नवदुर्गा भवानीको नौ दिनको नौ मन्त्र | Hamro Patro

ब्लग - साहित्य / अध्यात्म

नवदुर्गा भवानीको नौ दिनको नौ मन्त्र




   ज्यो.पण्डित नारायण प्रसाद दुलाल - Sep 26 2022

महिला श्रृष्टि अनि जीवनको सर्जक हुन् । हिन्दु धर्मग्रन्थमा भनिएको छः “यत्र पुज्यन्ते नारी रमन्ते तत्र देवता” अर्थात् जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि रमाएर रहन्छन् । विधि-विधानले पूजा-अर्चना तथा जप गर्नाले साधकका लागि कुनै कुरा पनि अगम्य रहँदैन ।



महिला शक्तिको ९ स्वरुप, महिला आस्थाका ९ महत्व तथा महिला शक्तिकाे ९ फरक विश्वासको साधनाको विशेष चाड बडादशैंको रौनक प्रारम्भ हुँदैछ । शक्तिस्वरुपा ९ देवीको साधना गर्नाले परीवार, समाज, तथा व्यक्ति विशेषमा खुशीयाली प्राप्त हुनुका साथै चिताएका कुरा पुरा हुने विश्वास छ । सनातन संस्कारका अनुयायीहरु यो विशेष ९ फरक फरक तिथीमा भिन्ना भिन्नै दुर्गा स्वरुपाको भक्ति तथा साधाना गर्ने गर्दछन् ।

प्रस्तुत छ ९ देवीहरुका विशेष मन्त्र, जुन मन्त्र पाठ गरी हरेक दिन फरक दुर्गा भवानीका नौ वटै स्वरुपको आराधना गर्न सकिनेछः

१) शैलपुत्री: प्रतिपदाको दिन माता शैलपुत्रीको पूजापाठ तथा नित्य आराधना गर्दै प्रारम्भ हुन्छ नवरात्री/नौरथाको । माता शैलपुत्रीलाई धनधान्य, एैश्वर्य, सौभाग्य, आरोग्य तथा मोक्षदाताकी देवीको रुपमा पूजा गरीन्छ ।

मन्त्रः 'ॐ ऐं ह्रीं क्लीं शैलपुत्र्यै नम:।'

२) ब्रह्मचारिणी: नित्य पूजा प्रारम्भसँगै स्वाधिष्ठान चक्रमा ध्यान गरेर माता ब्रह्मचारिणीको साधना गर्ने गरिन्छ । यिनी संयम, तप, वैराग्य तथा विजय प्राप्तिको दाहिने हुन्।

मन्त्रः 'ॐ ऐं ह्रीं क्लीं ब्रह्मचारिण्यै नम:।'

३) चन्द्रघण्टा: तेश्रो दिन नित्य पूजा अर्चनाका क्रममा मणिपुर चक्रमा यिनलाई ध्यान गर्ने गरिन्छ । विभिन्न शारीरीक तथा मानसिक कष्टहरुबाट मुक्ति तथा मोक्ष प्राप्तिकी देवीको रुपमा चन्द्रघण्टा पूजिन्छिन् ।

मन्त्र: 'ॐ ऐं ह्रीं क्लीं चन्द्रघंटायै नम:।'

४) कूष्माण्डा: चौथो दिन नित्य पूजा अर्चनाका क्रममा अनाहत चक्रमा ध्यान गरी यिनको आराधना गर्ने गरिन्छ । रोग, दोष, शोकको निवृत्ति तथा यश, बल व आयूको दाहिनेको रुपमा माता कूष्माण्डालाई पूज्ने गरिन्छ ।

५) स्कन्दमाता: नवरात्रीको पाचौं दिन यिनको पूजा आराधना विशुद्ध चक्रमा ध्यान गरेर गर्ने गरिन्छ। सुख, शान्ति तथा मोक्षकी देवी स्कन्दमाता सबैको दाहिने रहून ।

मन्त्र: 'ॐ ऐं ह्रीं क्लीं स्कंदमातायै नम:।'

६) कात्यायनी: माता कात्यायनीको ध्यान गर्दा आज्ञा चक्रमा बसेर यिनको आराधना गर्ने गरिन्छ । यिनी भय, रोग, शोक, संतापबाट मुक्ति तथा मोक्षदात्रीको रुपमा पुजिन्छिन ।

मंत्र: 'ॐ ऐं ह्रीं क्लीं कात्यायनायै नम:।'

७) कालरात्रि: यीनको आराधना गर्दा ललाटमा ध्यान गर्ने गरिन्छ । शत्रुहरुको नाश, कृत्या बाधाबाट मुक्त गरेर साधकलाई सुख, शान्ति प्रदान गरी मोक्ष दिने गर्दछिन् ।

मंत्र: 'ॐ ऐं ह्रीं क्लीं कालरात्र्यै नम:।'

८) महागौरीः माता महागौरीको आराधनागर्दा मस्तिष्कमा ध्यान गरी जप गर्ने गरिन्छ । यिनको साधनाले अलौकिक सिद्धि प्राप्त हुनुका साथै असंभवदेखि असंभव कार्य पूर्ण हुन्छन् ।

मंत्र: 'ॐ ऐं ह्रीं क्लीं महागौर्ये नम:।'

९) सिद्धिदात्री: माता सिद्धिदात्रीलाई मध्य कपालमा साधना गर्ने गरिन्छ । यिनको साधनाले सबै मनोकांक्षा तथा सिद्धि पुरा हुन्छ ।

मंत्र: 'ॐ ऐं ह्रीं क्लीं सिद्धिदात्यै नम:।'

उपरोक्त मान्यता परापूर्वकालदेखि सनातन संस्कारले बडो आस्था अनि विश्वासका साथ पालन गर्दै आएको छ । महिलाको शक्ति यिनको महिमा तथा पराक्रमप्रतिको दृढ विश्वास नै नवरात्री पूजाको मूल मर्म हो ।

महिला श्रृष्टि अनि जीवनको सर्जक हुन् । हिन्दु धर्मग्रन्थमा भनिएको छः “यत्र पुज्यन्ते नारी रमन्ते तत्र देवता” अर्थात् जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि रमाएर रहन्छन् । विधि-विधानले पूजा-अर्चना तथा जप गर्नाले साधकका लागि कुनै कुरा पनि अगम्य रहँदैन । 

प्राकितिक रुपमैं आमाको स्थान बाबुले कदापि लिन सक्दैन तर आमाको अनुपस्थितिमा बाबुको जिम्मेवारी एक आमा अर्थात् एक महिलाले बहन गरेको अनगन्ती उदाहरण हामी माझ प्रष्ट छ । तर उसले अवस्य पनि महिलाको सम्मान गर्न जानेको हुनुपर्छ, महिलाले यस सुन्दर श्रृष्टिमा दिएको अद्भूत योगदान बुझेको हुनुपर्छ अनि मात्र कोही पिताले महिलाले निभाउने जिम्मेवारीझै आफ्नो केही योगदान गर्नसक्छ ।

यो कुराले पनि समाजमा पुरूषभन्दा महिलाको बढी महìवपूर्ण भूमिका रहेको पुष्टि गर्दछ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.