विश्वगीताको एघारौं अध्याय | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / अध्यात्म

विश्वगीताको एघारौं अध्याय




   Bishwa Raj Adhikari - Feb 28 2017
विश्वगीताको एघारौं अध्याय विशेष अडियो सामाग्री

लेखक विश्वराज अधिकारीको श्रीमद भागवत् गीताको आधुनिक व्याख्या "विश्वगीता"को एघारौं अध्याय आज यहाँहरुमाझ प्रस्तुत गर्दैछौ । श्रीमद भागवत् गीताको १८ अध्याय को लगभग ७०० श्लोकहरुमा मानव जीवनको सबै समस्याको समाधान भेटिन्छ । विश्वगीताको एघारौं अध्यायका ५५ श्लोकहरु यसप्रकार छन् । 

अध्याय 11, श्लोक 01

अर्जुनले बिन्ती गरे (मलाई अनुग्रहित गर्नका लागि हजुरले अति गोप्य आत्म विभूति विषयमा जुन कुराहरू गर्नु भयो ती कुराहरू थाहा पाएर अज्ञानताबाट उत्पन्न भएको मेरो मोह समाप्त भयो।)
अर्जुन उवाच- मदनुग्रहाय परमं गुह्यमध्यात्मसंज्ञितम्। यत्त्वोक्तं वचस्तेन मोहोSयं वगतो मम।।१।।

अध्याय 11, श्लोक 02
(हे कमलनयन, हजुरबाट नै मैले प्राणीहरूको श्रृजना र विनाश बारे विस्तारमा सुने। हजुरको अक्षय गौरव अनुभव पनि गरे।)
भवाSप्ययौ हि भूतानां श्रुतौ विस्तरशो मया। त्वत्त: कमलपत्राक्ष महात्म्यमपि चाSव्ययम्।।२।।

अध्याय 11, श्लोक 03
(हे परमेश्वर, हजुरले आफ्नो ऐश्वर्य रुपको जस्तो वर्णनन् गर्नु भयो हजुर त्यस्तो नै हुनुहुन्छ। त्यसकारण हे पुरुषोत्तम, म हजुरको त्यो ऐश्वर्यमय रुपको दर्शन गर्न चाहन्छु।)
एवमेतद् तथाSSत्थ त्वमात्मानं परमेश्वर। द्रष्टुमिच्छामि ते रुपमैश्वरं पुरुषोत्तम।।३।।

अध्याय 11, श्लोक 04
(हे प्रभु, मैले हजुरको त्यो ऐश्वर्य रुप हेर्न सम्भव छ भन्ने कुरा हजुरलाई लाग्दछ छ भने मलाई हजुरको त्यो अविनाशी रुप देखाउनु होस।)
मन्यसे यदि तच्छक्यं मया द्रष्टुमिति प्रभो। योगेश्वर ततो मे त्वं दर्शयाSSत्मानमव्ययम्।।४।।

अध्याय 11, श्लोक 05
भगवान् श्रीकृष्णबाट आज्ञा भयो (हे पार्थ, मेरो धेरै किसिमका एवं अनेक वर्ण तथा आकृतिहरू भएका सयौं हजारौं, दिव्य रुपहरु हेर।)
श्रीभगवानुवाच पश्य मे पार्थ रुपाणि शतशोSथ सहस्रश:। नानाविधानि दिव्यानि नानावर्णाकृतीनि च।।५।।

अध्याय 11, श्लोक 06
(हे भारत, तिमी १२ आदित्य, ८ वसु, ११ रुद्र, २ अश्विनीकुमार र ४९ मरुद्गणहरूलाई हेर र साथै पहिले कहिले नदेखेका आश्चर्यहरू पनि हेर।)
पश्याSSदित्यान् वसून् रुद्रानश्विनौ मरुतस्तथा। बहून्यदृष्टपूर्वाणि पश्याश्चर्याणि भारत।।६।।

अध्याय 11, श्लोक 07
(हे गुडाकेश, अब, मेरो यो शरीरमा जम्मा भएका चराचर सहित सारा जगत्लाई हेर तथा अरु जे जति हेर्न मन लागेको छ त्यो पनि यस विश्वरुपमा हेर।)
इहैकस्थं जगत् कृत्स्नं पश्याद्य पश्याद्य सचराचरम्। मम देहे गुडाकेश यच्चान्यद् द्रष्टुमिच्छसि।।७।।

अध्याय 11, श्लोक 08
(तर निश्चित रुपले तिमीले आफ्ना यी प्राकृतिक आँखाहरूले मलाई देख्न सक्ने छैनौ। त्यसकारण म तिमीलाई दिव्य आँखाहरू दिन्छु। ती दिव्य आँखाहरूले तिमीले मेरो ऐश्वर्यिक योग शक्ति हेर।)
न तु मां शक्यसे द्रष्टुमनेनैव स्वचक्षुषा। दिव्यं ददामि ते चक्षु: पश्य मे योगमैश्वरम्।।८।।

अध्याय 11, श्लोक 09
सञ्जयले भने (हे राजन, यी कुराहरू भनेर महायोगेश्वर हरिले अर्जुनलाई आफ्नो परम ऐश्वर्यमय विश्वरुप देखाउनु भयो।)
सञ्जय उवाच- एवमुक्त्वा ततो राजन् महायोगेश्वरो हरि:। दर्शयामास पार्थाय परमं रुपमैश्वरम्।।९।।

अध्याय 11, श्लोक 10-11
१०-११ (विभिन्न मुख र आँखाहरूले युक्त, अनेक आश्चर्य पार्ने आकृति भएको, विभिन्न दिव्य आभूषणहरू लगाएको, अनेक दिव्य अस्त्रहरू बोकेको, दिव्य अस्त्रहरूले सुसज्जित, दिव्य गन्धको लेप लगाएको, सबै किसिमका आश्चर्यहरूले भरिएको, कान्तिले पूर्ण, अनन्त र सर्वत्र मुख भएको भगवान्को अलौकिक रुप अर्जुनले देखे।)
अनेकवक्त्रनयनमनेकाद्भुतदर्शनम्। अनेकदिव्याभरणं दिव्यानेकोद्यतायुधम्।।१०।। दिव्यमाल्याम्बरधरं दिव्यगन्धानुलेपनम्। सर्वाSSश्चर्यमयं देवमनन्तं विश्वतोमुखम्।।११।।

अध्याय 11, श्लोक 12
(सयौं हजार सूर्यहरूको प्रकाश एकैपटक आकाशमा परेर उत्पन्न हुन सक्ने ज्योति पनि त्यो महात्मा विश्वरुपमा देखिएको ज्योति बराबर हुन सक्ने छैन्।)
दिवि सूर्यसहस्रस्य भवेद्यु गपदुत्थिता। यदि भा: सदृशी सा स्याद् भासस्तस्य महात्मन:।।१२।।

अध्याय 11, श्लोक 12
(त्यस बेला अर्जुनले देवताहरूको देवता विश्वरुपको त्यो विराट् शरीरमा अनेक किसिमले बाँडिएको सम्पूर्ण संसारलाई एकै ठाउँमा स्थित भएको देखे।)
तत्रैकस्थं जगत् कृत्स्नं प्रविभक्तमनेकधा। अपश्यद्देवदेवस्य शरीरे पाण्डवस्तदा।।१३।।

अध्याय 11, श्लोक 14
(त्यसपछि, आश्चर्यले रोमाञ्चित एवं शरीरका रौँहरू ठाडो भएका अर्जुनले आफनो शिर भक्तिपूर्वक निहुर्याए अनि दुबै हात जोडेर भगवान् श्रीकृष्णलाई यस प्रकार भन्नथाले।)
तत: स विस्म़याविष्टो हृष्टोमा धनञ्जय:। प्रणम्य शिरसा देवं कृताञ्जलिरभाषत।।१४।।

अध्याय 11, श्लोक 15
अर्जुनले बिन्ती गरे (हे देव, हजुरको शरीरमा सम्पूर्ण देवताहरू, अनके किसिमका प्राणीहरूका समुदाय एवं कमल आसनमा बसेका ब्रह्मा, शिव, सम्पूर्ण दिव्य ऋषि एवं सर्पहरूलाई देख्दैछु।)
अर्जुन उवाच पश्यामि देवांस्तव देव देहे सर्वांस्तथा भूतविशेषङ्घान्। ब्रह्माणमीशं कमलासनस्थम् ऋषींश्च सर्वानुरुगांश्च दिव्यान्।।१५।।

अध्याय 11, श्लोक 16
(हे विश्वेश्वर, हजुरलाई धेरै हात, पेट, मुख र आँखा भएको अनन्तरुपमा चारैतिर म देख्दैछु। हे विश्वरुप, हजुरको आदि, मध्य र अन्त केही पनि देखिरहेको छैन।)
अनेकबाहूदरवक्त्रनेत्रं पश्यामि त्वां सर्वतोSनन्तरुपम्। नाSन्तं न मध्यं न पुनस्तवादिं पश्यामि विश्वेश्वर विश्वरुप।।१६।।

अध्याय 11, श्लोक 17
(म, हजुरलाई मुकुट, गदा र चक्र धारण गरेको, पूर्णरुपमा प्रकाशमान, तेजको पुञ्ज, हेर्न कठिन दन्केको आगो एवं सूर्यको जस्तो ज्योतिले युक्त भएको, सीमाहीन अवस्थाको रहेको चारैतिर देख्दैछु।)
किरिटिनं गदिनं चक्रिणं च तेजोराशिं सर्वतो दीप्तिमन्तम्। पश्यामि त्वां दर्निरीक्ष्यं समन्ताद् दीप्ताSनलार्कद्युतिमप्रमेयम्।।१७।।

अध्याय 11, श्लोक 18
(मेरो विचारमा हजुर जान्नेयोग्य परम अक्षर एवं यो संसारको परम आधार हो। हजुर अविनाशी, अनादि, धर्मका रक्षक र सनातन पुरुष हो।)
त्वमक्षरं परमं वेदितव्यं त्वमस्य विश्वस्य परं निधानम्। त्वमव्यय: शाश्वतधर्मगोप्ता सनातनस्वत्वंम पुरुषो मतो मे।।१८।।

अध्याय 11, श्लोक 19
(म हजुरलाई, आदि, मध्य र अन्त नभएको, अनन्त शक्तिले युक्त, असंख्य हातहरू भएको, चन्द्र सूर्य झै आँखा भएको, बलेको आगोझै मुख भएको र आफ्नो तेजले यस संसारलाई तातो पार्ने देख्दैछु।)
अनादिमध्यान्तमनन्तवीर्यम् अनन्तबाहुं शशिसुर्यनेत्रम्। पश्यामि त्वां दीप्तहुताशवक्त्रं स्वतेजसा विश्वमिदं तपन्तम्।।१९।।

अध्याय 11, श्लोक 20
(हे महात्मन, यी स्वर्ग र पृथ्वीका बीचमा रहेको सम्पूर्ण भाग, अन्तरिक्षका सबै दिशाहरु केवल हजुरद्वारा मात्र व्याप्त छन्। हजुरको यो अद्भुत र डरलाग्दो रुप देखेर तिन लोक- स्वर्गलोक, मृत्युलोक र पाताललोक, अति नै भयभीत तथा व्यथित भइरहेका छन्।)
द्यावापृथिव्योरिदमन्तरं हि व्याप्तं त्वयेकेन दिशश्च सर्वा:। दृष्टाद्भुतं रुपमुग्रं तवेदं लोकत्रयं प्रव्यथितं महात्मन्।।२०।।

अध्याय 11, श्लोक 21
(यी सम्पूर्ण देवताहरू हजुर भित्र प्रवेश गर्दैछन्। कसैकसैले भयले हात जोडेर हजुरको स्तुति गर्दैछन्। कल्याण होस भन्दै उत्तम उत्तम महर्षि र सिद्धहरूले स्वस्तिक वाक्यहरू उच्चारण गरेर हजुरको स्तुति र दर्शन गर्दैछन्।)
अमि हि त्वां सुरसङ्घा विशन्ति कोचिद् भीता: प्राञ्जलयो गृणन्ति। स्वस्तीत्युक्त्वा महर्षिसिद्धसङ्घा: स्तुवन्ति त्वां स्तुतिभि: पुष्कलाभि:।।२१।।

अध्याय 11, श्लोक 22
(जुन एघार रुद्रहरू बारह आदित्यहरू, अष्टवसुहरू, साध्यदेवहरू, विश्वदेवहरू, दुवै अश्विनिकुमारहरू, मरुदहरू, पितृहरू, गन्धर्व, यक्ष, राक्षसहरू र सिद्धहरू, सबै अचम्म मानेर हजुरलाई हेर्दैछन्।)
रुद्राSSदित्या वसवो ये च साध्या विश्वेSश्विनौ मरुतश्चोष्मपाश्च। गन्धर्वयक्षाSसुरसिद्धसङ्घा विक्षन्ते त्वां विस्मिताश्चैव सर्वे।।२२।।

अध्याय 11, श्लोक 23
(हे महाबाहो, हजुरको धेरै मुख, आँखा, हात, तिघ्रा, खुट्टा र पेट भएको, दार्हाहरूले युक्त भइ विकराल देखिने विराट् रुपलाई देखेर सम्पूर्ण संसार व्यथित भइरहेको छ। म पनि व्यथित भइरहेको छु।)
रुपं महन्ते बहुवक्त्रनेत्रं महाबाहो बहुबाहुरुपादम्। बहूदरं बहुद्रंष्ट्राकरालं दृष्ट्वा लोका: प्रव्यथितास्तथा Sहम्।।२३।।

अध्याय 11, श्लोक 24
(हे विष्णो, आकाशमा चम्किएका विभिन्न वर्णहरूले युक्त, ज्यादै ठूला मुखहरू, तेज नेत्रहरू भएको हजुरको विराट् रुप देखेर मेरो अन्तर आत्मा भयभीत भएको छ। म धैर्य र शान्ति पाउन सकिरहेको छैन।)
नभ:स्पृशं दीप्तमनेकवर्ण व्यात्ताSSननं दीप्तविशालनेत्रम्। दृष्ट्वा हि त्वां प्रव्यथितान्तरात्मा धृतिं न विन्दामि शमं च विष्णो।।२४।।

अध्याय 11, श्लोक 25
(हजुरका विकराल दाह्राहरु भएका एवं प्रलयकालको आगो जस्तो प्रज्वलित मुखहरूलाई देखेर म दिशाहरू चिन्न सकिरहेको छैन र सजिलो पनि अनुभव गर्न सकिरहेको छैन। हे जगन्निवास, हे देवेश, प्रशन्न हुनु होस।)
दंष्ट्राकरालानि च ते मुखानि दृष्ट्वैव कालानलसन्निभानि। दिशो न जाने न लभे च शर्म प्रसीद देवेश जगन्निवास।।२५।।

अध्याय 11, श्लोक 26-27

२६-२७ (ती सम्पूर्ण धृतराष्ट्रका छोराहरू र साथमा राजाहरूका समूहहरू पनि, भीष्म, द्रोण, कर्ण, तथा हामी तर्फका पनि प्रमुख योद्धाहरू हजुरका विकराल दार्हा भएका डरलाग्दो मुखको खाडलमा स्वत: तिब्र गतिमा दौडेर पसिरहेका छन्। कोही कोही धूलो भएको रुपमा टाउँको सहित हजुरको दाँतमा अल्झिएका पनि देखिन्छन।)
अमी च त्वां धृतराष्ट्रस्य पुत्रा: सर्वे सहैवाSवनिपालङ्घै:। भीष्मो द्रोण: सूततुत्रस्तथाSसौ सहाSस्मदीयैरपि योधमुख्यै:।।२६।। वक्त्राणि ते त्वरमाणा विशन्ति दंष्ट्राकरालानि भयानकानि। केचिद् विलग्ना दशना Sन्तरेषु सन्दृश्यन्ते चूर्णितैरुत्तमांगै:।।२७।।

अध्याय 11, श्लोक 28
(जसरी अनेक नदीहरूका जलका प्रवाहरू अत्यधिक वेगसहित समुन्द्र तिर बग्छन र समुन्द्रमा नै मिल्छन त्यसै गरी यस संसारका नर वीरहरू हजुरका सर्वत्र प्रज्वलित मुखहरूमा चारै दिशाबाट पसिरहेका छन्।)
यथा नदीनां बहवोSम्बुवेगा: समुद्रमेवाSभिमुखा द्रवन्ति तथा तवाSमी नरलोकवीरा विशन्ति वक्त्राण्यभिविज्वलन्ति।।२८।।

अध्याय 11, श्लोक 29
(जसरी मर्नका लागि किराहरू अति वेगका साथ प्रज्वलित आगोमा पस्दछन् त्यसै गरी यस लोकका जीवहरू पनि नाश हुनका लागि हजुरको मुखमा प्रवेश गरिरहेका छन्।)
यथा प्रदीप्तं ज्वलनं पतंगा विशन्ति नाशाय समृद्धवेगा:। तथैव नाशाय विशन्ति लोकास् तवापि वक्त्राणि समृद्धवेगा:।।२९।।

अध्याय 11, श्लोक 30
(हे विष्णु, हजुरले सम्पूर्ण संसारलाई चारैतिरबाट आफ्ना प्रज्वलित मुखहरूले चाटिरहनु भएको छ, चारैतिरबाट निलिरहनु भएको छ। हजुरको उग्र तेजले सम्पूर्ण संसारलाई तेज पारेर तातो पारिरहेको छ।)
लेलिह्यसे ग्रसमान: समन्ताल् लोकान् समग्रान् वदनैर्ज्वलद्भि:। तेजोभिरापूर्य जगत्समग्रं भासस्तवोग्रा: प्रतपन्ति विष्णो।।३०।।

अध्याय 11, श्लोक 31
(हे देवश्रेष्ठ, हजुरलाई नमस्कार छ। हजुर प्रसन्न हुनुहोस। मलाई यो भन्ने कृपा गर्नुहोस कि यस्तो उग्र रुपधारी हजुर को हो? आदिकारण हजुरलाई जान्ने मेरो इच्छा छ किनभने हजुरको प्रवृति र स्वरुप मेरो ज्ञान भन्दा बाहिर छ।)
आख्याहि मे को भावानुग्ररुपो नमोSस्तु ते देववर प्रसीद विज्ञातुमिच्छामि भवन्तमाद्यं न हि प्रजानामि तव प्रवृत्तिम्।।३१।।

अध्याय 11, श्लोक 32
भगवान् श्रीकृष्णबाट आज्ञा भयो (यी लोकहरूको संहार गर्ने म सर्वश्रेष्ठ काल अर्थात समय हुँ। म अहिले सम्पूर्ण जीवहरूको संहार गर्न क्रियाशील भएको छु। यहाँ उपस्थित भएका प्रतिपक्षी योद्धाहरूलाई तिमीले नमारे पनि तिनीहरू बाँच्ने छैनन् किनभने तिनीहरू स्वत: कालद्वारा मारिने छन्।)
श्रीभगवानुवाच- कालोSस्मि लोकक्षयकृत्प्रवृद्धो लोकान् समाहर्तुमिह प्रवृत्त:। ऋतेSपहि त्वां न भविष्यन्ति सर्वे येSवस्थिता: प्रत्यनीकेषु योधा:।।३२।।

अध्याय 11, श्लोक 33

(त्यसकारण तिमी उठ। शत्रुहरुमाथि विजय प्राप्त गरेर प्रसिद्धि प्राप्त गर। धनधान्यले सम्पन्न राज्यको उपभोग गर। यी सम्पूर्ण योद्धाहरू मबाट पहिले नै मरिसकिएका छन्। तसर्थ हे सव्यसाचिन्, निमित्त मात्र बन।)
तस्मात्त्वमुत्तिष्ठ यशो लभस्व जित्वा शत्रून् भुङ’क्ष्व राज्यं समृद्धम्। मयैवैते निहता: पूर्वमेव निमित्तामात्रं भव सव्यसाचिन्।।३३।।

अध्याय 11, श्लोक 34
(द्रोण, भीष्म, जयद्रथ, कर्ण र अन्य महान् योद्धाहरू मबाट पहिले नै नाश भइसकेका छन्। त्यसकारण विचलित न भएर तिनीहरूको हत्या गर। युद्धमा तिमीले शत्रुहरूमाथि विजय प्राप्त गर्ने छौ। त्यसकारण युद्ध गर।)
द्रोणं च भीष्मं च जयद्रथं च कर्णं तथाSन्यानपि योधवीरान्। मया हस्तांस्त्वं जहि मा व्यथिष्ठा युध्यस्व जेतासि रणे सपत्नान्।।३४।।

अध्याय 11, श्लोक 35

सञ्जयले भने (भगवान् श्रीकृष्णको यस्तो आदेश सुनेर काँप्दै हात जोडेर अर्जुनेल नमस्कार गरे अनि पुन: भयभीत हुँदै प्रणाम गरेर दुर्बल स्वरमा भने।)
सञ्जय उवाच- एतच्छ्र त्वा वचनं केशवस्य कृताञ्जलिर्वेपमान: किरिटी। नमस्कृत्वा भूय एवाSSह कृष्णं सगग्ददं भीतमीत: प्रणम्य।।३५।।

अध्याय 11, श्लोक 36
अर्जुनेल बिन्ती गरे (हे ऋषिकेश, हजुरको नाम, रुप, गुणहरूको किर्तन गरेर संसार अति नै हर्षित भइरहेको छ। हजुरप्रति सबै अनुरागी भइरहेका छन्। सिद्धहरूले हजुरलाई श्रद्धासहित नमस्कार गरिरहेको भएता पनि राक्षसहरू भने डराएर यता उता चारैतिर भाग्दैछन्। यी सबै कुराहरू मलाई उचित लागिरहेको छ।)
अर्जुन उवाच स्थाने हृषीकेश तव प्रकीर्त्या जगत् प्रहृष्यत्यनुरज्यते च। रक्षांसि भीतानि दिशो द्रवन्ति सर्वे नमस्यन्ति च दिद्धसङ्घा:।।३६।।

अध्याय 11, श्लोक 37
(हे महात्मन्, हे देवेश, हे अनन्त, हे जगन्निवास, हजुर ब्रह्मा भन्दा पनि श्रेष्ठ हुनुहुन्छ। हजुर आदि र सृष्टिकर्ता पनि हुनुहुन्छ। हजुर नै सत् र असत् भन्दा पुरानो अक्षर तत्व ब्रह्म हुनुहुन्छ। त्यसकारण तिनीहरूले हजुरको वन्दना कसरी नगरुन?)
कस्माच्च ते न नमेरन्महात्मन् गरीयसे ब्रह्मणोSप्यादिकर्त्रे। अनन्त देवेश जगन्निवास त्वमक्षरं सदसत्तत्परं यत्।।३७।।

अध्याय 11, श्लोक 38
(हजुर आदिदेव, पुरातन पुरुष, यो जगत्को एक मात्र परम आधार र जान्ने तथा जान्ने योग्य परमधाम हुनुहुन्छ। हे अनन्तरुप, यो विश्व हजुरबाट व्याप्त छ।)
त्वमादिदेव: पुरुष: पुराणस् त्वमस्य विश्वस्य परं निधानम्। वेत्तासि वेद्यं च परं च धाम त्वया ततं विश्वमनन्तरुप।।३८।।

अध्याय 11, श्लोक 39

(हजुर, वायु, यम, अग्नि, वरुण, चन्द्र, प्रजापति र ब्रह्माको पनि पिता हुनुहुन्छ। हजुरलाई हजार पटक नमस्कार छ। हजुरलाई फेरि पनि पटक पटक नमस्कार छ।)
वायुर्यामोSग्निर्वरुण: शशांक: प्रजापतिस्त्वं प्रपितामहश्च। नमो नमस्तेSस्तु सहस्रकृत्व: पुनश्च भूयोSपि नमो नमस्ते।।३९।।

अध्याय 11, श्लोक 40
(हे सर्वस्वरुप, हजुरलाई अगाडि, पछाडि र सबैतिरबाट नमस्कार छ। हे अनन्तवीर्य एवं महा पराक्रमी हजुर सम्पूर्ण चराचरमा व्याप्त हुनुहुन्छ। त्यसकारण हजुर सर्वरुप हुनुहुन्छ।)
नम: पुरस्तादथ पृष्ठतस्ते नमोSस्तु ते सर्वत एव सर्व। अनन्तवीर्यामितविक्रमस्त्वं सर्वं समाप्नोषि ततोSसि सर्व:।।४०।।

अध्याय 11, श्लोक 41-42
४१-४२ (हजुरको यो महानतालाई मैले थाहा नपाइ मैले हजुरलाई साथीझै मानेर प्रमाद वा प्रेमले भरिएको हठमा हजुरलाई हे कृष्ण, हे यादव, हे मित्र इत्यादि जे बाट पनि सम्बोधन गरेको छु तथा हे अच्युत ठट्टामा मैले एकान्तमा वा अन्य व्यक्तिहरूको समक्ष मनोरञ्जन, विश्राम, बसाइ वा भोजन इत्यादिको समयमा हजुर मबाट जुन असम्मानित हुन पुग्नु भएको छ त्यसका लागि म हजुरसँग असीमित क्षमा माग्दछु।)
सखेति मत्वा प्रसभं यदुक्तं हे कृष्ण हे यादव हे सखेति। अजानता महिमानं तवेदं मया प्रमादात् प्रणयेन वापि।।४१।। यच्चावहासार्थमसत्कृतोSसि विहारशय्यासनभोजनेषु। एकोSथवाप्यच्युत तत्समक्षं तत् क्षामये त्वामहमप्रेयम्।।४२।।

अध्याय 11, श्लोक 43

(हजुर यस चराचर जगतको पिता, गुरु, गुरुका पनि गुरु एवं पूजनीय हुनुहुन्छ। हे अप्रतिम, प्रभावशाली, हजुर जस्तो यी तिन लोकहरूमा कोही पनि नभए पछि हजुर भन्दा ठूलो कोही कसरी हुन सक्छ?)
पिताSसि लोकस्य चराचरस्य त्वमस्य पूज्यश्य गुरुर्गरियान्। न त्वत्समोSस्त्यभ्यधिक: कुतोSन्यो लोकत्रयेSप्यप्रतिमप्रभाव।।४३।।


अध्याय 11, श्लोक 44

म आफ्नो शरीरलाई हजुरको पाउमा राखेर प्रणाम गर्दै वन्दनीय हजुर ईश्वरलाई प्रसन्न हुन आग्रहसहित प्रार्थना गर्दछु। हे देव, जसरी पिताले पुत्रलाई, एक मित्रले अर्को मित्रलाई र एक प्रेमीले प्रेमिकालाई क्षमा गरिदिन्छ त्यसैगरी हजुर पनि मलाई क्षमा गर्न सक्षम हुनुहुन्छ।)
तस्मात् प्रणम्य प्रणिधाय कायं प्रसादये त्वामहमीशमीडयम्। पितेव तुत्रस्य सखेव सख्यु: प्रिय: प्रियायाSर्हसि देव सोढुम्।।४४।।

अध्याय 11, श्लोक 45
(पहिले कहिले पनि नदेखेको हजुरको यो रुप देखेर म हर्षित भइरहेको छु र साथै अज्ञात भयले मेरो मन व्याकुल पनि भइरहेको छ। हे देव, हजुरको देव स्वरुप मलाई देखाइदिनु होस। हे देवेश, हे जगन्निवास, प्रसन्न हुनुहोस।)
अदृष्टपूर्वं हृषितोSस्मि दृष्टवा भयेन च प्रव्यथितं मनो मे। तदेव मे दर्शय देव रुपं प्रसीद देवेश जगन्निवास।।४५।।

अध्याय 11, श्लोक 46
(हजुरलाई म उस्तै नै मुकुट धारण गरेको, हातमा चक्र र गदा लिएको रुपमा हेर्न इच्छुक छु। हे सहस्रबाहो, हे विश्वमूर्ते, उही चतुर्भुज रुपमा आउनुहोस।)
किरीटिनं जदिनं चक्रहस्तम् इच्छामि त्वां द्रष्टुमहं तथैव। तेनैव रुपेण चतुर्भुजेन सहस्रबाहो भव विश्वमूर्ते।।४६।।

अध्याय 11, श्लोक 47
भगवान् श्रीकृष्णले आज्ञा गर्नु भयो (हे अर्जुन मैले प्रसन्न भएर आफ्नो योगशक्तिले मेरो यो परम तेजोमय, अनन्त, आद्य विश्वरुप तिमीलाई देखाएँ जुन तिमी बाहेक अरुले पहिले कहिले पनि देखेको थिएन।)
श्रीभगवानुवाच मया प्रसन्नेन तवाSर्जुनेदं रुपं परं दर्शितमात्मयोगात्। तेजोमयं विश्वमनन्तमाद्यं यन्मे त्वदन्येन न दृष्टपूर्वम्।।४७।।

अध्याय 11, श्लोक 48
(हे कुरु प्रवीर, मानव लोकमा मेरो यो विशिष्ठ विश्वरुप तिमी बाहेक अरु कसैलाई पनि वेद र यज्ञको अध्ययन, दान, कर्म, उग्रताप केही द्वारा पनि म देखिन सक्तिन।)
न वेदयज्ञाSध्ययनैर्न दानैर् न च क्रियाभिर्न तमोभिरुग्रै:। एवंरुप: शक्य अहं नृलोके द्रष्टुं त्वदन्येन कुरुप्रवीर।।४८।।

अध्याय 11, श्लोक 49
(मेरो यस्तो भयानक रुप देखेर तिमी भयभीत र मूर्ख नबन। भय त्यागेर मनलाई प्रसन्न गरी मेरो उही चतुर्भुज रुपलाई तिमी फेरि हेर।)
मा ते व्यथा म च विमूढभावो दृष्ट्वा रुपं घोरमीदृङ् ममेदम्। व्यपेतभी: प्रीतमना: पुनस्त्वं तदेव मे रुपमीदं प्रपश्य।।४९।।

अध्याय 11, श्लोक 50
सञ्जयले भने (यी कुराहरू भनेर भगवान् श्रीकृष्ण आफ्नो चतुर्भुज रुपमा प्रकट हुनु भयो अनि भद्र मानव रुपमा प्रकट हुनु भएको महात्मा श्रीकृष्णले भयभीत अर्जुनलाई सम्झाउनु भयो।)
सञ्जय उवाच इत्यर्जुनं वासुदेवस्तथोक्त्वा स्वकं रुपं दर्शयामास भूय:। आश्वासयामास च भीतमेनं भूत्वा पुन: सौम्यवपुर्महात्मा।।५०।।

अध्याय 11, श्लोक 51
अर्जुनले बिन्ती गरे (हे जनार्दन, हजुरको सुन्दर मानव रुप देखेर म प्रसन्न चित्त भएँ र पहिलेको सामान्य स्थितिमा आएँ पनि।)
अर्जुन उवाच दृष्टेवदं मानुषं रुपं तव सौम्यं जनार्दन। इदानीमस्मि संवृत्त: सचेता: प्रकृतिं गत:।।५१।।

अध्याय 11, श्लोक 52
भगवान् श्रीकृष्णले आज्ञा गर्नु भयो (मेरो यो अति दुर्लभ रुप जुन तिमीले देख्यौ यसरी सजिलै गरी देख्न सकिँदैन। देवताहरू समेतले पनि मेरो यो रुप हेर्न सँधै इच्छा गर्छन्।)
श्रीभगवानुवाच सुदुर्दर्शमिदं रुपं दृष्टवानसि यन्मम। देवा अप्यस्य रुपस्य नित्यं दर्शनकाङिक्षण:।।५२।।

अध्याय 11, श्लोक 53
(तिमीले मलाई जुन रुपमा देख्यौ त्यस रुपमा मलाई वेद, तप, दान, यज्ञ आदिले पनि देख्न सकिँदैन।)
नाSहं वेदैर्न तपसा न दानेन न चेज्यया। शक्य एवंविधो द्रष्टुं दुष्टवानसि मां यथा।।५३।।

अध्याय 11, श्लोक 54
(हे परंतप, हे अर्जुन, अनन्य भक्तिले भने म यस्तो देखिन सक्छु। तत्व भावले म जानिन सक्छु तथा एकभावले म प्राप्त नै पनि हुन सक्छु।)
भक्त्या त्वनन्या शक्य अहमेवंविधोSर्जुन। ज्ञातुं द्रष्टुं च तत्त्वेन प्रवेष्टुं च परन्तप।।५४।।

अध्याय 11, श्लोक 55
(हे पाण्डव, जो व्यक्तिले मेरो लागि कर्महरू गर्दछ, मलाई नै परमगति मान्दछ, मोह-बन्धनहरूबाट मुक्त छ, मेरो अनन्य भक्त छ, सम्पूर्ण प्राणीहरूमा राग र द्वेष भाव राख्दैन त्यो व्यक्ति ममा प्राप्त हुन्छ। म भित्र विलीन हुन्छ।)
मत्कर्मकृन्मत्परमो भद्भक्त: संगवर्जित:। निवैर: सर्वभूतेषु य: स मामेति पाण्डव।।५५।।






Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.