ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Jan १७, २०२०
वास्तुशास्त्र हाम्रो प्राचीनतम विधा हरुमध्ये एक हो । “वास्तु”को अर्थ हुन्छ प्रकृति र हाम्रो वरपरको वातावारण तथा उर्जालाई समन्वय तथा सन्तुलित तरिकाले मिलाउँदै प्राकृतिक शक्तिहरुलाई व्यवस्थापन गर्न सक्ने विज्ञान नै वास्तु विज्ञान हो । कुनै पनि घर, कार्यालय, कलकारखाना, वासस्थान, व्यापारिक प्रतिष्ठान या अन्य भौतिक वस्तु एवं पर्यावरणमा पर्ने पञ्चतत्त्व अर्थात् पृथ्वी, जल, तेज, वायु र आकाशबीचको ऊर्जा तथा शक्तिहरुको अध्ययन वास्तुशास्त्रमा गरिन्छ यिनै पञ्चत्त्वको उचित व्यवस्थापन गर्न नसक्नाले हानी तथा नोक्सानी हुने वास्तुशास्त्रीय मत छ ।