चैत्र ८ गते TEDxjamal हुँदै | Hamro Patro

ब्लग - साहित्य / प्रविधि

चैत्र ८ गते TEDxjamal हुँदै





यहि मिति २०७६ चैत ८ (२०२० मार्च २१) गते रबिभवन स्थित होटल क्राउन इम्पेरियलमा TEDx Jamal हुने भएको छ। “खोज तथा उत्खनन्” विषयको सेरोफेरोमा आयोजना हुन गइरहेको यस कार्यक्रम अमेरिका स्थित Ted बाट लाइसेन्स प्राप्त कार्यक्रम हो । ६ विषयगत क्षेत्रका वक्ताहरुले यस कार्यक्रममा आफ्ना विचार तथा अनुभवहरुलाई शक्तिशाली वाक्शैलीमा प्रस्तुत गर्नुहुनेछ । विषयगत क्षेत्रमा वातावरण, नविनता, स्वास्थ्य, उद्यमशीलता तथा जीवन सिकाइ, चलचित्र उद्योग र खेती पर्दछन् ।

के हो हाम्रो बिषय “खोज तथा उत्खनन” (Explore And Extract) भनेको ?
Tedxjamal को यस संस्करणले पहिलेको भन्दा भिन्न एवं अझ राम्रो हुने लक्ष्य लिएको छ । यस संस्करणको Tedxjamalको विषयवस्तु “खोज तथा उत्खनन्” रहेको छ । जीवन एक खोज हो । जिन्दगीका हरेक पल हामी निरन्तर खोजमै हुन्छौँ । तर यस्ता दैनिक खोजहरुबाट सिमित व्यक्तिहरुले मात्रै जीवनोपयागी कुराहरु उत्खनन् गर्न सक्छन् । सर आइजेक न्युटन कै कुरा गरौँ न, न्युटन भन्दा अगाडि पनि मानिसहरुले गुरुत्वाकर्षणको अनुभव गरेकै हुन्, तर उनले त्यो अनुभवबाट उत्खनन् गर्न सके । यदी उनले अनुभवबाट उत्खनन् गर्न नसकेको खण्डमा सायद वैज्ञानिक जगतकै महत्वपूर्ण खोज सतहमा आउन सक्ने थिएन । मानिसहरुले लगभग सबै किसिमका विचार तथा कल्पनाहरुलाई खोज तथा उत्खनन्को माध्यमबाट वास्तविकतामा परिणत गरेका छन् । हवाईजहाजको आविस्कार चरा आकासमा उडेको देखेर आएको हो भने पानीजहाजको आविस्कारको पछाडी माछाहरु पानीमा पौडेको दखेर त्यही विचारको उत्खनन्ले विस्तृत रुपमा आएको हो । खोज र उत्खनन् सँगसँगै हुनुपर्दछ । कुनै कुराको खोज गरेपछि त्यसको उत्खनन् आवश्यक हुन्छ किनकि उत्खनन्ले नै आविस्कार गराउँछ । तसर्थ, समुदायमा के लुकेर बसेको छ, त्यसको खोज गर्ने र त्यसबाट उत्खनन् गरेका मानिसहरुको कथा सुन्नु नै Tedxjamal२०२० को मुख्य विषयवस्तु हो । तसर्थ यस सँस्करणको Tedxjamalमा हाम्रो समुदायलाई सकारात्मक प्रभाब पार्ने काम गरिरहेका छ जना व्यक्तितत्व हरुले आआफ्ना बिचार तथा धारणाहरु प्रस्तुत गर्नुहुनेछ ।

हाम्रो मिसन
हामी विश्वास गर्छौँ कि हामी जहाँ गए पनि विभिन्न विचारहरुले घेरिइरहेका हुन्छौँ । तर हामी त्यसको उत्खनन् गर्नबाट चुकिरहन्छौँ । Tedxjamal ले नविन तथा दुरदर्शी विचारहरुलाई युवा सोचसँग जोड्ने लक्ष्य लिएको छ जसले युवाहरुको यात्रालाई परिवर्तन तथा दिगोपना तर्फ लग्दछ । हाम्रो देश जीवन परिवर्तन गर्न सक्ने कथा, असाधारण विचार, उल्लेखनीय व्यक्तिहरुले भरिपूर्ण छ र यस कार्यक्रमले यस्तै कुराहरुलाई अगाडी ल्याउँदै विचारलाई कार्यमा बदल्ने नियत राखेको छ । Tedxjamalले समुदायमा केही देन गर्ने इच्छा बोकेका तर सुरुवात कसरी गर्ने भनी अलमलि रहेका व्यक्तिहरुलाई एक साथ लिएर आउन प्रतिबद्ध छ । तसर्थ यो एक यस्तो माध्यम हो जसले समुदाय मै रुमल्लिरहेका विचारहरुलाई एकत्रित गर्दै सो को प्रसार गर्छ । कार्यक्रमका सहभागीहरु आपूलाई वक्ताको कथामा डुबाउँदै आफ्नो अधिकतम क्षमताको खोज गर्नेछन् । कहिलेकाहीँ खोज र उत्खनन् उस्तै लाग्दछन् । मानिसहरु आफ्नै निर्णय प्रति शंका गर्न थाल्दछन् । Tedxjamalका वक्ताहरुले मानिसहरुलाई खोज र उत्खनन्का बारेमा अझ स्पष्ट पार्दै दिशा निर्देशन गर्नेछन् भने यस कार्यक्रमले उत्कृष्ट दिमागहरुलाई प्रेरति हुँदै अरुलाई पनि प्रेरित गर्न मंच प्रदान गर्नेछ। हामी सहभागीहरुलाई आफ्नो आकांक्षाहरुको बारे उत्साहजनक संवाद अगाडी बढाउने कार्यक्रम संचालन गर्न प्रतिबद्ध छौँ ।

के हो Ted भनेको ?
Ted विचारहरुलाई छोटो (१८ मिनेट वा कम) र शक्तिशाली वार्ताका रुपमा फैलाउन प्रतिबद्ध एक विश्वव्यापी समुदाय हो । यसको सुरुवात सन् १९८४ मा तिन विषयस प्रविधि (Technology), मनोरञ्जन (Entertainment) र डिजाइन (Design) को सम्मेलनको रुपमा सुरु भएको थियो । आजको दिनसम्म आइपुग्दा यसले १०० भन्दा बढी भाषाहरुमा लगभग सबै विषयहरु – विज्ञान, व्यवसाय देखी लिएर विश्वव्यापी मुद्दाहरुसम्म समेटेको छ ।यो एक गैर नाफामुलक सँस्था हो भने यसको मुख्य कार्यालय न्यूयोर्कमा अवस्थित छ । यो सँस्था वैज्ञानिक, दार्शनिक, संगितिज्ञ, व्यवसायी, धर्मगुरु, परोपकारी व्यक्तित्व लगायत अन्य धेरै व्यक्तिहरुले आफ्ना विचार तथा दर्शनहरुलाई शक्तिशाली वार्ताका रुपमा सयौँ सहभागीहरु माझ बाँड्ने साझा थलो हो । यसले सबै संस्कृती तथा क्षेत्रका व्यक्तिहरुलाई स्वागत गर्दछ जसले विश्वको गहन अध्ययन गर्न खोज्दछ । यो समुदायले विचारले नै मनोवृत्ती, जीवन र अन्ततः विश्व नै परिवर्तन गर्न सक्छ भन्ने विश्वास राख्दछ । थप जानकारिका लागि www.ted.com भिजिट गर्न सक्नु हुनेछ ।

के हो Tedx भनेको ?
अमेरिका स्थित Ted आफै बिश्वको सबै कुना कुनामा गएर कार्यक्रम गर्न नसक्ने भयपछि यसले Tedx को अवधारणा ल्याएको हो । यसले के गर्छ भने जुन ठाऊँमा कार्यक्रम गर्ने हो त्यहि ठाऊँको मानिस हरुलाई लाईसेन्स बितरण गर्ने गर्छ जुन सशुल्क हुन्छ । विचारहरु फैलाउने सिद्धान्तमा आधारित भएको Tedx स्थानिय रुपमा स्वआयोजित कार्यक्रम हो जसले मानिसहरुलाई Ted जस्तो अनुभव महसुस गराउँछ । Tedx कार्यक्रममा Ted को भिडियो र प्रत्यक्ष वक्ताहरुको संगमले सानो समुहमा पनि गहिरो वार्तालाप तथा सम्बन्धको सुरुवात हुन्छ । यस्ता स्थानिय रुपमा स्वआयोजित कार्यक्रमलाई Tedx भनिने गरिन्छ, जसमा ह भन्नाले स्वतन्त्ररुपमा आयोजना भएको Ted को कार्यक्रमलाई जनाउँछ । Tedx सम्मेलनले Ted कार्यक्रमको जस्तै मार्गचित्रण गरेतापनि हरेक Tedx कार्यक्रमहरु स्वआयोजित हुन्छन् ।Tedxjamal पनि त्यस्तै गरी आयोजना हुने एक स्वतन्त्र कार्यक्रम हो । हाल सम्म यस्ता कार्यक्रमहरु ३५००० भन्दा बढि बिश्वको १७५ भन्दा बढि देशमा आयोजना भइसकेका छन् । नेपालमा पनि बर्षेनि २-३ वटा यस्ता कार्यक्रमहरु आयोजना भई राखेका हुन्छन ।

Tedxjamal को यस सँस्करणका बक्ता हरु चाडैँ नै हाम्रो आधिकारिक Facebook पेज बाट सार्वजनिक गारिने छन् ।
यस कार्यक्रममा सहभागि हुनको लागि अथवा थप जानकारिका लागि हाम्रो वेबसाईट www.tedxjamal.com अथवा हाम्रो http://www.facebook.com/tedxjamalofficial भिजिट गर्न सक्नु हुनेछ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.