हिन्दुहरु ले किन दियो बाल्दछन् ? | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / अध्यात्म

हिन्दुहरु ले किन दियो बाल्दछन् ?




   Suyog Dhakal - Nov 30 2017

मानव आगोमा पकाएर खान्छ, आगो ताप्छ अनि आगो वाट बिभिन्न यन्त्र कारखाना चलाँउछ । आगोको बढि प्रयोग ले सभ्यता को घोतकका रुपमा पनि काम गर्ने भएकाले पनि आगो का बिभिन्न स्वरुपका प्रयोग सनातन सस्कारमा हुँदै आयो, दियो प्रज्जवलन यस्तै एउटा चलन का रुपमा मान्न सकिन्छ । मन्दिरै मन्दिरको शहर काठमाडौमा पनि एतिहासिक मन्दिरहरु वरिपरि दिउो र होम गर्न मिल्ने स्थान का साथमा हजारौं बर्षदेखि हामीमाझ छन् । दियो बाल्न पाउनु मन्दिरको प्रथम उपादयता हो, फेरि अग्नी लाई शुद्धिकरण कार्यको मुख्य प्रदायक पनि त मानिन्छ ।



शुरु गर्दछौं भागवत गीताको ९: २६ श्लोक वाट जहाँ भगवान श्री कृष्णले स्वयम आफ्ना भक्तहरु ले श्रद्धाका साथ फुल, फल, पात या जल जे चढाएपनि हर्षका साथ स्वीकार्ने भन्नुभएको छ । 
बैदिक कालमा दियो या बत्ति भन्दा पनि यज्ञ, होम इत्यादिमा बढि चलन रहेको पुष्टि हुन्छ । भागवत को यस श्लोकले पनि श्री कृष्ण स्वयमले फुल, पात, जल या फल संगै बत्ति या दियो को उल्लेख नगरेकाले दियो चलन पछि आएको भान हुन्छ । क्रमश बैदिक कालवाट पौराणिक काल सम्म आँउदा दियो अनि बत्ति बाल्ने चलन बढ्दै गएको पाइन्छ । 
बैदिक या पौराणिक, निगमीक या अगमीक अनि स्रोता या समर्ता सनातन सस्कारको जुनै हाँगामा पनि भगवानलाई आव्हान गर्नुपरेमा भोग चढाउने, बर माग्ने र बिदाई गर्ने जस्ता क्रमहरु समान छन् । 
बैदिक सस्कारमा भनें यि क्रियाहरु लाई यज्ञ लगाएर अग्नी देवता समक्ष भोग चढाएर र मन्त्रोच्चारण गरेर गरिन्थ्यो । स्मरण रहोस् सनातन परम्परामा भगवानहरु को मुख का रुपमा अग्नी देवतालाई मानिन्छ । त्यसपश्चात आजभन्दा २००० बर्षअगाडी आएको पौराणिक चलनमा भगवानहरु लाई बिषयगत भन्दा पनि व्यक्ति स्वरुप र बस्तुगत रुपमा हेर्न थालियो । त्यसपश्चात होम अनि यज्ञको साटो भगवानलाई बस्त्रआभूषण, अभिषेक, नैवेध, गन्ध, धुप अनि दीप प्रज्वलन र समर्पण गर्न थालियो । क्रमश अग्नी देवको शक्तिलाई पनि न्यानोपना भन्दा प्रकश स्वरुपमा बढि अर्चना गर्न थालियो । 
र यो चलन अनि विचारहरु सिन्धु सभ्यता भरि फैलियो, पहाड, हिमाल, माटो अनि पत्थर सबै प्रकृतीका उपहारलाई सप्रेम अर्चना गर्ने सनातन समुदायमा त्यपछि सुस्तरि दीप प्रज्वलन र दियोको महत्व बढेर गएको पाइन्छ । अझै पनि सनातन सस्कारमा हरेक साँझ दैलो छेउमा दियो बाल्ने चलन हरेक घरघरमा छ, यसो गर्नाले साँझमा अध्याँरो लाई पर्गेल्न सहज पनि हुने र बटुवाहरु लाई पनि बास माग्न घरमा बत्ति बलेपछि सहज हुने गरेको थियो । 
अर्को बत्ति बाल्नुको सहजता के छ भनें उतिबेला समाजमा पेशागत रुपमा बस्तु पाल्ने र कृषीकार्य प्रचलीत थियो । बस्तु पाल्ने हरु संग घ्यू हुने र कृषकसंग कपास या रुईया हुने भएकाले पेशागत रुपमा पनि समन्वय हुने सस्कारमा रुपमा बत्ति या दिये बाल्ने चलन रहेको बिभिन्न अध्यन र पुस्तकहरु ले बताँउदछन् । माटो कर्म गर्ने ले या धातु कर्म गर्ने ले आआफ्नो गक्ष अनुरुप माटो या धातुको दियो बनाउने गरेको पनि उल्लेख छ । संभवत पौराणिक कालमा सबैभन्दा धेरै मान्छे अनि परिवारले अपनाएको परम्परा नै दियो परम्परा हो । 

अग्नी देवको उपस्थितीमा ३ प्रकारका अग्नी कार्य हुने गरेको पाइन्छ । घरमा बालिने दियो र ब्राहमणले अग्नीशालामा गर्ने यज्ञ अनि सन्यासीहरु को अग्नीकुण्डमा धेरै बिभिदता पाइन्छ । ब्राहमणले अग्नीशालामा संरचनागत रुपमै मण्डप बनाएर गर्दछन् भनें घरमा सानो माटा या धातुको दियोमा अग्नी प्रज्जवलन गरिन्छ । सन्यासीहरु को अग्नीकुण्ड सहज र सरल सामान्य आगो बालेझै हुने हुन्छ । 
बत्ति अनि प्रकाशको उत्कट प्रभावले सम्मोहन गर्दछ । पौराणिक कालवाटै काण्डिल अनि आकाशदिपहरु को चलन आयो, खोला या समुन्द्र तटमा बत्ति बालेर जहाज, डुगां र जमिनमा गोरुगाडा चलाउने चलन आएको हो । 
दर्शनगत हिसाबमा मानव मात्र यस्ता प्राणी हुन् जसले अग्नी लाई तुलनात्मक नियन्त्रण मा राखेको छ । मानव आगोमा पकाएर खान्छ, आगो ताप्छ अनि आगो वाट बिभिन्न यन्त्र कारखाना चलाँउछ । 
आगोको बढि प्रयोग ले सभ्यता को घोतकका रुपमा पनि काम गर्ने भएकाले पनि आगो का बिभिन्न स्वरुपका प्रयोग सनातन सस्कारमा हुँदै आयो, दियो प्रज्जवलन यस्तै एउटा चलन का रुपमा मान्न सकिन्छ । मन्दिरै मन्दिरको शहर काठमाडौमा पनि एतिहासिक मन्दिरहरु वरिपरि दियो र होम गर्न मिल्ने स्थान का साथमा हजारौं बर्षदेखि हामीमाझ छन् । दियो बाल्न पाउनु मन्दिरको प्रथम उपादयता हो, फेरि अग्नी लाई शुद्धिकरण कार्यको मुख्य प्रदायक पनि त मानिन्छ । 

दियो अनि बत्तिहरु ले भगवानलाई आफ्नो गृह र हृदयमा प्रवेश गराउन निमन्त्रणा दिनेगर्दछ । 
दियो आँफैमा सस्कृती को संकेत हो भनें बत्ति ले प्रभाव अनि भक्ति देखाँउदछ, अग्नी ले स्वच्छता र शुद्धिकरणको भान गराँउदछन । 
हरेक घरमा प्रकाश अनि सकारात्मक प्रभाव रहिरहोस् । 
जयहोस् 

सुयोग ढकाल 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.