यसपटकको खग्रास चन्द्रग्रहण तिष्य र अश्लेषा नक्षत्रमा परेको हुनाले अाउने ६ महिनासम्म तिष्य र अश्लेषा नक्षत्रमा कुनैपनि शुभकार्य वर्जित हुन्छ ।
अप्रत्यक्षाणि शास्त्राणि विवादस्तत्र केवलं ।
प्रत्यक्षं ज्योतिषं शास्त्रं, चन्द्रार्काै यत्र साक्षिणाै ।।
अर्थातः धर्म, शास्त्र, इश्वर अादिका कुराहरू अप्रत्यक्ष रहेका कारण विवाद उत्पन्न हुनसक्छ तर ज्योतिष शास्त्रकोलागि सूर्य र चन्द्रमा प्रत्यक्ष साक्षी छन् ।
नमस्कार ! ज्योतिष पण्डित नारायण प्रसाद दुलालको तर्फबाट हाम्रोपात्रोका तमाम प्रयोगकर्ता, शुभचिन्तकहरूमा । यहि मिति २०७४ माघ शुक्ल पूर्णिमाका दिन अर्थात् यस माघ १७ गते तदनुसार ३१ जनवरी २०१८, बुधबारका दिन लाग्ने 'खग्रास चन्द्रग्रहण'का विषयमा केहि जानकारीहरू हजूरहरूसमक्ष राख्दैछु ।
अाजको खग्रास चन्द्रगहण विश्वका अधिकांश ठाउँबाट देखिनेछ । हाम्रो देश नेपालमा भने साँझ ०५/५५ मिनेटमा चन्द्रोदय हुने भएकाले साँझ ५ बजेर ५५ मिनेटबाट केहि अंश ग्रहण लागिसकेको अवस्थामा देखिनेछ । नेपाली समय अनुसार साँझ ५ बजेर ३२ मिनेटमा स्पर्श हुनेछ र साँझ ६ बजेर ३६ मिनेटदेखि सम्मिलन अर्थात् पूर्ण खग्रास प्रारम्भ भर्इ साँझ ७ बजेर १६ मिनेटमा खग्रासको अन्त्य हुँदै रात्री ८ बजेर ५७ मिनेटमा मोक्ष हुनेछ । अतः सम्पूर्ण ग्रहण अवधि ३ घण्टा २५ मिनेटको हुनेछ भने ग्रस्तोदित खग्रास १ घण्टा १७ मिनेटको हुनेछ ।
सूतक समयः
शास्त्रले बताए अनुसार सूर्यग्रहणमा ४ प्रहर अर्थात् १२ घण्टा र चन्द्रग्रहणमा ३ प्रहर अर्थात् ९ घण्टा पूर्ण सूतक प्रारम्भ हुन्छ । त्यसैले माघ १७ गतेका दिन विहान ८ बजेर ५५ मिनेटदेखि बालक, बृद्ध, रोगी तथा गर्भवती महिलाहरू बाहेक अरू विवेकशिल प्राणिलार्इ भोजन निशेध गरिएको छ । ग्रहणको समयमा भोजन निशेध हुनुका साथै पकाउने, भूट्ने, बनाउने, काट्ने, बिभिन्न अाैजारको प्रयोग गर्ने, भूमी खनन गर्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्वपूर्ण कागजातहरू अादिमा हस्ताक्षर गर्ने कार्यहरू तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य पूर्णरूपले निशेध गरिएको छ ।
यसपटकको खग्रास चन्द्रग्रहण तिष्य र अश्लेषा नक्षत्रमा परेको हुनाले अाउने ६ महिनासम्म तिष्य र अश्लेषा नक्षत्रमा कुनैपनि शुभकार्य वर्जित हुन्छ ।
गर्भवती महिलाहरू ग्रहणको समयमा घर बाहिर ननिस्कने । यदि निस्कनै पर्ने भएमा तुलसीपत्र, कुश, चन्दन साथमा राखेरमात्र घर बाहिर निस्कनु पर्दछ ।
के गर्ने?
ग्रहणको समयमा ग्रहण स्पर्शसंगै नदी, तलाउ, पोखरी, तिर्थस्थान, खोला, समुन्द्र अादिमा स्नान गर्ने र त्यसै पूण्यकाल अर्थात् ग्रहणको समयमा यथाशक्ति एवं भक्तिले जनावर, चराचुरूङ्गी, नीमुखा प्राणि तथा असहाय प्राणिहरूलार्इ दान तथा सहयोग गर्नु निक्कै राम्रो मानिन्छ ।
यसकासाथै ग्रहणकालमा अाफ्नो दिक्षा मन्त्रहरू छ भने जप गर्नु, नभए भगवानको मूलमन्त्रहरूको जप तथा ध्यान, होम अादि गर्नाले हजाराैं गुणा बढी फल मिल्ने शास्त्रोक्त वचन छ । यदि अाफ्नो राशिको महादशा, अन्तर्दशा थाहा छ भने त्यसको जप गर्नाले ग्रहपीडा कमभर्इ नवग्रहको समिक कृपा प्राप्त हुनेछ ।
कुनै जातकको जन्म कुण्डलीमा चन्द्रग्रहण योग परेको छ भने त्यस्ता जातकले चन्द्रमा तथा शिवजीको उपासना गर्नाले अत्यन्त लाभकारी हुनेछ । यसका अतिरिक्त वाकसिद्धि, साधना अादिकोलागि पनि पूण्यकाल अर्थात् ग्रहणको समय उपयुक्त मानिन्छ । ग्रहणको पूण्यकालमा ब्रह्माचर्याको पालना गर्दै मनमा गलत विचार अाउन नदिर्इ सकारात्मक विचारको मनन, चिन्तन गर्ने, धार्मिक गीत सङ्गीत तथा भजन गाउने वा सुन्ने । वेद, पुराण, उपनिषद्, गीता इत्यादि धार्मिक ग्रन्थको अध्ययन गर्दै मनलार्इ प्रसन्न बनाइराख्नु अत्यन्तै लाभदायक हुनेछ ।
ग्रहण प्राकृतिक घटना हो, त्यसैले ग्रहण तथा सूतकबाट भयभित हुनुहुँदैन । यसलार्इ सम्यक रूपले सकारात्मक पक्षबाट लिनुपर्दछ । यस खग्रास चन्द्रग्रहणले मनुष्यजीवन, जीवजन्तु तथा पर्यावरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले ग्रहण तथा सूतकबाट भयभित नभर्इ ग्रहणलार्इ सम्यक रूपले सकारात्मक पक्षबाट लिन अावश्यक छ ।
ग्रहणको समयमा हाम्रो घरमा विकिरण तथा नकारात्मक उर्जा घरभित्र प्रवेश हुने भएकाले ग्रहणकालमा पकाएका खानेकुरा राख्नुहुँदैन, यसकासाथै दूध, दही, घ्यू, पानी, अचार अादि छ भने त्यसमा तुलसीपत्र वा कुश राख्नाले त्यस्ता खानेकुरालार्इ खराब नगर्ने शास्त्रीय मान्यता छ । यसका साथै घरको मुख्य द्वारमा या खानेकुरा छेउमा शुद्ध गार्इको गोबर स्थापना गर्नाले ग्रहणबाट निस्कने विकिरण तथा नकारात्मक उर्जालार्इ रोक्ने काम गर्दछ । अतः गार्इको गोबर स्थापना गर्नु राम्रो मानिन्छ ।
यसपटकको खग्रास चन्द्रगहण पूण्य तथा अश्लेषा नक्षत्रमा अर्थात् कर्कट राशिमा ग्रहणको योग परेककाले विशेषगरी कर्कट राशि तथा कर्कट लग्न भएका जातकलार्इ प्रतिकूल हुने देखिन्छ । यस बाहेकका मेषादि बाह्र राशिको ग्रहणफल यसप्रकार रहेको छः
मेषः पारिवारिक कष्ट, शारिरिक व्यथा, कष्ट, धन नाश
वृषः श्रीःप्राप्ति, कार्यमा सफलता, अार्थिक उन्नती
मिथुनः धन हानी, बोलीको अनर्थ, शिक्षामा बाधा
कर्कटः घातक, चोटपटकको भय, मानहानी, कार्यमा असफलता
सिंहः खर्च बढ्ने, भाग्यमा अवरोध, अार्थिक नोक्सानी
कन्याः अार्थिक लाभ, विद्या र बुद्धिको बिकास
तुलाः सुख, कार्यमा सफलता, अार्थिक सबलता, भाग्य बृद्धि
बृश्चिकः कार्यमा अवरोध, मानहानी, शारिरिक कष्ट
धनुः शत्रु बढ्ने, शारिरिक कष्ट, जलतत्वबाट भय
मकरः जीवनसाथीलार्इ कष्ट, पार्टनर तथा प्रेमीप्रेमीकाबिच खिन्नता
कुम्भः सुख, अार्थिक उन्नति र प्रगती
मीनः मानसिक चिन्ता बढ्ने, शत्रु बढ्ने, रोग बढ्ने
Liked by: