बुद्ध नेपालको श्रमण परम्परावाट निस्केको एउटा धर्म र दर्शन हो जुन विश्वभरि आदर अनि सम्मानका साथ हेरिन्छ । विश्वभरि यस धर्मका अनुयायीहरु दिनप्रतिदिन बढ्दा छन् भने विश्वकै सबैभ्न्दा ठुला धर्म र दर्शनमा यसको गणना पनि गरिन्छ ।
शान्तिको रहर आज सबैलाई छ, चन्द्रमामा पुगेको मान्छे आँफैभित्र चाँही रुमलिएको देखिन्छ । विल्कुलै एउटा कस्तुरि मृग जस्तो, आँफैभित्र भएको शान्तिलाई पहिल्याउन नसक्दा आज मान्छेहरु अन्य बिभिन्न भौतिक कुरा र दुव्र्यसनमा शान्तिको खोजी गर्न थालेका छन् । आजको मानविय परिवेशमा आशक्ति, भ्रम, उत्कट चाहना लगायत बिभिन्न तत्वहरुले मानवलाई शान्ति भन्दा समृद्धिको अनुयायी बनाएको त छ तर भौतिक समृद्धि र शान्तिको परपर सम्म कुनै नाता छैन् । गौतम बुद्धले त यि कुराहरुको सबै गाँठालाई हजारौ वर्ष अघि नै खोलेर अनि सरलीकरण गरेर राखिदिनुभएको छ । आज बुद्धको यस्तै एउटा दृष्टान्तलाई प्रस्तुत गर्न चाह्यौं, बुद्धजयन्तीमा सबैलाई शान्तिको कामना पनि गर्दछौं ।
एकफेर बुद्ध आफ्ना अनुयायीहरु सँगै एउटा शहरवाट अर्को शहरमा जाँदै गर्दा एउटा ठूलो ताल पार गरेर जानुपर्ने भयो । तालको छेउमा एउटा ठूलो वृक्षमुनी सुस्ताँउदै बुद्धले एकजना अनुयायीलाई आफूलाई तिर्खा लागेकाले गएर तालवाट पानी ल्याउन आग्रह गर्नुभयो । अनुयायी शिष्य तुरन्त त्यहाँवाट उठेर पानी लिन जानुभयो, तालमा मान्छेहरुले लुगा धुँदै थिए अनि त्यसैकारणले तालको त्यस घाटमा पानी अत्यन्त धमिलिएको थियो । फेरि त्यसैबखत एउटा गोरुगाडा ताल छेउहुँदै पानी धमिल्याँउदै अगाडि बढ्यो । शिष्यले धमिलो पानी बुद्धलाई लगेर दिन उपयूक्त नठानेर फकर्रे आई बुद्धलाई पानी धमिलो भएको र पिउनकालागी उपयूक्त नभएको वताउनुभयो । त्यसै ठाँउमा आधाघण्टा जति विश्राम गरिसकेपछी बुद्धले तिनै शिष्यलाई पूनः तालमा गएर पानी ल्याउन आग्रह गर्नुभयो । शिष्य पूनः फर्केर तालमा पानी लिन जाँदा तालको पानी अत्यन्त स्वच्छ, निर्मल अनि पिउन योग्य पाउनुभयो, धमिल्याउने माटाहरु अब पिँधमा पुगिसकेका थिए र ति स्वच्छ पानी भाँडामा हालेर बुद्धको सामुन्ने अगाडि ल्याउनुभयो । पानीमा हेरेर बुद्धले शिष्यलाई हेर्नुभयो र भन्नुभयो, ल हेर तिमीले यो पानीलाई स्वच्छ बनाँउन के गर्यौ ?
शिष्य अल्लमल्ल परेर हेर्दै बसिरहनुभयो ।
बुद्धले भन्नुभयो ल हेर यो पानी सफा गर्न तिमीले कत्ति योगदान गर्यौ, तिमीले केही बेर धमिलो पानीलाई त्यसै छाडिदियौ, अनि सुस्तरि पानी भित्रको हिलो माटोहरु आँफै पिँधमा आँउदै गए र अन्त्यमा केही समयको धैर्यता पछी तिमीले मेरालागी स्वच्छ पानी ल्यायौ ।
बुद्धले थप्दै जानुभयो कि हाम्रो मन पनि यस्तै छ । जब हामी पनि अवरोध या तनावमा हुन्छौ तब हाम्रो मन पनि यहि तालको पानीजस्तै धमिलो हुन्छ, त्यतिबेला हामीले आफूलाई केही समय दिनुपर्ने हुन्छ जसरी तिमीले यो पानीलाई सग्लिन दियौ । समय दिने हो भने मन आँफै यहि पानी जस्तै स्वच्छ हुन्छ, शान्त हुन्छ । शान्त रहनु कुनै ठूलो कसरतको कुरा हैन्, कुनै शक्ति विनानै मनलाई शान्त राख्न सकिन्छ, केवल केही समय दिए पुग्छ ।
आज हाम्रो पात्रोमार्फत बुद्धका वचनहरु लिएर अमन चैनको प्रवाह गर्नकालागी यसै सानो वचनको प्रयोग गर्यौ, यहाँ बुद्धको विचारलाई केलाउन अझ भनौ प्रसँग सहित ब्याख्या गर्न चाहयौ । मनको शान्ती सहज छ भन्ने तात्पर्यलाई उजागर गर्दछौ, सहज अर्थात सजिलो र कुनै मुल्य विनानै सबैले शान्ती मनमा स्थापित गर्नसक्छन भन्ने तथ्य नै बुद्धको ध्येय हो । मनभित्र शान्ती आएपछी वाहिर पनि वातावरण शान्तीमय हुन्छ र क्रमशः हाम्रा वरिपरिका मान्छेले पनि हामीभित्रको शान्ती र कान्ती अनुभवगर्न सक्छन् भन्ने सार नै बुद्धले हजारौँ वर्ष अघि तालछेउको रुखमुनी बाट हामीलाई दिएर जानुभएको हो ।
हाम्रो मनलाई पनि तालको बिम्ब दिन चाहयौ अनि यस तालमा पानी धमिल्याउने कुराहरु दैनिक जिवनमा आईरहन्छ तसर्थ मनलाई शान्त पार्न केही समय दिएर धमिल्याउन लागीपरेका माटो अनि हिलोहरुलाई पिँधसम्म आउन दिनु नै उपयूक्त हो ।
बुद्धम शरणम गच्छामी
बुद्ध नेपालको श्रमण परम्परावाट निस्केको एउटा धर्म र दर्शन हो जुन विश्वभरि आदर अनि सम्मानका साथ हेरिन्छ । विश्वभरि यस धर्मका अनुयायीहरु दिनप्रतिदिन बढ्दा छन् भने विश्वकै सबैभ्न्दा ठुला धर्म र दर्शनमा यसको गणना पनि गरिन्छ । ईशापूर्व छैठौं देखि पाँचौं शताव्दीसम्म बुद्धको जिवीत अस्तित्व थियो, आज विश्वमा ३५ करोड भन्दा धेरै मानवहरुले यस धर्मदर्शन मान्दछन् अनि विश्वको चौंथो ठुलो धर्ममा यस धर्मको गणना हुनेगर्दछ । कपिलवस्तु छाडेपछि बुद्धले अनोमा नदि घोडामा तरेर आफ्ना सारथी छन्दकलाई कविलवस्तु फिर्ता पठाएर ज्ञानको मार्गमा लागेका थिए । आज नेपाललाई फेरि बुद्ध चाहीएको छ ताकी फेरि विश्वमा शान्तिको ध्वनी नेपाली माटोवाट गुञ्जिन सकोस्।
हाम्रो पात्रोकालागी सुयोग ढकाल
Liked by: