अध्याय १, श्लोक ०१
धृतराष्टले भने (हे सञ्जय, युद्धका इच्छाद्वारा धर्मभूमि कुरुक्षेत्रमा जम्मा भएका मेरा र पाण्डु पुत्रहरूले के गरे?)
धृतराष्ट्र उवाच धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सव:। मामका: पाण्डवाश्चैव किमकुर्वत सञ्जय।। १।।
अध्याय १ , श्लोक ०२
सञ्जयले भने (महाराज, त्यस समयमा पाण्डवका व्युहाकारमा तयार सेना देखेर द्रोणाचार्यको नजिक पुग्दै दुर्योधनले यी शब्दहरू भने।)
दृष्ट्वा तु पाण्डवानीकं व्यूढं दुर्योधनस्तदा। आचार्यमुपसंगम्य राजा वचनमब्रवीत।। २।।
अध्याय १ , श्लोक ०३
(हे आचार्य, हजुरको बुद्धिमान शिष्य द्रुपदपुत्र धृष्टद्युम्नले रचना गरेका व्यूह सहितको पाण्डुपुत्रको महान सेनालाई हेर्नुहोस।)
पश्यैतां पाण्डुपुत्राणामाचार्य महतीं चमूम्। व्यूढां द्रुपदपुत्रेण तव शिष्येण धीमता।। ३।।
अध्याय १ , श्लोक ०४
(यस सेना समूहहरूमा युद्ध गर्नमा भीम र अर्जुन समान महान धनुधारीहरू युयुधान, विराट, द्रुपद छन्।)
अत्र शूरामहेष्वासा भीमार्जुनसमा युधि। युयुधानो विराटश्च द्रुपदश्च महारथ: ।।४।।
अध्याय १ , श्लोक ०५
अनि धृष्टकेतु, चेकितान, अति पराक्रमी काशीराज, पुरुजीत, कुन्तिभोज, मनुष्यमा उत्तम शैव्य पनि छन्।
धृष्टकेतुश्चेकितान: काशिराजश्च वीर्यवान्। पुरुजित् कुन्तिभोजश्च शैब्यश्च नरूपंगव:।।५।।
अध्याय १ , श्लोक ०६
(पराक्रमी युद्धामन्यु, बलशाली उत्तमौजा, सुभद्राका पुत्र, द्रोपदीका पुत्रहरु छन्। यी महान् महान् महारथीहरू छन्।)
युधामन्युश्च विक्रान्त उत्तमौजाश्च वीर्यवान्। सौभद्रो द्रौपदेयाश्च सर्व एव महारथा:।।६।।
अध्याय १ , श्लोक ०७
(हे ब्राह्मणमा उत्तम, मेरो सैन्यशक्तिलाई नेतृत्व गर्न हामी बीच जो जो विशेषयोग्य छन, म तिनको नाम भन्छु, कृपया अवगत गर्नु होला।)
अस्माकं तु विशिष्टा ये तान्निबोध व्दिजोत्तम। नायका मम सैन्यस्य संज्ञार्थ तान् ब्रवीमि ते।।७।।
अध्याय १ , श्लोक ०८
(विभिन्न व्यक्तिहरू हुनुन्छ जस्तै तपाइँ, भीष्म, कर्ण, युद्धमा सँधै विजयी कृपाचार्य, अश्वत्थामा, विकर्ण, सोमदत्तका छोरा भूरिश्रवा।)
भवान् भीष्मश्च कर्णश्च कृपश्च समितिञ्जय:। अश्वत्थामा विकर्णश्च सौमदत्तिस्तथैव च।।८।।
अध्याय १ , श्लोक ०९
(मेरो लागि जीवन त्याग्न अरु पनि शूरवीरहरू तत्पर छन्। ती सबै विभिन्न किसिमका अश्त्रहरुद्वारा सज्जित भएका छन्। र युद्वकलामा अनुभव प्राप्त गरेका छन्।)
अन्ये च बहव: शूरा मदर्थे त्यक्तजीविता: । नानाशस्त्रप्रहरणा: सर्वे युद्धविशारदा: ।।९।।
अध्याय १ , श्लोक १०
(पितामह भीष्मको शक्तिद्वारा रक्षित हाम्रो सेनाको शक्ति असीमित छ तर भीमद्वारा रक्षित पाण्डवको शक्ति सीमित छ।)
अपर्याप्तं तदस्माकं बलं भीष्माभिरक्षितम् । पर्याप्तं त्विदमेतेषां बलं भीमाभिरक्षितम् ।।१०।।
अध्याय १ , श्लोक ११
(अब तपाइँहरू सबैले आफ्नो आफ्नो रणस्थानमा रहेर चारैतिरबाट भीष्म पितामहलाई सम्पूर्ण सुरक्षा प्रदान गर्नु पर्नेछ।)
अयनेषु च सर्वेषु यथाभागमवस्थिता: भीष्ममेवाभिरक्षन्तु भवन्त: सर्व एव हि ।।११।।
अध्याय १ , श्लोक १२
(त्यस समयमा कौरवहरूमा वृद्ध प्रतापी पितामह, भीष्मले दुर्योधनको उत्साहमा अभिवृद्धि गर्न सिंहको जस्तै ठूलो गर्जन गर्दै शंख बजाए।)
तस्य संजनयन्हर्ष कुरुवृध्द पितामह:। सिंहनादं विनद्धच्चै: शङ्खंदध्यौ प्रतापवान्।।१२।।
अध्याय १ , श्लोक १३
(ततपश्चात शंख, सहनाइ, पणव, आनक गोमुखहरू अचानक एकैपटक बजे र यिनको सामुहिक धव्नि डलरलाग्दो सुनियो)
तत: शङ्खाश्र्च भेर्यश्र्च पाणवानकगोमुखा:। सहसैवाभ्यहन्यन्त स शब्दस्तुमुलोSभवत् ।। १३।।
अध्याय १ , श्लोक १४
(त्यसपछि स्वेत घोडा जोतिएको भव्य रथमा बसेका भगवान श्री कृष्ण र अर्जुनले दिव्य शंख बजाउनु भयो)
तत: श्र्वेतैर्हयैर्युक्ते महति स्यन्दने स्थितौ। माधव: पाण्डवश्र्वैव दिव्यौ शङ्खौ प्रदध्मतु:।।१४।।
अध्याय १ , श्लोक १५
(भगवान श्री कृष्णले आफ्नो पाञ्चजन्य, अर्जुनले आफ्नो देवदत्त, धेरै खाने र अति शक्तिशाली भीमसेनले आफ्नो पौण्ड्रक नामक शंख बजाउनु भयो)
पाञ्चजन्यं हृषिकेशो देवदत्तं धनंजय:। पौण्ड्रं दध्मौ महाशङ्खं भीमकर्मा वृकोदर:।।१५।।
अध्याय १ , श्लोक १६
(कुन्तीका पुत्र राजा युधिष्ठिरले अनन्त-विजय, नकुलले सुघोष र सहदेवले मणिपुष्प नामक शंख बजाउनु भयो)
अनन्तविजयं राजा कुन्तीपुत्रो युधिष्ठिर:। नकुल: सहदेवश्र्च सुघोषमणिपुष्पकौ।। १६।।
अध्याय १ , श्लोक १७-१८
१७-१८ (महाधनुर्धारी काशीराज, महारथी शिखण्डि, धृष्टद्युम्न, विराज, अजेय अर्थात पराजित गर्न नसकिने सात्यकि, द्रुपद, द्रौपदीका छोरा, महाबाहु अभिमन्यु, सबैले, हे राजन! आ-आफ्नो शंख बजाए।)
काश्यश्र्च परमेष्वास: शिखण्डि च महारथ:। धृष्टधुम्नो विराटश्र्च सात्यकिश्र्वापराजित:।। १७।। द्रुपदो द्रौपदेयाश्र्च सर्वश: पृथिवीपते सौभद्रश्र्च महाबाहु: शङ्खान्दध्मु: पृथक्पृथक्।। १८।।
अध्याय १ , श्लोक १९
(शंख बजाउँदा उत्पन्न आकाश र पृथ्वीबाट प्रतिध्वनीत अति चर्को आबाजले कौरवहरुको छाती चर्किन थाल्यो।)
स घोष धार्तराष्ट्राणां हृदयानि व्यदारयत्। नभश्र्च पुथिवीं चैव तुमुलो व्यनुनादयन्।।१९।।
अध्याय १ , श्लोक २०
(महाराज, त्यसपछि अर्जुन, जो हनुमानको चित्र अंकित ध्वजाको तल रहेका थिए, ले जब युद्धका लागि तयार भइ हतियार प्रहार गर्न तयार रहेका धृतराष्ट्रका पुत्रहरूलाई देखे तब आफ्नो धनुष उठाउँदै भगवान् श्री कृष्णलाई यी शब्दहरू भने।)
अथ व्यवस्थितान्दृष्ट्वा धार्तराष्ट्रान् कपिध्वज:। प्रवृत्ते शस्त्रसंपाते धनुरुध्यम्य पाण्डव:। हृषीकेशं तदा वाक्यमिदमाह महीपते।।२०
अध्याय १ , श्लोक २१
अर्जुनले बिन्ती गरे (हे अच्युत, मेरो यो रथलाई दुबै तर्फका शैन्यका बीचमा लगेर खडा गरिदिनु होस्)
अर्जुन उवाच सेनयोरुभयोर्मध्ये रथं स्थापय मेSच्युत।।२१।।
अध्याय १ , श्लोक २२-२३
(म यो हेर्न सकौं कि युद्ध गर्ने उद्देश्यका साथ यस रणभूमिमा उपस्थितहरू मध्ये मैले को को सँग युग्द्ध गर्नु पर्नेछ।) (दुर्बुद्धि दुर्योधनको असल चिताएर यस संग्राममा युद्ध गर्न आएका योद्धाहरु मलाई हेर्न दिनुहोस।)
यावदेतान्निरीक्षेSहं योद्धुकामानवस्थितान कैर्मया सह योद्धव्यमस्मिन् रणसमुध्यमे।।२२।। तोत्स्यमानानवेक्षेSहं य एतेSत्र समागता:। धार्तराष्ट्रस्य दुर्बुध्देर्युध्दे प्रियचिकीषर्व:।।२३।।
अध्याय १ , श्लोक २४
सञ्जयले भने (हे धृतराष्ट्र महोदय, अर्जुनको अनुरोध अनुसार भगवान श्रीकृष्णले सर्वोत्तम रथ दुई सेना समूहरूको मध्यमा लग्नु भयो।)
सञ्जय उवाज एवमुक्तो हृषीकेशो गुडाकेशेन भारत। सेनयोरुभयोर्मध्ये स्थापयित्वा रथोत्तमम्।।२४
अध्याय १ , श्लोक २५
(भीष्म, द्रोण एवं विश्वका अन्य नायकहरूको सामुन्ने भगवान श्री कृष्णले भन्नु भयो यो रणभूमिमा उपस्थित भएका यी कुरुवंशीहरूलाई हेर।)
भीष्मद्रोणप्रमुखत: सर्वेषां च महीक्षिताम्। उवाच पार्थ पश्यैतान्समवेतान्कुरुनिति।।२५।।
अध्याय १ , श्लोक २६
(तत् पश्चात त्यहाँ रहेका अर्जुनले दुबै सैन्य पक्षमा सम्मिलित पितासरहका अग्रजहरू, पितामहसरहका अग्रजहरू, गुरु, आमा पट्टिका काकाहरू, भाइहरु, छोराहरू, नातीहरू, मित्रहरू, ससुराहरू एवं सुभ चिन्तकहरूलाई देख्न सके।)
तत्रापश्यत्स्थितान्पार्थ: पितृनथ पितामहान्। आचार्यान्मातुलान् भ्रातृन् पुत्रान् पौत्रान् सखींस्तथा। श्वशुरान् सुहृदश्र्चैव सेनयोरुभयोरपि।।२६।।
अध्याय १ , श्लोक २७
(त्यहाँ उपस्थित सबै आफ्नै नातेदार एवं बन्धुहरू भएको कुन्तीपुत्र अर्जुनले जब देखे, दया गर्दै आत्तिएर दु:खी भइ यो भने।)
तान्समीक्ष्य स कौन्तेय: सर्वान्बन्धूनवस्थितान्। कृपया परयाविष्टो विषीदन्निदमब्रवीत्।।२७।।
अध्याय १ , श्लोक २८
अर्जुनले बिन्ती गरे (हे कृष्ण, युद्ध गर्ने उद्देश्यले तयार भइ जम्मा भएका मेरा आफ्ना यी नातेदारहरू देखेर मेरो शरीरका अंगहरु कमजोर हुँदैछन्, र मेरो मुख पनि सुखिरहेको छ।)
अर्जनु उवाच दृष्ट्वेमं स्वजनं कृष्णा युयुत्सुं समुपस्थितम्। सीदन्ति मम गात्राणि मुखं च परिशुष्यति।।२८।।
अध्याय १ , श्लोक २९
(मेरो सम्पूर्ण शरीरमा कंपन हुँदैछ। म रोमांचकताको अनुभव गर्दैछु। मेरो हातबाट गाण्डिव खस्दै छ, अनि छाला पनि पोल्दै छ।)
वेपथुश्र्च शरीरे मे रोमहर्षश्र्च जायते। गाण्डीवं स्त्रंसते हस्तात्त्वक्चैव परिदह्यते।।२९।।
अध्याय १ , श्लोक ३०
(म अब उभिएर रहन सक्ने स्थितिमा छैन। म भ्रमित भएर आफूलाई नै बिर्सने स्थितिमा पुगेको छु। केसी राक्षशको संघारकर्ता, हे केशव, म केवल दुर्भाग्यका लक्षणहरू मात्र देखिरहेको छु।
न च शक्नोम्यवस्थातुं भ्रमतीव च मे मन:। निमित्तानि च पश्यामि विपरीतानि केशव।।३०।।
अध्याय १ , श्लोक ३१
(हे कृष्ण, यस युद्धमा आफ्नै नातेदारहरूको हत्या गरेर म केही फाइदा देखिरहेको छैन्। न त ममा विजयको चाहना नै छ, न त मलाई राज्य नै चाहिएको छ अथवा न त खुसी नै चाहिएको छ।)
न च श्रेयोSनुपश्यामि हत्वा स्वजनमाहवे। न काङ्क्षे विजयं कृष्ण न च राज्यं सुखानि च।।३१।।
अध्याय १ , श्लोक ३२-३५
(हे गोविन्द, राज्य, सुख र जीवनको के नै महत्व रह्यो यदि जसका लागि ती कुराहरूको हामीले कामना गरेका छौ, तिनीहरू नै रणभूमिमा उपस्थित भएका छन् भने। हे मधुसुधन, गुरुहरू, पिताहरू, पुत्रहरू, पितामहहरू मामाहरू, ससुराहरू, नातिहरू, सालाहरू र अन्य नातेदारहरू जब आफ्नो जीवन र सम्पत्तिको मोह त्यागेर मेरो अगाडि पक्तिवद्ध भएका छन् भने म कसरी तिनहरूको ज्यान लिने कामना गरौ, यदि तिनीहरूले मेरो ज्यान नै लिन सक्ने भएता पनि। हे सम्पूर्ण जीवनहरूका रक्षक, तिनीहरूसँग युद्ध गर्दा, बदलामा मैले तिनै लोक पाएता पनि म युद्ध गर्न तयार हुन सक्तिन। धृतराष्ट्रका पुत्रहरूको हत्या गरेर हामीले के आनन्द पाउने छौ?)
किं नो राज्येन गोविन्द किं भोगैर्जीवितेन व। येषामर्थे काङ्क्षितं नो राज्यं भोगा: सुखानि च।।३२।। त इमेSवस्थिता युद्धे प्राणांस्त्यक्त्वा धनानि च। आचार्या: पितर: पुत्रास्तथैव च पितामहा:।।३३।। मातुला: श्वशुरा: पौत्रा: श्याला: सम्बन्धिनस्तथा। एतान्न हन्तुमिच्छामि ध्नतोSपि मधुसूदन।।३४।। अपि त्रैलोक्यराज्यास्य हेतो: किं नु महीकृते। निहत्य धार्तराष्ट्रान्न: का प्रीति: स्याज्जनार्दन।।३५।।
अध्याय १ , श्लोक ३६
(हे माधव, यी आक्रमणकारीहरूको हत्या गरेर हामी निश्चय पनि पापको भागेदार हुनेछौ। त्यसकारण धृतराष्ट्रका पुत्रहरूका साथै हाम्रा परिवारका सदस्यहरूको हत्या गर्नु हाम्रो लागि उचित होइन। तसर्थ आफ्नै नातेदारहरूको हत्या गरेर हामी कसरी सुखी हुन सक्ने छौ?)
पापमेवाश्रयेदस्मान् हत्वैतानाततायिन:। तस्मान्नार्हा वयं हन्तुं धार्तराष्ट्रान् सबान्धवान्। स्वजनं हि कथं हत्वा सुखिन: स्याम माधव।।३६।।
अध्याय १ , श्लोक ३७-३८
(हे कृष्ण, लोभले हृद्य भरिएका यी व्यक्तिहरूले आफ्नै परिवारको बध गर्नु र मित्रहरूसँग कलह गर्नुलाई दोष नदेखे तापनि हामी, जसले परिवारको हत्या गर्नुलाई अपराध देख्छौ, ले यो पाप कर्म किन गर्ने?
यद्धप्येते न पश्यन्ति लोभोपहतचेतस:। कुलक्षयकृतं दोष मित्रद्रोहे च पातकम्।।३७।। कथं न ज्ञेयमस्माभि: पापादस्मान्निवर्तितुम्। कुलक्षयकृतं दोषं प्रपश्यद्भिर्जनार्दन।।३८।।
अध्याय १ , श्लोक ३९
(कुलको विनाशबाट परिवारको आध्यात्मिक परम्परा सदाको लागि नष्ट हुन्छ। जब आध्यात्मिक मूल्यहरू समाप्त हुन्छन् तब सम्पुर्ण समाजलाई पापले छोप्छ।)
कुलक्षये प्रणश्यन्ति कुलधर्मा: सनातना:। धर्मे नष्टे कुलं कृत्स्नमधर्मोSभिभवत्युत।।३९।।
अध्याय १ , श्लोक ४०
(हे कृष्ण, जब पाप व्याप्त हुन्छ तब वंशका स्त्रीहरूहरुमा सदाचार नाश हुन्छ। हे वार्ष्णेय, सदाचार नभएका स्त्रीत्वबाट वर्णसंकरको जन्म हुन्छ।)
अधर्माभिभवात् कृष्ण प्रदुष्यन्ति कुलस्त्रिय:। सत्रीषु दुष्टासु वार्ष्णेय जायते वर्णसंकर:।।४०।।
अध्याय १ , श्लोक ४२
(वंश नाश गर्ने उनीहरू सबैका ती पापी कार्यहरूले गर्दा वर्ण संकर उत्पत्तिमा वृद्धि हुन्छ जसले गर्दा समय मर्यादित वंश परम्पराको नष्ट हुन्छ।
दोषैरेतै: कुलघ्नानां वर्णसंकरकारकै:। उत्साद्धन्ते जातिधर्मा: कुलधर्माश्र्च शाश्र्वता:।।४२।।
अध्याय १ , श्लोक ४३
(हे जनार्दन, पालनकर्ता, जो व्यक्तिहरूको आध्यात्मिक वंश परम्परा नष्ट भएर जान्छ ती निर्वाध रुपमा नर्कमा पुग्दछन् भन्ने कुरा मैले विद्वानहरूले भनेको सुनेको छु।)
उत्सन्नकुलधर्माणां मनुष्याणां जनार्दन। नरके नियतं वासो भवतीत्यनुशुश्रुम।।४३।।
अध्याय १ , श्लोक ४४
(ओहो! यो कति अनौठो छ कि हामीले महान पाप गर्ने विचार गरेका छौं। केवल राजकीय सुख भोग गर्नका लागि हामी आफ्नै नातेदारहरूको वध गर्न तयार भएका छौं।)
अहो बत महत् पापं कर्तुं व्यवसिता वयम्। यद् राज्यसुखलोभेन हन्तुं स्वजनमुद्धता:।।४४।।
अध्याय १ , श्लोक ४५
(मानौ यदि हातमा अश्त्र भएका धृतराष्ट्रका छोराहरूले, म रणभूमिमा अश्त्रहीन र प्रतिरोध गर्न नसक्ने अवस्थामामा रहेको बेला मेरो हत्या गरेता पनि त्यसलाई राम्रो नै मानिने छ।)
यदि मामप्रतीकारमशस्त्रं शस्त्रपाणय:। धार्तराष्ट्रा रणे हन्युस्तन्मे क्षेमतरं भवेत्।।४५।।
अध्याय १ , श्लोक ४६
सञ्जयले भने (यसरी यो भनेर अर्जुनले रणभूमिमा आफ्नो धनु र वाण एकतिर पन्छ्याए अनि आत्तिंदै मनमा गहिरो दु:खका साथ रथमा बसे।)
सञ्जय उवाज एवमुक्त्वार्जुन: संख्ये रथोपस्थ उपाविशत्। विसृज्य सशरं चापं शोकसंविग्नमानस:।।४६
विश्वगीताको दोश्रो अध्यायको लागि यहाँ क्लिक गर्नुहोला
-------------
लेखन तथा आवाज : विश्व राज अधिकारी
अडीयो प्राविधिक : मन्दिप गौतम
Liked by: