सि जिङपिङ, चिनियाँ राष्ट्रपति | Hamro Patro

ब्लग - साहित्य / विश्वमाला

सि जिङपिङ, चिनियाँ राष्ट्रपति




सिन्हुआ विश्वविद्यालयबाट रासायानिक इन्जिनियरिङमा स्नातकोत्तर पूरा गरेका राष्ट्रपति जिङपिङले सन् १९८७ मा चीनका चर्चित गायिका पेङ लियुआनसँग वैवाहिक सम्बन्ध गाँसेका थिए भने उनीहरुको एक्ली छोरी सि मिङजे हार्वड विश्वविद्यालयका विद्यार्थी हुन् ।



चिनियाँ राष्ट्रपति सि जिङपिङले आजिवन शासन गर्न पाउने भएपछि उनको बारेमा बहस नहुने त कुरै भएन । आइतबार चिनियाँ सदनले संविधान संशोधन गर्दै राष्ट्रपतिले दुई कार्यकाल मात्र सम्हाल्न पाउने व्यवस्था सर्वसम्मत हटाएपछि उनको आजिव शासनको बाटो खुलेको हो । चीनको औपचारिक संसदले पाँच वर्षसम्म दुई कार्यकाल चलाउन पाउने व्यवस्थालाई खारेज गरिदिएको थियो ।
राष्ट्रपति जिङपिङले सन् २०१३ देखि कार्यभार सम्हाल्दै आएका छन् । एकतन्त्रीय तथा तानाशाहीको बढ्दो प्रभावकाबीच उनले शासनसत्ता सम्हालेका थिए । चीनमा गरिबी तथा भ्रष्टाचारविरुद्ध खरो रुपमा उत्रिएपछि उनी पछिल्लो समय जनतामाझ पनि लोकप्रिय बन्दै गएका थिए । चिनियाँ कम्युनिष्ट पार्टीका प्रमुख उनी आपूmलाई शक्तिशाली व्यक्तिका रुपमा आफ्नो छवि बनाइरहेका छन् भने उनलाई माओ जेदुङपछिकै महापुरुषको रुपमा पनि टिप्पणी गर्न थालिएको छ ।गत अक्टोबरमा राष्ट्रपति पदका लागि कसैको पनि उम्मेदवारी नआएपछि उनको शासनकाल अनन्त कालसम्म लम्बिने अनुमान लगाइसकिएको थियो । सन् १९५३ मा बेइजिङमा जन्मिएका जिङपिङ सी झङसुनका पुत्र हुन् । झङसुन आपैm प्रतिष्ठित क्रान्तिकारी तथा कम्युनिष्ट पार्टीका प्रवर्तकमध्येका एक थिए । जिङपिङ सम्रान्त परिवारमा हुर्किदैँ गरेका थिए । सन् १९६२ मा साँस्कृतिक क्रान्ति अघि उनको पितालाई सत्ताच्यूत गर्दै कारावास पठाइएपछि भने उनको जिवनले कोल्टो फे¥यो । १५ वर्षको उमेरमा उनी चीनको अति विकट र विपन्न गाउँमा पढ्न तथा काम गर्न थाले ।
कम्युनिष्ट पार्टीकै कारण आफ्ना पिता जेल चलायन भएपनि उनले राजनीतिका लागि कम्युनिष्ट पार्टी नै रोजे । कैयौँ पटक सदस्यता प्राप्तिका लागि प्रयास गरेपनि उनको पिताको कारण देखाउँदै उनी पटक पटक पार्टी सदस्यता पाउन असमर्थ रहे । सन् १९७४ मा भने उनले पार्टी सदस्यता प्राप्त गरे । राजनीतिक ओहोदामा आउनका लागि उनले ठूलो संघर्ष गरे । हेबेइ प्रान्तका स्थानीय सचिव भएर उनले पहिलो पटक राजनीतिक जिम्मेवारी पूरा गरेका थिए । सांघाईका पार्टी प्रमुख बन्नुअघि उनले अरु विभिन्न ठाउँमा पार्टीको उच्च पदमा रहँदै जिम्मेवारी निभाएका थिए । उनको चुलिँदो छविकै कारण उनी पार्टी भित्रका मुख्य निर्णायक समिति पोलिटब्युरो समितिमा समेत रहे र २०१२ मै राष्ट्रपतिका लागि पार्टीले उनलाई समर्थन ग¥यो ।
सिन्हुआ विश्वविद्यालयबाट रासायानिक इन्जिनियरिङमा स्नातकोत्तर पूरा गरेका राष्ट्रपति जिङपिङले सन् १९८७ मा चीनका चर्चित गायिका पेङ लियुआनसँग वैवाहिक सम्बन्ध गाँसेका थिए भने उनीहरुको एक्ली छोरी सि मिङजे हार्वड विश्वविद्यालयका विद्यार्थी हुन् । चीनियाँ सपनाको राष्ट्रिय लक्ष्यलाई उनले “चीनको पुनरुत्थान”को नाम दिएका छन् भने सो लक्ष्य प्राप्तिमा जोडतोडका साथ लागिपरेका छन् । उनकै नेतृत्वमा चीनले आर्थिक सुधार गर्नुका साथै प्रदुषण घटाउने, सुस्त दरमा बढिरहेको आर्थिक वृद्धि उकास्ने तथा विश्वलाई वान बेल्ट वान रोड प्रोजेक्टले जोड्नेजस्ता महत्वाकांक्षी योजना अघि बढाएका छन् । पुरानो चीनियाँ नीति विपरित उनले विश्वभर पनि आफ्नो वर्चस्व बढाउँदै लगेको छ । एसियाली तथा अफ्रिकी मुलुकहरुमा भइरहेको बढ्दो लगानीले पनि यसको पुष्टि गर्दछ । भ्रष्टाचार विरुद्धको उनको अभियानले भने उनी जनमानसमा एकदम नै लोकप्रिय मानिन्छन् र उनको लोकप्रियता झनझनै चुलिँदै गइरहेको छ । उनका आलोचकहरु उनको सो अभियान ख्यातिप्राप्ति तथा विपक्षी सकाउने खेल मात्र भएको पनि बताउँछन् ।
यसै साता भएको संविधान संशोधनपछि यसले उनको सर्वशक्तिमानको बहस मात्र उठाएको छैन । केहीले उनको बढ्दो प्रभावलाई रुसी राष्ट्रपति भ्लादीमिर पुटिनसँग दाँज्न थालेका छन् । चीनियाँ सपना प्राप्तिका लागि लगातार केही वर्ष काम गर्नपर्ने भन्दै लोकप्रियताको फाइदा उठाएका जिङपिङले जीवनकालभरि शासनसत्ता सम्हाल्न पाउने गरी सबैको विश्वास त जिते, उनको अबको यात्रा कस्तो हुनेछ, यो भने समयले नै बताउनेछ । 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.