संक्षिप्त रामायण (अडियो सहित) | Hamro Patro

ब्लग - साहित्य / अध्यात्म

संक्षिप्त रामायण (अडियो सहित)




   देव प्रसाद गाैतम - Apr 06 2017
संक्षिप्त रामायण बिशेष अडियो सामाग्री

शृष्टीको आदीकाल देखिनै पृथ्वीमा भगवानको अवतार हुन्छ । द्वापर युगमा रघुकुलका राजा दशरथलाई सन्तान भएन । उनले पुजेष्ठी यज्ञ गरे , यज्ञ अग्निकुण्डबाट प्रसाद प्राप्त भयो र राजा दशरथले पत्नीहरुलाई त्यो प्रसाद खुवाए । त्यसपछि राजाका तीन रानी, जेठी कौशल्याबाट राम, माहिली शुमित्राबाट शत्रुघ्न र लक्षमण र कान्छी कैकैयीका कोखबाट भरतको जन्म भयो ।

जब जब मानिसमा शक्ति आउछ तब ति शक्तिलार्इ सन्तुलनमा राख्न मानिस असमर्थ हुन्छ । शक्ति बढी हुनेले जे पनि गर्नसक्छु भनि जब गर्न नहुने काम पनि गर्न लाग्छ , ऊ मानवबाट असुर दानव हुदै राक्षस बन्न पुग्दछ । दानवरुपी राक्षसले थोरैलार्इ स्वार्थको रंगमा रंगाएर आफ्नो समर्थक , संरक्षक , सहयोगी बनाएर आफु महान बन्ने प्रयास गर्छ , त्यस्तै घटना द्वापर युगमा भएको थियो ।

ब्राह्मण कुलमा ऋषि पुलस्तका नाति रावण को जन्म भएको थियो । शिवजीको तपस्या गरि उसले शक्तिको बरदान पाएको थियो । शक्तिले बिजय प्राप्त गर्दै , ऊ लंकापति सम्म बन्न पुग्यो । त्यसपछि रावणमा शक्तिको अहंमले परिवर्तन ल्यायो , उसले सबैलाई तुच्छ सम्झेर दुख दिन लाग्यो । ऋषिमुनिहरुलाई देखिसकेन , कसैलाई होम पुजा आदि गर्न दिएन र गर्नेहरुलाई दुख दिन थाल्यो, मार्न थाल्यो । रावण निर्दयी भएर सबैलाई त्राही त्राही पारिराख्यो ।

रावणको शासन देखेर वरपरका सबै थर्कमान थिए । अरु त अरु उनको भार्इ बिभिसन पनि दुखि थिए , उनि पनि आफ्नो दाजुलाई त्यो अत्याचार गर्न बाट रोकी राख्थे । रावणकि पत्नी मंदोदरीपनि सन्तुष्ठ थिइनन् । तर रावण झन् दिन प्रतिदिन यी सबको मददले थप शक्तिशाली बन्दै गयो ।

दशरथपुत्र राम र उनका अरु भार्इहरु बिस्वामित्रको कुटीमा बसेर शस्त्र र शास्त्रका अध्ययन सकी अयोध्या आए लगत्तै गुरु बिस्वामित्र रामसँग यज्ञ गर्न नदिने राक्षसबाट सुरक्षा गराई माग्न आए । राजा दशरथ डराए , राम बालकनै छ उसले सक्दैन ,उनको सोचाइ थियो । त्यसपछि बिस्वमित्रले राम साधारण मानिस हैन , उसले साक्षात बिष्णुको अंश लिएर आएको छ , उसलाई नारोक्नुहोस् भनि दशरथको चित्त बुझाए ।

त्यसपछि एकदिन राम गुरुसँग गएर ऋषिमुनिहरुको सुरक्षा दिन लागे , यज्ञ सुरु भयो , रावणका गणहरु आएर ऋषिहरुले गर्न लागेको यज्ञ विध्वंश गर्न खोज्दा रामले रोके , रावणको राक्षसगणले नमान्दा , सुवाह नामका राक्षसलार्इ मारेर अर्का मरिची नामको मायावी राक्षसलार्इ ४ सय कोष पर हुत्त्याई पठाए । यहाँ राम सफल भए ।

त्यसबेला जनकपुर मिथिलामा राजा जनकले हलो जोत्दा जमिन मुनि भेटिएकी सीताको स्ययम्बर गर्ने भएकाले तिथि मिति तोकी सूचना निमन्त्रणा गरिएको खबर गुरु बिस्वमित्रले समेत प्राप्त गरे । उनले राम र लक्षमणलार्इ स्वयम्बर मा सहभागी गराउन आफूसित मिथिला जनकपुर लिएर गए ।

बाटोमा जादा रामले गौतम ऋषि पत्नी अहिल्याको उद्दार गर्नुभयो , रामको पदस्पर्शले पत्थर कि मुर्ति भएर रहेकी अहिल्य पुर्वारूपमा परिणत भइन ।


त्यस्तै राम सवरीको कुटिया तिर जादा सवरीले रामलाई तिमि भगवान हौ भनि कुटीमा बसाइ रामको स्वागतकोलागि झारिमा गएर चाख्दै मिठा मिठा बयर ल्याएर रामलाई खान दीइन , भावविभोर भर्इ सवरिले स्वागत गरेको बयर रामले ग्रहण गरे , लक्ष्मणले भने आँखा छली पर फाली दिए । यसरि यात्रा तय गर्दै श्री राम स्वयम्बरका दिन मिथिला पुगे ।

सीता , अपूर्व सुन्दरी थिइन । ६४ कला र ३२ लक्षणले युक्त भएकाले उनको स्वयम्वरमा आउनेको ठुलो भिड थियो । कार्यक्रम सुरु भयो , उपस्थित हुने त्यहाका उम्मेद्वारहरु सबैले धनुष उठाउनेमा आआफ्नो सहभागिता जनाए । तर धनुष उठाउने त के कसैले धनुषलार्इ हल्लाउन समेत सकेन ।

धनुष उठाउन कोहि सक्षम नभएको देखेर राजा जनक दुखि भए । उनलाई लाग्यो उनको प्रतिज्ञाको कारण सीता अब सदैब कुमारी बस्ने भइन । आफ्नी छोरि सीताले त्यो शिवधनुषलाई लिप पोत गरेको देखेर, यो धनुष उठाउन सक्ने बलिष्ठ भुजधारी पुरुषसँग नै आफ्नी छोरीको बिबाह होस् भन्ने हेतुले ,यो शिवधनुष उठाउन सक्ने शक्तिशाली पुरुषलार्इ सीताले पति स्वीकारगर्ने उनको बचन थियो , जसलाई सीताले समेत स्वीकार गरेकी थिईन , तर कसैले उठाउन सकेन , “कोइ छौ भने आँउ ?” राजा जनक पुकारिरहे तर बलवान व्यक्तिहरुले भरिएको त्यो ठाउँको माहौल शान्तनै रह्यो । राजा जनक आक्रोशित भै गुन्गुनाए “सबै नामर्द रहेछन” । त्यसपछि गुरु बिस्वमित्रले राम तिर इशारा गरे , “जाउ राम , राजा जनकको चिन्तालाई दूर गर” ।

गुरुको आज्ञा अनुरुप राम ,धनुषतिर बढे । त्यसबेला भर्खरका कलिला रामलाई धनुष तिर बढेको देखेर धेरै जना गलल्ल हासे । हासोको गुन्जन सुनी चिन्तित जनकले सिर उचालेर हेर्दा उनले रामलाई धनुष नजिक देखे । सुरुमा रामले धनुषको परिक्रमा गरे त्यस्पस्चात नमस्कार गर्दै धनुलाई उठाए र धनुमा तादो (डोरी ) बाध्न खोज्दा ठुलो आवाजकोसाथ् धनुष तीन टुक्रामा टुक्रियो । त्यो देखेर सबै स्तब्ध भए । त्यसपछि सीता र रामको बिबाह भयो ।

बिबाह्पस्चात राजा दशरथले श्रीरामलाई अयोध्याको राजा बनाउने घोषणा गरे । यो कुरा कैकैयीले माइतीबाट ल्याएकी सेविका मन्थराले सुनी र मन्थराले कुद्दै कैकैयी नजिक आएर नाना तरिकाले कैकैयिको मति भ्रस्ट पारेर भरतलार्इ अयोध्याको राजा बनाउन र रामलाई १४ बर्षको लागि बनवास पठाउने योजना बनाइ । त्यसपछि मन्थराको चाल अनुसार कैकैयिले बिरामी भएको नाटक गरिन । रानी बिरामी भएको खबर सुनेपछि महाराज दशरथ रानी कैकैयीको खोपीमा आए ।

त्यहाँ कैकैयिले महाराज दशरथ समक्ष भरतलार्इ अयोध्याको राजा बनाउनको लागी रामलाई १४ बर्षको बनबास दिनुपर्छ भनि प्रस्ताव राखिन । सुरुमा राजाले यो कुरा सीधै अस्वीकार गरिदिए । त्यसपछि कैकैयिले राजालाई पुरानो कुरा याद दिलायिन, जब राजा दशरथले उनलाई केहि माग म जसरि भएपनि पुरा गर्छु भनि बचन दिएका थिए । त्यसबेला कैकैयिले आवस्यक परेको बेला मात्र माग्ने भन्दा, राजा दशरथले हुन्छ भनि बचन दिएका थिए । त्यसदिन कैकैयीले त्यहि २ वोटा माग आज राजा सामु राखेको भन्दा राजा दशरथ केहि बोल्न सकेनन् । कैकैयिले राजा दशरथलाई ‘यहि हो रघुकुलाको बचन” भन्दै थप उकसाइन । केहि उत्तर दिनै नसकने अवस्थामा पुगेर राजा लाटा जस्तै भए र केहि समयमै यहि चिन्ताको कारण बिरामी परे ।

राजा दशरथ बिरामी भएको खबर रामले थाहा पाए , पितालाई भेट्न उनको कक्ष जानै प्रवेश गर्नैलाग्दा उनको भेट माता कैकैयीसँग भयो । कैकैयिले रामलाई रोक्दै भनिन् – “राम , अयोध्या वासीले तिमीलाई साह्रै मनपराएका छन् , तर भरतको अगाडी तिमि राजा हुन लायक छैनौ , तिमि राजा बन्न नि हुदैन । तिमि ज्ञानी छौ , यो कुरा तिमीले बुझे पनि देशबासीले बुझ्दैनन् , सबैले यसको बिरोध गर्नेछन् । त्यसैले भरतलार्इ अयोध्याको राजा र तिमीलाई १४ बर्षको बनवास दिनुहोस् भनि राजा दशरथसँग मागेकी थिए , त्यहि कुरालाई मनमा लिएर महाराज चिन्तित होइ बक्सिन्छ । तिमि के भन्छौ ?”

“आमाको आज्ञा म पुरा गर्छु” , कैकैयीको कुरा सुनेपछि राम यति भन्दै दशरथको खोपीमा पुगेर भने – “पिताश्री महाराज हजुर किन चिन्तित होइ बक्सिन्छ ? भरतलार्इ राजा बनाइ बक्सियोस , म १४ बर्षको लागि बनबास जान तैयार छु । यति भन्दै राम आफ्नो कक्षमा पुगेर बनवास जान गेरुवा बस्त्र लगाई तैयार पनि भए , लक्ष्मणले सबै कुरा थाहा पाएर उनको पछी लाग्ने भए , झन् सीताले के छाडथिन् , उनीपनि पछी लागिन् । त्यसबेला भरत भने मावली गएका थिए ।

कसैको कुरा नसुन्ने भएपनि रावण विद्वान थियो , तपस्या कालमा बरदान लिने भगवानकै हातबाट आफ्नो मृत्यु हुनेछ भन्ने कुरा उसले थाहा पाएको थियो ।

विश्व सुन्दरी सीतालार्इ उसले त पाउन सकेन , तर रामले धनुष उठाएर भाचेका थिए । त्यसैबेला ७ पटक क्षेत्रीलाई नाश गर्ने परशुरामबाट रामको परिचय पाउदा उनि लतरक्क परेका थिए , “के साच्चै राम भगवान हुन् , उनि भगवान भए मलाई मार्नेछन् र म स्वर्गमा बस्न पाउछू” । जन्मेपछि मर्नु पर्छ, यो निस्चय छ , कि रामको हातबाट मर्छु कि दिर्घकालसम्म राज्य भोग सुख सयल गर्छु भनी उसले योजना बनायो ।

मायावी मरिचिलाई सुनको मृग बनि सीतालाई लोभ्याउने र पक्रिन सक्ने मोहमा पारि , रामलाई केहि पर लग्न लगाई आफ्नो योजना सफल पार्ने दाउमा रह्यो रावण । रावणले भनेको कुरा नमानेर ऊ जस्तो दुष्टको हातबाट मर्नु भन्दा भगवान रामकै हातबाट मर्छु भनि सोचेर मायावी मरिची सुनको मृग बन्न तैयार भयो ।
त्यसपछि एकदिन ऊ सुनको मृगको रुप धारण गरि राम सीता बस्ने कुटीमा, सीता नजिकै गएर उफ्री उफ्री खेल्न थाल्यो , नभन्दै सीताले रामलाई मृग समाई दिन आग्रह गरिन । मृग खेल्दै उफ्रदै उनीहरु बस्ने कुटी भन्दा टाढा पुग्यो , राम मृगको पछी लागे र उचित समय मिलाएर मृगलाई बाण हाने । तर बाण लागेपछि मरिचीले रामकै आवाजमा लक्षमणलार्इ पुकारे , पिडामा कराएको रामको आवाज सुनी कुटीमा रहेकी सीता डराइन र लक्ष्मणलार्इ पनि रामलार्इ हेर्न पठाइन । रावणको योजना सफल भयो । लक्ष्मणले कुटीमा सीतालाई एक्लै छोडी जानुअघि सीताको रक्षाको लागि बनाएको लक्षमण रेखा कोरिदिए। लक्ष्मण निस्किएपछी उनले बनाएको त्यो रेखा पार गर्न रावणलार्इ मुश्किल थियो । त्यसपछि रावणले भिक्षुको रुप धारण गरे र भिक्षा माग्न आएको बाहानामा सीतालार्इ लक्ष्मण रेखा पार गर्न बाध्य बनाए । केहि समय अनकनाए पनि सीता आफै लक्ष्मण रेखा पार गरेर भिक्षा दिन निस्किइन । त्यहि मौका छोपेर रावणले सीतालाई हरण गरि लंका पुगाए र त्यहाँ श्रीजटाको सुरक्षामा अशोक बाटीमा लगेर राखे ।

बनबास आएको बेला पत्नी सीता हराएकी चिन्तामा भएका रामले एकदिन आफ्नै भक्त हनुमानसँग भेट्न पुगे । महाबली राम भक्त हनुमानले राम र लक्षमणलार्इ किषकिन्धा पर्वतमा लागे जहाँ रामले सुग्रिबसँग मित लगाए ,त्यहाँ भगवान श्रीरामले अत्त्यचारी पापी बालीको बध गरि किषकिन्धापुरी सुघ्रिबलार्इ जिम्मा दिई सीताको खोजि जारि राखे ।

श्री रामको शक्ति र भक्तिको प्रभावले समुन्द्रमा उफ्रिएर हनुमान पारि लंका पुगे , त्यहाँ पुगी सीताको पत्ता लगाई , रावणको पुत्र मारी आफ्नो पुच्छरको आगोले लंकादहन गरि हनुमान फर्किए । हनुमानले सीता को अवस्था र उनले रामलाई पठाएको संदेश सुनाएपछी राम, रामेश्वोरको नजिक श्री रामेश्वोरको मन्दिर स्थापना गरि , समुन्द्रमा नल निल नामक बादरको मददले सागरमा पुल बनाएर दल बल सहित लंका पुगे । त्यहाँ पुगेर उनले रावणलार्इ विभिन्न उदाहरण दिई सरक्क सीतालाई फिर्ता गर्न चेतावनी समेत दिए । यता भाइ बिभिषण र पत्नी मंदोदरिले पनि रावणलाई सीता रामको जिम्मा लगाइदिन अनुरोध गरे । तर रावणले कसैको कुरा मानेनन् । ऊ रामसंग लड्नै तैयार भयो । आफ्नो नाभीमा अमृत भएकोले गर्दा आफु नमर्ने अहंकार पनि थियो उसलाई । यता बिभिषणले आफ्नो दार्इलार्इ मदद नगरी रामको पक्षमा बसे र उनकै मददले श्री रामले राक्षस रावणको बध गरे र सीतालाई आफुसंग लिएर आए ।

लामो समय एउटा राक्षसको अपहरणमा परेकी सीताको अग्नि परीक्षा समेत लिइयो । जुन क्रममा अग्निले सीताको चरित्र सफा रहेको दावी गर्दै सीतालाई जलाउन सकेन ।

आफ्नो बनवासको १४ बर्षको अवधि सकाएर श्री राम अयोध्या फर्केर आए । आफ्नो गलत काम र अहंकारको कारण कैकैयीले दुख पाएपछि उनले श्री रामनै अयोध्याको राजा हुनपर्ने रहेछ भन्ने बुझिन र भरतले आफ्नै हातले श्री रामलार्इ राज्यारोहण गराए । अयोध्यामा रामराज्य चल्यो , रामराज्य चल्दा सबै तिर सुशान्ति छायो , राज्यका सबै जना खुशी र सम्पन्न हुदै गए । कतै अनामीयता भएन तल देखि माथि सबै अहोदाका कर्मचारीहरु आफ्नो धर्म र कर्तव्यमा अडिग रहे । त्यसबेला अरु राज्यहरु मध्य अयोध्या आदर्श राज्यमा गनियो । रामका लभ र कुश गरि दुर्इ छोरा पनि बिस्तारै हुर्कदै गए । तर राज्यमा नकारात्मक सोच भएका केहि दुष्टहरुले सीताको चरित्रमा शंखाको नजर राखे । बिस्तारै राजा राम माथि पत्नी कलङ्कको आरोपहरु लाग्दै गयो । कुनै समय अग्नि परिक्षा समेत दिइसकेकी सीतालाई यो कुराले बिचलित बनाइरह्यो । दिन प्रतिदिन उनको चरित्र माथि शंखा भएको कारणले रामको लागि समय खराब बन्दै गयो । एकदिन उनले सभामा सबै राज्यका प्रजा र ठुलाबडाको उपस्थितिको बेलामा यदि आफुले गलत नभएको भए यो धर्ति फाटेर आफु भर्खर त्यहाँ दबिने कसम खान्छिन । नभन्दै केहि पलमै धर्ति फाट्छ र धर्तिपुत्री सीता फेरी धर्तिमै दब्बिनछिन ।

बचन पुरा गर्ने , एकआपसमा मेलमिलाप , सदभाव, प्रेम , उदारता , क्षमासम्म दिनसक्ने , मर्यादा राख्ने , दानवरुपी रावणको वध गर्ने, मानिस जस्तै देखिने यी साक्षात परमात्मा भगवान श्री राम जसको बर्णन बाल्मिकी रामायण , तुलसीकृत रामायण आदि ग्रन्थमा विस्तृत रूपमा गरिएको छ । मर्यादा पुरुषोत्तम श्री रामको पुजा आराधना गरि व्रत बसिन्छ । बिभिन्न ठाउँमा राम मन्दिर जानकी मन्दिर छन् , रामको नाममा पुजा आजा भजन क्रीतन हुने गर्दछन । आज चैत्र महिनाको शुल्क नवमीको दिनलाई यिनै भगवानको जयन्तिको उपलक्ष्य भव्य रूपमा मनाउने गरिन्छ । आजको दिन हामि पनि मर्यादा पुरुषोत्तम श्री रामलाई , लक्ष्मी स्वरुपा माता सीतालाई सम्झौ – जय जय राम , जय जय सीता .



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.