वारवेला निर्धारण तथा त्यस सम्वन्धि शास्त्रीय आधार | Hamro Patro

ब्लग - साहित्य / अध्यात्म

वारवेला निर्धारण तथा त्यस सम्वन्धि शास्त्रीय आधार




   रघुनाथ ढुङ्गेल - Jun 27 2019

हाम्रो ज्योतिषशास्त्रले यस्ता लगभग दैनिक गरिने कार्यहरुको शुरुवात गर्नका लागि शुभ समय निकाल्न एउटा छुट्टै विधा उल्लेख गरेको छ जसलाई वारवेला भनिन्छ ।



हाम्रो जीवनमा कहिले काहीं मात्र गरिने महत्वपूर्ण विषेश कार्यहरु (जस्तै व्रतवन्ध, विवाह, यज्ञ ... आदि) को शुरुवात गर्दा संपूर्ण ग्रहहरुको स्थिति, पञ्चाङ्ग (तिथि, वार, नक्षत्र, योग तथा करण) तथा कार्य गर्ने व्यक्तिको जन्मकुण्डली समेत आदिको विषेश अध्ययन तथा विश्लेषण पश्चात अति नै शुभ वर्ष, महिना, दिन तथा समय निर्धारण गरेर मात्र उक्त विषेश कार्यको शुरुवात गरिन्छ ।

तर जीवनमा दैनिकजसो गरिरहनुपर्ने धेरै कार्यहरु शुरुवात गर्नका लागि माथि उल्लेख गरिएका संपूर्ण विधाहरुको अध्ययन तथा विश्लेषण गरेर शुभ समय निकाल्न असम्भव नै हुन्छ ।

हाम्रो ज्योतिषशास्त्रले यस्ता लगभग दैनिक गरिने कार्यहरुको शुरुवात गर्नका लागि शुभ समय निकाल्न एउटा छुट्टै विधा उल्लेख गरेको छ जसलाई वारवेला भनिन्छ ।

यो विधा अनुसार एउटा खास वारको सूर्योदयदेखि त्यसपछि आउने वारको सूर्योदयसम्मको समयलाई १६ भागमा विभाजन गरेर वार अनुसार शुभ तथा अशुभ समय निर्धारण गरिन्छ । यसरी निर्धारण गरेर दिनको लागि निकालिएको शुभ अथवा अशुभ फल संकेत गर्ने समयलाई दिनफल तथा रातको लागि निर्धारण गरिएको समयलाई रात्रीफल भनिन्छ ।

हाम्रो पात्रोमा प्रस्तुत भएका दैनिक देखिने वारवेलाका दिनफल तथा रात्रीफलहरु पण्डित देवकीनन्दन शास्त्रीद्वारा प्रस्तुत ग्रन्थ वृहज्ज्योतिषसारलाई आधार बनाएर गणना गरिएका हुन् ।

यस ग्रन्थको ४० औं श्लोकमा दिन वा रातका सातथरी वेलाहरुका नामहरु यसरी प्रस्तुत गरिएका छन्:


अर्थात,
अमृत, काल, रोग, चर, लाभ, शुभ तथा उद्वेग समेत गरेर जम्मा सात (७) किसिमका वेला (समय)हरु हुन्छन् । यी वेलाहरुको गणनाको वारेमा यस ग्रन्थको ४१ औं श्लोकमा यसरी उल्लेख गरिएको छ:

अर्थात,
दिनमान (सूर्योदय देखि सूर्यास्तसम्मको समय) अथवा रात्रीमान (सूर्यास्त देखि भोलिपल्टको सूर्योदय सम्मको समय) लाई घडि–पला आदिमा बदलेर ८ ले भाग गरी उपयुक्त वार र समय अनुसारको वारवेला निकाल्नु पर्दछ ।

आइतवारको लागि दिनफल तथा रात्रिफलको निर्धारण कसरी गर्ने भन्ने कुरा यसै ग्रन्थका श्लोकहरु ४२ र ४३ मा उल्लेख गरिएको छ:

अर्थात,
आइतवारको सूर्याेदयदेखि सूर्यास्तसम्म को लागि क्रमश:
उद्वेग, चर, लाभ, अमृत, यम (अथवा काल), शुभ, रोग तथा उद्वेग वेलाहरु हुन्छन् ।
त्यस्तै आइतवारको सूर्यास्तदेखि सोमवारको सूर्योदयसम्म को लागिः
चर, लाभ, अमृत, काल, शुभ, रोग, उद्वेग तथा चर वेलाहरु हुन्छन् ।
सोमवारको लागि दिनफल तथा रात्रिफलको निर्धारण कसरी गर्ने भन्ने कुरा श्लोकहरु ४४ र ४५ मा उल्लेख गरिएको छ:

अर्थात,
सोमवारको सूर्याेदयदेखि सूर्यास्तसम्मको लागि क्रमश:
अमृत, काल, शुभ, रोग, उद्वेग, चर, लाभ तथा अमृत वेलाहरु हुन्छन् ।
त्यस्तै सोवारको सूर्यास्तदेखि मंगलवारको सूर्योदयसम्मको लागिः
काल, शुभ, रोग, उद्वेग, चर, लाभ, पीयूष (अथवा अमृत) तथा फेरि काल वेलाहरु हुन्छन् ।
मंगलवारको लागि दिनफल तथा रात्रिफलको निर्धारण कसरी गर्ने भन्ने कुरा श्लोकहरु ४६/४७ मा उल्लेख गरिएको छ:

अर्थात,
मंगलवारको सूर्योदयदेखि सूर्यास्तसम्मको लागि क्रमश:
रोग, उद्वेग, चर, लाभ, अमृत, काल, शुभ तथा रोग वेलाहरु हुन्छन् ।
त्यस्तै मंगलवारको सूर्यास्तदेखि बुधवारको सूर्योदयसम्मको लागिः
आइतवारको दिनका जुन वेलाहरु हुन्छन्, मंगलवारकोे रात्रीको लागि तिनै वेलाहरु लागु हुन्छन् ।

अर्थात,
उद्वेग, चर, लाभ, अमृत, काल, शुभ, रोग तथा उद्वेग वेलाहरु हुन्छन् ।
बुधवारको लागि दिनफल तथा रात्रिफलको निर्धारण कसरी गर्ने भन्ने कुरा श्लोकहरु ४७/४८ मा उल्लेख गरिएको छ:


अर्थात,
बुधवारको सूर्याेदयदेखि सूर्यास्तसम्मको लागि क्रमश:
लाभ, अमृत, काल, शुभ, रोग, उद्वेग, चर तथा लाभ वेलाहरु हुन्छन् ।
त्यस्तै बुधवारको सूर्यास्तदेखि बृहस्पतिवारको सूर्योदयसम्मको लागिः
सोमवारको दिनका जुन वेलाहरु हुन्छन्, बुधवारको रात्रीको लागि तिनै वेलाहरु लागु हुन्छन् ।

अर्थात,
अमृत, काल, शुभ, रोग, उद्वेग, चर, लाभ तथा अमृत ।
बृहस्पतिवारकोे लागि दिनफल तथा रात्रिफलको निर्धारण कसरी गर्ने भन्ने कुरा श्लोकहरु ४७/४८ मा उल्लेख गरिएको छ:


अर्थात,
बृहस्पतिवारको सूर्याेदयदेखि सूर्यास्तसम्मको लागि क्रमश:
शुभ, रोग, उद्वेग, चर, लाभ, अमृत, काल तथा शुभ वेलाहरु हुन्छन् ।
त्यस्तै बृहस्पतिवारको सूर्यास्तदेखि शुक्रवारको सूर्याेदयसम्मको लागिः
मंगलवारको दिनका जुन वेलाहरु हुन्छन्, बृहस्पतिवारकोे रात्रीको लागि तिनै वेलाहरु लागु हुन्छन् ।

अर्थात,
रोग, उद्वेग, चर, लाभ, अमृत, काल, शुभ तथा रोग ।
शुक्रवारकोे लागि दिनफल तथा रात्रिफलको निर्धारण कसरी गर्ने भन्ने कुरा श्लोकहरु ४९ मा उल्लेख गरिएको छ:


अर्थात,
शुक्रवारको सूर्याेदयदेखि सूर्यास्तसम्मको लागि क्रमश:
आइतवारको रातका जुन वेलाहरु हुन्छन्, शुक्रवारकोे दिनको लागि तिनै वेलाहरु लागु हुन्छन् ।

अर्थात,
चर, लाभ, अमृत, काल, शुभ, रोग, उद्वेग तथा चर
त्यस्तै शुक्रवारको सूर्यास्तदेखि शनिवारको सूर्योदयसम्मको लागिः
बुधवारको दिनका जुन वेलाहरु हुन्छन्, शुक्रवारकोे रात्रीको लागि तिनै वेलाहरु लागु हुन्छन् ।

अर्थात,
लाभ, अमृत, काल, शुभ, रोग, उद्वेग, चर तथा लाभ ।
शनिवारकोे लागि दिनफल तथा रात्रिफलको निर्धारण कसरी गर्ने भन्ने कुरा श्लोकहरु ५० मा उल्लेख गरिएको छ:



शनिवारको सूर्योदयदेखि सूर्यास्तसम्मको लागि क्रमश:
सोमवारको रातका जुन वेलाहरु हुन्छन्, शनिवारकोे दिनको लागि पनि तिनै वेलाहरु लागु हुन्छन् ।

अर्थात,
काल, शुभ, रोग, उद्वेग, चर, लाभ, अमृत तथा काल
त्यस्तै शनिवारको सूर्यास्तदेखि आइतवारको सूर्योदयसम्मको लागिः
बृहस्पतिवारको दिनका जुन वेलाहरु हुन्छन्, शनिवारकोे रात्रीको लागि पनि तिनै वेलाहरु लागु हुन्छन् ।

अर्थात,
शुभ, रोग, उद्वेग, चर, लाभ, अमृत, काल तथा शुभ



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.