मुसलमानहरुको शारिया वा इसाइ धर्मावलम्बीहरुको गिर्जाघरको सिद्धान्तजस्तो धेरैले मनुस्मृतिलाई हिन्दू धर्मको कानुनी किताब वा कुनै पनि देशको संविधान सरह मान्ने गर्दछन् ।
मनुस्मृतिमा समाजमा मानिसहरुले गर्नुपर्ने आचरणको संग्रहण तथा संगठन गरिएको छ । यसको अस्तित्व करिब १८ सय वर्षअघि भएको मानिन्छ जुन समयमा यग्नमा आधारित वेदिक हिन्दू धर्म मन्दिरमा आधारित पौराणिक हिन्दू धर्ममा परिणत हुँदै गइरहेको थियो ।
मुसलमानहरुको शारिया वा इसाइ धर्मावलम्बीहरुको गिर्जाघरको सिद्धान्तजस्तो धेरैले मनुस्मृतिलाई हिन्दू धर्मको कानुनी किताब वा कुनै पनि देशको संविधान सरह मान्ने गर्दछन् । तर खासमा यस्तो होइन । मनुस्मृति ब्राह्मिण तथा राजामहाराजाजस्ता “माथिल्लो” जातका लागि ब्राह्मिणद्वारा बनाइएको आचारसंहिता हो । यो धर्मशास्त्रको एउटा भाग हो । मनुस्मृतिलाई मानव धर्मशास्त्र पनि भनिन्छ, स्मृतिले मनन बुझाउँछ । मानिसको जीवन काल, स्थान र पात्रसँगै परिवर्तन हुँदै जान्छ ।
हिन्दू धर्ममा जीवनलाई अर्थपूर्ण बनाउन वा पुरुषार्थ प्राप्तिका लागि मानिसले चार वटा उद्देश्य प्राप्त गर्नपर्छ । जसमा धर्म अथवा सामाजिक जिम्मेवारीबोध, अर्थ अथवा सम्पत्ति आर्जन तथा वितरण, काम अथवा शारीरिक सन्तुष्टि तथा मोक्ष अथवा सांसारिक मोहबाट अलग रहनुपर्दछ । यी चार खोजिको ज्ञानलाई शास्त्र भनिन्छ । यसबाट धर्मशास्त्र, अर्थशास्त्र, कामशास्त्र र मोक्षशास्त्र बन्दछन् ।
मौर्य साम्राज्यको समयमा ब्राह्मिणहरुले यी शास्त्रहरुको संकलन गर्न थाले । यी शास्त्रहरु पद्यमा लेखिएका हुन्थे, सम्झन सजिलो बनाउनका लागि वाक्यहरु छोटा र संक्षिप्त हुने गर्दथे र यसलाई सूत्र भनिन्थ्यो । पछि यिनीहरुले गद्यको रुप धारण गरे र श्लोक भनिन थाल्यो । अपस्थाम्भ, गौतम, बौद्धयानहरुले धर्मशास्त्र संकलन गरे, चाणक्यले अर्थशास्त्र, वात्स्यायनले कामशास्त्र भने पतञ्जली, बादार्याना, आदिले मोक्षशास्त्रको संकलन गरे । यसमा याद राख्नपर्ने कुरा के छ भने, यी सब विद्वान्हरुले यी शास्त्र समाजमा व्याप्त अभ्यास र वेदका ज्ञान संकलन मात्र गरेका थिए ।
मनुस्मृति अरु धर्मशास्त्रभन्दा बेग्लै छ किनकी यो पुराणहरुमा जस्तै संसारको उत्पत्तिबाट सुरु भएको छ । यसमा चार वर्ण र उनीहरुको नियम, कठिनाइहरुको व्यवस्थापन, पाप, र अन्त्यमा मानव जीवनको दुई मुख्य निचोडः अर्को जीवनका लागि यो जीवनमा प्राप्त गर्नुपर्ने फल वा जन्म र मृत्युको चक्रबाट मुक्ति बारे लेखिएको छ ।
मनुस्मृतिको उत्पत्ति सृष्टिकर्ता ब्रह्माबाट भएको भनिन्छ जसले यी ज्ञान पृथ्वीको पहिलो मानव मनुलाई, उनले भृगुलाई र उनले पनि आफ्ना शिष्यहरुलाई बाँडेको भनिन्छ । मनुस्मृतिलाई सबैभन्दा उत्कृष्ट धर्मशास्त्रको किताब मानिँदै आएको छ । वैदिक धारणाअनुसार नै मनुस्मृतिले पनि समाज चार वर्णमा विभाजित छ भन्ने मान्छ । ब्राह्मिण, क्षेत्री, वैश्य तथा शुद्र । धर्मशास्त्रमा ब्राह्मिणको आचारसंहितालाई मात्र जोड दिइएको भएपनि मनुस्मृतिमा भने ब्राह्मिण र क्षेत्रीको पनि आचारसंहितालाई उत्तिकै महत्वका साथ लेखिएको छ । मनुस्मृतिको २५ सय हरफमध्ये हजारभन्दा बढी हरफ ब्राह्मिणका लागि, अर्को हजारभन्दा बढी राजा, राज्यशक्ति तथा शासनका लागि, आठ वटा वैश्यका लागि र दुई वटा मात्र शुद्रका लागि लेखिएका छन् । यसकारण यसमा पुरै समाजका लागि आचारसंहिता लेखिएको नभई ब्राह्मिण र राज्यसँगको उनीहरुको सम्बन्ध कस्तो हुनपर्ने भन्नेबारे लेखिएको छ ।
मनुस्मृति ब्राह्मिणहरुलाई सफलता तथा महत्वपूर्ण भूमिका प्रदान गर्ने रणनीतिक माध्यम बन्यो । ब्राह्मिणहरुको प्रभुत्व यसकारण पनि मुघल साम्राज्य, बेलायती शासन र स्वतन्त्रतापछि पनि रहिरह्यो । भारतमा मुसलमानहरुको शासनकालमा मनुस्मृति प्रयोगमा थिएन । तर बेलायतले भारतमाथि पकड जमाएर कानुनी नियम बनाएर शासन गर्न थालेपछि, मुसलमानहरु शारिया मान्ने भए तर हिन्दू समुदाय अलमलमा पर्न थाल्यो । यसकारण मनुस्मृतिलाई नै उनीहरुले हिन्दूहरुको कानुनी किताब मान्न थाले । यसले गर्दा मनुस्मृति विश्वभर प्रख्यात बन्न पुग्यो । यो बेलासम्म समाजमा महिला तथा दलितहरुको अवस्था क्षेत्रअनुसार फरक त थियो तर दबिएको थिएन । तर बेलायतीहरुले यो अवस्था बदल्नका लागि भाँड्ने र शासन गर्ने नीति लिँदै समाजको रुप बदल्दिए र भाँडभैँलो पैmलाए ।
१९ औं शताब्दीमा मनुस्मृतिलाई मानवजीवनलाई सहज गर्ने ज्ञानका रुपमा लिइन्थ्यो भने २० औँ शताब्दीमा आएर मनुस्मृतिले जातीय प्रथालाई बढावा दिएको मानियो । जात राजनीतिक मुद्दा हुन थालेपछि यसले भारतमा असमानता बढाएको भन्दै यो किताबलाई सार्वजनिक रुपमा जलाउने कार्यहरु समेत हुन थाले । मनुस्मृतिलाई जातीयतालाई प्रश्रेय दिने श्रोतको आरोप लगाइने गरेको भएपनि, वास्तवमा यो सोही हेतुले लेखिएको भने होइन । समाजमा रहिआएका सामाजिक अभ्यासहरुको संकलनमा मात्र यो केन्द्रित थियो ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: