राधा र कृष्णको प्रेमकथाको बिषय बास्तवमै संसार अनि सनातन दर्शन अबलम्बन गर्नेहरुकालागि एउटा रसिक अनि उत्प्रेरक कुरा हो । पहिले राधा अनि कृष्णको नाम लिइन्छ, नारीभावको यो प्रधानता सनातन दर्शनमा सदैव थियो भन्ने पनि पुष्टि हुन्छ ।
यो पनि हेर्नुहोस् : सुन्नुहोस विश्वगीता (श्रीमद भागवत् गीताको आधुनिक व्याख्या)
मधुवन, द्धारीका, ग्वाला, मख्खन, बृन्दावन, गोबरधन पर्वत लगायत धेरै कुरा अनि बिम्बहरु राधाकृष्णसँग जोडिएर आँउछन् । तर एउटा अव्यक्त, अर्धव्यक्त अनि अतिव्यक्त प्रश्न सदैव राधाकृष्णको जीवात्मा अनि परमात्मा मिलनको कथासँग जोडिएर आँउछ, आखिर किन गरेनन त कृष्णले राधासँग बिवाह ? के कृष्ण पनि फगत एउटा प्रेमील भावका अभियन्ता मात्र हुन त ? किन हो कृष्णले राधासँग आफ्नो समबन्धलाई अन्त्य सम्म निचोडमा लग्न नसकेको ?
चलचित्रमा नायकले दशौं खलनायक हरुलाई ढिस्सुम ढिस्सुम पिटेर नायिकालाई आफ्नो बनाउने कसरथ गरेको देखेको आजको पुस्ताले मिलन बिनाको राधा कृष्णको समबन्धको भित्री कुरापनि त बुझ्न जरुरी छ ।
राधा लगायत धेरै गोपिनीहरुसँग राशलिला मचाउने कृष्ण एउटा सामान्य ग्वाला हुन्, अत्यन्त चकचके तर बुद्धिमान अनि कालो वर्णका कृष्ण आफ्नो उपस्थिती, बचन अनि क्रियाकलापकालागि प्रसिद्ध छन् । यमुना खोलाको किनारको बृन्दावनको कथा हो यो ।
मध्ययूगीन भक्ति चलन संगै कृष्ण र राधाका कथाहरु उत्कर्षमा पुग्दै गए, कवी र दार्शनिकहरुले राधाकृष्ण समबन्धलाई अलौकिक अनि आत्मिक रुपमा व्याख्या गर्दै गए । बास्तवमा कृष्ण र राधाको मिलन अलौकिक नै छ र यो अदभुत मिलनलाई बिवाहको एउटा कडीमा राखेर शदियौंदेखि पूर्विय दर्शनले आधार मानेको राधाकृष्ण प्रेमकथा दुषीत पार्नु पाप नै हो ।
प्राचीन मन्त्र
रुक्मीणी सत्यभामा समेथा श्री कृष्ण मास्रा
यो मन्त्र भजनका रुपमा अत्यन्त प्रचलीत थियो । यस भजनमा राधाको कहिँकतै नाम छैन ।
कृष्णको जीवनकाल
ईशापूर्व ३२२८ मा जन्म भएमा कृष्ण ३ बर्षको उमेरमा गोकुलवाट बृन्दावन गएका हुन् । केवल ७ देखि १० बर्षको उमेरमै कंशको बध गरेका कृष्ण १० देखि २८ बर्षको उमेरसम्म मथुरामा बसेका देखिन्छ ।
२९ देखि १२५ बर्षसम्म द्धारीकामा राज्य स्थापना गरेर बसेका कृष्णले यसै खण्डमा रुक्मीणीसँग बिबाह गरेका, कुरुक्षेत्रमा भागवत बचन दिएका ३१३८ ईशापूर्व र गर्भमा रहेका राजा परिक्षीतको रक्षा गरेका हुन् ।
यस क्रमअनुसार गोकुलधाममा केवल १० बर्षउमेरसम्म मात्र कृष्ण र राधाको भेटघाटको सभांवना र क्रम देखिन्छ । त्यसपछि काला कृष्ण बृन्दावन कहिले फर्केका पाइन्न न त राधारानी नै द्धारीका या अन्य कतै आएको कथन छ ।
दक्षिण भारतीय कथन अनि ग्रन्थहरुमा पनि राधाको उल्लेख कृष्णका बालखण्ड पछि पाइन्न, तथापि कतिपय पुस्तकहरुमा भनें भगवान ब्रह्मा स्वयमले कृष्ण र राधाको सानै उमेरमा बिवाह गरिदिएको पनि उल्लेख गरेका छन् ।
तर अक्सफोर्ड बिश्वबिधालयका मध्ययूगीन भाषाका बिशिष्ट प्राध्यापक पावल हावर्डका अनुसार कृष्ण र राधाको मिलन बुझ्नका लागि भौतिक उपस्थिती र सासांरीक सोचले सकिदैन । अध्यात्मिक कृष्णलाई भौतिक संसारको दिग्गज रसिक मान्दै कृष्णलाई शुद्ध भाव अनि आत्मिक समायोजनका पात्रका रुपमा हावर्डले ब्याख्या गरेका छन् । आजको संसारमा हरेकलाई कृष्णजस्तै बन्न मन छ तर कृष्णको गहीराई बुझ्ने धैर्य र साहस निकै कममा मात्र छ ।
मिलन र बिछोडको तराजुमा तौलेर हेर्ने हो भनें पनि कृष्ण र राधाको बिछोड भित्र पनि अलौकिक मिलन छ, जहाँ जहाँ कृष्ण छन त्यहाँ त्यहाँ राधा अनि जहाँ जहाँ राधा त्यहाँ त्यहाँ कृष्ण । एप्रसँगमा कृष्णले राधाको आफूसँग किन बिवाह किन नगरेको भन्ने प्रश्नमा , बिवाह गर्नकालागि त अर्को कुनै मान्छे चाहीन्छ राधा, तिमी त मेरै अशं हौ भनि भनेंको वाक्यले यस प्रेमकथालाई झन गहिराईमा लगेको छ ।
एउटा कुरा भनें मननयोग्य छ, कृष्ण र राधाको वास्तवमै बिवाह भएको भए हामीहरु आज लगभग साँढे ५ हजार बर्षपछि पनि त्यस प्रेमकथाको गाथा र दृष्टान्त प्रयोग गथ्र्यौ र ? या त मिलनको गहिराई हामीले बुझ्न सकेका छैनौं या त बिछोडले ल्याएको सदासर्वदाको मिलन हामीले बुझ्ने चेष्टा गरेनौं ।
यस बर्षकोे कृष्णजन्मोत्सव अर्थात् जन्माष्टमीले हाम्रो दैलोमा ढकढक गरिसक्यो, प्रेम र सत्यको यस महाकुम्भमा सबैलाई आत्मिक र अलौकीक अनुभवको चेष्टा गर्नुहोला ।
हाम्रो पात्रोकालागि सुयोग ढकाल
Liked by: