श्रृष्टिको रित छ, जीवनको अन्त मृत्यु हो अनि मृत्युसंग पनि अमर हरने तत्व आत्मा हो ।
मृत शरीर अनि जीवित शरीरमा के फरक छ ?
उही अगं, उस्तै बनावट तर एउटालाई मृत अनि अर्कोलाई जीवित बनाउने तत्व के हो त? आत्माको उपस्थितीका कुराहरु यहाँवाट सप्रमाण कुरा गर्न सकियो ।
एउटा बच्चाको जन्म हुन्छ, उसको शरीरको न्यानोपना महसुस गर्नुहोस् । उसका शरीरका सम्पूर्ण भित्री कुराहरु चलायमान छन्, उ कहिले आमाको दुध पिँउछ अनि सुत्छ । गएका ९ महिना उ आफ्नी आमाको गर्भमा बसेको थियो, भ्रुण बिकासक्रम संगै । अब सुस्तरि उ हुर्कदै जान्छ, उसका अगं प्रत्यगंहरु बिकास हुँदै जान्छन्, उ वयस्क हुन्छ अनि चल्दै जान्छ उसका जीवनका परिवर्तन अनि चेतनाका क्रमहरु ।
चाहे जेसुकै होस् तर जन्मको नाता मृत्युमै गएर समापन हुने श्रृष्टिको रित छ, जीवनको अन्त मृत्यु हो अनि मृत्युसंग पनि अमर हरने तत्व आत्मा हो ।
आत्मा शरीर शरीर परिवर्तन गर्दे हिँड्दछ
न कुनै हतियारले यसलाई नष्ट गर्न सक्दछ
न आगोले यसलाई जलाउन सक्दछ
न पानीले भिजाउन सक्दछ
न त हावाले सुकाउन सक्दछ
आत्मा अजर अमर छ
भागवत गीता
भागवत गीताले जीवन अनि मृत्यूका वारे मान्छेको जीवन र आत्मालाई जोडेर मृत्युलाई मुक्तिका रुपमा ब्याख्या गरेको पाइन्छ । हरेक जन्मलाई पूर्वजन्मको कर्मको फलका रुपमा पनि बताइन्छ। हरेक जीवन अर्को जन्मको लागि तयारीका रुपमा बताएर हरेक मान्छेले आत्मा र शरीरका बीचमा फरक अनि बुझाई चौडा गर्न पनि भागवत गीताले आव्हान गरेको छ ।
रामायणमा रामले तारालाई उन्का श्रीमान बालीको वध पछि सम्झाएका वाक्याशंहरु शरीर अनि आत्माको ब्याख्याका लागि सर्वश्रेष्ठ वाक्य अनि ज्ञान मान्न सकिन्छ जहाँ श्री रामले शरीर अनि आत्मालाई स्फटिक र लाहासंग तुलना गर्दै आत्मालाई कहिल्यै नमर्ने शक्तिका रुपमा वयान गर्नुभएको छ । यता आधुनिक बिज्ञानका महान दार्शनिक एवं बैज्ञानिक आइन्सटाइनले पनि त ईनर्जि नेभर डाइज बट चेन्जेस ईट्स फर्मस भनेंर आत्माको अमरतालाई स्वरुप परिवर्तनसंग जोडेर ब्याख्या गर्ने प्रयास गरेका छन् ।
स्वामी गौतमानन्दका शव्दहरु पनि यहाँ साभार गर्न चाह्यौ, वहाँले स्पष्ट भन्नुभएको छ कि जब आत्माले संसार त्याग गर्ने समय आँउदछ तब संसारका भौतिक बस्तु, सम्बन्ध लगायतहरु, घर, श्रीमती, सन्तान सकल कुराहरु व्यर्थ लाग्न थाल्दछन् । आत्माले केवल दिमाग र चेतनाका केही अवयवहरु मात्र पहिचान गर्न थाल्दछ त्यसबखत । गौतमानन्दले यस कुराहरु हावासंग तुलना गर्नुभएको छ कि जसरी हावाले फुलको सुगन्ध बोकेर बहन्छ त्यस्तै आत्माले पनि चेतनाको सुगन्ध बाकेर हिँडेको छ । तर दुख्खद कुर त के हो भनें अहिले चेतना भन्दा पनि विवेक अनि तर्कलाई बढि प्रार्थमिक्ता दिएर कारण अनि असर ब्याख्या गरिन्छ, यस परिवेशमा आत्मा र चेतनाका कुराहरु अहिलेको विश्वमा कतिको सान्र्दभिक हुन सक्दछन त ?
चेतनाको परिवृति बलियो छ तर त्यसको उपस्थितीमा ध्यान दिनका लागि माथिल्ले तहको योगअभ्यास अनि साधनाको जरुरत पर्दछ । यसरी साधकहरुले आत्माले कपडाका रुपमा शरीर धारण गरेको तसर्थ विवेक या तर्कका आधारमा जीवन दर्शन निर्देशित गर्नु फगत भएको बुझ्दछन् । गीतामा भनिएको छ कि हरेक जीवन एउटा नयाँ शरीर हो जहाँ आत्मालाई आत्मिक शुद्धता र चेतनाका आधारमा नयाँ जीवन प्रदान गरिन्छ ।
विशिष्ट जीवन प्राप्तगर्न भने चेतनामा नियन्त्रण गर्न जरुरी मानिन्छ, चेतनशिलतामा कमी भएमा तल्लो तहको जीवन प्राप्त हुने बताइन्छ । यसरी माथिल्लो तहका जिवात्माहरु क्रमश चेतनाको उपस्थितीलाई साधनाले बिकास गर्दे माथिल्लो जीवन अनि मोक्ष प्राप्त गर्दछन पनि भनिन्छ ।
कति कुरा प्रयोगात्मक रुपमा संभव नहुन पनि सक्दछन भने कति तर्कहरु अहिलेको परिपेक्ष्यमा नमिल्न पनि सक्दछन् तर जीवनको बास्तविक मुल्य, उदेश्य अनि मृत्युलाई एउटा अर्थपूर्ण समापनको स्वरुप दिनका लागि जीवनमा चेतना अनि सत्कर्मको महत्वमा भागवत गीता केन्दित देखिन्छ ।
सुयोग ढकाल
Liked by: