चन्द्रागिरीमा रमे मिस नेवाःका प्रतियोगी | Hamro Patro

ब्लग - साहित्य / Fashion (फेसन)

चन्द्रागिरीमा रमे मिस नेवाःका प्रतियोगी





काठमाडौं । १२ औं सँस्करणको मिस नेवाः ११३७ का प्रतियोगीहरुले प्रोजेक्ट वर्क अन्तर्गत सोमबार बिहान काठमाडौंको चन्द्रागिरी पर्वतको भ्रमण गरेका छन् । उनीहरुलाई त्यहाँ चन्द्रागिरी हिल्स्का अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वागत गरे ।


नेपालको आन्तरिक र बाह्य प्रवर्धनको लागि साँढे तीन अरबको लगानीमा चन्द्रागिरी केबलकार तयार गरेको अध्यक्ष ढकालले सो क्रममा जानकारी गराए । नेपालमै बसेर देशको लागि केही गर्न सकिन्छ भनेर आफुले यो प्रोजेक्ट सञ्चालनमा ल्याएको पनि उनले सो क्रममा जानकारी गराए । अध्यक्ष ढकालले चन्द्रागिरी हिल्स् केबल कार सञ्चालनमा ल्याउँदा भोग्नु परेको समस्या पनि सो क्रममा व्यक्त गरेका थिए ।
मिस नेवाका प्रतियोगीहरुले अध्यक्ष ढकालसँग सो केवलकार र उनको सामाजिक तथा व्यबसायिक जीवनबारे जिज्ञासा राखेका थिए । दुई साता देखि मिस नेवाको बन्द प्रशिक्षणमा रहेका प्रतियोगीहरुले सोमबारको चन्द्रागिरी हिल यात्रा सुखद भएको बताए ।

सो कार्यक्रममा नेपाल क्यान्सर रिलिफ सोसाईटीकी अध्यक्ष डा. बिमला शाक्यले सामाजिक सेवाको बारेमा प्रतियोगीहरुलाई जानकारी गराईन् ।


मिस नेवाको आयोजक सँस्था नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले नेपालमै बसेर देशको लागि केही गरौं भन्ने सन्देश दिन र प्रतियोगीहरुलाई राष्ट्रप्रति जिम्मेवार बनाउन चन्द्रागिरी हिल्स् केबल कारका अध्यक्ष ढकालसँग भेट गराएको बताईन् । चन्द्रगिरी हिल्स्को भ्रमण र आगामी योजना तथा सामाजिक कार्य बारे प्रतियोगीहरुले प्रोजेक्ट तयार गरेर नेप्लिज फेशन होमलाई बुझाउने छन् ।


१२ औं मिस नेवा: ११३७ का लागि चयन भएका २८ प्रतियोगीहरुको राजधानीको डिल्लीबजार स्थित सो संस्थाको सभा कक्षमा गत साताबाट विभिन्न प्रशिक्षण चलिरहेको छ । अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका प्रतियोगीहरुमा कृजना डंगोल, स्नेहा महर्जन, आकृति महर्जन, बिनिता डंगोल, मेरिना मानन्धर, गँगा देउला, ओमिजिना महर्जन, स्नेहा पुजारी, शिला प्रजापती, सलिना श्रेष्ठ, प्रतिसरा नापित, श्रीजु महर्जन, सविना खड्गी, रोमानी महर्जन, सुमन श्रेष्ठ रहेका छन् ।

यस्तै रोज महर्जन, मुना केसी, पल्पसा श्रेष्ठ, सृष्टी खड्गी, प्रमिला श्रेष्ठ, रोश्ना श्रेष्ठ, ओजस्वी श्रेष्ठ, इसु श्रेष्ठ, समिता श्रेष्ठ, मोनिमा खड्गी, लेनिना बज्राचार्य, आँग्या कारञ्जित र जिनु त्वयाना पनि अन्तिम प्रतिस्पर्धी रहेका छन् ।

उनीहरुलाई यतीबेला, नेपाल भाषा, विभिन्न नेवारी कला संस्कृति बारे प्रशिक्षण दिने कार्य भईरहेको पनि हेमा मानन्धरले जानकारी गराईन् । यो सुन्दरता भन्दा पनि सांस्कृतिक प्रतियोगिता भएको जनाउँदै यसले नेपाल भाषासँगै नेवारी सँस्कृति बारे नयाँ पुस्तालाई जागरुक बनाउँने उनले बताईन् ।

मिस नेवाका प्रतियोगीहरुलाई रोजिन शाक्यले विभिन्न विषयमा प्रशिक्षण दिईरहेका छन् । उनी यो प्रतियोगिताको कोरियोग्राफी हुन् । यस्तै पूर्व मिस नेवा सुनिता खड्गीले नेपाल भाषाको प्रशिक्षण दिई रहेकी छिन् ।     

उनीहरुलाई विभिन्न नेवारी नृत्यको प्रशिक्षण डान्स कोरियोग्राफर रोहिया महर्जनले गराई रहेकी छन् । आगामी २६ माघमा राजधानीको कमलादी स्थित प्रज्ञा भवनको प्रेक्षालयमा हुने अन्तिम प्रतिस्पर्धाबाट १२ औं मिस नेवाः को चयन हुने भएको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.