विश्वगीताको बाह्रौं अध्याय | Hamro Patro

ब्लग - साहित्य / अध्यात्म

विश्वगीताको बाह्रौं अध्याय




   Bishwa Raj Adhikari - Mar 14 2017
विश्वगीताको बाह्रौं अध्याय विशेष अडियो सामाग्री

लेखक विश्वराज अधिकारीको श्रीमद भागवत् गीताको आधुनिक व्याख्या "विश्वगीता"को बाह्रौं अध्याय आज यहाँहरुमाझ प्रस्तुत गर्दैछौ । श्रीमद भागवत् गीताको १८ अध्याय को लगभग ७०० श्लोकहरुमा मानव जीवनको सबै समस्याको समाधान भेटिन्छ । विश्वगीताको बाह्रौं अध्यायका २० श्लोकहरु यसप्रकार छन् । 

अध्याय १२ , श्लोक ०१ 

अर्जुनले बिन्ती गरे (यस प्रकार योगयुक्त जुन भक्तहरू हजुरको उपासना गर्दछन् तथा जो अव्यक्त ब्रह्माको नै उपासना गर्दछन्, यी दुई थरीमा उत्तम योगवेत्ता को हुन?)
अर्जुन उवाच एवं सततयुक्ता ये भक्तास्त्वां पर्युपासते। ये चाSप्यक्षरमव्यक्तं तेषां के योगवित्तमा:।।१।।

अध्याय १२ , श्लोक ०२ 
भगवान् श्रीकृष्णले आज्ञा गर्नु भयो (जसले ममा मन लगाएर निरन्तर ध्यानमा रहँदै अति नर्गुणा श्रद्धाद्वारा मेरो उपासना गर्दछन् तिनीहरू मेरो विचारमा अति उत्तम योगी हुन्।)
श्रीभगवानुवाच मय्यावेश्य मनो मां नित्युक्ता उपासते। श्रद्धा परयोपेतास्ते मे युक्ततमा मता:।।२।।

अध्याय १२ , श्लोक ०३-०४ 
(तर जसले आफ्ना इन्द्रियहरूलाई नियन्त्रण गरी सबै वस्तुहरूमा समान विचार राखि तथा सबै जीवहरूमा कल्याण भाव राखेर अचिन्त्य सर्वव्यापी, अप्रत्यक्ष र कूटस्थ, अचल, नित्य, निराकार अक्षर ब्रह्मको उपासना गर्दछन् तिनीहरू सबै ममा नै प्राप्त हुन्छन्।)
ये त्वक्षरमनिर्देश्यमव्यक्तं पर्युपासते। सर्वत्रगमचिन्त्यं च कूटस्थमचलं ध्रुवम्।।३।। सन्नियम्येन्द्रिग्रामं सर्वत्र समबुद्धय:। ते प्राप्नुवन्ति मामेव सवरभूतहिते रता:।।४।।

अध्याय १२ , श्लोक ०५ 

(ती निराकार ब्रह्ममा आसक्ति राख्नेहरुलाई दु:ख अधिक हुन्छ किनभने देहधारीहरूलाई अव्यक्तको मार्गले कष्ट प्राप्त हुन्छ।)
क्लेशोSधिकतरस्तेषामव्यक्ताSSसक्तचेतसाम्। अव्यक्ता हि गतिर्दु:खं देहवद्भिरवाप्यते।।५।।

अध्याय १२ , श्लोक ०६-०७ 
(तर ती मेरा परायणहरू जसले आफ्ना सबै कर्महरू ममा अर्पण गरेर अति ध्यानयोगले केवल मेरो मात्र चिन्तन गर्दै मलाई भज्छन्, हे पार्थ, ममा चित्त लगाउने तिनीहरूलाई म यो मृत्युरुप संसार सागरबाट छिटै नै पार लगाइ दिन्छु।)
ये तु सर्वाणि कर्माणि मयि संन्यस्य मत्परा:। अनन्येनैव योगेन मां ध्यायन्त उपासते।।६।। तेषामहं समुद्धर्ता मृत्युसंसारसागरात्। भवामि न चिरात् पार्थ मय्यावेशितचेतसाम्।।७।।

अध्याय १२ , श्लोक ०८ 
(त्यसकारण श्यामसुन्दर आकार ममा मन लगाऊ र आफ्नो बुद्धिलाई पनि ममा नै अर्पित गर। यस्तो गर्दा गर्दे तिम्रो मृत्यु भएमा तिमी ममा नै निवास गर्ने छौ। यो निश्चय हो, कुनै सन्देह नराख।)
मय्येव मन आधत्स्व मयि बुद्धिं निवेशय। निवसिष्यसि मय्येव अत ऊर्ध्वं न संशय:।।८।।

अध्याय १२ , श्लोक ०९ 
(हे धनञ्जय, तिमी यदि आफ्नो मनलाई ममा स्थिर राख्न सक्दैनौ भने अभ्यास योगले मलाई प्राप्त गर्ने इच्छा एवं प्रयत्न गर।)
अथ चित्तं समाधातुं न शक्नोषि मयि स्थिरम्। अभ्यासयोगेन ततो मामिच्छाप्तुतुं धनञ्जय।।९।।

अध्याय १२ , श्लोक १० 
(यदि तिमी अभ्यास पनि गर्न सक्दैनौ भने केवल मेरो निमित्त कर्म-भजन, किर्तन, ध्यान गर्ने होऊ। मेरो निमित्त कर्म गरेर पनि सिद्धि लाभ गर्न सक्ने छौ।)
अभ्यासेSप्यसमर्थोSसि मत्कर्मपरमो भव। मदर्थ कर्माणि कुर्वन् सिद्धिमवाप्स्यसि।।१०।।

अध्याय १२ , श्लोक ११ 
(यदि तिमी मेरो निमित्त कर्म पनि गर्न सक्दैनौ भने विजित मनले मेरो प्राप्तिरुप योगको आश्रयमा परेर कर्महरूका फललाई त्याग गर।)
अथैतदप्यशक्तोSसि कर्तुं मद्योगमाश्रित:। सर्वकर्मफलत्यागं तत: कुरु यतात्मवान्।।११।।

अध्याय १२ , श्लोक १२ 
(किनभने अभ्यास भन्दा ज्ञान श्रेष्ठ छ। ज्ञान भन्दा ठूलो मेरो स्मरणरुप ध्यान श्रेष्ठ छ। ध्यानले गर्दा कर्म फलको त्याग गर्न सकिन्छ। त्यागले गर्दा स्वर्गका सुखहरू र मोक्षको कामना हुँदैन र त्यागले गर्दा नै शान्ति पाउने बाटो खुल्छ।)
श्रेयो हि ज्ञानमभ्यासाज्ज्ञानाद्ध्यानं विशिष्यते। ध्यानात्कर्मफलत्यागस्त्यागाच्छान्तिरनन्तरम्।।१२।।

अध्याय १२ , श्लोक १३-१४ 
(सबै प्राणीहरूमा शत्रुता नराख्ने, मित्र भाव भएको, कृपालु, पुत्र तथा स्त्रीमा ममता नराख्ने, देह आदिमा अहङ्कार नभएको, सुख तथा दु:खमा समान भाव राख्ने, क्षमा गर्न सक्ने, सँधै प्रसन्न चित्त रहने, भक्तियोग युक्त, इन्द्रियहरूलाई संयमित राख्न सकेको, दृढ संकल्प गरेको, केवल ममाथि नै मन र बुद्धि अर्पण गर्ने मेरो भक्त मेरो प्रिय हुन्छ।)
अद्वेष्टा सर्वभूतानां मैत्र: करुण एव च निर्ममो निरहंकार: समदु:खसुख: क्षमी।।१३।। सन्तुष्ट: सततं योगी यतात्मा दृढनिश्चय:। मय्यर्पितमनोबुद्धिर्यो मद्भक्त: स मे प्रिय:।।१४।।

अध्याय १२ , श्लोक १५ 
(त्यस्तो एक व्यक्ति जसले न अरु कसैलाई दु:खी पारको न त ऊ आफू कसैबाट दु:खी पारिएको छ एवं जो प्राकृतिक गुणहरू- हर्ष, असहिष्णुता, भय र दु:ख आदिबाट मुक्त छ ऊ मेरो प्रिय हो।)
यस्मान्नोद्विजते लोको लोकान्नोद्विजते च य:। हर्षाSमर्षभयोद्वेगैर्मुक्तो य: स च मे प्रिय:।।१५।।

अध्याय १२ , श्लोक १६ 
(मेरो त्यो भक्त, जो इच्छारहित छ, पवित्र छ, बुद्धिमान् छ, निष्पक्ष छ, चिन्ताबाट मुक्त छ, समस्त कार्यहरू परित्याग गरेको छ र फलहरुको आशा त्याग्दै मेरो भक्तिमा लागेको छ, मलाई प्रिय छ।)
अनपेक्ष: शुचिर्दक्ष उदासीनो गतव्यथ:। सर्वारम्भपरित्यागी यो मद्भक्त: स मे प्रिय:।।१६।।

अध्याय १२ , श्लोक १७ 
(जो हर्षित तुल्याउने लौकिक वस्तु पाएर हर्षित हुँदैन न त दु:खी तुल्याउने लौकिक वस्तु पाएर दु:खी नै हुन्छ, जो प्रिय वस्तु गुमेकोमा दु:खी हुँदैन र प्राप्त हुन नसकेको वस्तुको लागि चिन्ता पनि गर्दैन र यसैगरी जो पाप र पून्य परित्याग गर्ने छ र मप्रति भक्तिमान पनि छ, त्यस्तो भक्त नै मेरो प्रिय हो।)
यो न हृष्यति न द्वेष्टि न शोचति न काङ्क्षति। शुभाSशुभपरित्यागी भक्तिमान् य: स मे प्रिय:।।१७।।

अध्याय १२ , श्लोक १८-१९ 
(जो भक्तिमान् पुरुष, शत्रु र मित्र, मान र अपमान, सर्दी र गर्मी, सुख र दु:खमा समान रहन्छ र कसैप्रति आसक्ति राख्दैन, निन्दा र स्तुतिलाई समान सम्झिन्छ, मननशील छ, जति प्राप्त हुन्छ त्यतिकैमा सन्तुष्ट हुन्छ, कुनै खास स्थान प्रति ममता रहित छ, स्थिर छ र बुद्धिमान छ, त्यस्तो भक्तिमान् परुष मेरो प्रिय हो।)
सम: शत्रौ च मित्रे च तथा मानाSपमानयो:। शीतोष्णसुखदु:खेषु सम: संगविवर्जित:।।१८।। तुल्यनिन्दास्तुतिर्मौनी सन्तुष्टो येन केनचित्। अनिकेत: स्थिरमतिर्भिक्तिमान्ये प्रियो नर:।।१९।।

अध्याय १२ , श्लोक २० 
(र ती व्यक्तिहरू, जो मेरो परायण भएर श्रद्धापूर्वक भनिएको यो धर्ममय अमृतको निष्काम भावले पान गर्दछन्, मेरा अत्यन्तै प्रिय भक्तहरू हुन।)
ये तु धर्माSमृतमिदं यथोक्तं पर्युपासते। श्रद्दधाना मत्परमा भक्तास्तेSतीव मे प्रिया:।।२०।।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.