पाँच पाण्डवको मृत्यु | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / अध्यात्म

पाँच पाण्डवको मृत्यु




   Suyog Dhakal - May 04 2018

स्वर्ग पुग्नासाथ उनले सबैभन्दा पहिले उनका भाइहरुको र पत्नीको खोजी गर्दछन् । दूतहरुले उनलाई इन्द्रको बैठकसम्म पुग्न आग्रह गर्दछन् ।



युधिष्ठिरले न्यायपूर्ण तरिकाले शासन गरिरहे तर समय बित्दै जाँदा बाँकी भाइहरुले भने आपैmँले र अरुले भोगेका धेरै कुराहरु बिर्से । श्री कृष्णले भनेका कुराहरु समेत बिर्से । लाखौँ मानिसको मृत्युको भागीदार र आपैmले भोगेका द्वन्द्वहरु समेत भुल्दै गए । उनीहरुका लागि राज्य शासनको दैनिक गतिविधि बढी महत्वपूर्ण हुँदै गयो । युधिष्ठिर मात्र एक जना थिए जसले कृष्णका हरेक वाणीहरु याद राखे र दायित्व पूरा गर्ने क्रममा आपूmले सकेको जति अर्तीहरु व्यवहारमा उतारे । बाँकी पाण्डव भाइहरुले राज्यभोग गर्दै र राज्याधिकारी बन्नैमा व्यस्त रहे ।
एक दिन युधिष्ठिरले आफ्ना भाइहरुसित जीवनबारे बुझ्नका लागि मण्डरा हिमाल चढ्ने प्रस्ताव राखे । उनीहरु आपैmँ श्री कृष्णसँग बस्दथे तर पनि उनीहरुलाई जीवनबारे बुझ्नपर्ने भयो । मानिसहरुको समस्या के हो भने उनीहरुले आपूmसँगै भएका महत्वपूर्ण कुराहरु देख्न सक्दैनन् । भगवानसँगै बस्दथे र पनि उनीहरुलाई जीवन बुझ्न निस्किनपर्ने भयो । बाँकी भाइहरुले पनि दाइको कुरा स्वीकार गर्दै भ्रमणमा निस्किने भएछन् । उनीहरु हिमाल चढ्न निस्के, चिप्लो बाटो हुँदै उनीहरु हप्तौँ लगाएर हिमाल चढ्न थाले । बाटो अभैm गाह्रो र चिप्लो हुदँै जान थाल्यो ।
यही क्रममा एक दिन द्रौपदी हिमालबाट चिप्लेर लडिन् र खसिन् । उनले कुनै आवाज पनि ननिकाली हिमालबाट लडेर ज्यान गुमाइन् । यता, युधिष्ठिर भने एक पटक पनि पछाडि फर्केनन् र अघि बढिरहे । बाँकी भाइहरु बल्लतल्ल उनीसम्म पुगेपछि भीमले उनलाई सोधे, “किन द्रौपदी यहाँबाट लडेर हामीसँग छुट्टिनप¥यो ? उनले जीन्दगीभर दुःख नै त खेपिन् र सदैव हाम्रै साथमा रहिरहिन् । उसले के बिराइन् र किन उनले ज्यान गुमाउनप¥यो ?” युधिष्ठिरले उनलाई भने, “यसमा धेरै कुरा छ । द्रौपदीले उनका पाँचै श्रीमान रुलाई बराबर माया दिने वाचा गरेकी थिइन् तर उनले कहिल्यै त्यसो गर्न सकिनन् । उनले सधैँ अर्जुनलाई मात्र माया गरिन् र उनको मात्र पत्नी बन्ने लालसा राखिन् । हामी बाँकी भाइसँग उनले आफ्नो जिम्मेवारी मात्र पूरा गरिन् तर उनको माया सधैँ अर्जुनको लागि मात्र रह्यो । कर्ण कुन्तीका पुत्र हुन् भन्ने थाहा पाएपछि कर्णलाई पनि पतिको रुपमा प्राप्त गर्ने इच्छा राखिन् । यही दुई वटा कारणले उनी खसिन् ।”
यसरी उनीहरुले फेरी आफ्नो यात्रा सुरु गरे । त्यसपछि नकुल खसे । यसपछि उनीहरुले युधिष्ठिरलाई फेरी प्रश्न गरे । अब नहकुल किन खसे ? उनले भने, “उनी असाध्यै घमण्डी मानिस थिए । उनी आपूmलाई असाध्यै सुन्दर मान्थे र उनको घमण्डले नै उनको पतन गरायो ।” उनीहरु हिँड्दै गए, यसपालि सहदेव खसे । उनीहरुले आफ्ना दाइसँगै प्रश्न राखे, सहदेव किन खसे ? उनले कहिल्यै एक शब्द पनि बोलेनन्, भद्र थिए र पनि किन खसे ? उनी एक शब्द पनि बोलेनन् तर यो उनको भद्रताले नभई उनको आत्मसन्तुष्टि र दम्भका कारणले हो भन्ने जवाफ उनीहरुले पाए । यसपश्चात् भीम खसे । भीमजस्ता मायालु र निर्दोष मानिस किन खसे भनी अर्जुनले सोध्दा युधिष्ठिर भन्छन्, “उनीमा खन्चुवापन र लालचा थियो । उनी मान्छेलेजस्तै नभई पशुले जसरी खान्थे र उनी सधैँ अरुको दुःखमा रमाइलो मान्थे । हामी कहिलेकाहीँ अरुको दुःखको कारण बन्न सक्छौँ बरु तर अरुको दुःखमा रमाउन कदापि हुन्न । भीमलाई अरुको दुःखमा निकै आनन्द आउँथ्यो र यही उनको पतनको कारण बन्न पुग्यो ।” अन्त्यमा अर्जुन पनि खसे । उनको पालोमा प्रश्न सोध्ने कोही भएनन् । युधिष्ठिर एक्लै बोल्दै अघि बढे । उनको धनुविद्याको घमण्डले उनी सखाप भए । उनी आपूmलाई संसारकै उत्कृष्ट धर्नुधर मान्थे । उनी राम्रा धर्नुधर त थिए तर संसारकै उत्कृष्ट होइन । उनलाई अरुको औँला काटेर उत्कृष्ट बन्ने हक थिएन । उनी सधैँ उनीभन्दा राम्रा धर्नुधर अरु होलामा बढी चिन्तित र असुरक्षित मान्थे । 


यसरी युधिष्ठिर मात्र यात्राको अन्तिमसम्म पुग्दछन् । कथाअनुसार यदि असल भई यात्राको अन्त्यसम्म पुग्न सकेमा मानिस पार्थिव शरीरसहित देवलोकमा पुग्न सक्नेछन् । युधिष्ठिर एक जना मात्र शरीरसहित देवलोकमा पुग्ने भए । देवलोकबाट उनलाई लिन दूतहरु आइपुग्छन् । तर, युधिष्ठिरको साथमा कुकुर पनि देखेपछि दूतले कुकुरलाई लान नसक्ने बताउँछन् । युधिष्ठिरलाई आपूmसँगै कुकुर पनि आएको हेक्कै हुँदैन । पछाडि फर्केर हेर्दा उनले आपूmसँग कुकुर पनि सँगै आएको देख्दछ । उनलाई त्यो कुकुरले हस्तिनापुरमा हुँदै उनीहरुलाई पछ्याइरहेको याद आउँछ । यात्रामा द्रौपदी र उनका भाइहरु लड्दा समेत पछाडि नफर्की निरन्तर अघि बढेका युधिष्ठिरलाई कुकुर पछिपछि आइरहेको त पत्तै हुन्न । न्यायका सच्चा पालक युधिष्ठिरले कुकुरलाई आपूmसँगै लानुपर्ने जिकिर गर्छन् । यत्तिका यात्रामा उनका पत्नी र चार भाइ खस्दा पनि त्यो कुकुरले यहाँसम्मको यात्रा तय गरेका कारणले, ऊ पनि देवलोक जान योग्य रहेको युधिष्ठिरले दूतहरुलाई बताउँछन् । दूतहरुले कुकुरलाई स्वर्गमा लान नमिल्ने बताएपछि युधिष्ठिरले आपूm पनि स्वर्ग नजाने बरु त्यही पहाडमा बस्ने जिद्दी गर्दछन् । उनले कुकुरलाई दयामाया देखाएर स्वर्गमा बास पाउनुपर्छ भनेका थिएनन्, यात्रा तय गरेकोमा उनी पनि देवलोकको हकदार भएको र नलगे कुकुरलाई अन्याय हुने उनको ठम्याइ थियो । दूतहरुले युधिष्ठिरको कुरा मानी कुकुरलाई पनि देवलोकमा साथै लैजान्छन् ।


स्वर्ग पुग्नासाथ उनले सबैभन्दा पहिले उनका भाइहरुको र पत्नीको खोजी गर्दछन् । दूतहरुले उनलाई इन्द्रको बैठकसम्म पुग्न आग्रह गर्दछन् । इन्द्रको बैठकमा पुग्नासाथ उनले दुर्योधनलाई उनकै रिस तथा घमण्डको मुद्रामा बसेको देख्दछन् । स्वर्गलोकमा देवहरुसँग दुर्योधनलाई देख्दा युधिष्ठिर हच्किन्छन् । त्यसपछि उनले दुष्यान्त र शकुनीलाई पनि त्यसैगरी बसेको देख्दछ तर उनले त्यहाँ आफ्ना चार भाइहरुलाई, कर्णलाई र पञ्चालीलाई त्यहाँ देख्दैनन् । यो देखेर उनले यो अन्याय भयो भन्दै उनले युद्धका र लाखौँ मृत्युका कारक तथा हामीलाई जिन्दगीभर दुःख मात्र दिने दुर्योधनले स्वर्गबास कसरी पाए भनेर प्रश्न गर्दछन् र आफ्ना भाइहरु र पत्नीको खोजी गर्दछन् । उनका भाइ र पत्नी अर्कै ठाउँमा भएको जवाफ उनले प्राप्त गर्दछन् । युधिष्ठिरले तुरुन्तै इन्द्रको सो सभामा आपूmलाई कुनै रुचि नभएको र आफ्ना भाइहरु भएका ठाउँमा लगिदिन अनुरोध गर्दछन् । दूतहरुले देवलोकमा इन्द्रसँगै नबस्ने भनेर सोधेको प्रश्नमा उनले फेरी त्यही कुरा दोहो¥याउँछन् ।
यसपश्चात् उनलाई त्यहाँबाट लगिन्छ । अघिसम्म सुन्दर स्थानमा रहेका युधिष्ठिरलाई बिस्तारै अँध्यारो स्थानतर्पm लगिन्छ । उनले कुरुक्षेत्रको युद्ध मैदानमा भन्दा चर्का किसिमका अनेक दुःख, कष्ट र पीडाको आवाजहरु सुन्न थाल्दछन् । उनी आत्तिन थाल्छन् र त्यहाँ आपूmलाई किन ल्याइएको प्रश्न गर्दछन् । उनले अचानक पञ्चालीको दर्दनाक आवाज सुन्छन् । उनको चित्कार सुनेर उनलाई किन दुःख दिइरहेको भन्ने प्रश्न सोध्न नभ्याउँदै उनले अरु भाइका आवाजहरु पनि सुन्दछन् । उनले दूतहरुलाई प्रश्न गर्दछन् किन मेरा भाइहरु र पत्नी नर्कमा छन् र दुर्योधनहरु चाहिँ स्वर्गमा ? दूतहरुले यो हामीले गराएको नभई उनीहरुकै धर्म र कर्मले गराएको बरु युधिष्ठिरलाई त्यहाँबाट फर्किन सल्लाह दिन्छन् । युधिष्ठिरले भाइहरु र पत्नीलाई यस्तो ठाउँमा छाडेर जान नसक्ने बताउँछन् । केही बेर सोचेपछि युधिष्ठिरले आपूm पनि नर्कमा नै बस्ने र देवलोकमा नजाने बताउँछन् । यसपछि इन्द्र आपैmँ प्रकट हुँदै भन्छन्, तिम्रो न्यायप्रतिको झुकावको हामी कदर गर्छौँ तर यति सारा भइसक्दा पनि तिमीले दुर्योधन र उनका भाइहरुलाई घृणा गर्न छाडेनौ । तिम्रो यो निर्णय यसै घृणाबाट आएको हो । यात्रामा भाइहरु र पत्नी लडेर खस्दा तिमीले एक पटक पनि फर्केर हेरेनौ तर अहिले दुर्योधन, दुष्यान्त र शकुनीलाई देवलोकमा देख्दा तिमी मर्माहित भयौ । तिमीले उनीहरुका लागि यो घृणा जबसम्म त्याग्न सक्दैनौ तबसम्म तिमी र तिम्रा भाइहरु यहाँबाट निस्किन सक्नेछैनौ । 

उनी त्यहीँ बसेर ध्यानमा लिन हुन थाल्छन् र आपूmभित्र घृणाको बिउ रोपिएको भेट्छन् । उनले घृणालाई माफी नगरेर आपैंmभित्र कुण्ठित बनाएर राखेको भेट्छन् । घृणाको एउटा बिउले पूरा जंगल पैmलाउन सक्छ । सिर्जनाको अस्तित्व पनि एक बीजबाट नै हुने हो । उनमा रहेको त्यो घृणाले अर्को कुरुक्षेत्र निम्त्याउन सक्ने अनुभूति उसलाई हुन्छ । यसकारण, युधिष्ठिर आपूmभित्रको घृणालाई माफी दिन ध्यानमा बस्छन् ।

चैत्र २०७४ मा युट्युबमा प्रकाशित सदगुरुको प्रवचनमा आधारित लेख ।
सुयोग ढकालको अनुवाद




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.