मृत्यू दुख्खद कुरा हो र मान्छे मरेपछी मरेको शरीरलाई धार्मीक र सास्कृतीक रुपमा अन्येष्टीगर्ने चलन मानव सभ्यतासँगै रहिआएको छ । मान्छे मरेको भनेपछी हामीलाई भित्रैवाट चिसो पसेको अनुभव हुने र नराम्रो साथै डर पनि लाग्ने गर्दछ । रातीको समयमा अझै बढी डर लाग्ने र मसानघाट र आर्यघाट लगायत लाशहरुसँग हामीर्ला धेरै डर लाग्छ, हैन त ?
दुख्ख र डर लाग्नु एकदमै स्वभाविक हो, मृत्यू पक्कै एउटा वियोग हो तर आज हामी हाम्रो पात्रो मार्फत एउटा अचम्मका डाक्टर अझ भनौँ कलाकर्मी, मुर्तिकार र शिल्पकार अनि उन्को मानव लाशले भरिएको सँग्राहलयका बारेमा कुरागर्न जाँदैछौ, आउनुहोस एकछिन यो रोचक प्रसँगका बारे जानकारी लिउँ ।
अब एकजना यस्तो डाक्टर र उन्कोलन्डनमा रहेको विश्वप्रसिद्ध वडिवल्र्डस म्यूजियमका वारे चर्चा गर्न जाँदैछौ जहा मानव लाशले वनेका मुर्तिहरु विभिन्न अवस्थितीमा राखिएको छ । यस अघि मानव सभ्यतामा मानव शरीरको मृत्यूपर्यन्त कला र मुर्तिका विषयमा कहिलेपनि सोच र विचार आएको पाइदैन जून कुरा प्रथमपल्ट डाक्टर गुन्थर भोन हेगेन्सले गरेर देखाइदिए । सन १९४५ मा पोल्यान्डमा जन्मिएका उनी अहिले ७१ वर्षका भए । हरेक अस्पतालको लाशराख्ने गृह अर्थात मर्चरी सामान्य मान्छेहरुकालागी जान निषेध गरिएको क्षेत्रमध्य पर्दछ तर डाक्टर हेगेन्सले यिनै लाशहरुलाई प्रदर्शनीमा राखेर एउटा नया काम थालनी गरेका छन जून कार्य धेरै विवादमा पनि परेको र परिरहेको हुन्छ । धेरैले उनिलाई डाक्टर डेथ भनेर गिज्याउने पनि गर्दछन ।
तर जे होस आज उन्को यो कलाले मान्छेहरुले लाशलाई हेर्ने तरिकामा परिवर्तन ल्याइदिएको छ, विभिन्न जनावरहरुको मृत शरीरलाई पनि यसै प्रक्रियाद्धारा उन्ले सँग्रह गरेर प्रदर्शनीमा राखेका छन्, संसारभरि उन्का ९ वटा सँग्राहलयहरु छन र ४ करोडभन्दा वढी मान्छेहरुले उन्को यो कलालाई ध्यानदिएर हेरिसकेका छन् । वेलायतको चर्चित पत्रिका इन्डिपेन्सकी संवाददाता जेरेमी लावरेन्सका अनुसार यो कलाले डाक्टर हेगिन्सलाई एकदमै सफल र धनी वनायो । तथापि करिव वर्षदिन अगाडी उनि डाक्टर हेगिन्सलाई भेट्न जाँदा डाक्टर एकदमै सरल, सामान्य जिवनशैली ब्यतित गरिरहेका र कपडाहरु पनि एकदमै सामान्य र सस्तो मुल्यको लगाएका र आफ्नो कारसम्म नभएको भनि उल्लेख गरेकी छिन । अहिले यी डाक्टर जर्मन र पोल्यान्डको सिमानाको गुविन भन्ने ठाँउमा वसोवास गर्दछन र त्यही संसारको सबैभन्दा ठूलो एनाटोमी सँग्राहलय खोल्ने तैयारीमा धेरै लगानी गरिसकेका छन् । ७१ वर्षको उमेरमा यिन्लाई पार्किन्सन रोग लागेको छ र थोरै मष्तिष्क प्रत्यारोपण पनि गरिएका इनि आफ्नो टोपी खोलेर अपरेशनगर्दाको तालुको घाउ देखाएर पत्रकारसँग कुरा गरेका थिए ।
बेलावबेलामा मर्मत संभार र सरसफाई गरिएमा यी लाशका कलाहरु १००० वर्षसम्म टिक्ने उन्को दाबी छ । एउटा लाशलाई ७० हजार देखि १ लाख पाउन्डसम्म खर्च लाग्ने र एकवर्ष दिन राख्ने उन्ले बताए । आजभोली धेरै लाशहरुलाई प्लास्टीनेसन गर्न धेरै खर्चलाग्ने भएकाले केही मेडिकल कलेजहरुलाई पनि अध्ययन प्रयोजनकालागी लाशहरु पठाउने गरेको उन्ले बताए । यसरी पठाँउदा एउटा मान्छेको टाउको या फोक्सोजस्तो अगंहरुको भनेँ यूरो ५००० देखि यूरो ७००० सम्म लिने गरेको उन्ले बताए ।
ल्याइएको लाशलाई आवश्यक्ताअनुसार टुक्राउने र तैयार गरिने काम चाँही तल्लो तलामा गरिन्छ र त्यहाँ आधिकारीक कर्मचारी वाहेक अन्यलाई प्रवेश निषेध भएको उन्ले बताए ।
संवाददाता जेरेमी लावरेन्सका अनुसार उनी त्यहाँ पुगेर परवाट हेर्दा कर्मचारीहरु कुनै कपडालाई सिँगार्ने कार्यजस्तो लाशहरुमा विभिन्न आभुषण अनि सितारा जोडिरहेका थिए रे । अहिलेसम्म १५००० जिवित मान्छेहरुले आफ्नो मृत्यूपर्यन्त शरीर प्लास्टीनेशनमा दान गर्न करार गरिसकेका छन् ।
यसरी उन्को सग्राँहलयमा राखिएका र आउने लाशहरु सम्पूर्णरुपमा मृतकको इच्छा अनुसार ल्याइने गरिन्छ र त्यो लाशलाई उन्ले प्लास्टीनेशन नामक रसायनिक प्रक्रिया गर्दछन ।
यत्तिका धेरै धन के तपाई आफ्नो सन्तानलाई छाडेर जानुहुन्छ भन्ने प्रश्नमा हेगेन्सले आफूले छोराछोरीहरुलाई उचित शिक्षा दिएको तर सम्पतीभने संसारमै सबैभन्दा ठूलो एनाटोमी अध्ययन केन्द्र स्थापित गर्न खर्च गर्ने र यस्ले गर्दा मानव जिवन, विकास र अन्य रिसर्चमा धेरै मद्धत गर्ने जानकारी दिए ।
वेलावखतमा उन्को यो अध्ययन केन्द्रले मृत्यूपर्यन्त शरीर दानगर्न चाहने मानवहरुकालागी आवेदन खोलिरहन्छ, आश्चर्यजनकरुपमा संसारभरिका धेरै मान्छेहरुले वडो उत्साहका साथमा आवेदन दिन्छन, चाहिएकोभन्दा सैयौँ गुणा वढी आवेदन आउनेगर्दछ ।
जर्मन जाने मौका परेमा यो अदभुत स्रँग्राहलयको भ्रमण अवश्य गर्नुहोला, जिवन र मृत्यू शाश्वत सत्य हो र मृत्यू पर्यन्तको कलाले संसारलाई मृत्यू अनि कलालको एउटा विछट्ट उदहारण दिएको छ ।
----
हाम्रो पात्रोका लागी सुयोग ढकाल
Liked by: