Nawagrahakodasawastha | Hamro Patro

ब्लग - साहित्य / अध्यात्म

नवग्रहका दश अवस्था




   ज्योतिषाचार्य पुरुषोत्तम घिमिरे - Jan 25 2020

ज्योतिष शास्त्रले तेस्रो आँखाको कार्य गर्दछ । कुनै पनि जातकको जन्म कुण्डलीमा रहेका द्वादश भाव एवं नवग्रहको अवस्थाका आधारमा जातकको अवस्था निर्धारण गर्न र भविष्यको जानकारी गर्नको लागि ज्योतिषीय समाधान गर्ने गरिन्छ ।  कुनै पनि जातकको जन्म कुण्डलीमा ग्रह राम्रो भावमा अबस्थित हुदैमा राम्रो नहुन पनि सक्छ । ग्रह कुन भाव भन्दा पनि कुन ग्रहको घरमा कुन अवस्थामा अवस्थित छ भन्ने कुरा महत्त्वपुर्ण हुन्छ । ग्रहका विभिन्न अवस्था रहेका हुन्छन् ति अवस्थाको वारेमा जान्कारी प्राप्त गर्नु ज्योतिष जिज्ञासुका लागी अति आवस्यक रहन्छ ।

दीप्तः प्रमुदितस् स्वस्थस् शान्तस् शक्तस् प्रपिडितस् ।
दिनस् खलस्तु बिकलो भितोऽवस्था दश क्रमात् ।।

१ दीप्त, २ प्रमुतित, ३ स्वस्थ, ४ शान्त,५ शक्त , ६ प्रपिडित, ७ दिन, ८ खल, ९ विकल,१० भित ग्रहका यि १० अवस्था हुन् । ग्रह आफ्नो अवस्था अनुसार फल प्रदान गर्ने गर्दछ्न् । त्यसैको आधारमा ग्रह बलवान वा निर्वालता प्राप्त गर्ने गर्दछन् ।

स्वोच्चत्रिकोणोपगतस् प्रदिप्तस् स्वस्थस् स्वगेहे मुदितस्प सुहृद्भे ।
शान्तस्तु शौम्यग्रहवर्गयातस् शक्तौऽतिशुद्धस् स्फुटरश्मिजालैस् ।।
ग्रहाभिभुतस्त्वतिपिडितस् स्यादरातिराश्यम्शगतोऽतिदिनस् ।
खलस्तु पापग्रहवर्गयोगान्निचोऽतिभितो विकलोऽस्तयातस् ।।


१। आफ्नो उच्च राशी वा मुल त्रिकोण राशीमाहुँदा त्यो ग्रहले “दीप्त” अवस्था प्राप्त गर्दछ ।
२। मित्रराशि गृहमा वा अतिमित्रहुँदा त्यो ग्रहले “प्रमुदित” अवस्था प्राप्त गर्दछ ।
३। आफ्नो राशिमा वा वर्गोत्तरहुँदा त्यो ग्रहले “स्वस्थ” अवस्था प्राप्त गर्दछ ।
४। शुभग्रहको राशिमारहँदा त्यो ग्रहले “शान्त” अवस्था प्राप्त गर्दछ ।
५। शुभग्रहको दृष्टि वा वक्री वा शुभकर्तरिहुँदा त्यो ग्रहले “शक्त” अवस्था प्राप्त गर्दछ ।
६। शत्रु ग्रह वा पाप राशिस्थ ग्रहमा हुँदात्यो ग्रहले “प्रपिडित” अवस्था प्राप्त गर्दछ ।
७। निच राशिस्थ ग्रहले “दिन” अवस्था प्राप्त गर्दछ ।
८। पापकर्तरी वा शत्रु गृहिग्रहले “खल” अवस्था प्राप्त गर्दछ ।
९। सुर्य देखी अस्त ग्रहले “विकल” अवस्था प्राप्त गर्दछ ।
१०। निच ग्रहका साथ रहेको ग्रह वा पापग्रह देखी दृष्ट ग्रहले “भित” अवस्था प्राप्त गर्दछ ।
दीप्त, प्रमुतित, स्वस्थ, शान्त, शक्त अवस्थामा रहेका ग्रहको दशा अन्तर दशा फलयक रहन्छ । गृह, बाहन, धन, सम्पती दिने वाला ग्रह बन्दछ । त्यस्ता ग्रह पाप ग्रहनै भए पनि राम्रो प्रतिफल प्रदान गर्दछन् । विशेष गरि आफ्नो भाव र कारक सम्बन्धी फल प्रदान गर्न सफल रहन्छ ।

कुण्डलीमा जुन सुकै भावमा रहे पनि फलदायक रहने छ, यि अवस्थामा रहेका ग्रहको दशा प्रपिडित, दिन, खल, विकल, भित अवस्थामा रहेका ग्रह प्रतिकुल रहने गर्दछ्न् । यि ग्रहका दशा र अन्तर दशाको समयमा चोरभय, अग्निभय, वाहन घोडा क्षती, झुटो आरोपको सामना, प्रशासनिक झमेलाको भय रहने गर्दछ । यस्ता अवस्थामा रहेका ग्रह शुभनै भए पनि राम्रो फल प्रदान गर्न नसकी अशुभ फल प्रदान गर्ने गर्दछ्न् । आफ्नो जन्म कुण्डलीमा कुन ग्रह के कस्तो अवस्थामा रहेको छ र नकारात्मक फलबाट बच्न के कस्ता उपाय अपनाउन सकिन्छ भन्ने जानकारी ज्योतिषीय परामर्श द्वारा सम्भव छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.