक ०५ 
(मन नै व्यक्तिको मित्र र शत्रु पनि हो। त्यसकारण व्यक्तिले अनासक्त मनको सहयोगले यो संसारबाट आफ्नो आत्माको उद्धार गर्नुपर्दछ। आफ्नो आत्माको पतन हुन दिनु हुँदैन।)
उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत्। आत्मैव ह्यात्मनो बन्धुरात्मैव रिपुरात्मन:।।५।।

अध्याय ६ , श्लोक ०६ 
(त्यो व्यक्ति जसले मनमाथि विजय प्राप्त गरेको छ उसको लागि उसको आफ्नै मन ठूलो मित्र हो तर जसले आफ्नो मनमाथि विजय प्राप्त गरेको छैन् उसको आफ्नै मन उसको महाशत्रुको रुपमा हरदम उसको साथ रहन्छ।)
बन्धुरात्मात्मनस्तस्य येनात्मैवात्मना जित:। अनात्मनस्तु शत्रुत्वे वर्तेतात्मैव शत्रवत्।।६।।

अध्याय ६ , श्लोक ०७ 
(त्यो व्यक्ति जसले आफ्नो मनमाथि विजय प्राप्त गरेको छ, जसको लागि ताप र शीतलता, सुख र दु:ख, मान र अपमान बराबर छ उसको हृदयम परमात्मा स्थिर रहन्छन। अर्थात ऊ हरपल शान्त रहन्छ।)
जितात्मन: प्रशान्तस्य परमात्मा समाहित:। शीतोष्णसुखद:खेषु तथा मानापमानयो:।।७।।

अध्याय ६ , श्लोक ०८ 
(जसको चित्त ज्ञान र विज्ञानले परिपूर्ण छ, जो विकार रहित छ, जसले इन्द्रियहरूलाई आफ्नो नियन्त्रणमा राखेको छ र माटो, ढुङ्गा एवं सुनलाई समान देख्छ, योगमा स्थित रहेको यस्तो व्यक्ति योगी हो।)
ज्ञानविज्ञानतृप्तात्मा कूटस्थो विजितेन्द्रिय:। युक्त इत्युच्यते योगी समलोष्ट्राश्मकाञ्चन:।।८।।

अध्याय ६ , श्लोक ०९ 
(सहृदयी, मित्र, शत्रु, उदासीन, मध्यस्थ, द्वेषी, बन्धु, साधु तथा पापी, यी सबैहरूप्रति समान भाव राख्ने व्यक्ति सर्वश्रेष्ठ हो।)
सुह्यन्मित्रार्यदासीनमध्यस्थद्वेष्यबन्धुषु। साधुष्वपि च पापेषु समबुद्धिर्विशिष्यते।।९।।

अध्याय ६ , श्लोक १० 
(योगी पुरुषले निर्जन स्थानमा एक्लै बसेर, चित्त र शरीरलाई संयमित गरेर, आशा परित्याग गरी, विषयहरूबाट मनलाई अलग गर्दै मनलाई सँधै समाधिमा राखुन।)
योगी युञ्जीत सततमात्मानं रहसि स्थित: एकाकी यतचित्तात्मा निराशीरपरिग्रह:।।१०।।

अध्याय ६ , श्लोक ११-१२ 
(पवित्र स्थानमा, न त अति अग्लो न त अति होचो कुशासनमा माथि मृगासन अनि त्यसमाथि वस्त्रासन राख्दै त्यस स्थिर आसनलाई भूमिमा स्थापित गरेर, त्यस आसनमाथि बसी मनलाई एकाग्रह एवं चित्त, इन्द्रिय र तिनका कार्यहरुलाई नियन्त्रित गर्दै अन्तस्करण सुद्ध पार्नका लागि योगाभ्यास गरुन।)
शुचौ देशे प्रतिष्ठाप्य स्थिरमासनमात्मन:। नात्युछ्रितं नातिनीचं चैलाजिनकुशोत्तरम्।।११।। तत्रैकाग्रं मन: कुत्वा यतचित्तेन्द्रियक्रिय:। उपविश्याSSसने युञ्ज्याद् योगमात्मविशुद्धये।।१२।।

अध्याय ६ , श्लोक १३-१४ 
 (शरीर, शिर, गर्दन सोझो र स्थिर पारेर अन्य दिशातर्फ नहेरी केवल आफ्नो नाकको टुप्पोमा दृष्टिलाई केन्द्रित गर्दे ब्रह्मचर्यमा रही, शान्त र भयरहित भएर सावधानीद्वारा मनलाई नियन्त्रण गरेर ममा नै तत्पर एवं लीन भएर योग गरुन।)
समं कायशिरोग्रीवं धारयन्नचलं स्थिर:। सम्प्रेक्ष्य नासिकाग्रं स्वं दिशश्र्चाSनवलोकयन्।।१३।। प्रशान्तात्मा विगतभीर्ब्रह्मचारिव्रते स्थित:। मन: संयम्य मच्चित्तो युक्त आसीत मत्पर:।।१४।।

अध्याय ६ , श्लोक १५ 
(यसप्रकार संयमित चित्त योगीहरूले बताइएका विधिहरू अनुशरण गरेर आत्मालाई निरन्तर ममाथि स्थिर राख्दै परम निर्वाणरुप शान्ति प्राप्त गर्दछन्, ममा मिल्दछन्।)
युञ्जन्नेवं सदात्मानं योगी नियतमानस:। शान्तिं निर्वाणपरमां मत्संस्थामधिगच्छति।।१५।।

अध्याय ६ , श्लोक १६ 
(हे अर्जुन, न त धेरै भोजन गर्नेले न त थोरै भोजन गर्नेले, यसै गरी न त धेरै सुत्नेले न त थोरै सुत्नेले योगमा सिद्धि प्राप्त गर्न सक्छ।)
नात्यश्नतस्तु योगोSस्ति न चैकान्तमनश्नत:। न चातिस्वप्नशीलस्य जाग्रतो नैव चार्जुन।।१६।।

अध्याय ६ , श्लोक १७ 
(उपयुक्त आहार बिहार गर्ने, कर्ममा उपयुक्त किसिमले ध्यान दिने, उपयुक्त किसिमले सुत्ने एवं जागा रहनेहरूको योगले उसको संसारिक दु:खहरूको नाश गर्दछ।)
युक्ताहारविहारस्य युक्तचेष्टस्य कर्मसु। युक्तस्वप्नावबोधस्य योगो भवति द:खहा।।१७।।

अध्याय ६ , श्लोक १८ 
(जब व्यक्तिको मन सम्पूर्ण रुपमा नियन्त्रित भएर अचल भावमा आत्ममा अवस्थित हुन्छ तब सम्पूर्ण कामनाहरूबाट मुक्त त्यस्तो व्यक्ति योगयुक्त कहलिन्छ।)
यदा विनियतं चित्तमात्मन्येवावतिष्ठते। निस्पृह: सर्वकामेभ्यो युक्त इत्युच्यते तदा।।१८।।

अध्याय ६ , श्लोक १९ 
(बतास नभएको स्थानमा बलेको दियो कम्पित हुँदैन भन्ने उपमा योगमा लीन योगीको मन सांसारीक कार्यहरूबाट प्रभावित हुँदैन र नियन्त्रित हुन्छ भन्नेमा दिने गरिन्छ।)
यथा दीपो निवातस्थो नेंगते सोपमा स्मृता। योगिनो यतचित्तस्य युञ्जतो योगमात्मन:।।१९।।

अध्याय ६ , श्लोक २०-२३ 
(त्यस अवस्थालाई सुख र दु:खको सम्पर्कमा नरहेको योगको नामले जान जुन अवस्थामा चित्त योग अभ्यासबाट संयमित भएर विषयहरूबाट विरक्त भएको हुन्छ, विशुद्ध चित्तले आत्माको दर्शन गर्दा गर्दै त्यो आत्मामा नै सन्तुष्ट भएको हुन्छ, केवल बुद्धिद्वारा ग्रहण गरिएको इन्द्रिय सुखबाट सुखिहुने स्थिति हुन्छ, आत्मस्वरुपबाट भ्रष्ट हुने स्थिति हुँदैन, जुन लाभलाई प्राप्त गरेर त्यस लाभलाई अन्य लाभहरू भन्दा अधिक मान्ने स्थिति हुँदैन र भयानक दु:खबाट पनि व्याकुल हुने स्थिति हुँदैन। योगीहरूले त्यस योगको अभ्यास धैर्ययुक्त चित्तले गरुन।)
यत्रोपरमते चित्तं निरुद्धं योगसेवया। यत्र चैवात्मनात्मानं पश्यन्नत्मनि तुष्यति।।२०।। सुखमात्यन्तिकं यत्तद्बुद्धिग्राह्यमतीन्द्रियम्। वेत्ति यत्र न चैवाSयं स्थितश्चलति तत्त्वत:।।२१। यं लब्ध्वा चाSSपरं लाभं मन्यते नाSSधिकं तत:। यस्मिन् स्थितो न दु:खेन गुरुणापि विचालयते।।२२।। तं विद्याद दु:खसंयोगवियोगं योगसञ्ज्ञितम्। स निश्र्चयेन योक्तव्यो योगोSनिर्विण्णचेतसा।।२३।।

अध्याय ६ , श्लोक २४ 
(सङ्कल्पबाट उत्पन्न हुने सबै प्रकारका कामनाहरूलाई पूर्णरुपमा परित्याग गर्दै मनले इन्द्रियहरूलाई चारैतिरबाट संयमित गरेर मनलाई नियन्त्रित गर्नेछन्।)
संकल्पप्रभवान् कामांस्त्यक्त्वा सर्वानशेषत:। मनसैवेन्द्रियग्रामं विनियम्य समन्तत:।।२४।।

अध्याय ६ , श्लोक २५ 
(धैर्ययुक्त बुद्धिले मनलाई आत्मामा स्थिर गरेर बिस्तारै विरक्तिमा पुग्ने छन् र अन्य केही कुराको पनि चिन्तन गर्ने छैनन्।)
शनै: शनैरुपरमेद् बुदध्या धृतिगृहीतया। आत्मसंस्थं मन: कृत्वा न किञ्चिदपि चिन्तयेत्।।२५।।

अध्याय ६ , श्लोक २६ 
(यो अस्थिर र चञ्चल मन जुन जुन विषयमा आकर्षित हुन्छ मनलाई ती विषयहरूको प्रभावबाट मुक्त राखरे मनलाई आत्मामा नै स्थिर राखुन्।)
यतो यतो निश्र्चलति मनश्र्चञ्चलमस्थिरम्। ततस्ततो नियम्यैतदात्मन्येव वशं नयेत्।।२६।।

अध्याय ६ , श्लोक २७ 
(अति शान्त मन भएको, रजोगुणले मुक्त, पापनगरेको, यस ब्रह्ममा लीन हुने योगीलाई सर्वश्रेष्ठ सुख प्राप्त हुन्छ।)
प्रशान्तमनसं ह्येनं योगिनं सुखमुत्तमम्। उपैति शान्तरजसं ब्रह्मभूतमकल्मषम्।।२७।।

अध्याय ६ , श्लोक २८ 

(यस किसिमले निष्पाप योगीले सुखपूर्वक आत्मालाई परमात्मामा लगाउँदै स्वत: परमात्मा प्राप्तिको अति सुख पाउँछ।)
युञ्जन्नेवं सदात्मानं योगी विगतकल्मष:। सुखेन ब्रह्मसंस्पर्शमत्यन्तं सुखमश्नुते।।२८।।

अध्याय ६ , श्लोक २९ 
(चारैतिर समान देख्ने समदर्शी योगीले आत्मालाई सम्पूर्ण प्राणीहरूमा र सम्पूर्ण प्राणीहरूलाई आत्मामा देख्दछ। वास्तविक योगीले मलाई सम्पूर्ण प्राणीहरूमा र सम्पूर्ण प्राणीहरूलाई ममा देख्दछ।)
सर्वभूतस्थमात्मानं सर्वभूतानि चात्मनि। ईक्षते योगयुक्तात्मा सर्वत्र समदर्शन:।।२९।।

अध्याय ६ , श्लोक ३० 
(जसले मलाई सम्पूर्ण प्राणीहरूमा र सम्पूर्ण प्रणीहरूलाई ममा देख्दछ त्यस्तो देख्न सक्नेका लागि म अदृश्य छैन्, न त ऊ नै मेरो लागि अदृश्य छ।)
यो मां पश्यति सर्वत्र सर्वं च मयि पश्यति। तसयाSहं प्रणश्यामि स च मे न प्रणश्यति।।३०।।

अध्याय ६ , श्लोक ३१ 
(त्यो योगीले जीवनदेखि सदाका लागि मुक्ति पाउँछ र ममा नै अवस्थित हुन्छ जसले सम्पूर्ण प्राणीहरू मभित्र रहेको मलाई अभेद बुद्धिद्वारा भज्छ।)
सर्वभूतस्थितं यो मां भजत्येकत्वमास्थित:। सर्वथा वर्तमानोSपि स योगी मयि वर्तते।।३१।।

अध्याय ६ , श्लोक ३२ 
(हे अर्जुन, त्यो योगी सर्वश्रेष्ठ हो जसले सम्पूर्ण प्राणीहरूको सुख दु:खलाई आफ्नै सुख दु:ख झै अनुभूत गर्दछ।)
आत्मौपम्येन सर्वत्र समं पश्यति योSर्जुन। सुखं वा यदि वा दु:खं स योगी परमो मत:।।३२।।

अध्याय ६ , श्लोक ३४ 
अर्जुनले बिन्ती गरे (हे मधुसूदन, हजुरद्वारा बयान गरिएको सर्वत्र समदर्शी योग रुपलाई मेरो मनको चञ्चलताले गर्दा म त्यसको स्थिरता देख्न सकिरहेको छैन्। मेरो मनको चञ्चलताले गर्दा त्यो योग मेरो लागि स्थिर र हितकारी अनुभूत हुन सकिरहेको छैन्।)
अर्जुन उवाच- योSयं योगस्त्वया प्रोक्त: साम्येन मधुसूदन। एतस्याSहं न पश्यामि चञ्चलत्वात् स्थितिं स्थिराम्।।३३।।

अध्याय ६ , श्लोक ३४ 
(हे कृष्ण, मन स्वभावत: चञ्चल, हठी, सक्तिशाली र दृढ छ। मेरो विचारमा मनलाई नियन्त्रणमा राख्न सक्नु वतासलाई नियन्त्रमा राख्न सक्नु भन्दा पनि कठिन छ।)
चञ्चलं हि मन: कृष्ण प्रमाथि बलवहृढम्। तस्याहं निग्रहं मन्ये वायोरिव सुदुष्करम्।३४।।

अध्याय ६ , श्लोक ३५ 
भगवान् श्रीकृष्णबाट आज्ञा भयो (हे महाबाहो, निश्चय नै मन स्वभावले नै चञ्चल हुन्छ। यसलाई नियन्त्रणमा राख्न सक्नु पनि कठिन छ। तर हे कौन्तेय, अभ्यास एवं वैराग्यद्वारा यसलाई नियन्त्रणमा राख्न भने सकिन्छ।)
श्रीभगवानुवाच- असंशयं महाबाहो मनो दुर्निग्रहं चलम्। अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते।।३५।।

अध्याय ६ , श्लोक ३६ 
(जसको मन हरपल चञ्चल छ र नियन्त्रणमा छैन् उसको लागि यो योग अति नै कठिन कार्य हो तर जसको मन उसको नियन्त्रणमा छ र प्रयत्न गर्छ भने उसले यसरी प्रयत्न गरेर योग प्राप्तिमा सफलता पाउँछ।)
असंयतातमना योगो दुष्प्राप इति मति:। वश्यात्मना तु यतता शक्योSवाप्तुमुपायत:।।३६।।

अध्याय ६ , श्लोक ३७ 
अर्जुनेल बिन्ती गरे (हे कृष्ण, श्रद्धापूर्वक योगमा लागेको तर चित्त भने असंयमित रहेको पुरुष योगबाट विचलित भइ योग सिद्धि प्राप्त गर्न असफल भएमा उसले कस्तो गति प्राप्त गर्दछ?)
अर्जुन उवाच- अयति: श्रद्धयोपेतो योगाच्चलितमानस:। अप्राप्य योगसंसिद्धिं कां गतिं कृष्ण गच्छति।।३७।।

अध्याय ६ , श्लोक ३८ 
(हे महाबाहो, ब्रह्म प्राप्तिको मार्गमा भ्रमित एवं आश्रयहीन र कर्म मार्ग तथा योग मार्ग दुबैबाट वञ्चित पुरुष आकाशमा छिन्न भिन्न भएको बादल अस्तित्वहीन भए झै के अस्तित्वहीन हुँदैन?)
कच्चिन्नोभयविभ्रष्टश्छिन्नाSभ्रमिव नश्यति। अप्रतिष्ठो महाबाहो विमूढो ब्रह्मण: पथि।।३८।।

अध्याय ६ , श्लोक ३९ 
(हे कृष्ण, हजुरले नै मेरो यो शङ्कालाई पूर्ण रुपमा छेदन गर्न सक्नुहुन्छ। मेरो शङ्का निवारण गर्न सक्नु हुन्छ। मेरो शङ्का निवारण गर्ने सामर्थ्य हजुर बाहेक अरु कसैमा भएको म देख्दिन।)
एतन्मे संशयं कृष्णा छेत्तुमर्हस्यशेषत:। त्वदन्य: संशयस्याSस्य छेत्ता न ह्युपपद्धते।।३९।।

अध्याय ६ , श्लोक ४० 
भगवान् श्रीकृष्णले आज्ञा गर्नु भयो (हे पार्थ, शुभ वा असल कर्म गर्ने व्यक्ति न त यस लोकमा न त परलोकमा नै नष्ट हुन्छ किनभने हे तात, शुभ कर्म गर्ने व्यक्तिले कहिले पनि दुर्गति पाउँदैन।)
श्रीभगवानुवाच- पार्थ नैवेह नाSमुत्र विनाशस्तस्य विद्धते। न हि कल्याणकृत कश्चिद्दुर्गतिं तात गच्छति।।४०।।

अध्याय ६ , श्लोक ४१ 
(योगभ्रष्ट पुरुष पुण्य आत्माहरूको लोकमा पुग्छ, त्यस लोकमा पुगी, धेरै वर्षसम्म त्यहाँ बास गरेर धनी एवं शुद्ध आचरणमा रहने धनी परिवारहरूको घरमा जन्म लिन्छ।)
प्राप्य पुण्यकृतां लोकानुषित्वा शाश्र्वती: समा:। शुचीनां श्रीमतां गेहे योगभ्रष्टोSभिजायते।।४१।।

अध्याय ६ , श्लोक ४२ 
(अथवा योगभ्रष्ट योगीले ज्ञानवान् योगीहरूको कुलमा जन्म लिन्छ। निश्चित रुपमा यस किसिमको जन्म यो लोकमा अति दुर्लभ छ।)
अथवा योगिनामेव कुले भवति धीमताम्। एतद्धि दुर्लभतरं लोके जन्म यदीदृशम्।।४२।।

अध्याय ६ , श्लोक ४३ 
(हे कुरुनन्दन, ज्ञानवान् योगीहरूको कुलमा जन्म लिसकेपछि योगभ्रष्ट योगीले पहिलेको जीवनमा आवश्यक पर्ने ज्ञान प्राप्त गर्दछ अनि पुन: योग प्राप्तिको लागि प्रयत्न गर्दछ।)
तत्र तं बुद्धिसंयोगं लभते पौर्वदेहिकम्। यतते च ततो भूय: संसिद्धौ कुरुनन्दन।।४३।।

अध्याय ६ , श्लोक ४४ 
(निश्चय पनि पूर्व जीवनको अभ्यासले गर्दा कुनै समस्या आइपरे तापनि ऊ मोक्ष पथ तर्फ आकृष्ट हुन्छ र योग बारेमा सामान्य जानकारी राखेर नै पनि उसले लोक कर्म मार्गको उलङ्घन गर्दछ।)
पूर्वाभ्यासेन तेनैव ह्रियते ह्यवशोSपि स:। जिज्ञासुरपि योगस्य शब्दब्रह्मातिवर्तते।।४४।।

अध्याय ६ , श्लोक ४५ 

(तर यत्नपूर्वक अभ्यास गर्ने योगीले अनेक जन्ममा पनि सिद्धि पाउँछ र सम्पूर्ण पापहरूबाट शुद्ध भएर सो प्रभावले मोक्ष पाउँछ।)
प्रयत्नाद् यतमानस्तु योगी शंसुद्धकिल्बिष:। अनेकजन्मसंसिद्धस्ततो यति परां गतिम्।।४५।।

अध्याय ६ , श्लोक ४६ 
(हे अर्जुन, तिमी योगी बन किनभने योगीलाई तपस्वी, ज्ञानी र फलको लागि कर्म गर्ने व्यक्ति भन्दा सर्वश्रेष्ठ मानिएको छ।)
तपस्विभ्योSधिको योगी ज्ञानिभ्योSपि मतोSधिक:। कर्मभ्यश्र्चSधिको योगि तस्माद्योगी भवार्जुSजुन।।४६।।

अध्याय ६ , श्लोक ४७ 
(मेरो मतानुसार सम्पूर्ण योगीहरूमा पनि त्यो योगी सर्वश्रेष्ठ हो जो मप्रति श्रद्धा, विश्वास, आसक्ति राख्दै, आफूभित्र म रहेको सोंच्दछ र सँधै मलाई भज्छ।)
योगिनामपि सर्वेषां मद्गतेनाSन्तरात्मना। श्रद्धवान् भजते यो मां स मे युक्तमो मत:।।४७।।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.