सीता हराउनु र फेला पर्नु हाम्रो आत्मज्ञान हराउनु र फेला पर्नुको प्रतिकका रुपमा हेर्न सकिन्छ ।
भगवान रामलाई ऐतिहासिक पुरुष मात्र मानिँदैन । उनलाई सारा ब्रम्हण्डको मानवताको कसी मानिन्छ । त्यस्तै, सीतालाई आम महिला मात्र नभई ब्रम्हण्डिक आकांक्षाको स्वरुप मानिन्छ । यस्तो गहिरो अर्थ नबुझी हामीले रामायणको शानदार कथालाई बेअर्थ लगाउने हिम्मत गरिरहेका हुन सक्छौँ । मानव जीवन वास्तविकतामा आधारित भएतापनि, यसमा प्रकृतिको अनौठो चेतना पनि रहेको कुरालाई नकार्न सकिन्न । यस्तै अनौठो चेतना र समवेदनाको विकास गर्दै जानु नै रामसीताको कहानीको वास्तविक शिक्षा हो ।
ब्रह्मशक्तिका रुपमा सीता र राम
राम र सीतालाई मानवको रुपमा मात्र बुझ्न खोज्नु “माया” बारे सीमित धारणा बनाउनु हो । यसको अर्थ यो होइन कि राम र सीताको मानवीय अस्तित्व नै थिएन, तर उनीहरुको अस्तित्वलाई अलौकिक वास्तविकताको प्रतिकका रुपमा लिइन्छ । रामको अवतारले हाम्रो आध्यात्मिक क्षमताको प्रतिनिधित्व गर्दछ । राम र सीतलाई दुई फरक व्यक्तित्व मानिँदैन । सीतालाई रामको नारी प्रतिबिम्ब मानिन्छ भने राम सीताको कार्यशक्ति हो । उनीहरुको मानवीय अस्तित्व उनीहरुबीचको गहिरो एकताको बिम्ब हो । उनीहरु सूर्य र जून, आगो र पानी, धर्ती र आकाश, चेतना र आनन्दका प्रतिक हुन् । उनीहरुको ऊर्जालाई ब्रम्हण्डभर शक्तिशाली मानिन्छ । यति हुँदाहुँदै पनि राम र सीतालाई ऐतिहासिक व्यक्तित्व पनि मान्ने गरिन्छ । राम र सीता भारत तथा एसियाका इतिहास र संस्कारका हिस्सा हुन् । अहिले उनीहरुको महिमा विश्वभर गुँजिदै छ ।रामायणको कथा सुनेपछि के बाँदरहरु साँच्चै बोल्न सक्थे त वा राम र सीताले सही गरे त भन्ने किसिमका प्रश्नहरु उठ्नुभन्दा हामी कति सत्यवादी हुन सक्छौँ भन्ने प्रश्न वैधानिक हुन्छ । बाल्मिीकीले रामायणमार्पmत् राम र सीताको वर्णन गर्दै युवा होस् वा वृद्ध हामीमा उच्च र योगिक धारणाको अवचेतन गराउने प्रयास गरेका छन् ।
सीताको खोजी
रामायण सीताको कथा वरिपरि घुमेको छ । को हुन् सीता रु सीता गर्भबाट जन्मेको नभएर जमिनबाट उत्पत्ति भएकी हुन् । राजा जनकले हलो जोत्ने क्रममा सीतालाई भेटाएका थिए । राजा जनक पनि साधारण राजा थिएनन् । उनी प्राचित भारतका विद्वान् राजा थिए । जनककी छोरीको रुपमा रहेकी सीताले पनि वैद्विक ज्ञान र कला प्राप्त गरिन् । कलात्मक प्रेरणाका कारण उनलाई सरस्वती, धर्तीमा सबै जीवजन्तुको पोषण गराउने क्षमता राख्ने भएकीले लक्ष्मीको, र योगिनी अथवा परिबन्धबाट पार लगाउन सक्ने भएकीले पार्वतीको प्रतिकका रुपमा लिइन्छ । सीतामानिहित आत्मशक्ति तथा चेतनाशक्ति ग्रहणशील तथा मौन मनबाट मात्र प्राप्त हुन्छ जुन अलौकिक हुन्छ । सीता हराउनु र फेला पर्नु हाम्रो आत्मज्ञान हराउनु र फेला पर्नुको प्रतिकका रुपमा हेर्न सकिन्छ । लक्ष्मणलाई बुद्धिको आदेश नमान्ने हठी स्वभावको शक्ति र त्यस्तै रामलाई हामी भित्र नै जगाउनपर्ने हाम्रो अवचेतनको रुपमा लिन सकिन्छ । हनुमान वायुका पुत्र हुन् । उनलाई राम र सीतामा समर्पित हाम्रो प्राण मान्न सकिन्छ । रावणले हामीभित्रको भ्रम, अंहकार र शक्तिमोहको प्रतिनिधित्व गर्दछन् ।
नयाँ अयोध्याको परिकल्पना
रामभत्तिमा समर्पित हुनका लागि हामीले धर्म र साधनाको जीवन व्यतित गर्नुपर्छ । मानवीय विचारशक्ति तथा धारणाहरुले भ्याउन नसक्ने लौकिक चेतना आत्मसाथ गर्न सक्नुपर्छ । यसका लागि, हामी सीता बन्नुपर्छ र हाम्रो जीवनको परिकल्पना बनाएर त्यसका लागि त्याग गर्नुपर्छ । लक्ष्मणजस्तै हाम्रो विचारशक्तिलाई धारिलो बनाउँदै क्षणिकबाट अनन्ततर्पm लाग्नुपर्छ । हामीले हामीभित्रको हनुमानलाई जगाउँदै हाम्रो परिबन्धलाई परिष्कृत बनाउनका लागि प्रयत्न गर्नुपर्छ । हामीले अज्ञानता र अहंकारलाई मास्दै हामीभित्रको रावणलाई जित्न सक्नुपर्छ । हामी सबै अयोध्यातर्पm फर्किने समय आएको छ । यसको मतलब हामीले बाहिरी संसारको मात्र नभएर भित्री संसारको आध्यात्मिक यात्रामा लम्कनुपर्छ । अयोध्या भनेको विवेक, भक्ति, समर्पण तथा एकताको चेतना भएको अलौकिक शहर हो । धर्मको राज्य मानिने अयोध्यामा हरेक प्राणीलाई र इमानदार आचरणलाई बढावा दिइन्छ । धर्मको अवतार भगवान रामले हामीलाई हाम्रो मुख्य कर्तव्य भनेको हरेक प्राणीलाई सेवा गर्नु हो भन्ने उदाहरण दिएका छन् ना कि हाम्रा व्यक्तिगत इच्छा पूर्तिका लागि । रामायणबाट हामीले सिक्नपर्ने कुराहरु धेरै छन् तर यसका लागि हामीले नम्र र विवेकी भएर बुझ्न खोज्याँै भने मात्र यसमा लुकेका ज्ञानहरु प्रकट हुन थाल्दछन् ।
जय श्री राम
जय सीता–राम
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: