Suyog Dhakal · Nov ३०, २०१७
मानव आगोमा पकाएर खान्छ, आगो ताप्छ अनि आगो वाट बिभिन्न यन्त्र कारखाना चलाँउछ । आगोको बढि प्रयोग ले सभ्यता को घोतकका रुपमा पनि काम गर्ने भएकाले पनि आगो का बिभिन्न स्वरुपका प्रयोग सनातन सस्कारमा हुँदै आयो, दियो प्रज्जवलन यस्तै एउटा चलन का रुपमा मान्न सकिन्छ । मन्दिरै मन्दिरको शहर काठमाडौमा पनि एतिहासिक मन्दिरहरु वरिपरि दिउो र होम गर्न मिल्ने स्थान का साथमा हजारौं बर्षदेखि हामीमाझ छन् । दियो बाल्न पाउनु मन्दिरको प्रथम उपादयता हो, फेरि अग्नी लाई शुद्धिकरण कार्यको मुख्य प्रदायक पनि त मानिन्छ ।
भागवत गीताको ९: २६ श्लोक जहाँ भगवान श्री कृष्णले स्वयम आफ्ना भक्तहरु ले श्रद्धाका साथ फुल, फल, पात या जल जे चढाएपनि हर्षका साथ स्वीकार्ने भन्नुभएको छ ।
बैदिक कालमा दियो या बत्ति भन्दा पनि यज्ञ, होम इत्यादिमा बढि चलन रहेको पुष्टि हुन्छ । भागवत को यस श्लोकले पनि श्री कृष्ण स्वयमले फुल, पात, जल या फल संगै बत्ति या दियो को उल्लेख नगरेकाले दियो चलन पछि आएको भान हुन्छ । क्रमश बैदिक कालवाट पौराणिक काल सम्म आँउदा दियो अनि बत्ति बाल्ने चलन बढ्दै गएको पाइन्छ ।