लेखक विश्वराज अधिकारीको श्रीमद भागवत् गीता को आधुनिक व्याख्या "विश्वगीता"को चौथो अध्याय आज यहाँहरुमाझ प्रस्तुत गर्दैछौ । श्रीमद भागवत् गीताको १८ अध्याय को लगभग ७०० श्लोकहरुमा मानव जीवनको सबै समस्याको समाधान भेटिन्छ । विश्वगीताको चौथो अध्यायका ४२ श्लोकहरु यसप्रकार छन् ।
अध्याय ४ , श्लोक ०१
भगवान् श्रीकृष्णले आज्ञा गर्नु भयो (यो अविनाशी योग विज्ञान पहिले मैले सूर्यलाई भनेको थिएँ, सूर्यले मनु, मनुले इक्ष्वाकुलाई सुनाएका थिए।)
श्रीभगवानुवाच इमं विवस्वते योगं प्रोक्तवानहमव्ययम्। विवस्वान्मनवे प्राह मनुरिक्ष्वाकवेSब्रवीत्।।१।।
अध्याय ४ , श्लोक ०२
(हे परन्तप, परम्परादेखि आएको यस योग विज्ञानलाई राजर्षिहरूले जाने तर यो योग लामो समयदेखि रहेकोले यहाँ नष्ट झै भइसकेको छ।)
एवं परम्पराप्राप्तमिमं राजर्षयो विदु:। स कालेनेह महता योगो नष्ट: परन्तप।।२।।
अध्याय ४ , श्लोक ०३
तिमी मेरो भक्त एवं परम मित्र भएको हुनाले मात्र त्यो पुरातन योग मैले तिमीलाई भने किनभने यो उत्तम रहस्य पनि हो।
स एवायं मया तेSद्य योग: प्रोक्त: पुरातन:। भक्तोSसि मे सखा चेति रहस्यं ह्येतदुत्तमम्।।३।।
अध्याय ४ , श्लोक ०४
अर्जुनले बिन्ती गरे (हजुरको जन्म त यो कालमा-अहिले भएको हो तर सूर्यको जन्म त धेरै पहिले- प्राचीन कालमा भएको हो। त्यसकारण म यो कुरामा कसरी विश्वास गरौ कि हजुरले पूर्व कालमा यो योग सूर्यलाई भन्नु भएको हो भनेर?)
अर्जुन उवाच अपरं भवतो जन्म परं जन्म विविस्वत:। कथमेतद् विजानीयां त्वमादौ प्रोक्तवानिति।।४।।
अध्याय ४ , श्लोक ०५
भगवान् श्रीकृष्णले आज्ञा गर्नु भयो (हे, परन्तप, पराक्रमी, यस धरतिमा तिम्रो र मेरो धेरै पटक जन्म भइसकेको छ। म ती जन्महरूको स्मरण गर्न सक्छु, थाहा पाउँछु तर तिमी थाहा पाउन सक्तैनौ।)
श्रीभगवानुवाच बहूनि मे व्यतीतानि जन्मानि तव चार्जुन। तान्यहं वेद सर्वाणि न त्वं वेत्थ परन्तप।।५।।
अध्याय ४ , श्लोक ०६
(अजन्मा, अविनासी र समस्त प्राणीहरूका ईश्वर भएता पनि म आफ्नो योगमाया द्वारा आफ्नो सच्चिदानन्द स्वरुपको अनुशरण गरेर प्रकट हुने गर्दछु।)
अजोSपि सन्नव्ययात्मा भूतानामीश्र्वरोSपि सन्। प्रकृतिं स्वामधिष्ठाय सम्भवाम्यात्ममायया।।६।।
अध्याय ४ , श्लोक ०७
(हे भारत, जब जब यो धरतिमा धर्मको नाश हुन्छ र अधर्मको अभ्यासमा विस्तार हुन्छ तब तब म मेरो नित्य सिद्ध शरीर लिएर म यो धरतिमा प्रकट हुन्छु।)
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत। अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्।।७।।
अध्याय ४ , श्लोक ०८
(म आफ्ना भक्त अर्थात असलहरूको रक्षा गर्न तथा दुष्टहरूको नाश गर्न प्रत्येक युगमा वा आवश्यक परेको कुनै पनि समयमा धर्मको रक्षा वा लोक कल्याण गर्नका लागि मानव रुपमा जन्म लिएर यो पृथ्वीमा आउने गर्दछु।)
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्। धर्मसंस्थापनार्थाय सम्भवामि युगे यगे।।८।।
अध्याय ४ , श्लोक ०९
(हे अर्जुन, मेरो जन्म र कर्म अप्राकृतिक छ। सामान्य मनुष्यको सरह छैन्। जसले यो ज्ञान यथार्थ रुपमा प्राप्त गर्दछ उसले वर्तमान शरीर परित्याग गरेर फेरि जन्म लिंदैन बरु मलाई नै प्राप्त गर्दछ।)
जन्म कर्म च मे दिव्यमेवं यो वेत्ति तत्त्वत:। त्यक्त्वा देहं पुनर्जन्म नैति मामेति सोSर्जुन।।९।।
अध्याय ४ , श्लोक १०
(राग, भय र क्रोधमुक्त भएर, चित्तलाई ममा एकाग्रह गरेर, मेरो शरणागत भएर, ज्ञानरुपी तपस्याबाट पवित्र अनेक भक्तहरूले मेरो प्रेणा भक्ति प्राप्त गरिसकेका छन्। मेरो निरगुण स्वभावको अनुकरण गरेर उत्तम ज्ञान प्राप्त गरिसकेका छन।)
वीतरागभयक्रोधा मन्मया मामुपाश्रिता:। बहवो ज्ञानतापसा पूता मद्भावमागता:।।१०।।
अध्याय ४ , श्लोक ११
(हे पार्थ, जुन व्यक्तिहरूले जसरी मेरो भजन गर्दछन्, ममा समर्पित हुन्छन्, म पनि उनीहरूलाई त्यसै किसिमबाट फल दिने गर्दछु किनभने अनेक व्यक्तिहरूले अनेक किसिमबाट मेरो पथको अनुशरण गर्दछन्।)
ये यथा मां प्रपद्धन्ते तांस्तथैव भजाम्यहम्। मम वर्त्मानुवर्तन्ते मनुष्या: पार्थ सर्वश:।।११।।
अध्याय ४ , श्लोक १२
(आफूले गरेका कार्यहरूको फलको आशा गर्नेहरूले यस लोकमा देवताहरूको पूजा गर्दछन् किनभने कार्यहरू गरेर उत्पन्न हुने फल छिट्टै प्राप्त हुने गर्दछ।)
काङ्क्ष्न्त: कर्मणां सिद्धिं यजन्त इह देवता:। क्षिप्रं हि मानुषे लोके सिद्धिर्भवति कर्मजा ।।१२।।
अध्याय ४ , श्लोक १३
(गुण एवं कर्मको विभाजन अनुसार ब्राह्मण आदि गरेर चार प्रकारका वर्ण समूहहरूको श्रृजना मबाट नै भएको हो। म तिनीहरूको कर्ता भए पनि तिमी म अविनाशीलाई अकर्ता नै मान।)
चातुर्वर्न्यं मया सृष्टं गुणकर्मविभागश: । तस्या कर्तारमपि मां विध्दयकर्तारमव्ययम् ।। १३ ।।
अध्याय ४ , श्लोक १४
(म कर्ममा लिप्त हुन्न किनभने कर्म फलमा मेरो इच्छा छैन्। कर्म फल मेरो महत्वाकाङ्क्षा भित्र पर्दैन पनि। यो कार्य गरे पछि यो फल पाउँला भनि मलाई कहिले पनि आशा हुँदैन। जो कर्मवेत्ताले मेरो यो तथ्य थाहा पाउँछ ऊ पनि कर्ममा आवद्ध हुँदैन।)
न मां कर्माणि लिम्पन्ति न मे कर्मफले स्पृहा। इति मां योSभिजानाति कर्मभिर्न स बध्यते।।१४।।
अध्याय ४ , श्लोक १५
(पूर्वकालीन मुमुक्ष समूह, मोक्षप्राप्त आत्माहरू, ले पनि यस्तै थाहा पाएर लोक प्रवर्तनका लागि कर्महरु गरे। त्यसकारण तिमी पनि प्राचीन पुरुषहरू द्वारा पुरातन कालमा गरिएका अनुष्ठित कर्महरू नै गर)
एवं ज्ञात्वा कृतं कर्म पूर्वैरपि मुमुक्षुभि:। कुरु कर्मैव तस्मात्त्वं पूर्वै: पूर्वतरं कृतम्।।१५।।
अध्याय ४ , श्लोक १६
(कर्म के हो र अकर्म के हो भनी छुट्याउँदा विद्वानहरू पनि भ्रमित हुन पुग्दछन्। त्यसकारण म तिमीलाई त्यो कर्मतत्व भन्ने छु जुन थाहा पाएर तिमी यो अमङ्गलपूर्ण संसारबाट मुक्त हुनेछौ।)
किं कर्म किमकर्मेति कवयोSप्यत्र मोहिता:। तत्ते कर्म प्रवक्ष्यामि यज्ञ्ज्ञात्वा मोक्ष्यसेSशुभात्।।१६।।
अध्याय ४ , श्लोक १७
(कर्म, बिकर्म र अकर्मबारे थाहा पाउनु पर्दछ किनभने कर्मको तत्व निकै पर छ। अर्थात कर्मका अर्थहरू जटिल छन्)
अध्याय ४ , श्लोक १८
(जसले कर्ममा अकर्म देख्छन् र अकर्ममा कर्म देख्छन् ती मनुष्यहरूमा बुद्धिमान् तथा योगीहरू हुन्। तिनीहरू समस्त कर्महरूका कर्ता पनि हुन्।)
कर्मण्यकर्म य: पश्येदकर्मणि च कर्म य:। स बुद्धिमान्मनुष्येषु स युक्त: कृत्स्नकर्मकृत्।।१८।।
अध्याय ४ , श्लोक १९
(जसका सम्पूर्ण कर्महरू कामना र संकल्प रहित छन् तथा ती कामना र संकल्पहरू उनीहरूका ज्ञान रुपि आगोमा जलि सकेका छन् त्यस्ताहरूलाई ज्ञानीहरूले पनि पण्डित भन्ने गर्दछन्।)
यस्य सर्वे समारम्भा: कामसंकल्पवर्जिता:। ज्ञानाग्निदग्धकर्माणं तमाहु: पण्डितं बुधा:।।१९।।
अध्याय ४ , श्लोक २०
(जसले कर्मफलमा राखिने आसक्तिलाई परित्याग गरेका छन् र आफ्नो नित्य आनन्दमा पूर्ण तृप्त छन् एवं योगक्षेम आश्रयका लागि चेष्टा गर्दैनन् तिनीहरू कर्मफलमा प्रवृत भएर पनि केही गर्दैनन्।)
त्यक्त्वा कर्मफलासंगं नित्यतृप्तो निराश्रय:। कर्मण्यभिप्रवृत्तोSपि नैव किञ्चित् करोति स:।२०।।
अध्याय ४ , श्लोक २१
(ती व्यक्तिहरू जसले चित्त र शरीरलाई संयमित राखेका छन् तथा जो कामनाशून्य छन्, जसले सम्पूर्ण भोग्य सामाग्रीहरूको परित्याग गरिदिएका छन्, यस्ता व्यक्तिहरूले केवल शरीर रक्षाका लागि कार्यहरू गरेता पनि उनीहरू पाप ग्रस्त हुँदैनन्।)
निराशीर्यतचित्तात्मा त्यक्तसर्वपरिग्रह:। शरीरं केवलं कर्म कुर्वन्नाप्नोति किल्बिषम्।।२१।।
अध्याय ४ , श्लोक २२
(जो स्वत: प्राप्त वस्तुहरूको प्राप्तिबाट प्रशन्न रहन्छन, शितलता र ताप दिने किसिमका द्वन्द विषयमा सहनशील रहन्छन्, इर्ष्या रहीत एवं सिद्धि तथा असिद्धिमा सम भाव राख्छन् त्यस्ताहरूले कर्म गरेता पनि जीवन मृत्युको बन्धनद्वारा बाँधिनु पर्देन।)
यदुच्छालाभसन्तुष्टो द्वन्दातीतो विमत्सर:। सम: सिद्धावसिद्धौ च कृत्वापि न निबध्यते।।२२।।
अध्याय ४ , श्लोक २३
(जो आसक्ति रहित छन्, अनेक दूरगुणहरू बाट मुक्त छन्, जसको मन ज्ञानमा स्थिर छ, ईश्वरको आराधनाका लागि वर्णित कर्म अनुसारको आचरण गर्दछन् यस्ता पुरुषहरूको सम्पूर्ण कर्महरू पुर्णरुपमा विलीन हुन्छन् र उनीहरूले अकर्म भाव प्राप्त गर्छन्। श्रेष्ठता प्राप्त गर्छन्।)
गतसंगस्य मुक्तस्य ज्ञानवस्थितचेतस:। याज्ञायाचरत: कर्म समग्रं प्रविलीयते।।२३।।
अध्याय ४ , श्लोक २४
(जुन यज्ञमा अर्पण ब्रह्म छ, घृत र अन्य हवन सामाग्रीहरू पनि ब्रह्म छन्, अग्नि पनि ब्रह्मस्वरुप छ, त्यस यज्ञमा ब्रह्मरुप पुरोहितद्वारा आहुति रुप क्रिया पनि ब्रह्म छ, ब्रह्मरुप कर्ममा एकाग्रह चित्त त्यस व्यक्तिद्वारा ब्रह्म नै प्राप्त गरिने योग्य फल हो।)
ब्रह्मार्पणं ब्रह्म हविर्ब्रह्मग्नौ ब्रह्मणा हुतम्। ब्रह्मैव तेन गन्तव्यं ब्रह्यकर्मसमाधिना।।२४।।
अध्याय ४ , श्लोक २५
(अन्य कर्यगोगीहरूले देवताको पूजन रुप देवयज्ञको नै राम्रो गरी उपासना गर्दछन् र ज्ञानयोगीहरूले ब्रह्म रुप अग्निमा यज्ञद्वारा नै यज्ञलाई आहुति प्रदान गर्दछन्।)
दैवमेवापरे यज्ञं योगिन: पर्युपासते। ब्रह्माग्नावपरे यज्ञं यज्ञेनैवोपजुह्वति।।२५।।
अध्याय ४ , श्लोक २६
(नैष्टिक ब्रह्मचारीहरूले मन संयम रुप अग्नीमा श्रव्य आदि इन्द्रियहरूको आहुति दिन्छन् र गृहस्थहरूले इन्द्र रुप अग्निमा शब्द आदि विषयहरूको आहुति दिन्छन्।)
श्रोत्रादीनीन्द्रियाण्यन्ये संयमाग्निषु जुह्वति। शब्दादीन् विषयानन्य इन्द्रियाग्निषु जुह्वति।।२६।।
अध्याय ४ , श्लोक २७
(केही योगीहरूले ज्ञानद्वारा प्रकाशित आत्मसंयम योगरुप अग्निमा आफ्ना सवै इन्द्रियहरूका क्रिया र प्राणका क्रियाहरूको आहुति दिन्छन्।)
सर्वाणीन्द्रियकमार्णि प्राणकर्माणि चापरे। आत्मसंयमयोगाग्नौ जुह्वति ज्ञानदीपिते।।२७।।
अध्याय ४ , श्लोक २८
(आफ्ना कठिन नियमहरूको पालना गर्ने केही योगीहरूले द्रव्ययज्ञ गर्छन्, केहीले तपयज्ञ, केहीले योगयज्ञ, केहीले स्वाध्याययज्ञ र केहीले भने ज्ञानयज्ञ गर्दछन्। यी सबै प्रयत्नशील व्यक्तिहरू तिक्ष्ण ब्रत गर्नेहरू हुन।)
द्रव्ययज्ञास्तपोयज्ञा योगयज्ञास्तथापरे। स्वाध्यायज्ञानयज्ञाश्र्च यतय: संशितव्रता:।।२८।।
अध्याय ४ , श्लोक २९
(प्राणायामनिष्ठ व्यक्तिहरू अपानवायुमा प्राणवायुको आहुति दिन्छन्। यसै गरी प्राणवायुमा अपानवायुको आहुति दिन्छन्। प्राण र अपानवायुको गतिलाई रोकेर प्राणायाम परायण हुन्छन्। कोही संयमित व्यक्तिहरूले भने प्राणवायुमा प्राणवायुको आहुति दिन्छन्।)
अपाने जुह्वति प्राणं प्राणेSपानं तथापरे। प्राणापानगती रुद्ध्वा प्राणायामपरायणा:। अपरे नियताहारा: प्राणान् प्राणेषु जुह्वति।।२९।।
अध्याय ४ , श्लोक ३०
(यी सबै हवनकर्ताहरू जसले आहुतिको अर्थ बुझेका छन् तिनीहरू पापको परिणामबाट मुक्त हुन्छन् र अहुति- फल अमृतको स्वाद थाहा पाएर सनातन ब्रह्मको नजिक पुग्छन्।)
सर्वेप्येते यज्ञविदो यज्ञक्षपितकल्पषा:। यज्ञशिष्टामृतभुजो यान्ति ब्रह्म सनातनम्।।३०।।
अध्याय ४ , श्लोक ३१
(हे कुरु वंशका सर्वश्रेष्ठ, यज्ञ नगर्नेका लागि यो अल्प सुख विशिष्ठ मनु लोक त प्राप्त हुन सक्तैन भने देवताहरूको बास भएको लोक त्यस्ताहरूले कसरी प्राप्त गर्न सक्लान?)
नायं लोकोSस्त्ययज्ञस्य कुतोSन्य: कुरुसत्तम।।३१।।
अध्याय ४ , श्लोक ३२
(अनेक यज्ञहरूको विस्तृत बयान यस किसिमले वेदहरूद्वारा गरिएको छ। तिमी तिनीहरूलाई कर्मबाट उत्पत्ति भएको मान। यस किसिमले जानेर तिमीले मुक्ति प्राप्त गर्नै छौ।)
एवं बहुविधा यज्ञा विततो ब्रह्मणे मुखे। कर्मजान् विद्धि तान् सर्वानेवं ज्ञात्वा विमोक्ष्यसे।।३२।।
अध्याय ४ , श्लोक ३३
(हे परन्तप पार्थ, ज्ञानयज्ञ द्रवमययज्ञ भन्दा श्रेष्ठ छ किनभने समस्त कर्महरू अव्यर्थरुप ज्ञानमा समाप्त हुन्छन्।)
अध्याय ४ , श्लोक ३४
(तत्वदर्शी ज्ञानी व्यक्तिहरुलाई तिमी दण्डवत्, प्रणाम तथा सेवा र प्रश्न गरेर उनीहरूबाट ज्ञानहरू प्राप्त गर। तिनीहरूले तिमीलाई ज्ञान दिने छन्।)
तद्विद्वि प्रणिपातेन परिप्रश्नेन सेवया। उपदेक्ष्यन्ति ते ज्ञानं ज्ञानिनस्तत्त्वदर्शिन:।।३४।।
अध्याय ४ , श्लोक ३५
(हे पाण्डव, त्यो ज्ञानलाई जानेर तिमी पुन: मोहित हुने छैनौ। अनि त्यो ज्ञानको प्रकाशमा तिमीले सम्पूर्ण जीवहरूलाई आत्मामा अनि ती आत्माहरूलाई म अविनाशी परमात्मामा देख्ने छौ।)
यज्ज्ञात्वा न पुनर्मोहमेवं यास्यसि पाण्डव। येन भूतान्यशेषाणि द्रक्ष्यस्यात्मन्यथो मयि।।३५।।
अध्याय ४ , श्लोक ३६
(यदि तिमी सम्पूर्ण पापीहरू मध्ये सर्वाधिक पापी हो भने पनि यो ज्ञान रुपि नाउ चढेर पापको समुन्द्र नै पार गर्न सक्छौ।)
अपि चेदसि पापेभ्य: पापकृत्तम:। सर्वं ज्ञानप्लवेनैव वृजिनं सन्तरिष्यसि।।३६।।
अध्याय ४ , श्लोक ३७
(हे अर्जुन, जसरी प्रज्वलित अग्निले काष्ठ जस्ता इन्धनहरूलाई जलाएर खरानी पारिदिन्छ त्यसै गरी ज्ञानरुपि अग्निले समस्त खराब भौतिक कर्महरूलाई जलाएर शून्य पारिदिन्छ।)
यथैधांसि समिद्धोSग्निर्भस्मसात् कुरुतेSर्जुन। ज्ञानाग्नि: सर्वकर्माणि भस्मसात् कुरुते तथा।।३७।।
अध्याय ४ , श्लोक ३८
(यस लोकमा ज्ञान जतिको सदृश्य पवित्र अरु कुनै वस्तु छैन्। निष्काम कर्मयोगमा सम्यकसिद्ध व्यक्तिले त्यो ज्ञानलाई कालक्रमबाट स्वयं नै आफ्नो हृदयमा पाउन सक्छ।)
न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते। तत् स्वयं योगसंसिद्धि: कालेनात्मनि विन्दति।।३८।।
अध्याय ४ , श्लोक ३९
(इन्द्रियहरूलाई नियन्त्रण गरेका श्रद्धावान् व्यक्तिहरूले तथा साधनपरायण व्यक्तिहरुले ज्ञान प्राप्त गर्दछन् अनि ज्ञान प्राप्त गरेर कहिले नाश नहुने श्रेष्ठ शान्ति प्राप्त गर्दछन्।)
श्रद्धावालँ लभते ज्ञानं तत्पर: संयतेन्द्रिय:। ज्ञानं लब्ध्वा परां शान्तिमचिरेणाधिगच्छति।।३९।।
अध्याय ४ , श्लोक ४०
(अज्ञानी, श्रद्धाविहीन र शङ्का गर्ने व्यक्तिको विनास हुन्छ। शंका गर्ने व्यक्तिका लागि न त यो लोक छ, न त परलोक नै छ, न त सुख नै छ।)
अज्ञश्र्चाश्रद्दधानश्र्च संशयात्मा विनश्यति। नायं लोकोSस्ति न परो न सुखं संशयात्मन:।।४०।।
अध्याय ४ , श्लोक ४१
(हे धनञ्जय, त्यस्ता व्यक्तिहरूलाई कर्महरूले बाँध्न सक्तैनन् जसले निष्काम कर्मयोगद्वारा सन्यास विधि प्रयोग गरेर कर्महरूलाई त्याग गरेको छ र ज्ञानको उपयोग गरेर संसयको परित्याग गर्दै आत्मस्वरुप प्राप्त गरिसकेको छ।)
योगसंन्यस्तकर्माणं ज्ञानसञ्छिन्नसंशयम्। आत्मवन्तं न कर्माणि निबध्नन्ति धनञ्जय।।४१।।
अध्याय ४ , श्लोक ४२
(त्यसकारण हे भरतका वंशज, भारत, अज्ञानताले जन्माएका तिम्रो मनमा स्थित शङ्काहरूलाई ज्ञानरुपि तरबारले काट्दै निष्काम कर्मयोगको शरण परेर युद्ध गर्न तयार होउ।)
तस्मादज्ञानसम्भूतं हृत्स्थं ज्ञानासिनात्मन:। छित्त्वैनं संशयं योगमातिष्ठोत्तिष्ठ भारत।।४२।।
* पाचौं अध्याय मंगलवार साँझ ७ बजे प्रस्तुत गरिनेछ ।
----------------
लेखन तथा आवाज : विश्व राज अधिकारी
अडीयो प्राविधिक : मन्दिप गौतम
Liked by: