विश्वगीताको तेश्रो अध्याय | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / अध्यात्म

विश्वगीताको तेश्रो अध्याय




   Bishwa Raj Adhikari - Dec 27 2016
विश्वगीताको तेश्रो अध्याय अध्यात्म

लेखक विश्वराज अधिकारीको श्रीमद भागवत् गीता को आधुनिक व्याख्या "विश्वगीता"को तेश्रो अध्याय आज यहाँहरुमाझ प्रस्तुत गर्दैछौ । श्रीमद भागवत् गीताको १८ अध्याय को लगभग ७०० श्लोकहरुमा मानव जीवनको सबै समस्याको समाधान भेटिन्छ । विश्वगीताको तेश्रो अध्यायका ४३  श्लोकहरु यसप्रकार छन् । 

अध्याय ३ , श्लोक ०१ 

अर्जुनले बिन्ती गरे (हे केशव, हजुरको विचारमा यदि आध्यात्म ज्ञान लालसायुक्त व्यवहार भन्दा उत्तम हो भने मलाई किन यो घोर डरलाग्दो युद्ध गर्न भन्दै हुनुहुन्छ, हे जनार्दन।)
अर्जनु उवाज ज्यायसी चेत् कर्मणस्ते मता बुद्धिर्जनार्दन। तत् किं कर्मणि घोरे मां नियोजयसि केशव।।१।।

अध्याय ३ , श्लोक ०२ 
(हजुरका अनेक अर्थ लाग्ने विभिन्न विचारहरूले मेरो बुद्धि मोहित झै भइरहेको छ। त्यसकारण मलाई हजुरको कुनै एक विचार प्रष्ट गरी भन्नुहोस, जुन बिचारले मेरो कल्याण होस।)
व्यामिश्रेणेव वाक्येन बुद्धिं मोहयसीव मे। तदेकं वद निश्र्चित्य येन श्रेयोSहमाप्नुयाम्।।२।।

अध्याय ३ , श्लोक ०३ 
भगवान् श्रीकृष्णबाट आज्ञा भयो, (कहिले पापकर्म नगरेका, हे निष्पाप अर्जुन, यस संसारमा दुई प्रकारका निष्ठाहरू छन् भन्ने तथ्य मैले पहिले नै प्रष्ट हुने गरी वर्णनन् गरिसकेको छु। सांख्यबादी ज्ञानीहरूको निष्ठा ज्ञानयोगद्वारा हुन्छ भने योगीहरूको निष्ठा कर्मयोग द्वारा हुन्छ। अर्थात एक प्रकारका पुरुषहरूको निष्ठा दर्शनमा हुन्छ भने अर्को प्रकारका पुरुषहरूको निष्ठा आध्यात्ममा हुन्छ।)
श्रीभगवाननुवाच लोकेSस्मिन् द्विविधा निष्ठा पुरा प्रोक्ता मयानघ। ज्ञानयोगेन सांख्यानां कर्मयोगेन योगिनाम्।।३।।

अध्याय 3, श्लोक 04
(एक पुरुषले शास्त्रीय कर्मका कार्यहरू नगरेर नैष्कर्म रुप ज्ञान प्राप्त गर्न सक्तैन र केवल कर्मको त्याग गरेर मात्र अशुद्ध चित्त भएको पुरुषले सिद्धि प्राप्त गर्न सक्तैन।)
न कर्मणामनारम्भान् नैष्कर्म्यं पुरुषोSश्नुते। न च संन्यसनादेव सिद्धि समधिगच्छति।।४।।

अध्याय ३ , श्लोक ०५ 
(कुनै पनि व्यक्ति कार्य नगरेर कुनै पनि समयमा बस्न सक्तैन, यहाँसम्म कि एक क्षण पनि कुनै कार्य नगरेर बस्न सक्तैन। भौतिक प्रकृतिले दिएका गुणका कारणहरूले गर्दा कुनै पनि व्यक्ति प्रत्येक क्षण कुनै न कुनै कार्य गर्न बाध्य छ।)
न हि कश्र्चित् क्षणमपि जातु निष्ठत्यकर्मकृत्। कार्यते ह्यवश: कर्म सर्व: प्रकृतिजैर्गुणै:।।५।।

अध्याय ३ , श्लोक ०६ 
(जुन मुढ व्यक्तिले आफ्ना पाँच कर्मेन्द्रियहरूलाई नियन्त्रित गर्दछ तर मन भित्र भने इन्द्रियहरूका विषयहरूलाई सोंच्छ त्यस्तो गर्ने व्यक्ति ढोंगी हो। मिथ्याचारी हो।)
कर्मेन्द्रियाणि संयम्य य आस्ते मनसा स्मरन्। इन्द्रियार्थान् विमूढात्मा मिथ्याचार: स उच्यते।।६।।

अध्याय ३ , श्लोक ०७ 
(तर, हे अर्जुन, जुन व्यक्तिले इन्द्रियहरूलाई आफ्नो मनले नियन्त्रित गरेर, फलको अभिलाषा नगर्दे, कर्मेन्द्रियद्वारा शास्त्रले देखाएका कर्महरू गर्दछ त्यो व्यक्ति श्रेष्ठ व्यक्ति हो।)
यस्त्विन्द्रियाणि मनसा नियम्यारभतेSर्जुन। कर्मेन्द्रियै: कर्मयोगमसक्त: स विशिष्यते।।७।।

अध्याय ३ , श्लोक ०८ 
(तिमी सँध्या उपासना पनि सँधै गर किनभने कुनै कर्म नगर्नु भन्दा कर्म गर्नु उत्तम हो। बाँच्नका लागि पनि विभिन्न कर्महरू अनिवार्य रुपमा गर्नु पर्दछ। त्यसकारण कर्म गर्नुको कुनै विकल्प नै छैन्।)
नियतं कुरु त्वं कर्म ज्यायो ह्यकर्मण:। शरीरयात्रापि च ते न प्रसिद्ध्येदकर्मण:।।८।।

अध्याय ३ , श्लोक ०९ 
(हे कौन्तेय, श्री विष्णुको लागि अर्पित निष्काम कर्मको अतिरिक्त अन्य कर्मद्वारा मनुष्यलाई कर्मबन्धन प्राप्त हुन्छ। त्यसकारण तिमी फलको अपेक्षा त्यागेर भगवान् श्री विष्णुमा लीन हुने उद्देश्य राख्दै निष्काम कर्महरू गर।)
यज्ञार्थात् कर्मणोSन्यत्र लोकोSयं कर्मबन्धन:। तदर्थं कर्म कौन्तेय मुक्तसंग: समाचर।।९।।

अध्याय ३ , श्लोक १० 
(आदि कालमा यज्ञका अधिकारी ब्राह्मणहरूको रचना गरेर प्रजापति ब्रह्माले भन्नु भयो तीमीहरू यो यज्ञ गरेर प्राणीहरूको सङ्ख्या बृद्धि गर्ने कार्य गर र यो यज्ञले तिमीहरूले चिताएका कामनाहरू पूर्ण गरोस।)
सहयज्ञा: प्रजा: सृष्ट्वा पुरोवाच प्रजापति:। अनेन प्रसविष्यध्वमेष वोSस्त्विष्टकामधुक्।।१०।।

अध्याय ३ , श्लोक ११ 
(तिमीहरू यी यज्ञहरू गरेर देवताहरूलाई खुसी पार्ने कार्य गर। देवताहरू खुसी भएमा उनीहरूले तिमीहरूलाई पनि फल दिएर खुसी पार्नेछन्। यसरी देवता र मनुष्यहरू बीच सह कार्य भएमा सबै प्राणीहरूको कल्याण हुनेछ।)
देवान् भावयतानेन ते देवा भावयन्तु व:। परस्परं भावयन्त: श्रेय: परमवाप्स्यथ।।११।।

अध्याय ३ , श्लोक १२ 
(जीवन निर्वाह गर्न आवश्यक पर्ने विभिन्न सामाग्रीहरूका मालिक देवताहरू प्रशन्न भएमा देवताहरू बाट तीमीहरूले ती आवश्यक सामाग्रीहरू प्राप्त गर्नेछौ। त्यसकारण देवताहरूबाट प्राप्त भएका द्रव्य (सामाग्री) हरू देवताहरूमा अर्पित नगरेर तिनको भोग गर्ने व्यक्ति भने निश्चय पनि चोर हो।)
इष्टान् भोगान् हि वो देवा दास्यन्ते यज्ञभाविता:। तैर्दत्तानप्रदायैभ्यो यो भंक्ते स्तेन एव स:।।१२।।

अध्याय ३ , श्लोक १३ 
(ईश्वरका भक्तहरू सबै किसिमका पापहरूबाट मुक्त हुन्छन किनभने उनीहरूले ईश्वरलाई अर्पण गरिएको खाने कुराहरू खान्छन् तर पापीहरूले पाप खान्छन् किनभने उनीहरूले खाना आफ्नो आनन्दको लागि पकाएका हुन्छन्।)
यज्ञशिष्टाशिन: सन्तो मुच्यन्ते सर्वकिल्बिषै:। सनि भुञ्जते ते त्वघं पापा ये पचन्त्यात्मकारणात्।।१३।।

अध्याय ३ , श्लोक १४ 
(सबै प्राणीहरूको उत्पत्ति खाद्य अन्नबाट हुन्छ। अन्नको उत्पत्ति वर्षाबाट हुन्छ। वर्षाको उत्पत्ति यज्ञबाट हुन्छ। अनि यज्ञ कर्मद्वारा गरिन्छ।)
अन्नाद् भवन्ति भूतानि पर्जन्यादन्नसम्भव:। यज्ञाद् भवति पर्जन्यो यज्ञ: कर्मसमुद्भव:।।१४।।

अध्याय ३ , श्लोक १५ 
(कर्म वेदबाट उत्पन्न भएको जान, वेद अच्युतबाट उत्पन्न भएको जान। त्यसकारण सर्वव्यापी ब्रह्म सँधै यज्ञमा प्रतिष्ठित छ।
कर्म ब्रह्मोद्भवं विद्धि ब्रह्माक्षरसमुद्भवम्। तस्मात् सर्वगतं ब्रह्म नित्यं यज्ञे प्रतिष्ठितम्।।१५।।

अध्याय ३ , श्लोक १६ 
(हे पार्थ, यो संसारको यदि कुनै व्यक्तिले वैदिक शास्त्रहरूले निर्दैशित र स्थापित गरेका विधिहरूको प्रयोग गर्देन भने इन्द्रियहरूद्वारा नियन्त्रित भएर त्यो व्ययक्तिले पापी जीवन भोग्नु पर्दछ।)
एवं प्रवर्तितं चक्रं नानुवर्तयतीह य:। अघायुरिन्द्रियारामो मोघं पार्थ स जीवति।।१६।।

अध्याय ३ , श्लोक १७ 

(यदि कुनै व्यक्ति आत्मामा रमाएको छ, आत्मामा नै तृप्त रहन्छ र आत्मामा नै सन्तुष्ट पनि रहन्छ भने त्यो व्यक्तिको लागि कुनै कर्तव्य कर्म छैन्।)
यस्त्वात्मरतिरेव स्यादात्मतृप्ततश्र्च मानव:। आत्मन्येव च सन्तुष्टस्तस्य कार्य न विद्यते।।१७।।

अध्याय ३ , श्लोक १८ 
(आत्मरमण व्यक्तिले यस जगत्मा कर्मको लागि गरेको कार्यबाट पुन्य प्राप्त गर्दैन। कर्मको लागि कार्य नगरेकोमा पापको भागेदार पनि हुँदैन। त्यस्तो व्यक्तिले कुनै प्राणी माथि आश्रित पनि हुनु पर्दन्। )
नैव तस्य कृतेनार्थो नाकृतेनेह कश्र्चन। न चास्य सर्वभूतेषु कश्र्चिदर्थव्यपाश्रय:।।१८।।

अध्याय ३ , श्लोक १९ 
(त्यसकारण तिमी कुनै पनि लोभ नराखेर निरन्तर गर्नु पर्ने कर्तव्य अनुसारको कार्यहरू गर किनभने कुनै पनि लोभ नराखेर गर्नु पर्ने कर्तव्य अनुसारको कार्य गर्ने व्यक्तिले मोक्ष प्राप्त गर्दछ।)
तस्मादसक्त: सततं कार्य कर्म समाचर। असक्तो ह्याचरन् कर्म परमाप्नोति पुरुष:।।१९।।

अध्याय ३ , श्लोक २० 
(रार्जषिहरू जस्तै जनकले पनि कर्मद्वारा नै परम सिद्धि प्राप्त गरेका थिए। त्यसकारण लोक शिक्षाको दृष्टिकोणले पनि तिमीले कर्म गर्नु उचित देखिन्छ।)
कर्मणैव हि संसिद्धिमास्थिता जनकादय:। लोकसंग्रहमेवापि सम्पश्यन् कर्तुमर्हसि।।२०।।

अध्याय ३ , श्लोक २१ 
(श्रेष्ठ पुरुषहरूले जस्तो व्यवहार तथा कार्यहरू गर्दछन् अन्य सामान्य व्यक्तिहरूले पनि त्यस्तै व्यवहार तथा कार्यहरू गर्दछन्। श्रेष्ठ पुरुषहरूले व्यवहारद्वारा जे कुरा प्रमाणित गर्दछन् समान्य व्यक्तिहरूले त्यो कुराको अनुशरण गर्दछन्।)
यद् यदाचरति श्रेष्ठस्तत्तदेवेतरो जना:। स यत्प्रमाणं कुरुते लोकस्तदनुवर्तते।।२१।।

अध्याय ३ , श्लोक २२ 
(हे पर्थका पुत्र, पार्थ, मेरो लागि गर्नु पर्ने आवश्यक कार्य केही पनि छैन् किनभने यी तीन- आकाश, पाताल र मृत्यु लोकमा मैले पाउन न सकेको र पाउनु नै पर्ने योग्य कुनै पनि वस्तु छैन्। तैपनि म निरन्तर कर्म गर्दछु।)
न मे पार्थास्ति कर्तव्यं त्रिषु लोकेषु किञ्चन। नानावाप्तमवाप्तव्यं वर्त एव च कर्मणि।।२२।।

अध्याय ३ , श्लोक २३ 
(हे पार्थ, यदि मैले कहिले असावधानीपूर्वक असल आचरण नगरेमा बाँकि सबै मनुष्यहरूले निश्चय पनि मेरो त्यो आचरणको अनुशरण गर्नेछन्।)
यदि ह्यहं न वर्तेयं जातु कर्मण्यतन्द्रित:। मम वर्त्मानुवर्तन्ते मनुष्या: पार्थ सर्वश:।।२३।।

अध्याय ३ , श्लोक २४ 
(मैलै यदि कर्म नगर्ने हो भने सबै व्यक्तिहरू भ्रष्ट हुनेछन् र म वर्णसंकर अर्थात भ्रष्ट व्यवस्थाको आरम्भकर्ता हुन पुग्ने छु। यस प्रकार यी सम्पूर्ण प्रजाको नाशको कारण म नै बन्न पुग्ने छु।)
उत्सीदेयुरिमे लोका न कुर्यां कर्म चेदहम्। संकरस्य च कर्ता स्यामुपहन्यामिमा: प्रजा:।।२४।।

अध्याय ३ , श्लोक २५ 
(हे, भरतका पुत्र, भारत, कर्ममा आसक्त अज्ञानी व्यक्तिहरूले जसरी कर्म गर्दछन् लोक शिक्षामा लागेका ज्ञानी व्यक्तिहरूले पनि त्यसै गरी नै कर्म गर्नु पर्दछ तर ती ज्ञानी व्यक्तिहरूले भने लोभ र मोह नराखेर कर्म गर्नु पर्दछ।)
सक्ता: कर्मण्यविद्वांसो यथा कुर्वन्ति भारत। कुर्याद् विद्वांस्तथासक्तश् चिकीर्षुर्लोकसंग्रहम्।।२५।।

अध्याय ३ , श्लोक २६ 
(कर्मको त्याग गरेर ज्ञानको अभ्यास गर्न ज्ञानयोगको उपदेशक अज्ञेय व्यक्तिहरूलाई यो उपदेश दिँदै उनीहरूको बुद्धिमा भ्रम उत्पन्न गर्दिन बरु समाहित चित्तले स्वंय सबै कर्महरूको भलिभाँति आचरण गर्दै अज्ञेय व्यक्तिहरूलाई पनि कर्ममा नियुक्त गर्नेछु। अर्थात अज्ञेय व्यक्तिहरूलाई पनि कर्म गर्न दिनेछु।)
न बुद्धिभेदं जनयेदज्ञानां कर्मसंगिनाम्। जोषयेत्सर्वकर्माणि विद्वान् युक्त: समाचरन्।।२६।।

अध्याय ३ , श्लोक २७ 
(बिना कुनै अपवाद नै, सबै कर्महरू प्रकृतिका गुण अनुसार गर्ने गरिन्छ तर अज्ञानी एवं अहङ्कारको वशीभूत भएको व्यक्तिले कर्मको कर्ता आफूलाई मान्ने गर्दछ।)
प्रकृते: क्रियमाणानि गुणै: कर्माणि सर्वश:। अहंकारविमूढात्मा कर्ताहमिति मन्यते।।२७।।

अध्याय ३ , श्लोक २८ 
(बिना कुनै अपवाद नै, सबै कर्महरू प्रकृतिका गुण अनुसार गर्ने गरिन्छ तर अज्ञानी एवं अहङ्कारको वशीभूत भएको व्यक्तिले कर्मको कर्ता आफूलाई मान्ने गर्दछ।)
तत्त्ववित्तु महाबाहो गुणकर्मविभागयो:। गुणा गुणेषु वर्तन्त इति मत्वा न सज्जते।।२८।।

अध्याय ३ , श्लोक २९ 
(प्राकृतिक गुणमा अविष्ट पुरुषहरू विषयहरूमा आसक्त हुन्छन तर जो सर्वज्ञ छन् उनीहरूले नजानेका एवं मन्द बुद्धि भएका व्यक्तिहरूलाई विचलित तुल्याउँदैनन्।)
प्रकृतेर्गुणसम्मूढा: सज्जन्ते गुणकर्मसु। तानकृत्स्नविदो मन्दान् कुत्स्नविन्न विचालयेत्।।२९।।

अध्याय ३ , श्लोक ३० 
(चित्तलाई आत्मनिष्ट पार्दै, सबै कर्महरूलाई ममाथि समर्पित गरेर निष्काम, ममताशून्य र शोकरहीत भएर युदध गर।)
मयि सर्वाणि कर्माणि संन्यस्याध्यात्मचेतसा। निराशीर्निर्ममो भूत्वा युध्यस्व विगतज्वर:।।३०।।

अध्याय ३ , श्लोक ३१ 
(ती व्यक्तिहरू जसले दृष्टिदोष त्यागेर, श्रद्धावान हुँदै नित्य मेरो निर्देशन अनुसार कर्म गर्दछन् र जसले विश्वासका साथ बिना कुनै द्वेष यी ज्ञानहरूको अनुशरण गर्दछन, तिनीहरूले मोहबन्धनबाट मोक्ष प्राप्त गर्दछन्।)
ये मे मतमिदं नत्यमनुतिष्ठन्ति मानव:। श्रद्धावन्तोSनसूयन्तो मुच्यन्ते तेSपि कर्मभि:।।३१।।

अध्याय ३ , श्लोक ३२ 
(तर तिनीहरू सबै, जसले दोषारोपण गरेर मेरो यो मतको अनुशरण गर्दैनन्, तिनीहरूलाई विवेकरहीत र सबै ज्ञानहरूबाट वञ्चित एवं सर्व पुरुषार्थबाट पतीत भएको मान्नु पर्दछ।)
ये त्वेतदभ्य्यसूयन्तो नानुतिष्ठन्ति मे मतम्। सर्वज्ञानविमूढांस्तान् विद्धि नष्टानेतस:।।३२।।

अध्याय ३ , श्लोक ३३ 
(विवेकवान व्यक्तिले पनि आफ्नो प्रकृति अनुसार कार्य गर्दछ। सबै प्राणीहरूले पनि आ-आफ्नो प्रकृति अनुसार कार्य गर्दछन्। त्यसकारण प्रकृति अनुसार गरिने कार्यहरूलाई दमन गरेर रोक्न सकिँदैन। के दमन गरेर रोक्न सकिन्छ?
सदृशं चेष्टते स्वस्या: प्रकृतर्ज्ञानवानपि। प्रकृतिं यान्ति भूतानि निग्रह: किं करिष्यति।।३३।।

अध्याय ३ , श्लोक ३४ 
(प्रत्येक इन्द्रियको आ-आफ्नो विषयप्रति राग र द्वेष निश्चित रुपमा हुन्छ नै। त्यसकारण तिमी तिनीहरूको अधीनमा नहोउ किनभने राग र द्वेष साधकहरूका कल्याणका विरुद्धमा हुन्छन्।
इन्द्रियस्येन्द्रियस्यार्थे रागद्वेषौ व्यवस्थितौ। तयोर्न वशमागच्छेत् तौ ह्यस्य परिपन्थिनौ।।३४।।
 
अध्याय ३ , श्लोक ३५ 
(अति उचित किसिमबाट धारण एवं पालन गरिएको अरुको धर्म भन्दा दोषपूर्ण नै भए पनि आफ्नो धर्म श्रेष्ठ हुन्छ। आ-आफ्नो वर्णाश्रम अनुसार, उचित धर्मको पालनमा मर्नु राम्रो हो तर अरुको धर्म भने डरलाग्दो हुन्छ। अर्थात आफ्नो स्वत्व समाप्त पार्नु हुँदैन।
श्रेयान् स्वधर्मो विगुण: परधर्मात् स्वनुष्ठितात्। स्वधर्मे निधनं श्रेय: परधर्मौ भयावह:।।३५।।

अध्याय ३ , श्लोक ३६ 
अर्जुनले बिन्ती गरे (हे, विष्णुका वंशज, वार्ष्णेय, आफ्नो इच्छाको विपरित कसैबाट नियोजित भएर वा कसैको दबाबमा परेर कुनै पुरुषले पाप कर्म कसरी गर्दछ?)
अर्जुन उवाच अथ केन प्रयुक्तोSयं पापं चरति पुरुष:। अनिच्छन्नपि वार्ष्णेय बलादिव नियोजित:।।३६।।

अध्याय ३ , श्लोक ३७ 
भगवान् श्री कृष्णबाट आज्ञा भयो (यो काम भावना, अर्थात भोग विलास गर्ने इच्छाहरू नै क्रोधमा परिणत हुन्छन् र रजोगुणबाट उत्पन्न सर्वभक्षी र अत्यधिक उग्र यो काम लाई नै प्राणीहरूको प्रमुख शत्रु मान्नु पर्दछ।)
श्रीभगवानुवाच काम एष क्रोध एष रजोगुणसमुद्रव:। महाशनो महापाप्मा विद्ध्येनमिह वैरिणम्।।३७।।

अध्याय ३ , श्लोक ३८ 
(जुन किसिमले आगो धूवाँबाट, ऐना धूलोबाट र भ्रूण गर्भबाट ढाकिएको हुन्छ त्यसैगरी नै प्राणीहरूमा रहेको यो ज्ञान पनि काम भावनाबाट ढाकिएको हुन्छ।)
धूमेनाव्रियते वह्निर्यथादर्शो मलेन च। यथोल्बेनावृतो गर्भस्तथा तेनेदमावृरतम्।।३८।।

अध्याय ३ , श्लोक ३९ 
(हे कुन्तिपुत्र, कहिले पनि तृप्त नहुने अग्नि जस्तै यो नित्य शत्रु रुपी कामले ज्ञानीहरूको ज्ञान ढाकिदिने गर्दछ।)
आवृतं ज्ञानमेतेन ज्ञानिनो नित्यवैरिणा। कामरुपेण कौन्तेय दुष्पूरेणानलेन च।।३९।।

अध्याय ३ , श्लोक ४० 
(इन्द्रिय, मन र बुद्धि कामका आश्रय स्थलहरू हुन भन्ने गरिन्छ। इन्द्रिय, मन र बुद्धिबाट काम भावहरू उत्पन्न हुन्छन्। यो कामले इन्द्रिय, मन र बुद्धिलाई ढाकेर प्राणीलाई मोहित वा भ्रमित गरिदिन्छ।)
इन्द्रियानि मनो बुद्धिरस्याधिष्ठानमुच्यते। एतैर्विमोहयत्येष ज्ञानमावृत्य देहिनाम्।।४०।।

अध्याय ३ , श्लोक ४१ 
(भरतहरूमा सर्वश्रेष्ठ हे भारत, त्यसकारण सर्वप्रथम त तिमीले आफ्ना इन्द्रियहरूलाई नियन्त्रित गर अनि ज्ञान र विज्ञानलाई नष्ट गर्ने पापरुपि यो कामलाई समाप्त पार।)
तस्मात्त्वमिन्द्रियाण्यादौ नियम्य भरतर्षभ। पाप्मानं प्रजहि ह्येनं ज्ञानविज्ञाननाशनम्।।४१।।

अध्याय ३ , श्लोक ४२ 
(इन्द्रियहरूलाई श्रेष्ठ भन्ने गरिन्छ। तर मन इन्द्रियहरू भन्दा श्रेष्ठ, बुद्धि मन भन्दा श्रेष्ठ र आत्मा बुद्धि भन्दा पनि श्रेष्ठ हुन्छ। आत्मा श्रेष्ठहरूमा पनि सर्व श्रेष्ठ छ।)
इन्द्रियाणि पराण्याहुरिन्द्रियेभ्य: परं मन:। मनसस्तु परा बुद्धिर्यो बुद्धे: परतस्तु स:।।४२।।

अध्याय ३ , श्लोक ४३ 
(हे, महाशस्त्रधारी, महाबाहो, यस प्रकार जीवआत्मा बुद्धि भन्दा सर्वश्रेष्ठ छ भन्ने कुरालाई थाहा पाएर बुद्धिद्वारा मनलाई स्थिर गर्दै शत्रुको रुपधारण गरेको कहिले तृप्त न हुने यो काममाथि विजय प्राप्त गर।)
एवं बुद्धे: परं बुद्ध्वा संस्तभ्यात्मानमात्मना। जहि शत्रुं महाबाहो कामरुपं दुरासदम्।।४३।।

विश्वगीताको पहिलो अध्यायको लागी यहाँ क्लिक गर्नुहोस् 

चौथौ अध्याय मंगलवार साँझ ७ बजे प्रस्तुत गरिनेछ ।

---------------
लेखन तथा आवाज : विश्व राज अधिकारी
अडीयो प्राविधिक : मन्दिप गौतम



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.