बाल्मिकी रामायणले खलनायक का रुपमा रावणलाई प्रदर्शन गरेको छ, जसरी अध्याँरो बिना उज्यालो संभव छैन त्यसै गरि खलनायकको भुमिका बिना नायक पनि संभव छैन । रामलाई मर्यादा पुरुषोत्तम बनाउन रावणको भूमिका पनि चर्चा योग्य छ । कहिलेकाँही रामायणले रावणलाई अन्याय गरेको जस्तो पनि भान हुन्छ । सिद्ध रावण जो स्वयम शिवका परम भक्त हुन् तिनले किन सीता मातालाई हरेर लगे, लगेर सीतासँग रावणले जबरजस्ती गरेको कुनै घटनाक्रम पनि छैन्, मर्यादा पूर्वक वाटीकामा सीतालाई बिराजमान गराएका रावण पछि रामको आगमन संगै मारिन पुग्दछन् । त्रेतायूगको यो कथा अनि बिजय उत्सवको घोतकका रुपमा हामी नेपालीजनहरु लगायत समस्त सनातन परिवार दशैं पनि मनाउने तरखरमा छौं ।
यो पनि हेर्नुहोस् : हिन्दुहरुले किन गाईको पूजा गर्दछन्
कतिका तर्कहरु छन्, रावणले आफ्नो मृत्यू र मोक्ष रामको हातवाट मारिएमा मात्र हुने चालपाएर रामलाई आफ्नो बध गराउन यसो गरेका भन्ने । रामायणका यि कुराहरुको प्रमाण अहिलेपनि राम भन्दा रावण प्रतिको अर्चना गर्ने दक्षिण भारतीय वासिन्दा अनि श्रिलकांका परम्पराहरुले दिएका छन् । भारतको मध्य प्रदेशको बिदिसा जिल्लाको नेत्रन भन्ने ठाँउमा कन्यूकुव्जा ब्राहमणहरुले रावणलाई कूलपूजा गर्ने देवताका रुपमा पूज्ने प्रसिद्ध मन्दिर छ । त्यसैगरि रावणकै अर्को मन्दिर भारतको कानपुरमा रहेको छ, दशहरा अर्थात नवरात्रिभरि यो मन्दिर खुल्ला रहन्छ । त्यसतै ककिनाडा, आन्द्र प्रदेश अनि राजस्थानसम्म पनि रावणका बिभिन्न प्रतिमा र मन्दिरहरु छन् ।
दशानन्द रावण के खासमा त्यति धेरै तुच्छ थिए कि कसैको श्रिमतीलाई हरण गरेर आफ्नामा भोग विलासका लागि ल्याउने मनशाय राख्दथे ? यदि त्यसो थियो भनें स्वर्ग जाने सिँढी बनाउने प्रक्रियाका रावणको ज्ञान अनि भक्ति भाव लगायत प्रजाहरुको मोह केवल एउटा स्त्रीलम्पट राजाको लागि मात्रै थियो त ?
अहिले पनि हिन्दु दर्शनको महत्वपूर्ण पुस्तक रावण सहिंताका रचयता रावण को बारेमा किन शास्त्रले
उत्खनन गरेको छैन ? सितालाई फिर्ता लगेर अग्निपरीक्षा दिन लगाउने राम लाई मर्यादा पुरुषोत्तम कसरी भनियो ? बिभिन्न प्रश्न अनि रहस्यहरु रामायणले आफूमा पोको पारेको छ । आज भने हामी रामायणका रावणलाई केलाँउने प्रयासमा छौं ।
रावणको नाम
शिवको कैलाशलाई लकांमा सार्छु भनेंर रावणले कैलाश पर्वत उठाएका थिए । त्यसैबखत रावणको औंला शिवको पैंतालाले टेकिन पुग्यो । पीडाले छटपटाएका रावण ले शिव रिसाउलान भनेंर नृत्य अनि संगीत प्रदर्शन गरे । शिवले प्रशन्न भई रावण अर्थात ठूलो आवाजमा बोल्ने भनेंर नामाकरण गरेका रावण उनको नाम रहन गयो ।
रामायणको एक प्रमुख पात्र रावणको ब्यतित्वको बारेमा धार्मिक पुस्तकहरुबाटनै पाइएका तथ्यहरु :
छुवाछुतको अन्त्य गर्ने अनि अन्धविश्वास बिरोधि
आफ्नो कर्तव्य प्रती निष्ठावाण
आफ्नो बहिनिको अपमानको विरुद्धमा संघर्ष गर्ने माता सीतालाई सम्मान साथ राख्ने
अशोक वाटिकामा कुनै पनि पुरुषलाई जान निषेध गरेको स्वयं रावण आफूपनि नजाने
धर्मको लागि आफ्नो सन्तानको समेत बलिदान दिने
कति वेद अनि कविताको लेखक
आफ्नो भाइ बहिनिलाइ माया गर्ने
महिलालाइ बराबरिको सम्मान दिने
आफ्नो प्रजालाइ सुख समृधी प्रदान गर्ने
नादी शास्त्रका अनुसार रावण एउटा कुशल आर्यूवेद ज्ञाता अनि संगीतिज्ञ पनि थिए । उनले बिना बजाँउदा
देवताहरु पनि सुन्नकालागि धर्तीमा झर्ने बताइएको छ । अर्कोतर्फ रावण एउटा कुशल बैज्ञानीक पनि हो,
शास्त्रमा पटक पटक उल्लेख हुने पुष्पक बिमान रावणको आविष्कार हो । कुशल योद्धा अनि प्रशासकका
रुपमा रामले पनि स्वयम रावणलाई अन्तिम घडीमा आफ्ना भाई लक्ष्मणलाई ज्ञान बाँढ्न आग्रह गरेका कुरा
केही पुस्तक अनि किम्बदन्तिहरुमा प्रशस्त पाइन्छ ।
जैन धर्ममा २४ तिर्थाकांरहरुको सूचीमा कृष्ण, महाबीर लगायत रावण पनि पर्दछन् । जैन धर्म अनुसारको
रामायणमा त रावणलाई सीताका पिताका रुपमा व्याख्या गरिएको छ । मर्यादा पुरुषोत्तम राम, सीता लगायत जनकपुर देखि अयोध्या अनि बनवास सम्मको कथामा रावण एकजना खलनायकका रुपमा देखाइएका छन्, केही पृष्ठभूमि प्रस्तुत गर्यौं रावणको ।
धनका राजा कुवेरका जेठा दाई रावण ब्रहमाका १० वटा मनुपुत्रहरु मध्य प्रजापती पुलत्सयका नाती हुन् । अहिले पनि भारतका जोधपुरका देव मुडगल गोत्रका ब्राहमणहरु आफूलाई रावणका सन्तती बताँउदछन् । हरेक बर्षको नवरात्रिमा रावणको श्राद्ध गर्दछन् । यि सम्पूर्ण तथ्यहरुका बावजुद पनि रावणलाई किन हिंसा अनि नारीविरोधी पात्रका रुपमा व्याख्या गरियो ?
रामायणमा रावणको भूमिका अनि देन किन खुलेर चर्चा गरिंदैन ?
जिज्ञासाहरु छन्, तर कुरा के हो भने रामसँग जत्तिकै रावणसंग पनि धेरै सिक्नु पर्ने कुराहरु छन् ।
सुयोग ढकाल
Liked by: